महत्वपुर्ण प्रश्न-उत्तरहरु.........................

  • . नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने चार जना को को हुन् ?    उत्तर:   क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा.सन्दुक रुईत र महाबीर पुन हुन्।
  • नेपालमा कति प्रकारका गुराँसहरु पाईन्छन्??     उत्तर:  ३२ प्रकारका 
  • जोखिमयुक्त घर भत्काउन सरकारले काठमाण्डौ उपत्यकाका ३ जिल्लालाई कहिले एक वर्षको लागि संकटग्रस्त क्षेत्र घोषणा गर्यो ?     उत्तर:  २०७२ जेठ ३१
  •  नेपाल सरकारले आयोजना गरेको नेपालको पुननिर्माणकालागी अन्तराष्ट्रीय सम्मेलनमा अन्तराष्ट्रीय समुदायबाट चार खर्बभन्दा बढी सहयोगको प्रतिबद्धता भएको कार्यक्रम कहाँ र कहिले सम्पन्न भयो ?    उत्तर:  काठमाण्डौ, २०७२ असार १०
  •  वि•सं• २०७२ असार १० राष्ट्रीय खेलकुद परिषदको सदस्य सचिवमा को नियुक्त भए ?     उत्तर:  केशवकुमार विष्ट
  •  काठमाण्डौको मुलपानीमा आयोजित रोपाई कार्यक्रममा सहभागी हुने महिलामाथी दुर्व्यवहार गरेको आरोप पछि कृषि मन्त्री हरि प्रसाद पराजुलिले कहिले राजिनामा दिए ?     उत्तर: २०७२ असार १७
  • वि•सं• २०७२ जेठ २४ गते राष्ट्रीय पत्रकारिता पुरस्कार -२०७१ र ´वरिष्ठ पत्रकार सम्मान-२०७१` क-कसलाई प्रादन गरियो ?    उत्तर:  क्रमश:- धर्मेन्द्र झा र कुसुकेशव पराजुली(कास्की) ,तेजप्रकास पण्डित(तनहुँ), मेघराज शर्मा(पाल्पा)
  •  सरकारले आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रम कहिले सार्वजनिक गर्यो ?     उत्तर:  २०७२ असार १३
  •  प्रधानन्यायधिस कल्याण श्रेष्ठले कहिले पदभार ग्रहण गरे ?     उत्तर:  २०७२ असार २३
  •  संयुक्त राष्ट्र संघद्धारा सन २०१५ जुलाईमा सार्वजनिक प्रतिवेदन अनुसार हाल विश्वव्यापी चरम गरिबी कति भएको अनुमान छ ?     उत्तर: १२%
  •  विश्वको उदयिमान अर्थतन्त्र भएका राष्ट्रहरुको संगठन BRICS को सातौ शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?     उत्तर:  उफा(रुस)
  •  सन २०१५ जुन २२ मा युनेस्कोको मुख्यालय पेरिसमा कसको मुर्ती स्थापना गरिएको छ ?     उत्तर:  गौतम बुद्ध
  •  हेफर इन्टरनेसनल द्धारा स्थापित अन्तराष्ट्रीय स्तरको ´स्वर्णिम प्रतिभा पुरस्कार- २०१४` बाट सम्मानित हुने नेपाली महिला को हुन ?     उत्तर:  दिल कुमारी पौडेल, टिटिहिरिया-०९ बाँके
  •  सन २०१५ जुनमा फ्रान्समा सम्पन्न ८० किलोमिटर दुरिको अल्ट्राम्याराथुनमा प्रथम स्थान हासिल गर्न सफल महिला को हुन ?    उत्तर:  मिरा राई, भोजपुर
  •  ईन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस द्धारा सन २०१५ जुनमा सार्वजनिक ग्लोबल पिस इन्डेक्स -२०१५ अनुसार विश्वको शान्त मुलुक कुन हो ?    उत्तर:  आइसल्याण्ड
  •  मिसाइल म्यान समेत मानिने भारतका पुर्व राष्ट्रपति ए पी जे अब्दुल कलाम को मृत्यु कहिले भयो?     उत्तर: सन् २०१५ जुलाई २७
  •  नेपाल र भूटान विचको न्यूनतम दुरी कति छ?     उत्तर: ३२ किलोमिटर
  •  नेपालका नदिहरुको कुल लम्बाई कति मानिन्छ?     उत्तर: ४५०० किलोमिटर
  •  तलका मध्ये कुन मिल्दैन? (अरुण, तमोर, सुनकोशि ,त्रिशुली )     उत्तर: त्रिसुली
  •  विश्वको सर्वाधिक उचाइमा रहेको ताल कुन हो?     उत्तर: तिलिचो ताल
  •  नेपालको पहिलो राष्ट्रिय निकुंज चितवन राष्ट्रिय निकुंज को क्षेत्रफल कति छ?     उत्तर: ९३२ किलोमिटर
  •  2068 को गणना अनुसार कति % जनताको मातृभाषा नेपाली छ?     उत्तर: ४४.६%
  • नेपालबाट सबैभन्दा बढ़ी (मुल्यमा) विदेश निकासी हुने बस्तु के हो?     उत्तर: उनि कार्पेट
  •  दाजुको मृत्यु पछि राजा हुने शाहवंशीय अधिराजकुमार कति जना थिए?     उत्तर: २ जना (राम शाह र ज्ञानेन्द्र शाह)
  •  गरीवी निवारण कोष कुन मंत्रालय अंतर्गत पर्दछ?     उत्तर: प्रधानमन्त्री तथा मन्त्रि परिषद कार्यालय
  •  सर्वाधिक नगरपालिका भएको जिल्ला काठमाण्डौ मा जम्मा कति नगरपालिका छन?     उत्तर: ११ वटा
  •  नेपालको सबभन्दा ठुलो हिमताल कुन हो?     उत्तर: छो-रोल्पा हिमताल
  •  विश्वको सर्वाधिक उचाइमा रहेको राष्ट्रिय निकुंज कुन हो?     उत्तर: सगरमाथा रा.नि
  •  बैदिक मत अनुसार नेपाल नामाकरण अघि यो (नेपालको) स्थानको नाम के थियो?     उत्तर: हिम्वत्खंड
  •  महात्मा गौतम बुद्ध अगाडि कति जना बुद्ध भएको मानिन्छ?     उत्तर: ६ जना
  •  नेपाल आउने प्रथम बुद्ध को थिए?     उत्तर: विपस्वी बुद्ध
  •  खस जातिको आदीपुरुस कसलाई मानिन्छ?     उत्तर: कश्यप ऋषि
  •  महाभारतको युद्ध कुन किराती राजाको पालामा भएको विश्वास गरिन्छ?     उत्तर: जितेदास्ती
  •  GPS को पूरा रूप के हो?     उत्तर: Global Positioning System
  •  एसियाको निलो मुटु भनेर चिनिने विश्वको सबैभन्दा गहिरो ताल कुन देशमा पर्छ?     उत्तर: रसिया
  •  कुन किराती राजालाई गलिजंग पनि भनिन्थ्यो?     उत्तर: गस्ती
  •  राजा मानदेवका बाबु को थिए?     उत्तर: धर्मदेव
  •  नेपालमा दैध शासनको सुरुवात कुन राजाको पालामा भएको मानिन्छ?     उत्तर: बसंतदेब
  •  नेपालमा इतिहासमा स्वर्णकाल मानिएको लिच्छवीकालमा कुन राजाको शासनकाललाई स्वर्ण काल मानिएको हो?     उत्तर: अंशुवर्मा
  •  लिच्छवी वंशका अन्तिम राजा को हुन्?     उत्तर: जयकामदेव
  •  राजा समसुद्दिनले टुक्रा टुक्रा पारि फुटाएको पशुपतिको मुर्तिको पुन:प्रतिस्थापन कुन राजाको पालामा भएको थियो?     उत्तर: जयार्जुनदेब (वि.स १४०६ मा राजा जयराजदेबको पालामा फुटाएको)
  •  पाटन र कांतिपुर राज्यका २१ जना प्रजालाई देवताको मन्दिरमा बलि दिने भक्तपुरका राजा को थिए?     उत्तर: जगत प्रकाश मल्ल
  •  महामारिमा परि मर्ने मल्ल राजा को थिए?     उत्तर: भाष्कर मल्ल
  •  शाह कालमा नेपाल सरकारको सट्टा श्री ५ को सरकार लेख्न कहिले देखि सुरु गरिएको थियो?     उत्तर: वि.स २०१५ वैसाख २ गते
  •  प्रोटिनको निर्माण कुन अम्ल बाट भएको हुन्छ?     उत्तर: एमिनो एसिड
  •  लेख्न प्रयोग गरिने पेन्सिलको भाग के बाट बनेको हुन्छ?     उत्तर: ग्रफाइट
  •  रोबोटको स्त्री रूपलाई के भनिन्छ?     उत्तर: रोबोट्रइक्स
  •  भारतका ११ औं राष्ट्रपती तथा वैज्ञानिक एपिजे अब्दुल कलामको निधन कहिले भयो ?    उत्तर:  २०१५ जुलाई २७
  •  बिबादित लिपुलेक (दार्चुलाको व्यास गाविस) बारे चीन र भारतबिच कहिले सम्झौता भयो ?    उत्तर: २०१५ मे ५
  •  अ्मेरिकि सरकारले समलींगि विवाहलाई कानुनी मान्यता कहिले प्रदान गरिएको हो ?    उत्तर: २०१५ जुलाई ५
  •  वि•सं• २०७२ जेठ २७ गते देखि असार २ गते सम्म सञ्चालित प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रीकेट प्रतियोगिताको उपाधी कसले जित्यो ?     उत्तर:  क्षेत्र नं• ३ जनकपुर
  •  फोर्ब्सले सन २०१५ मा प्रकाशित गरेको शुचि अनुसार विश्वका सबैभन्दा धेरै कमाउने खेलाडी को हुन ?     उत्तर:  फ्लोइड मेवेदर, अ्मेरिकी बक्सर
  •  मदर टेरेसाकी उत्तरधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ?     उत्तर: २०७२ असार ८
  •  भुकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी अध्यादेश- २०७२`,२०७१ ´सार्बजनिक खरिद (पहिलो संसोधन) अध्यादेश-२०७१` र सहकारी (दोश्रो संसोधन)-२०७१` लाई कहिले व्यवस्थापिका संसदको बैठकले स्वीकृत गर्यो ?     उत्तर: २०७२ असार १९
  • राष्ट्रिय खेलकुद परिषद्को वि.सं २०७२ साउन १ मा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ?    उत्तर:  वि.सं २०७२ मंसिर ११ देखि १८ सम्म ( पूर्वाञ्चल )
  •  भुकम्पबाट शिथिल अर्थतन्त्रलाई गतिशिल बनाउँदै ६ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले आर्थिक बर्ष २०७२\७३ को बजेट कहिले प्रस्तुत गरियो ? उत्तर:  वि.सं २०७२ असार २९ गते ( कुल बजेट ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार रुपैयाँ )
  •  फोब्र्सद्धारा सन् २०१५ जुलाई १५ मा सार्वजनिक विश्वका मूल्यवान क्लबहरुमा पहिलो स्थानमा रहन सफल क्लब कुन हो ?    उत्तर: रियल म्याड्रिड
  •  रेपुटेसन इन्स्च्यिुटले सन् २०१५ जुलाईमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार वातावरणीय विविधता,राजनीति एवं आर्थिक तत्वलाई आधार मानी तयार पारिएको प्रतिवेदन अनुसार विश्वकै प्रशंसायोग्य मुलुक कुन हो ?     उत्तर:  क्यानाडा
  •  इरान तथा पी फाइब प्लस वान मुलुक चीन, फ्रान्स, रुस, अमेरिका, बेलायत तथा जर्मनी ) बीच इरानको पारमाणविक क्षमतालाई असैनिक उद्येश्यमा सीमित बनाउने एकिकृत सम्झौता कहिले भयो ?     उत्तर:  सन् २०१५ जुलाई १
  •  रुपन्देही,नवलपरासी र लमजुङ पूर्ण साक्षर जिल्ला कहिले घोषित भए ?     उत्तर: वि.सं २०७२ असार ३१
  •  मोबाइलमा प्रयोग हुने SIM को पूरा रूप के हो?     उत्तर: Subscriber Identity Module
  •  4 युग मध्ये कुन युगलाइ iron age पनि भनिन्छ?     उत्तर: कलियुग
  •  चार्ल्स डार्विन र अब्राहम लिंकन मा के कुराको समानता थियो?     उत्तर: जन्म दिन एकै (सन् १८०९ फेब्रुअरी १३)
  •  कुन जलप्राणि लाइ गंगाको अवतार मानिन्छ?     उत्तर: डल्फिन
  •  मानव शरीरको तापक्रम 30 डिग्री भन्दा कम भएको अवस्था लाई के भनिन्छ?     उत्तर: हाइपोथर्मिया
  •  तलका मध्ये कुन जीवमा भाले र पोथी दुबै अंग हुन्छ? (गड़्यौला, भ्यागुता, सर्प, माछा)      उत्तर: गड्यौला
  •  कुनै पनि बच्चा जन्मिदा आफनु पुर्खा मा नभएको नयाँ गुण लिएर जन्मन्छ भने त्यस्तो प्रक्रिया लाइ के भनिन्छ?     उत्तर: उत्परिवर्तन
  •  मंदाकिनी बर्ष भनेको के हो?     उत्तर: सुर्यले आफ्नु कक्षमा एक पल्ट पार गर्न लाग्ने समय
  •  चंद्रमा को सतहमा रहेको सबैभन्दा अग्लो शिखरलाई के नाम दिईएको छ?     उत्तर: डार्फल पिक
  •  कुन यौगिकको कारणले गर्दा सिस्नु छुदा हात पोल्छ?     उत्तर: फर्मिक एसिड (मीथानोइक् एसिड)
  •  सर्वप्रथम इंटरनेटमा राखिएको नेपाली पत्रिका कुन हो?     उत्तर: जन्मभूमि साप्ताहिक
  •  कति डिग्री तापक्रममा पानीको आयतन सबैभन्दा बढ़ी हुन्छ?     उत्तर: ४ डिग्री
  •  वायुमंडलमा सबैभन्दा बढ़ी पाउने तत्व नाइट्रोजन भए सबैभन्दा कम पाइने तत्व कुन हो?     उत्तर: राडन
  •  पृथ्वी को आन्द्रा र माटोको इंजिनियर भनेर कुन जीवलाइ चिनिन्छ?     उत्तर: गड्यौला
  •  इंटरनेट प्रविधिको क्षेत्रमा प्रयोग हुने ADSL को पूरा रूप के हो?     उत्तर: Asymmetric Digital Subscriber Line
  •  जन्म देखि मृत्यु सम्म बढिरहने हाड कुन हो?     उत्तर: Beauty Bone
  •  पृथ्वीको सतहमा सर्वाधिक पाइने तत्व कुन हो?     उत्तर: अक्सिजन
  •  रेविज विरुद्धको सुइका आविस्कारक को हुन?     उत्तर: लुइ पास्चर
  •  पार्वती बोकेर हिडेको रावण लाइ पार्वती फर्काउन उत्प्रेरित गर्ने विष्णु भगवानको अवतार कुन थियो?     उत्तर: मोहिनी अवतार
  •  ज्योतिष शास्त्र अनुसार ग्रह कतिवटा छन्?     उत्तर: नवग्रह
  •  गणेशको उत्पत्ति के बाट भएको थियो?     उत्तर: शिवजीको मयल बाट
  •  हिन्दू धर्मवालम्वि का देवता विष्णुका 4 हातमा के के छन?     उत्तर: संख, चक्र, गधा र पद्म
  •  दैत्य गुरु सुक्रचार्य थिए भने देव गुरु को थिए?     उत्तर: बृहस्पति
  •  मान्छे मरेर घाटमा लैजादा बाटोमा फाल्ने अन्नलाई वुर्कि भनिन्छ भने पैसा लाई के भनिन्छ?     उत्तर: टिला
  •  भगवान शिबले आफ्नु जटाबाट उत्पत्ति गरेका देवदेवी को को हुन्?     उत्तर: वीरभद्र र महाकाली
  •  सतिदेवीको अंगहरु पतन भई बनेका पीठहरुको संख्या कति छन?     उत्तर: ७ करोड ५० लाख
  •  शुक्ल यजुर्वेद मा नभएको देवनगरिक अक्षर कुन हो?     उत्तर: झ
  •  विश्वकै पहिलो महाकाब्य भनेर कुन कृतिलाई लीने गरिन्छ?     उत्तर: रामायण
  •  महाभारतलाई कस्ले लिपिवद्ध् गरेको मानिएको छ?     उत्तर: गणेश
  •  इस्लाम धर्म अनुसार फतवा भनेको के हो?     उत्तर: मृत्युदण्ड
  •  बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक भित्र रहेका 3 पक्ष के के हुन?     उत्तर: सुक्तिपिटक, विनयपिटक र अभिधम्मपिटक
  •  गौरा पर्वको बेला खाइने गेडागुडिको मिश्रणलाई के भनिन्छ?     उत्तर: विरूडा
  •  कलाकार अरनिकोलाई चीनया भाषामा के भनीन्थ्यो?     उत्तर: आनीक
  •  हिन्दू धर्म अनुसार पहिलो पुरुष मनु हुन भने पहिलो महिला को हुन?     उत्तर: शतरुपा
  •  नेपालका चार धाम भनेर कुन कुन ठाउँ लाई चिनिन्छ?     उत्तर: मुक्तिक्षेत्र, रुरुक्षेत्र, पाशुपातक्षेत्र र बराहक्षेत्र
  •  गौतम बुद्धको मावली गाउँको नाम के हो?     उत्तर: रामग्राम
  •  कुन चाडमा खाइने प्रसादलाई छेमार र खानालाई कुथुक भनिन्छ?     उत्तर: ल्होसार
  •  सौर्य बर्षअनुसार को विक्रम संवत को प्रयोग अडडा अदालतमा समेत गर्ने घोषणा गर्ने प्रधानमंत्री को हुन ??    उत्तर: चंद्रशम्सेर (वि.स.१९६० देखि)
  •  महागुरु फाल्गुनंद को जन्म कहाँ भएको हो?     उत्तर: इलाम
  •  सिख धर्मवालम्वि हरुको पवित्र पंक्षी कुन हो:?     उत्तर: बाज
  •  "परोपकार पुण्याय पापाय पर पिडनम"लाई वेदब्यास द्वारा रचित कुन शास्त्रको सार मानिन्छ?     उत्तर: १८ पुराण
  •  गुरु नानकको जन्म कहाँ भएको थियो?     उत्तर: पाकिस्तानस्थित पन्जाबको तलवन्डी भन्ने ठाउँमा
  •  मसुलमान धर्मावलंबि कमसेकम एक पटक गर्नु पर्ने मक्का तीर्थ यात्रा लाई के भन्ने गरिन्छ?     उत्तर: हज (तीर्थयात्री:हाजी)
  •  जीसस क्राइस्ट लाइ कुन पहाड़ मा किला ठोकेर मारिएको थियो?     उत्तर: Calvary
  •  वेदब्यासका बाबू र आमाको नाम के के हो?      उत्तर: बाबु: पराशर र आमा: मत्स्यगन्धा
  •  झूमा प्रथा कुन सम्प्रदायमा प्रचलित छ?     उत्तर: शेर्पा(बौद्ध)
  •  आर्यसमाजको प्रवर्तक कसलाई मानिन्छ?     उत्तर: स्वामी दयानन्द सरस्वति
  •  प्रसिद्द तीर्थस्थल गोसाइकुण्ड कुन पहाड़को फेदिमा अवस्थित छ?     उत्तर: निलाद्री
  •  यज्ञ अनुष्ठान विधि उल्लेख भएको वेद कुन हो?     उत्तर: यजुर्वेद
  •  लट्ठी लौरो बाजा कुन सिमान्तकृत जातिको लोकबाजा हो?     उत्तर: राउटे
  •  हिन्दू धार्मिक मान्यता अनुसार मानव शरिर को लम्वाइ कति हुने विश्वास छ?     उत्तर: ९६ अंगुल (यसैलाई आधार मानेर जानेमा ९६ कवच रहने मान्यता छ)
  •  कुम्भकर्णकी श्रीमतीको नाम के थियो?     उत्तर: बज्रमाला
  •  धान नाचमा गाइने गितलाई के भनिन्छ?      उत्तर: पालम
  •  राष्ट्रिय आरोग्य दिवस कहिले मनाइन्छ?      उत्तर: काग तिहारको दिन
  •  मानिस जन्मे देखि बचुँजेल सम्मका क्रियाकलाप चित्रण गर्ने किरात जातिको नाच लाई के भनिन्छ?      उत्तर: साकेला शिली
  •  36 किलोमीटर लामो नगुम्पा हिमनदीको उद्गम बिन्दू कुन हिमालमा रहेको छ?      उत्तर: चोयु हिमाल
  •  प्रसिद्द पथिभरा भगवतीको मंदिर कुन जिल्लामा रहेको छ?      उत्तर: ताप्लेजुंग
  •  प्रसिद्द मुक्तिनाथ मंदिर कुन जिल्लामा रहेको छ?      उत्तर: मुस्तांङ
  •  चेपांग जातिलाइ प्रजा नामाकरण कहिले गरिएको हो?      उत्तर: वि.स. २०३४
  •  कुन जातिलाइ पाल्की बोक्ने जात पनि भनिन्छ?      उत्तर: झागड
  •  मालश्री धुनको विशेस सम्बन्ध कुन चाड संग रहेको छ?      उत्तर: दसैँ
  •  गाइको पुच्छरलाई शेष नागको प्रतिक मानिन्छ भने सिंग लाई के को प्रतिक मानिन्छ?      उत्तर: सुमेरु र कुमेरु पर्वत
  •  नागा जाति कुन देशका आदिवासी जाती हुन?      उत्तर: भारत
  •  पशुपतिमा भारतीय भट्ट पुजारी राख्ने प्रचलन कस्ले चलाएका हुन?      उत्तर: आदि शंकराचार्य (८ औ शताब्दीमा)
  •  कुन साहित्यकार लाई कृष्ण द्वैपायन पनि भनिन्छ?      उत्तर: वेदब्यास
  •  लक्ष्मी प्रसाद देवकोटाको पुस्तक मुनामदन पहिलो पटक कहिले प्रकाशित भएको थियो?      उत्तर: वि.स. १९९६
  •  शब्द् विद्या र चंद्र ब्याकरणका का रचनाकार को हुन?      उत्तर: अंशुवर्मा
  •  नेपाली साहित्यमा वेदब्यास उपनामले चिनिने साहित्यकार को हुन?      उत्तर: हेमांग दीक्षित
  •  3 पटक मदन पुरस्कार पाउन सफल सत्यमोहन जोशीको सबैभन्दा पाहिले सो पुरस्कार जित्न सफल कृति कुन हो?      उत्तर: हाम्रो लोक संस्कृति (वि.स. २०१४)
  •  प्रथम पटक प्रकाशित हुँदा गोरखापत्रको मूल्य कति राखिएको थियो?      उत्तर: ४ मोहोर
  •  रामयणमा काण्ड, महाभारतमा पर्व भए झै पूराणमा के हुन्छ?      उत्तर: स्कन्द
  •  भूपी शेरचनको नवारान्को नाम के थियो?      उत्तर: भाग्यमान शेरचन
  •  तुलशिलाई आध्यात्मिक भाषामा के भनिन्छ?      उत्तर: विष्णुप्रिया
  •  नेपाली भाषा साहित्यको पहिलो नारी सिर्जना मानिने "राजधर्म" की रचयिता को हुन?      उत्तर: ललितत्रिपुरासुन्दरी
  •  शिलालेख सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ?      उत्तर: इपिग्राफी
  •  कुन लिपिलाई नेपालकै पहिलो लिपि मानिन्छ?      उत्तर: ब्राह्मी लिपि
  •  नेवारी साहित्यका महाकवि भनेर कसलाई चिनिन्छ?      उत्तर: सिद्दिदास अमात्य
  •  नेपाली साहित्यकार "घटोत्कच" को वास्तविक नाम के हो?      उत्तर: बालमुकुन्ददेब पाण्डे
  •  सबैभन्दा बढ़ी अर्थ लाग्ने अंग्रेजी शब्द कुन हो?      उत्तर: SET
  •  तिब्बती भाषामा ल्होसारको अर्थ के हुन्छ?      उत्तर: नयाँ बर्ष
  •  let's visit to Nepal कृति कसको रचना हो?      उत्तर: आंग सांग सुची
  •  साहित्यकार धुस्वा सायमिको वास्तविक नाम के हो?      उत्तर: गोविन्दबहादुर मानन्धर
  •  स्वर्गको दरबार पुस्तकका लेखक को हुन?      उत्तर: सुक्रराज शास्त्री
  •  सेतो गुराँस लाई के भनिन्छ?      उत्तर: चिमाली
  •  द्वन्द कालीन परिस्थिति मा आधारित उपन्याश "पल्पशा क्याफेका" लेखक को हुन?      उत्तर: नारायण वाग्ले
  •  भूतको भिनाजु भनेर कसलाई चिनिन्छ?      उत्तर: बासुदेब लुइँटेल
  •  कोइलिको स्वरलाई के भनिन्छ?      उत्तर: पंचम
  •  नेपाली साहित्यका सताब्दी पुरुष को हुन?      उत्तर: सत्यमोहन जोशी
  •  सबैभन्दा पहिले गित रेकर्ड गराउने नेपाली गायक को हुन्?      उत्तर: सेतुराम
  •  आयमेली कवी भनेर कसलाई चिनिन्छ?      उत्तर: तिलविक्रम नेम्वांग
  •  राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा बढी बोलिने ५ मातृभाषा कुन कुन हुन्?      उत्तर: नेपालि, मैथिली, भोजपुरी, थारु र तामांग
  •  कानुनि रुपमा नेपाली खस भाषाले नेपालको राष्ट्रभाषाको मान्यता कहिले प्राप्त गर्यो?      उत्तर: वि.स २०१५ मा
  •  नेपालमै प्रकाशित नेपाली भाषाको पहिलो पत्रिका कुन हो?      उत्तर: सुधासागर
  •  “वेदमा के छ” नामक पुस्तकका लेखक को हुन्?      उत्तर: स्वामी प्रपन्नाचार्य
  •  नेवारी साहित्यको उर्वर काल भनेर कुन समयलाई चिनिन्छ?      उत्तर: मल्ल काल
  •  नेवारी भाषाको पहिलो कवी कसलाई मानिन्छ?      उत्तर: महेन्द्र मल्ल
  •  साझा पुरस्कारको स्थापना कहिले भएको हो?      उत्तर: वि.स. २०२६ साल
  •  पृथ्वी प्रज्ञा पुरस्कार कति कति बर्षमा प्रदान गरिन्छ?      उत्तर: ४/४ बर्षमा
  •  युवा बर्ष मोति पुरस्कार कति बर्षभन्दा कम उमेरका भाषा एवं साहित्यसेवीलाई प्रदान गरिन्छ?      उत्तर: ४० बर्ष
  •  मदन पुरस्कार प्राप्त गर्ने एकै परिवारका सदस्य को को हुन्?      उत्तर: धनुषचन्द्र गौतम (२०३५, घामका पाइलाहरु) र ध्रुवचन्द्र गौतम (२०४०, अलिखित)
  •  सिंह दरबार कुन विदेसी दरबारको अनुकरण गरि बनाइएको मानिन्छ?      उत्तर: भर्सिलेज दरबार
  •  रोजर फेडेरर कुन खेल संग सम्बन्धित छन्?      उत्तर: टेनिस
  •  कुन देशलाई क्रिकेटको घर भनि चिनिन्छ?      उत्तर: बेलायत
  •  विश्वको सबैभन्दा पुरानु मानिने पोलो खेलको सुरुवात कुन देशबाट भएको हो?      उत्तर: इरान
  •  राजस्व चुहावट ऐन. २०५२ अनुसार राजस्व भन्नाले के बुझिन्छ?      उत्तर: कानुन बमोजिम सरकारलाई तिर्नु वा बुझाउनु पर्ने भन्सार, महसुल, अन्त-सुल्क, आयकर, मुल्य अभिब्रिद्दी कर, सवारी साधन कर, घर जग्गा बहाल कर, सम्पत्ति कर वा घरजग्गा रजिस्ट्रेसन दस्तुरका साथै प्रचलित कानुन बमोजिम लाग्ने अन्य कर तथा गैरकर राजस्व
  •  विद्युतधाराको आधारभूत एकाइ एम्पियर हो भने तापक्रमको आधारभूत एकाइ के हो?      उत्तर: केल्भिन
  •  प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा दुइ माध्यम छुट्टिने बिन्दुमा बांगीएर जाने क्रियालाई के भनिन्छ?      उत्तर: प्रकासको आवर्तन
  •  “कुशल शासकहरु भविष्यको सोचाइ गर्छन, तर नेताहरुलाई चुनावको मात्र चिन्ता हुन्छ” यो भनाइ कसको हो?      उत्तर: अब्राहम लिंकन
  •  सगरमाथा राष्ट्रिय निकुन्जलाई विश्वसम्पदा सुचिमा कहिले सुचिकृत गरिएको हो?      उत्तर: सन् १९७९
  •  लामो समयको तयारि पछी पशुपति क्षेत्रमा विद्युतीय शवदाह गृह संचालन कहिले देखि सुरु भयो?      उत्तर: वि.स. २०७२ माघ १० गते
  •  नेपालको संविधान २०७२ ले निर्वाचन क्षेत्रको सम्बन्धमा कस्तो व्यवस्था गरेको छ?      उत्तर: जनसंख्यालाई मुख्य र भूगोललाई दोश्रो आधार मानि संघीय कानुनबमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिने र प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र रहने
  •  तेश्रो जीवनस्तर मापन सर्वेक्षण अनुसार नेपालमा कृषिमा आश्रित जनसंख्या कति % रहेको छ?      उत्तर: ७४%
  •  प्रसिद्द रानी महल दरबार कहाँ रहेको छ?      उत्तर: पाल्पा
  •  नेपालमा निशुल्क प्रशुती सेवा कहिले देखि प्रदान गर्न थालिएको हो?      उत्तर: वि.स २०६५ माघ १ गते
  •  हाल नेपाल राजपत्रमा कति भाग छन्?      उत्तर: ६ भाग
  •  सबैभन्दा बढी गुम्बा भएको जिल्ला कुन हो?      उत्तर: सोलुखुम्बु
  •  नेपालको पहिलो दुतावास कहाँ खोलिएको थियो?      उत्तर: बेलायत
  •  सार्वजनिक प्रशासनमा O and M को पुरा रुप के हो?      उत्तर: Organization and Management
  •  बालबालिका हकहितका लागि परिलक्षित बालअधिकारसम्बन्धि महासन्धिलाई नेपालले कहिले अनुमोदन गर्यो?      उत्तर: वि.स. २०४७ भदौ २९ गते
  •  सुर्यबाट सबैभन्दा नजिक रहेको ग्रह कुन हो?      उत्तर: बुध
  •  सूर्यलाई सम्पूर्ण रुपमा ढाक्ने ग्रहणलाई खग्रास सुर्यग्रहण भनिन्छ भने सुर्यको केहि अंश मात्र ढाक्ने ग्रहणलाई के भनिन्छ?      उत्तर: खण्डग्रास सुर्यग्रहण
  •  पृथ्वीको उत्पत्ति सम्बन्धि वायवीय राशी(The gaseous theory) प्रस्तुत गर्ने विद्वान को हुन्?      उत्तर: इमानुयल कान्ट
  •  विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो?      उत्तर: म्याग्दीमा कालिगण्डकीनदीले बनाएको गल्छी
  •  अस्ट्रेलियामा पाइने घासे मैदानलाई के भनिन्छ?       उत्तर: डाउन्स
  •  नेपाल कति डिग्री अक्षांश र देशान्तर विच अवस्थित छ?      उत्तर: २६ डिग्री २२ मिनट देखि ३० डिग्री २७ मिनट उत्तरी अक्षम्श सम्म र ८० डिग्री ४ मिनट देखि ८८ डिग्री १२ मिनट पूर्वी देशान्तर सम्म
  •  कोशी नदीको औशत जलप्रवाह कति रहेको छ?      उत्तर: १५६४ क्युविक मिटर प्रतिसेकेन्ड
  •  इन्द्र सरोवर कहाँ रहेको छ?      उत्तर: मकवानपुर
  •  सन् २०१६ जनवरीमा सम्पन्न बंगबन्धु गोल्डकप उपाधि कसले जित्यो?      उत्तर: नेपाल
  •  कुसुमपुरी कुन जिल्लाको पुरानो नाम हो?      उत्तर: पर्वत
  •  प्रथम विश्वयुद्धको सुरुवात कहिले भएको थियो?      उत्तर: सन् १९१४ जुलाई २८
  •  गोपालवंशीहरु पछी नेपालमा कुन वंशको शासन चलेको थियो?      उत्तर: अहिरवंशी
  •  भगवान बुद्धले पहिरने गेरुवा रंगको वस्त्रलाई के भनिन्छ?      उत्तर: चिवर
  •  नेपालि कविताको क्षेत्रमा प्रयोगवादी धारको सुत्रपात गर्ने कवी को हुन्?      उत्तर: मोहन कोइराला
  •  प्रथम विश्वयुद्ध पछी गठन भएको अन्तराष्ट्रिय स्तरको संगठन कुन थियो?      उत्तर: राष्ट्र संघ
  •  UNO को सुधार सम्बन्धि Quiet Revolution नामक प्रतिवेदन पेस गर्ने संयुक्त राष्ट्र संघका महासचिव को हुन्?      उत्तर: कोफी अन्नान
  •  आनुवंशिक विविधता भनेको के हो?      उत्तर: कुनै जीवको आफ्नै समुहभित्र एकापसबीच देखिने वंशानुगत विविधता र यसै जीवको एउटा समूहदेखि अर्को समूह अर्थात् समूह समुह बीच देखिने समुहगत विविधता
  •  नेपालको बुद्ध एयर र बंगलादेशको नोभो एयरविच विमान मर्मतसम्भार सम्झौता कहिले भयो?      उत्तर: सन् २०१६ जनवरी २२
  •  हाल नेपाल सरकारले प्रयोग गर्ने निसाना छाप कसले तयार परेको हो?      उत्तर: नबिन्द्रमान राज भण्डारी, हिमालय गौतम र कृष्ण श्रेष्ठ
  •  वरिस्ठ साहित्यकार मिर्जा गालिव कुन भाषा संग सम्बन्धित छन्?      उत्तर: उर्दु
  •  लिच्छविकालमा प्रधान न्यायाधिसलाई के भनिन्थ्यो?      उत्तर: महासर्वदण्डनायक
  •  बेडेन पावेल स्काउट पिक कुन जिल्लामा छ?      उत्तर: रसुवा
  •  मसिने चौर विमानस्थल कुन जिल्लामा पर्छ?      उत्तर: डोल्पा जिल्ला
  •  परियोजनाका रुपमा स्थापित नेपाल टेलिभिजन कहिले सस्थानमा रुपान्तरित भयो?      उत्तर: २०४२ पौष १२ गते
  •  विश्व प्रसिद्द पुस्तक गिनिज बुकको पहिलो प्रकाशन कहिले भएको थियो?      उत्तर: सन् १९५५ अगस्त २७
  •  वि.स. २०१६ साल भन्दा अगाडी नेपाली नोट प्रकाशनको कार्य कहाँ बाट गरिन्थ्यो?      उत्तर: सदर मुलुकीखानाबाट
  •  मगर जातिमा रहेको छोराछोरी बेच्ने तथा भाउजु, सानिमा बेहोर्ने चलनमाथि प्रतिबन्ध लगाउने प्रधानमन्त्री को हुन्?      उत्तर: भीमसेन थापा
  •  नेपाल संयुक्त राष्ट्र संघको सदस्य कहिले भएको हो?      उत्तर: १९५५ डिसेम्बर १४
  •  चीन भ्रमण गर्ने पहिलो प्रधानमन्त्री को हुन्?      उत्तर: टंक प्रसाद आचार्य
  •  वेद पाठ गर्दा ब्राह्मणको मुखबाट निस्केको थुकको छिटालाई के भनिन्छ?      उत्तर: ब्रह्मबिन्दु
  •  रोमन संख्यामा कुन अंक हुदैन?      उत्तर: सुन्य
  •  खाने आहार पाएपछि आशु खसाल्ने जीव कुन हो?      उत्तर: गोही
  •  माथिल्लो जातकी केटि र तल्लो जातको केटाबीच हुने विवाहलाई के भनिन्छ?      उत्तर: प्रतिलोम
  •  पियानोको आविस्कार कुन देशमा भएको हो?      उत्तर: इटाली
  •  सर्वप्रथम “जय नेपाल” शब्द प्रयोग गर्ने व्यक्ति को हुन्?      उत्तर: सुक्रराज शास्त्री
  •  नेपाललाइ द्वापरयुगमा के भनिन्थ्यो?      उत्तर: मुक्तिसोपान
  •  धरान-विराटनगर सडकखण्डको नाम के राखिएको छ?      उत्तर: भक्ति मार्ग
  •  नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज कुन हो?      उत्तर: सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज
  •  कर्णका पिता सुर्य हुन् भने माता को हुन्?      उत्तर: कुन्ती
  •  चिकित्सा विज्ञानको लागि महत्वपूर्ण मानिएको एक्स-रेका अविस्कारक को हुन्?      उत्तर: Wilhelm Rontgen
  •  विधवाले लगाउने धातुको चुरालाई के भनिन्छ?      उत्तर: रैया
  •  RED GIANTS भन्नाले के बुझिन्छ?      उत्तर: अन्त्य अवस्थामा पुगेको तारा
  •  वि.सं २०७२ असारसम्मको तथ्यांकअनुसार नगद प्रवाहमा आधारित सरकारी खर्च कति पुगेको छ?   उत्तर:  रु ४४० अर्ब ९९ करोड
  •  भूकम्पपछिको पुननिर्माण अभियानमा सहयोग पुर्याउन र ६ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य भेट्टाउने योजनासहित नेपाल राष्ट्र बैंकले आ.व २०७२\७३ को मौद्रिक नीति कहिले सार्वजनिक गर्यो ?      उत्तर:  वि.सं २०७२ साउन ७ गते
  •  निजामती कर्मचारी कल्याणकारी कोष नियमावली,२०७२ अनुसार हरेक महिना कर्मचारीको तलबबाट कति प्रतिशत रकम कट्टा गरी जम्मा गरिने व्यवस्था छ ?      उत्तर:  ०.५ प्रतिशत
  •  नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) द्धारा वि• सं• २०७२ मा प्रदान गरिने उत्कृष्ट लेखा प्रस्तुती सम्मानबाट सम्मानित हुने बाणिज्य बैंक कुन हो ?      उत्तर:  नेपाल बैंक लिमिटेड
  •  नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) द्धारा वि• सं• २०७२ मा प्रदान गरिने विकास बैंक तथा वित्त कम्पनी समुहमध्येको उत्कृष्ट वित्तिय प्रतिवेदन पुरस्कार “बेस्ट प्रीजेन्टेड एकाउन्टस अवार्ड- २०१४” कुन संस्थाले प्राप्त गर्यो ?    उत्तर: कैलाश विकास बैंक
  •  ग्लोबल फाईनान्सद्धारा सन २०१५ जुलाई २० मा अ्मेरिकाको न्युयोर्कमा घोषणा गरिएको एसिया प्रशान्त क्षेत्रीय समूह अन्तर्गत ´कन्जुमर डिजिटल बैंक अवार्ड` कसले प्राप्त गर्यो ?    उत्तर: स्टान्डर्ड चार्टर बैंक, नेपाल
  •  आ•व• २०७१/७२ को आर्थिक सर्बेक्षण अनुसार चालू आ•व•को यथार्थ कूल गार्ह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?     उत्तर: ३३•१ %
  •  वि•सं• २०७२ साउन १२ मा बितरित राष्ट्रीय चलचित्र पुरस्कार मा उत्कृष्ट चलचित्रको उपाधी कुन चलचित्रले प्राप्त गर्यो ?     उत्तर:  कबड्डी
  •  नेपाल वायु सेवा निगम द्धारा वि•सं• २०७२ बैशाख १८ मा ल्याएको दोश्रो एयरबस ए -३२० लाई के नामाकरण गरिएको छ ?    उत्तर: लुम्बिनि
  • सन २०१५ अप्रील ९-११ सम्म अ्मेरिकामा भएको पानी प्रशोधन सम्बन्धी उत्कृष्ट हुने वैज्ञानिक को हुन ?     उत्तर: एमपि भट्ट
  •  निजामती सेवा ऐन २०४९ को चौथो संसोधन कहिले भएको हो ?     उत्तर: वि•सं• २०७२ असार २९
  •  लोकसेवा आयोगले कहिले बाट लागू हुनेगरि अप्राविधिक तर्फ राजपत्र अनङिकत प्रथम श्रेणी (नायब सुब्बा) र द्धितिय श्रेणी (खरिदार) पदको लागि कहिले देखि प्रवेस परिक्षाको व्यवस्था गरेको छ ?     उत्तर: आ•व• २०७२/७३
  •  क्याटो वर्ल्ड वाटर ग्रान्ड प्राईज-२०१५ (राशी २० हजार अ्मेरिकी डलर ) बाट सम्मानित हुने संस्था कुन हो ?     उत्तर: वातावरण तथा जनस्वास्थ्य सघंठन (एन्फो)
  •  रुपन्देहिको भैरहवामा डिजास्टर रिकभरी सेन्टरको स्थापना कहिले भयो ?     उत्तर: वि•सं• २०७१ साउन ११
  •  हाल नेपालमा ´क`, ´ख`, ´ग` र ´घ` वर्गका वैंक तथा वित्तिय संस्थाहरु कति रहेका छन ?     उत्तर: क्रमश ३०, ७६, ४८ र ३९
  •  राष्ट्रीय प्रतिभा पुरस्कारबाट सम्मानित हुने खेलाडी को- को हुन ?     उत्तर: विमला तामाङ्ग (कराते) ,सोमपाल कामी (क्रीकेट), दिवाश श्रेष्ठ (बक्सिङ्ग), ज्ञानी चुनारा( तेक्वान्दो), विनिता बुढाथोकी (भलिबल),विक्रम बहादुर रानामगर, केशरी चौधरी, प्रमिला चौधरी र सुनिल चौधरी (एथलेटिक्स)
  •  भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्रीसहितका शीर्ष नेता एवं चर्चित कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल कहिले भयो ?     उत्तर:  वि.सं २०७२ जेठ २३
  •  सन् २०१५ मे २९ मा फिफाको अध्यक्षमा निर्वाचित भएका सेप ब्लाटरले एक साता नबित्दै कहिले आफ्नो पदबाट राजिनामा दिए ?     उत्तर: सन् २०१५ जुन २
  •  सन् २०१५ जुन ११ देखि जुलाई ४ सम्म चिलीमा सम्पन्न कोपा अमेरिका फुटबल– २०१५ को उपाधि कसले जित्यो ?     उत्तर: चिली
  •  राष्ट्रिय सहकारी सङ्घ द्वारा प्रदान गरिएको २०७१ सालको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित हुने संस्था कुन हो ?    उत्तर:  ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी
  •  नेपाल उद्योग वाणिज्य महासङ्घको वि.सं. २०७२ असार १८ मा राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न विशेष साधारण सभाले अध्यक्ष पदमा कसलाई चयन गर्यो ?     उत्तर:  पशुपति मुरारका
  •  वैदेशिक ऋण (बेल आउट प्याकेज) लिने कि नलिने भन्ने सम्बन्धमा सन् २०१५ जुलाई ५ मा ग्रीसमा सम्पन्न जनमत सङ्ग्रहमा ऋण लिनु हुँदैन भन्ने पक्षमा कति प्रतिशत मत प्राप्त भएको छ ?     उत्तर: ६० प्रतिशत

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

2 comments: