नेपालको भुगोल सम्बन्धी प्रश्न -उत्तरहरु र जानकारी......

  • सवैभन्दा सानो जिल्ला भक्तपुर को क्षेत्रफल कति छ ?     –   ११९ वर्ग की मि
  • दक्षिणबाट उ-तरतिर बहने नदी कुन हो ?      –  कर्मनाशा हो ।
  • धरान धनकुटा राजमार्गलार्इ अर्को के नामले चिनिन्छ ??        –  मदनभण्डारी राजमार्ग 
  • नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका कुन हो ??      –  त्रियुगा नगरपालिका हो ।
  • सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ??       –   विहारको करसेलामा 
  • माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ??        –  राराताल हो।
  • नेपालको क्षेत्रफल कति छ ?     – १,४७,१८१ वर्ग कि.मि. 
  • नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?    – ८८५ कि.मि. 
  • नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ?     –१९३ कि.मि. 
  • नेपाल कुन महादेशमा अवस्थित छ ?      –एशिया 
  • नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?    – ०.३५ 
  • नेपाल कुन देशान्तरमा पर्दछ ?     –पूर्वी देशान्तर 
  • नेपाल कुन अक्षांसमा पर्दछ ?      –उत्तरी अक्षांस 
  • नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?     –८०४ु पूर्वी देशान्तरदेखि ८८१२ु पूर्वी देशान्तरमा 
  • नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ?      –२६२२ुउत्तरी अक्षांसदेखि ३०२७ु उत्तरी अक्षांसमा 
  • नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ?      – ६ वटा 
  • चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ?      –३६ वटा 
  • भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ?     –२६ वटा 
  • क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ?    –डोल्पा 
  • क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ?    –कर्णाली 
  • क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?    – शे फोक्सुण्डो 
  • क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?     – भक्तपुर 
  • नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?     –५घण्टा ४५ मिनेट 
  • नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ?     –८६१ ५ु देशान्तर रेखालाई 
  • नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?     –गौरीशंकर हिमाल 
  • कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ?      –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका 
  • नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?     –२०१८ बैशाख १ गते 
  • नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?     –२०२९ साल 
  • ८ वटा जिल्ला हुने अञ्चल कुन हो ?    – वाग्मती
  • ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ?     –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी 
  • महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ?    –चाँदनी र दोधारा 
  • गंगासागर पोखरी कहाँ पर्दछ ?     – जनकपुरधाम, धनुषा 
  • सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?     –सिमिकोट 
  • चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ?    –२ वटा, ताप्लेजुङ्ग र दार्चुला 
  • सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?    –जलेश्वर 
  • ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ?     –३ वटा, मेची, महाकाली, धवलागिरी 
  • सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?     –सिन्धुली 
  • अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?       –सल्यान 
  • नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?     –हुम्ला 
  • नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?     –लोदावारी, झापा
  • सुगौलि सन्धि अघी नेपालको क्षेत्रफल कति थियो ?       –  २०४,५१६ बर्ग कि मि




नेपालको भूगोल
===========

नेपाल एउटा सानो, भूपरिवेष्ठित, पहाडै पाहाड भएको, दुई ठूला राष्ट्र भारत र चीनको बीच अवस्थित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतापूर्ण भौगोलिक बिशेसता युक्त स्बतन्त्र, अटल एवं अखण्ड राष्ट्र हो । भौगोलिक रुपमा नेपाल २६० २२” उत्तर देखी ३०० २७” उत्तर अक्षाशं र ८०० ४” पूर्व देखी ८८० १२” पूर्वी देशान्तरभित्र दक्षिण एशियाको भारतीय उपमहाधौप एवं सार्क क्षेत्र (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन) भित्र अवस्थित र मकर रेखाभन्दा उत्तरतिरको समशीतोष्ण भूमागसम्म पूर्व पश्चिम करीब (सरदर) ८८५ कि मी र उत्तर दक्षिण १९३ कि मी क्षेत्रमा करीब १,४७,१८१ वर्ग कि मी मा फैलिएको छ र नेपालले पृथ्वीको कुल भूमिको ०.०३ प्रतिशत र एशियाको कुल भूमिको ०.३ प्रतिशत भाग ओगटेको छ । भौगोलिक अवस्थाको आधारमा नेपाललाई सामान्यता तीन भाग हिमाल, पाहाड, तराई क्षेत्र (समतल भूमि मा बाँड्न सकिन्छ । धरातलीय रुपमा यस राष्ट्रमा समुद्र सतहबाट करीब ७० मीटरमा अवस्थित कचनाकलन, झापा (सबैभन्दा होचो भाग) र संसारको सर्वोच्च स्थल समुद्र सतहबाट ८८४८ मिटरको उचाइमा रहेको सगरमाथा छ ।

अझ धेरै पढ्न मन लागेमा Click Here मा क्लिक गर्नुहोस् ।

नेपालको भूगोल पढ्दा के के सामाग्री चाहिन्छ ?

=================================
  • नेपालको नक्शा (ठुलोमा) यससँग सम्बन्धित अरु सामाग्री
  • भूगोल विद्हरुले लेखेका पुस्तक लेख रचना टिप्णी र कार्यपत्रहरु ।
  • विश्वविद्यलय र विद्यलयहरुको लागि तयार गरिएका भूगोल विषयक किताबहरु ।
  • भुगोल विषयसँग सम्बन्धित विभिन्न वेभसाइटहरु
  • पर्यटन मन्त्रालयबाट निकालिने बुलेटिनहरु ।
  • विषयवस्तुसँग मेल खाने सूचनाहरु जहाँ जहाँ बाट पाउन सकिन्छ ।



कसरी पढ्ने नेपालको भूगोल ?

••••••••••••••••••••••••••••••
  • नेपालको नक्शा आजै लिनुहोस र आफ्नो कोठाको भित्तामा झुन्ड्याउनुहोस जहाँ तपाई बाहिर भित्र गर्दा नजर पुग्छ ।
  • पहिलो दिन त्यसलाई करिब दश मिनेट हेर्नुहोस दोस्रोदिन नौ मिनेट गर्दे त्यस्तै गरेर पछि पछि एक दिनमा एकपट हेर्न नभुल्नुहोस । जसले गर्दा धेरै कुरा सिकाउन सकिन्छ जस्तो कीः
  • नेपाल र भारतलाई छुने जिल्ला र अञ्चलहरु जो हामीले बारम्बार पढ्दा पनि याद भएका हुदैनन् । यसले clear image दिन्छ ।
  • त्यस्तै सबै विकास क्षेत्र, अञ्चल, जिल्लाहरु र तिनका सदरमुकामहरु तथा क्षेत्रफल र १४ अञ्चल र जिल्लाका नामहरु……….
  • यो पनि याद गर्नुहोस् की कुन जिल्ला कुन अञ्चल र विकास क्षेत्रमा पर्छ भन्ने कुरा ।
  • सबै भन्दा मोटो, छोटो, होचो र लामो विकास क्षेत्र ,अञ्चल, जिल्ला, र गाविसहरु थाहा पाइराख्ने ।
  • कुन जिल्ला के को लागि प्रसिद यसको पनि लिस्ट बनाइ राखौ ।
  • मूलतः भुगोलमा कुनै पनि ठाउलाई ३/४ कोणबाट हेर्नु पर्छ । जस्तैः सगरमाथाको उचाई मिटरमा मात्र थाहा पाएर हुदैन त्यसको फिट, सेन्टिमिटर मा पनि जानि राख्ने हरेकको (मिटर, वर्ग किलो मिटर, सेन्टिमिटर आदि सबैको)
  • सबैले अहिले आफु बसेको ठाउँको उचाई पत्ता लगाउनुहोस समुद्र सतह देखि अनि विस्तार त्यो हिमाल पहाड र तराई कुन हो छुट्याउनुहोस त्यसपछि समुन्द्र सतह देखि कत्ति उचाई भएको ठाउँलाई हिमाल, पहाड र कुन तराई भन्ने clear concept आउछ ।
  • भूगोलमा हरेक चिजवस्तुको लम्बाई, उचाई, चौडाई र मोटाई पत्ता लगानुहोस । सबैलाई ३/४ कोणबाट हेर्नुहोस ।

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

11 comments:

  1. धन्यबाद हजुर ।

    ReplyDelete
  2. धेरै उत्कट छ । स्रोतलाई बिशेष धन्यवाद ।।

    समयसापेक्ष परिवर्तन भएका डाटाहरुलाई पनि समेटिएको सन्दर्भमा अझै राम्रो हुनेथियो ।

    ReplyDelete
  3. Dherai ramro chha ta update pani hunu paryo

    ReplyDelete
  4. copy grn lai ke grnu prxa sir

    ReplyDelete
  5. वर्तमान परिबर्तित कुराहरुलाइ समेत्न सकेको भय असाध्यै राम्रो हुने थियो।

    ReplyDelete
  6. dherai ramro chh aru pani halnu paryo\

    ReplyDelete
  7. उत्कृस्त रचना पोस्त गर्दै जानुहोला धन्यवाद

    ReplyDelete
  8. Thank u so much! Latest new updated pni share garidinuhola

    ReplyDelete
  9. राम्रो छ अब थप भएका नयाँ जानकारी पनि थप गर्दा झन उत्त्तम हुने थियो

    ReplyDelete