कर्मचारीतन्त्र
संगठन संरचनामा आवद्ध भई ऐन नियम कानुनको
निष्पक्ष कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने कर्मचारिको पेशागत
समुहलाई कर्मचारितन्त्र भनिन्छ । कर्मचारीतन्त्र सङ्गठानात्मक स्वरुप हो‚ जसले वैधानिक अधिकारको विवेकपूर्ण प्रयोग गरी कार्यसम्पादन गर्दछ ।
कर्मचारीतन्त्र अर्थात Bureaucracy शब्दकव सर्वप्रथम प्रयोग फ्रान्सका अर्थशास्त्री V.D. Gournay ले गरेको पाइन्छ । यसबारे धेरै विद्वानले कलम चलाए पनि यसलाई नजिकबाट जर्मनका
समाजशास्त्री Max Waber ले उल्लेख गरेका छन् । उनले कर्मचारीतन्त्रको परिभाषा नगरी
विशेषताबाट विषयबस्तु प्रष्ट पारेका छन् । पदसोपानमा रहनु‚ लिखित निर्णय गर्नु‚ योग्यताका आधारमा कर्मचारिकव चयन हुनु‚ राजनीतिप्रति तटस्थ रहनु‚ सरकारका नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध रहनु‚ कार्य विभाजन गर्नु‚ तलबभत्ताको व्यवस्था‚ अनुशासन आचरणको पालना‚ नोकरीको सुरक्षा आदि कर्मचारीतन्त्रका आधारभुत विशेषता हुन् । सरकार
सामान्यतया पाँच बर्षमा परिवर्तन भइरहने तर कर्मचारीतन्त्र लामो समयसम्म सेवामा
निरन्तर रहने हुँदा यसलाई स्थायी सरकार पनि भनिन्छ । कर्मचरीतन्त्रका सवल पक्ष भए
पनि ढिला सुस्ती (Red-Tapism)‚ जिम्मेवारी पन्छाउने (Hunger of Power)‚ आफूभन्दा माथिकालाई
चाकडी गर्ने र तलकालाई दबाउने (Bycycling Policy)‚ प्रक्रियामुखी (Process Oriented)‚ परम्परावादी जस्ता
आरोप लाग्नेगरेको पाइन्छ । सबैलाई समान व्यवहार गर्नुपर्ने सरकारी दायित्व पूरा
गर्नुपर्ने‚ तटस्थता‚ निष्पक्षता‚ स्थायित्व एवम् निरन्तरता जस्ता कारणले यो
आलोचित तर कहिल्यै विस्थापित गर्न नसकिने एक सरकारी अङ्ग हो । त्यसैले
कार्यन्वयनमा देखिने यस्ता कमिकमजोरी हटाई यसले Economy, Efficiency, Effectiveness, Transparency एवम् People Oriented भएर कार्य गर्नुपर्ने देखिन्छ ।
नेपालमा सामाजिक द्वन्द्वका कारणहरु
नेपाली समाजमा खासगरी व्यक्ति-व्यक्ति वीच
द्वन्द्व‚ परिवारमा द्वन्द्व‚ समुदाय समुदायमा द्वन्द्व‚ राजनीतिक पार्टिवीच द्वन्द्व‚ यातायात बन्द‚ नेपाल बन्द‚ छुवाछुत भेदभाव आदि जस्ता द्वन्द्व देखिएको
पाइन्छ ।
नेपालमा देखिने यस्ता सामाजिक द्वन्द्वको मूलभूत कारण एकले अर्कोलाई विश्वास नगर्नु‚ सम्मान नगर्नु नै हो । अरु कारण निम्न छन् ।
नेपालमा देखिने यस्ता सामाजिक द्वन्द्वको मूलभूत कारण एकले अर्कोलाई विश्वास नगर्नु‚ सम्मान नगर्नु नै हो । अरु कारण निम्न छन् ।
Ø बेरोजगार हुन‚
Ø आर्थिक असमानता हुनु‚
Ø सामाजिक संस्कारको पालना नहुनु‚
Ø पादक पदार्थको सेवन‚
Ø सामाजिक न्यायको अभाव
Ø शिक्षाको कमि‚
Ø चेतनाको कमि आदि ।
द्वन्द्वको प्रभाव र द्वन्द्व व्यवस्थापनका
उपायहरु
सामाजिक द्वन्द्वको प्रभाव समाजिक द्वन्द्वले
समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्दछ । यसको प्रभाव निम्न हुन्छ :
सकारात्मक प्रभाव –
Ø सामाजिक रुपान्तरण गर्न मद्दत पुग्ने‚
Ø सामाजिक चेतना अभिबृद्धि हुने‚
Ø सामाजिक न्यायको प्रवर्द्धन हुने‚
Ø सामाजिक एकता‚ सद्भाव बढ्ने आदि ।
नकारात्मक प्रभाव –
Ø सामाजमा शान्ति व्यवस्थामा खलल पुग्ने‚
Ø चोरी‚ हत्या‚ अपहरणका घटना बढ्न जाने‚
Ø सामाजिक मूल्य मान्यता ह्रास आउने‚
Ø समाजमा कुसंस्कारको जन्म हुने‚
द्वन्द्व व्यवस्थापनका उपायहरु
सामाजिक द्वन्द्व समाधान गर्न सर्वप्रथम
द्वन्द्वको पहिचान गरी सो अनुरुपका उपाय अवलम्वन गर्नुपर्दछ । समाजमा एकले
अर्कोलाई सम्मान गर्नु पर्दछ‚ विश्वास गर्नु पर्दछ । यसैबाट द्वन्द्वको समाधान हुन्छ ।
अरु उपायहरु निम्न छन् : -
Ø चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने‚
Ø सहमित र सहकार्यको बाटो अवलम्बन गर्ने‚
Ø नीति‚ योजना एवं कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सरोकारवालाको
सक्रिय सहभागिता गराउने‚
Ø उपलब्ध साधन स्रोतको न्यायोचित वितरण गर्ने‚
Ø रोजगारीका कार्यक्रम सृजना गर्ने‚
Ø वर्गीय‚ जातिय एवं लैङ्गि शोषणको अन्त्य गर्ने‚
Ø सामाजिक विभेद एवं असमानता हटाउने‚
सामाजिक द्वन्द्व समाजको रोग मात्र होइन‚ यो समाज परिवर्तनको आधार पनि हो । त्यसैले समाजिक द्वन्द्वलाई विनासले होइन‚ सृजनाले अन्त्य गरिनु पर्दछ । यसका लागि माथि उल्लेख गरिएका उपाउ अवलम्वन गरी
सामाजिक द्वन्द्वको व्यवस्थापन गर्नु पर्दछ ।
धेरै राम्रो छ दिनेश सर यसरीनै सबैलाई सुचित गर्दै जानुहोश।
ReplyDeleteहवस् सुमन जि !! सुझावको लागी धैरै धेरै धन्यवाद !!
Delete