एक पटक २०७२ साललाई फर्केर हेरौ !!


बैशाख
  • महा-भुकम्प  →       २ ०७२/०१/१२ गते [११:५६ AM]
जेष्ठ
  •  पद्मसुन्दर लावतीको निधन  →       २०७२/०२ /२५ गते 
असार
  • कल्याण श्रेष्ठ प्रधानन्यायधिसमा नियुक्त  →      २०७२/०३/२३ गते
  •  दाता सम्मेलन सम्पन्न   →      २०७२/०३/१० गते 
  •  राखेप स-सचिवमा केशव विष्ट नियुक्त  →      २०७२/०३/१० गते 
  •  निजामति सेवा ऐनमा चौथो संशोधन  →      २०७२/०३/२९ गते 
  •  २०७२/०७३ को बजेट प्रश्तुत  →       २०७२/०३/२९ गते 
  •  फ्रि भिषा र फ्री टिकट लागु  →      २०७२/०३ /२१ गते 
  •  सिष्टर निर्मलाको निधन  →       २०७२/०३/०८ गते 
श्रावण
  •  २०७२/०७३ को मौद्रिक नीति सार्वजनिक  →       २०७२/०४/०७ गते 
  •  डा. सोमलाल मुख्य सचिवमा नियुक्त  →       २०७२/०४/२२ गते 
  • मधेसी मोर्चाले गरेको अनिश्चितकालीन बन्द–हडताल   →       २०७२/०४/३१ गते देखी सुरु (उत्तेजना फैलाउने, सामाजिक सद्भाव बिथोल्ने र हिंसा निम्त्याउने योजनावद्ध गतिविधिका कारण, संविधान जारी हुुनु पूर्व ४५ जना नागरिक र सुरक्षाकर्मीहरूको हत्या, सयौंको सङ्ख्यामा घाइते र सार्वजनिक र निजी सम्पत्तिको ठूलो क्षति जस्ता दुःखद स्थिति सिर्जना ।)
 भाद्र
  • कैलालीको टिकापुरमा घटाईएको घटना→      २०७२/०५ /०७ गते 
  • चन्द्र ब. डाँगीको निधन  →      २०७२/०५ /१८ गते 
  •  संविधानको एकीकृत मस्यौदा पारित  →       २०७२/०५/३० गते 
आश्विन
  •  २१७ नपा र ३१५७ गाविस कायम  →      २०७२/०६/०१ गते 
  •  संविधान जारी  →      २०७२/०६/०३ गते 
  • भारत सरकारबाट अघोषित नाकाबन्दी सुरु →      २०७२/०६/०४ गते  देखी (अत्यन्त संवेदनशील र अन्तर्राष्ट्रिय प्रचलनमा समेत प्रदर्शनका लागि निषेध गरिएको सीमारेखा (दसगजा क्षेत्र) बाट सुनियोजित ढङ्गले विरोध प्रदर्शन, धर्ना र नेपाली सुरक्षाकर्मीमाथि साङ्घातिक हमलाहरू । डिजल, पेट्रोल र खाना पकाउने ग्यास मात्रै होइन, औषधि जस्ता जीवनरक्षक वस्तुहरू आयातमा समेत अवरोध सिर्जना, भूपरिवेष्ठित मुलुकका रूपमा नेपालले प्राप्त गर्ने पारवहन हक, संयुक्त राष्ट्र सङ्घ र सार्क बडापत्रको भावना बिपरित तथा द्विपक्षीय व्यापार सम्झौता र दुई देशका जनताबीचको युगौं पुरानो मित्रता र सद्भावको बिपरित को नियोजित अघोषीत नाकबन्दी । )
  •  KP ओली प्रम मा निर्वाचित  →       २०७२/०६/२४ गते 
  •  ओनसरि सभामुखमा निर्वाचित  →       २०७२/०६/२९ गते 
  •  गंगा प्रसाद उपसभामुखमा निर्वाचित  →       २०७२/०६/२९ गते 
कार्तिक
  •  विद्यादेवी राष्ट्रपतिमा निर्वाचित  →      २०७२/०७/११ गते 
  •  नन्दबहादुर उपराष्ट्रपतिमा निर्वाचित  →       २०७२/०७/१४ गते 
मंसिर
  •  डिजिटल हस्ताक्षरको सुरूवात  →      २०७२/०८/१६ गते 
  •  स्मार्ट ड्राईभिङ्ग लाइसेन्सको सूरूवात  →      २०७२/०८/१४ गते 
पौष
  •  पुनर्निर्माण प्राधिकरण विद्येक पारित →       २०७२/०९ /०१ गते 
  •  कामू प्रहरी महानिरीक्षकमा दुर्जकुमार नियुक्त →       २०७२/०९/०४ गते 
  •  खानेपानी र पशु मन्त्रालयको स्थापना →       २०७२/०९/०९ गते 
  •  चिनियाँलाई नि:शुल्क भिषा प्रवेश →      २०७२/०९/१० गते 
  •  पुनर्निर्माण प्राधिकरणमा शुसिल जावली सिईयो नियुक्त →       २०७२/०९/१० गते 
माघ
  • शुशिल कोइरालाको निधन →      २०७२/१०/२६ गते 
  • मधेस आन्दोलन’ निस्तेज                            (कैलालीको टिकापुरमा जनताको सुरक्षामा खटेका सुरक्षाकर्मी र डेढ बर्षे बालकको क्रूर हत्या। तराई–मधेसका विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा परी अान्दोलनभरमा  ६० जना नागरिक र सुरक्षाकर्मीको दुःखद हत्या । अस्पताल लगिंदै गरेका बिमारीलाई एम्बुलेन्सबाट निकालेर नृशंस हत्या गर्ने, निषेधित क्षेत्र र निषेधाज्ञाको उल्लङ्घन गर्दै योजनावद्ध भीडन्त निम्त्याउने, यात्रुवाहक बस र मानव अधिकार आयोगमा गाडीमाथि समेत आक्रमण र तोडफोड गर्ने जस्ता अराजक घटनाहरू । आन्दोलनले जनजीवनलाई आक्रान्त तुल्यायो । लाखौं विद्यार्थीहरूको भविष्य अन्धकारमा धकेलिने, दसौं हजार श्रमिकको रोजीरोटी खोसिने, किसान र साना व्यवसायीहरूको व्यवसाय नष्ट हुने, कलकारखानाहरू बन्द हुने र देशले अकल्पनीय आर्थिक सङ्कट व्यहोर्नु पर्यो । )
फाल्गुण
  • प्र म को छिमेकी मित्र राष्ट्र भारत भ्रमण → २०७२/११/०७ देखी १२ गते सम्म
  • हाईटेक मेट्रोबस सञ्चालन →       २०७२/११/३० गते 
  •  किसान कल सेन्टरको स्थापना →       २०७२/११/१६ गते 
चैत्र
  •  गणेशमान अंकित सिक्का निष्कासन →       २०७२/१२/०५ गते 
  •  ह्यारीको नेपाल भ्रमण →       २०७२/ १२/०६ गते 
  •  प्रमको चिन भ्रमण →       २०७२/१२/०७ देखि १३ गते सम्म 
  •  मिनी सार्क सम्मेलन →      २०७२/१२/०४ (१ - ४) गते  
  •  बिर अस्पतालमा MRI सेवा सुरू →       २०७२/१२/०५ गते 



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment