शिक्षक सेवा आयोगको लागी केहि प्रश्न- उत्तरहरु !!



  • शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो?           २०६२
  • माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ?           २३ भाषाका विषय
  • अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुह का बालबालिकाहरु समाबेश हुन्छन् ?           ६ बर्ष देखि ८ बर्ष सम्म
  • नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो?           सन् १९८०
  • मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा ) को पठ्यभार कति हो?          ३
  • निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो?           कक्षाकार्य
  • शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ?           २०५५/१०/०१
  • नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको व्यवस्था छ ?           प्रदेशको अधिकार को सुची
  • राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो?          उच्च माध्यमिक शिक्षा
  • गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ?          ३ महिना को एकपटक
  • शिक्षा दिवश २०७२ नारा के रहेको थियो ....?          "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था
  • नेपालको सबैभन्दा पुरानो मावि कुन हो...?          भानु मावि
  • दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ..?          बि.स १९४८
  • त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो ...?          बि.स १९७५ भाद्र, २७
  • शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो ...?           ४२
  • बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी द्दितिय श्रेणीमा उत्तीर्ण भएका थिए ...?           १० जना
  • बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो ...?           २८०
  • त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन...?           गरूडध्वज राना
  • ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ..?           ४ घण्टा
  • गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन...?           राममणि आदी
  • संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन...?          हेमराज पाण्डे
  • आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो...?           बि.स २००४/०२/१०
  • शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो...?          बि.स २०६६~०७~१३
  • कार्यान्वयन नभयको संबिधान कुन हो..?          नेपाल सरकार वैधानिक कानुन -२००४
  • बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको थियो ...?           ०.७%
  • राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो ...?          निजामति प्रथमा
  • नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो...?           दरबार हाइस्कुल
  • विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो...?          बि.स २०५४~१२~२६
  • स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले भयको हो ?           बि.सं. २०६५~०५~१५
  • NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो...?           बि.सं. २०५२
  • शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो.?         बि.सं २०७२-१२-०३
  • सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो...?          सन 2015 May, 19-22
  • शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ...?           ८ वटा
  • A ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ..?          ३.६
  • नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो..?           बि.सं २०५४
  • सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो...?           ५ जिल्ला
  • UNESCO को लागि नेपाल राष्ट्रियआयोगको स्थापना कहिले भयको हो ..?           बि.सं २०१०
  • शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन..?          २९ वटा
  • अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ..?           बि.सं २०५६
  • हाल शिक्षा मन्त्री को रहेका छन् ..?          गिरीराजमणी पोखरेल
  • तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको छ .?           ९५%
  • एलिजाबेथ बि. हर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेको छ ?           ३ चरण
  • बि.सं 2028 सालमा महिला साक्षारता दर कति % रहेको थियो ?           ३.९%
  • शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन.?           ११ जना
  • SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो .?           ३ जिल्लामा
  • सेति परियोजना कहिले लागु गरियो.?           बि.सं २०३८ [१९८१]
  • EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको थियो ?           १००%
  • EFA [2001~2015] कार्यक्रमले कति सुचक तय गरेको थियो .?          १८ वटा
  • NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन.?          १२ वटा
  • NEC -2049 को गठन कहिले भयो.?           बि.सं २०४७-११-१४





Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments:

  1. सहयोगी साथिहरुलाइ धेरै सुभकामना

    ReplyDelete