महासागर हरुको क्षेत्रफल, औसत गहिराई र पानीको प्रतिशत !!


क्षेत्रफल (बर्ग कि मी)

  • प्रशान्त महासागर = १६ करोड ५७ लाख,
  • आन्ध्र महासागर = ८ करोड २४ लाख,
  • हिन्द महासागर = ७ करोड ३५ लाख,
  • कुमेरु महासागर = २ करोड ४४ लाख
  • सुमेरु महासागर = १ करोड ५१ लाख



महासागरको औसत गहिराई मिटरमा


  • प्रशान्त महासागर = ४३००
  • आन्ध्र महासागर = ३७००
  • हिन्द महासागर = ३९००
  • कुमेरु महासागर = २४००
  • सुमेरु महासागर = १३३० 



महासागरमा रहेको विश्बको पानीको प्रतिशत,

  • प्रशान्त = ४५.५%
  • आन्ध्र = २३ %
  • हिन्द = २०.५ %
  • कुमेरु = ७ %
  • सुमेरु = ४ %


 पानिले ढाकेको बिशाल जलभागलाइ महासागर भनिन्छ । पृथ्विको कुल भुभागमध्ये करिव ७१ प्रतिसत भुभाग अर्थात ३६ करोड ११ लाख ४९ हजार बर्ग किलोमिटर भुभाग पानिले ढाकेको छ ।

१)  प्रशान्त महासागर ( Pacific Ocean)
२ ) आन्ध्र महासागर ( Atlantic Ocean)
३ ) हिन्द महासागर ( Indian Ocean)
४ ) कुमेरु महासागर ( Antarctic Ocean)
५ ) सुमेरु महासागर ( Arctic Ocean)



(क) प्रशान्त महासागर सम्वन्धी जानकारी
१) यो पृथ्विको सवैभन्दा ठुलो र गहिरो महासागर हो । यो त्रिभुज आकारको छ । यो उत्तर तथा दक्षिण अमेरिकाको पश्चिमि भाग तथा एसिया र अष्ट्रेलियाको पुर्वि र उत्तरी भागमा अवस्थित छ ।



२) स्पेनिश भाषामा Pacific भन्नाले शान्त सौम्य स्थिती बुझिन्छ । स्पेनिश अनुसन्धानकर्ता फर्डिनेन्ड मेगलनले अनुसन्धानको क्रमामा प्रशान्त महासागर शान्त र सौम्य भएकोले Pacific नामाकरण गरेका हुन ।



३) प्रशान्त महासागरको क्षेत्रफल १६ करोड ५६ लाख बर्ग किलोमिटर (६ करोड ४१ लाख ८६ हजार ३ सय बर्ग माइल) छ ।



४) यो महासागरको औषत गहिराई ४३०० मिटर (१४००० फिट) छ । प्रशान्त महासागरको सवैभन्दा गहिरो भाग फिलिपिन्स नजिकको मारियाना ट्रेन्च हो जसको गहिराइ ११७७६ किलोमिटर छ ।



५) यो महासागरले पृथ्विको जलमण्डलको ४५. ५ प्रतिसत तथा कुल भुभागको करिव १ तिहाइ भुभाग ओगटेको छ ।



६) प्रशान्त महासागरमा साना ठुला गरि करिव २० हजार टापु तथा द्धिपहरु रहेका छन ।



७) यो महासागरमा ह्वाङ्हो, अमुर, यान्जे, क्लोराडो, मिसैरी, युकन, क्लोराडो जस्ता नदि मिसिन्छन ।



८) पृथ्विको धरातल खुम्चने र फैलने क्रममा प्रशान्त महासागर बर्षेनि १ इन्चको दरले खुम्चिरहेको छ ।



९) प्रशान्त महासागरले अमेरिकाबाट एसिया र अष्ट्रेलिया महादेशलाइ छुट्याउछ ।



(ख) आन्ध्र महासागर सम्वन्धी जानकारी
१) यो महासागर क्षेत्रफलको आधारमा विश्वको दोस्रो ठुलो तथा गहिराइको हिसावले विश्वको तेस्रो गहिरो महासागर हो । यो महादेश अङ्ग्रेजी अक्षर S संग मिल्दो जुल्दो आकारको छ । यो महासागर उत्तर दक्षिण अमेरिकाको पुर्व तथा युरोप र अफ्रिकाको पश्चिमी भागमा रहेको छ ।



२) आन्ध्र महासागरको नामाकरण प्राचिन ग्रिकवासिहरुले गरेका थिए भने यो महासागरलाइ वाणिज्य महासागरको उपनामले पनि चिनिन्छ ।



३) आन्ध्र महासागरको क्षेत्रफल ८ करोड २४ लाख बर्ग किलोमिटर (३ करोड ३४ लाख २० हजार बर्ग माइल) रहेको छ ।



४) आन्ध्र महासागरको औषत गहिराइ लगभग ३७०० मिटर (१२००० फिट) रहेको छ । आन्ध्र महासागरको सवैभन्दा गहिरो स्थान प्युरिको दिप (Puertorico Deep) (कुनै पुस्तकमा मेक्सिको खाडि पनि उल्लेख भएको ) हो । Puertorico Deep को गहिराइ ९२०० मिटर छ ।



५) यो महासागरले कुल जलमण्डलको २५.७० प्रतिसत भुभाग ओगटेको छ । बाल्टिक सागर, उत्तरी सागर, भुमध्यसागर, कृष्णसागर, क्यारेवियन सागर आदि सागर आन्ध्र महासागरको छेउछाउमा रहेका सागरहरु हुन ।



६) पृथ्विको धरातल खुम्चने र फैलने क्रममा प्रशान्त महासागर बर्षेनि १ इन्चको दरले खुम्चिरहेको छ ।



७) यस महासागरमा राइन, सेनेगल, नाइजर, कंगो, सेन्टलरेन्स, मिसिसिपी अमेजन, ओरिनोको, ओहायो जस्ता नदिहरु मिसिन्छन ।



८) आन्ध्र महासागरले युरोप र अफ्रिकावाट अमेरिकालाइ छुट्याउछ ।
९) आन्ध्र महासागरमा रहेको रहस्यमय समुद्रि क्षेत्रलाइ बर्मुडा त्रिकोण भनिन्छ ।



(ग) हिन्द महासागर सम्वन्धी जानकारी
१)  हिन्द महासागर क्षेत्रफलको हिसावले विश्वको तेस्रो ठुलो तथा गहिराइको हिसावले दोस्रो ठुलो महाशागर हो । यो महासागर M आकारको छ । यो महासागर एसियाको दक्षिणी भागमा एसिया अफ्रिका र अष्ट्रेलिया महादेसको विचमा पर्दछ ।



२)  तेलको महासागर उपनामले चिनिने यो महासागरबाट मनसुनी वायु उत्पन्न भइ बहने गर्दछ त्यसैले यसलाइ Ocean Of Moonsoon पनि भनिन्छ ।



३) हिन्द महासागरको क्षेत्रफल ७ करोड ३५ लाख वर्ग किलोमिटर (२ करोड ८३ लाख ५० हजार ५ सय वर्ग माइल) रहेको छ ।



४) हिन्द महासागरको औषत गहिराइ ३९०० मिटर (१२ हजार ८ सय फिट) रहेको छ । यो महासागरको सवैभन्दा गहिरो स्थान जाभा ट्रेन्च हो जसको गहिराइ ७४५० मिटर रहेको छ ।



५) यो महासागरले कुल जलमण्डलको करिव २०.५ प्रतिसत भुभाग ओगटेको छ । लालसागर, अरव सागर, बगालको खाडि, फाराम खाडि, एडेन खाडि आदि हिन्द महासागरको वरिवरिका सागर तथा खाडिहरु हुन ।



६)  यो महासागरमा मेकङ्ग, मेनाम, गंगा, ब्रह्मपुत्र, इरावदी, सिन्ध, टिग्रिज र युफ्रेटस नदिहरु मिसिन्छन ।



७)  यो महासागरले अफ्रिका र अष्ट्रेलियालाइ छुटाउछ ।



(घ) कुमेरु महासागर सम्वन्धी जानकारी
१)  कुमेरु महासागर विश्वको चौथो ठुलो तथा गहिरो महासागर हो । यो महासागर वृत्त आकारको छ । यो महासागर प्रशान्त तथा आन्ध्र महासागर संग जोडिएरपृथ्विको दक्षिणी ध्रुवमा अवस्थित छ ।



२)  यो महासागरलाइ वर्षैभरी हिंउले छोप्छ । भौगोलिक विकटताको कारणले यो महादेशको विस्तृत अध्ययन हुन सकेको छैन ।



३)  यो महासागरको क्षेत्रफल २ करोड ४४ लाख वर्ग किलोमिटर रहेको छ ।
४)  कुमेरु महासागरको औषत गहिराइ २४०० मिटर (७९०० फिट) रहेको अनुमान गरिएको छ ।



५)  यो महासागरले पृथ्विको कुल जलमण्डलको करिव ७ प्रतिसत भुभाग ओगटेको छ ।



६)  यो महासागरलाइ दक्षिणी ध्रुविय महासागर तथा चिसोपानीको महासागर जस्ता उपनामले चिनिन्छ ।



७)  यो महासागर दक्षिणी धुर्वको वरिपरि रहेर अन्टार्कटिका महादेशलाइ घेर्दछ ।



(ङ) सुमेरु महासागर सम्वन्धी जानकारी :
१) सुमेरु महासागर विश्वको सवैभन्दा सानो तथा कम गहिराइको महासागर हो । सुमेरु महासागर पनि वृत्ताकारको छ । यो महासागर उत्तरी ध्रुवलाइ ढाकिने गरि बसेको छ ।



२)  सुमेरु महासागरको आधाभन्दा वढि भाग हिंउले ढाकिएको छ ।



३)  यो महासागरको क्षेत्रफल १ करोड ५१ लाख वर्ग किलोमिटर रहेको छ ।



४)  सुमेरु महासागरको औषत गहिराइ १३३० मिटर (४४०० फिट) रहेको छ । यो महासागरको सवैभन्दा गहिरो स्थान मोलि दिप हो जसको गहिराइ ५६०८ मिटर रहेको छ ।



५)  यो महासागरले पृथ्विको कुल जलमण्डलको ४ प्रतिसत भुभाग ओगटेको छ ।



६)  यो महासागरलाइ उत्तरी ध्रुविय महासागर तथा चिसो पानीको महासागर जस्ता उपनामले चिनिन्छ ।




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment