नेपालको भूगोलसम्बन्धी सम्पुर्ण प्रश्न-उत्तरहरु (खरिदार तथा स‍ुब्बाको तयारीमा रहनु भएकाहरुको लागी अति उपयोगी)

Ø  नेपालको क्षेत्रफल कति छ ? – ,४७,१८१ वर्ग कि.मि.
Ø  नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
Ø  नेपालको उत्तरदक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
Ø  नेपाल कुन महादेशमा अवस्थित ? –एशिया
Ø  नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५
Ø  नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५
Ø  नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
Ø  नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
Ø  नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?–८०°४ु पूर्वी देशान्तरदेखि ८८°१२ु पूर्वी देशान्तरमा
Ø  नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? –२६°२२ुउत्तरी अक्षांसदेखि ३०°२७ु उत्तरी अक्षांसमा
Ø  नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा
Ø  चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६
Ø  भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा
Ø  क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
Ø  क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
Ø  क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
Ø  क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
Ø  नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट
Ø  नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? –८६°१५ु देशान्तर रेखालाई
Ø  नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल
Ø  कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
Ø  नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
Ø  नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल
Ø  ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
Ø  ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
Ø  महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा
Ø  गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा
Ø  सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट
Ø  चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला
Ø  सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
जलेश्वर

Ø  ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी
Ø  सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
Ø  अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान
Ø  नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला
Ø  नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा
Ø  भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? –२४
Ø  चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? –१५ वटा
Ø  दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग
Ø  काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.              
Ø  नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –नेपालगञ्ज
Ø  नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –कास्की 
Ø  नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? –मुस्ताङ्ग 
Ø  नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? – ८ वटा
Ø  मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? –महालंगुर
Ø  सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ? –इलाम
Ø  महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की
Ø  हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक
Ø  महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? –खुम्वु
Ø  भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी
Ø  काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? –जुगल
Ø  काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु
Ø  काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले
Ø  चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर
Ø  झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग
Ø  कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन
Ø  महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा
Ø  सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर (खुम्वु)
Ø  दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुरØ  कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –गुल्मी
Ø  नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? –इन्द्र सरोवर
Ø  अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? –संखुवासभा
Ø  क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? –महाकाली
Ø  नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग
Ø  नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? –पोखरा
Ø  च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? –दोलखा
Ø  म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा
Ø  नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान र डोटी
Ø  विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? –,५८६ मिटर
Ø  पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? –३९ वटा
Ø  हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –१६ वटा
Ø  तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२० वटा
Ø  काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? –पूर्वसाँगा, पश्चिमवाण, उत्तरपाटी, दक्षिणचन्द्रगिरी
Ø  धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश
Ø  हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१५५
Ø  पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –६८५
Ø  तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१७५
Ø  नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत
Ø  पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४४.३ प्रतिशत
Ø  तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४८.४ प्रतिशत
Ø  नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? –केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर
Ø  भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? –भुपरिवेष्ठित
Ø  नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली
Ø  नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.
Ø  फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? –५०० किलोवाट
Ø  हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म
Ø  पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म
Ø  तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म
Ø  चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)
Ø  नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती
Ø  पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ? –धनकुटा
Ø  पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ? –१६ वटा
Ø  पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ? –कास्की
Ø  धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ? –गण्डकी
Ø  महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? –१०३४ कि.मि.
Ø  ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? –तमोर
Ø  दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? –कर्मनाशा
Ø  नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट
Ø  जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? –नेपाल
Ø  सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? –माइकल कर्ग
Ø  सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले
Ø  मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? –सुर्खेत
Ø  मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला रहेकाछन् ? –१९ वटा
Ø  सप्तगण्डकीका प्रमुख सहायक नदी कुन हो ? –काली गण्डकी
Ø  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत परियोजना कुन हो ? –थामे जलविद्युत परियोजना
Ø  नेपाललाई कति सालमा चार विकास क्षेत्रमा विभाजन गरियो ? –वि.सं. २०२९
Ø  सबभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल
Ø  सबभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ? –सगरमाथा राष्ट्रिय निकुञ्ज
Ø  राष्ट्रिय जनगणना कति कति वर्ष लिने गरिन्छ ? –प्रत्येक १० वर्षमा
Ø  राष्ट्रिय मान्यता पार्टी हुनको लागि प्रतिनिधि सभाको निर्वाचनमा खसेको जम्मा मतको कति प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ ? –३ प्रतिशत
Ø  नेपालमा मात्र पाइने चरा कुन हो ? –काँडे भ्याकुर
Ø  महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ? –वि.सं. २०१९ बैशाख १ गते
Ø  महानगरपालिका हुनको लागि कति जनसंख्या र वार्षिक आयश्रोत हुनुपर्छ ? –३ लाख जनसंख्या र ४० करोड बार्षिक आयश्रोत (स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार)
Ø  ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ? –गोरखा
Ø  माछापुच्छे हिमाल कुन हिमशृंखलामा पर्छ ? –अन्नपूर्ण
Ø  सार्क गरिबी निवारण कार्यक्रम नेपालको कुन जिल्लामा लागू भएको छ ? –मकवानपुर
Ø  सबैभन्दा बढी जिल्लाका सीमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
Ø  कर्णाली पुलको लम्बाइ कति हो ? – ५०७ मी.
Ø  सगरमाथा दिवस कहिले मनाइन्छ ? – २९ मे
Ø  बाह्रकुने ताल कहाँ पर्छ ? – दाङ
Ø  नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ? –पटना, भारत
Ø  स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? –४३%
Ø  ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ? –रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।
Ø  सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? –काली गण्डकी
Ø  राष्ट्रिय तथ्यांक आयोगका अध्यक्ष को हुन्छ ? –रा.यो.आ.का उपाध्यक्ष
Ø  सप्तकोशीमा पर्ने सबैभन्दा सानो नदी कुने हो ? –लिखु
Ø  धरानधनकुटा राजमार्गलाई के भनिन्छ ? –मदनभण्डारी राजमार्ग
Ø  सार्क उपक्षेत्रीय चतुष्कोणमा कुन कुन राष्ट्र पर्दछन् ? –नेपाल, भारत, बंगलादेश र भुटान
Ø  डोल्पा जिल्लाभन्दा महाकाली अञ्चल कति वर्ग कि.मि. सानो छ ? – ९०० वर्ग कि.मि.
Ø  काकडभिट्टाबङ्गलाबन्ध मार्ग कहिलेदेखि सुरु गरिएको हो ? –२०५४ भाद्र १६
Ø  नेपाल पिक कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ
Ø  सुर्खेत जिल्लाको पुरानो नाम के हो ? –दोभाने चौर
Ø  चन्द्रनहर कुन नदीबाट बनाइएको छ ? –त्रियुगा
Ø  नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि विभाजन गरियो ? –२०३७ सालमा
Ø  नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? –चितवन राष्ट्रिय निकुञ्ज
Ø  पनेरवा दरबार कुन ठाउँमा पर्दछ ? –रौतहट
Ø  नेपालमा हावापानीलाई कति भागमा बाँड्न सकिन्छ ? –५ भाग
Ø  नेपालको सबैभन्दा ठूलो नदी कुन हो ? –कोशी
Ø  नेपालमा ७५ जिल्लाहरुमध्ये हिमाली भेगमा रहेका जिल्ला कति छन् ? – १६
Ø  जि.वि.स. का सदस्य निर्वाचनको प्रयोजनको लागि जिल्लाहरुलाई कति इलाकामा विभाजन गरिएको छ ? – ९ देखि १७ सम्म
Ø  गण्डक सम्झौता कहिले भएको थियो ? – २०१६ मंसिर १९
Ø  नेपालचीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ? – २०१८
Ø  महेन्द्र राजमार्गले तलका मध्ये कुन दुवै पहाडी जिल्लालाई छुन्छ ? – अर्घाखाँची र मकवानपुर
Ø  नेपालको १२०० देखि २१०० मिटरसम्मको उचाइमा कुन हावापानी पाइन्छ ? – न्यानो समशितोष्ण
Ø  धरानधनकुटा राजमार्गलाई के नामाकरण गरिएको छ ? – मदन भण्डारी
Ø  त्रिशुली नदीको मुहान कुन हो ? – गोसाइँकुण्ड
Ø  टिंकर भञ्ज्याङ कुन जिल्लामा छ ? – दार्चुला जिल्लामा
Ø  च्छोरोल्पा हिमतालको उचाइ कति हो ? – ४५८० मी.
Ø  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? –होटल एभरेष्ट भ्यू
Ø  महाकाली नदी भारतमा पुगेपछि के नामले चिनिन्छ ? –शारदा
Ø  पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ? –२६४ हेक्टर
Ø  संसारकै सबैभन्दा गहिरो गल्छी कुन हो ? –धवलागिरी र अन्नपूर्ण हिमालबीमा कालीगण्डकी नदीले बनाएको गल्छी जसको गहिराई ६,९६७ मिटर छ ।
Ø  नेपालको हिमनदीहरुमा सबैभन्दा लामो तथा ठूलो हिमनदी कुन हो ? –सबैभन्दा लामोखुम्वु हिमनदी, ठूलो हिमनदीलाङटाङ
Ø  भित्री मधेशमा पर्ने जिल्लाहरु कुन कुन हुन् ? –उदयपुर, सिन्धुली, चितवन, नवलपरासी, दाङ्ग, मकवानपुर, कैलाली, डोटी र सुर्खेत
Ø  नेपालको प्रमुख वाली धान हो भने दोस्रो तेस्रो प्रमुख वाली कुन कुन हो ? –मकै र गहुँ
Ø  नेपालमा मनसुनी वर्ष कति अवधिसम्म रहन्छ ? – ४ महिना
Ø  नेपालभित्रै बग्ने सबैभन्दा लामो नदी कुन हो ? –कर्णाली, ५०६ किलोमिटर
Ø  काञ्जिरोवा हिमश्रृंखला कुन अञ्चलमा पर्दछ ? –कर्णाली
Ø  माछापुच्छे हिमालको उचाई कति छ ? –६९९६ मिटर
Ø  फोक्सुण्डो तालको निकासबाट बनेको झरनाको नाम के हो ? –सुलिगाँड झरना
Ø  लार्के भञ्ज्याङ्ग गोरखामा पर्छ भने टिपताल भञ्ज्याङ कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ्ग
Ø  नेपालमा सबैभन्दा अघि कुन राजमार्ग बनेको हो ? –त्रिभुवन राजपथ
Ø  प्रसिद्ध नारद कुण्ड गोरखामा पर्छ भने दामोदर कुण्ड कुन जिल्लमा पर्छ ? –मुस्ताङ्ग
Ø  ५२ पोखरी ५३ तालको जिल्ला भनेर प्रसिद्धि कमाएको जिल्ला कुन हो ? –रुकुम
Ø  नेपालको सबैभन्द बढी वर्षा हुने स्थल कास्कीको लुम्ले हो भने कम वर्षा हुने स्थल कुन हो ? – ल्होमन्थाङ्ग, मुस्ताङ्ग
Ø  नेपालको प्रामाणिक समय जुन गौरीशंकर हिमाललाई काटिगएको ८६°१५ु देशान्तर रेखालाई कहिले देखि मान्यता दिएको हो ? –विं.स. २०४२ बैशाख १ गतेदेखि
Ø  नेपालको सबैभन्दा ठूलो नगरपालिका कुन हो ? –त्रियुगा नगरपालिका
Ø  नेपालको सबैभन्दा सानो नगरपालिका कुन हो ? –बनेपा नगरपालिका
Ø  धेरै जनसंख्या भएको नगरपालिका काठमाण्डौ महानगरपालिका हो भने सबैभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल नगरपालिका
Ø  नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ? –समुद्रसतहदेखि १२०० मिटरको क्षेत्रमा
Ø  समशितोष्ण पतझर जंगल कतिदेखि कति समुद्रसतहमा पाइन्छ ? –१२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा
Ø  समशितोष्ण कोणधारी जंगल पाइने उचाई कति हो ? –समुद्र सतहदेखि २१००३३०० मिटरबीचको उचाई
Ø  लेकाली वनस्पती पाइने उचाई कति हो ? –समुद्र सतहदेखि ३३००५००० मिटरसम्मको उचाई ।
Ø  नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा पाइन्छ ? –समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा
Ø  नेपालमा पाइने माटोलाई कुन कुन भागमा वर्गीकरण गरिएको छ ? –५ प्रकारमा (पाँगो, बलौटे, पहाडी, हिमाली, टुन्ड्रा)
Ø  नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ? –३ भागमा
Ø  नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? यो कुन जिल्लामा रहेको छ ? –रारा, मुगु
Ø  नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोको गहिराई कति रहेको छ ? –६५० मिटर
Ø  फेवाताल, वेगनास ताल, रुपाताल कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ? –कास्की
Ø  सबैभन्दा उचाईमा रहेको ताल कुन हो ? –तिलिचो, ४९१९ मिटर
Ø  घोडाघोडी ताल कैलालीमा पर्छ भने सुके ताल कहाँ पर्छ चितवन
Ø  नन्दभाउजु ताल चितवनमा पर्छ भने सत्यवती ताल कहाँ पर्छ पाल्पा
Ø  नेपाललाई धरातलीय स्वरुपको आधारमा कति भागमा विभाजन गरिएको छ ? – ३ भागमा
Ø  हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ ? – करिब ४००० मिटरदेखि माथि
Ø  पहाडी प्रदेशले कति उचाइसम्मको भूभाग ओगटेको छ ? समुन्द्र सतहबाट ७० मि.देखि ६०० मि.सम्म
Ø  हिमाली प्रदेशले नेपालको कुल भूभागको १५ प्रतिशत भूभाग ओगटेको छ भने यस प्रदेशमा कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ७.५ प्रतिशत
Ø  पहाडी प्रदेशले नेपालको कुल भूभागको ६८ प्रतिशत भूभाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४५.५ प्रतिशत
Ø  तराई प्रदेशले नेपालको कुल भूभागको १७ प्रतिशत भूभाग ओगटेको छ भने कुल जनसंख्यको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४६.७ प्रतिशत
Ø  सगरमाथाको नामाकरण एभरेष्टभनी कसको नामबाट राखिएको हो ? ब्रिटिस नागरिक सर्भेयर जर्ज एभरेष्ट नामबाट
Ø  डा. बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई सगरमाथाभनि नामाकरण कहिले गरेका हुन् ? – सन् १९९५
Ø  नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीका सातवटा सहायक नदीहरुमा सबैभन्दा सानो नदी कुन हो ? – लिखु
Ø  नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ? – करिब ३३८ कि.मि.
Ø  नेपालको सबैभन्दा लामो नदी कुन हो ? – कर्णाली
Ø  नेपालको सबैभन्दा गहिरो ताल राराताल हो भनेर कहिलेदेखि पत्ता लागेको हो ? – वि.सं. २०६१ ज्येष्ठ २७ देखि ३० सम्मको सर्भेले
Ø  नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो ? – रारा
Ø  नेपालका ७५ जिल्लामध्ये हिमाली भेगमा १६ वटा पर्दछन् भने पहाडी र तराई भेगका कति कति जिल्लाहरु पर्दछन् ? – क्रमशः पहाडी ३९ र तराई २० जिल्ला (२०७२ को संबिधानले प्रदेशमा बिभाजन गरेता पनि जिल्लाहरु कायमै छन र प्रदेशको ब्यवस्थित कार्यन्वयन हालसम्म भएको छैन। )
Ø  नेपालको भारतसँग मात्र जोडिएको जिल्लाहरु २४ वटा छन् चीनसँग मात्र जोडिएका जिल्ला १३ वटा छन् भने चीन भारत दुवैसँग जोडिएका जिल्लाहरु कति वटा छन् ? – २ वटा
Ø  नेपालको उत्तरी सिमा हिमालदेखि दक्षिण महाभारत पर्वतसम्म फैलिएको जिल्ला कुन हो ? – धादिङ्
Ø  विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? – नेपालको अन्नपूर्ण र धवलागिरी बीचको गल्छी
Ø  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका ताल कुन हो ? –तिलिचो ताल
Ø  विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ? – अरुण उपत्यका (संखुवासभा)
Ø  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? – नेपालको सोलुखुम्बुस्थित होटल एभरेष्ट भ्यू (१२,७१३ फिट)
Ø  नेपालको सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१ व्र्ग कि.मि) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ? – महाकाली (६९८९ वर्ग कि.मि.)
Ø  नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा (७८८९ वर्ग कि.मी.) छ हो भने सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ ? – ११९ वर्ग कि.मि.
Ø  नेपालको सबैभन्दा लामो पुल कुन हो ? – कन्काई नदीको पुल (७०३ मिटर)
Ø  नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो ? – खुम्बु हिमनदी
Ø  दक्षिण एसियाको कुल भूभागमध्ये नेपालले कति प्रतिशत भूभाग ओगटेको छ ? – ३.२७९ प्रतिशत
Ø  नेपालको पूर्वी विन्दु झापाको काँकडभिट्टामा पर्दछ भने पश्चिम विन्दु कहाँ पर्दछ ?  कन्चनपुरको दोधारा
Ø  विश्वमा नेपालभन्दा ठूला देशहरु कतिवटा छन् ? – ८९ वटा
Ø  नेपालभन्दा भारत २२ गुणा ठूलो छ भने चीन कति गुणा ठूलो छ ? – ६५ गुणा
Ø  नेपालको कुन नदीलाई उत्तरवाहिनी नदी भनेर चिनिन्छ ? – कर्मनाशा
Ø  नेपालको सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ? कैलाली
Ø  नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? – कालीकोट
Ø  नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ? – खुम्बु
Ø  नेपालमा कति प्रकारका गुराँसहरु फुल्दछन् ? – ३२ प्रकार
Ø  सर्वाेच्च शिखर सगसमाथा नेपालको कुन गा.वि.स. मा पर्दछ ? – खुम्जुङ्ग
Ø  नेपालको सबैभन्दा उच्चस्थानमा रहेको बस्ती कुन हो ? – छार्का भोट र ताराप गाउँ डोल्पा
Ø  सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? – विहारको करसेला
Ø  हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउँछ ? – मनाङ र मुस्ताङ.
Ø  नेपालको भित्री मधेशमा पर्ने जिल्लाहरु कति वटा छन् ? – ७ वटा
Ø  नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदसमुकाम कुन हो ? – हुम्लाको सिमिकोट
Ø  प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी नेपालको कुन जिल्लामा पर्दछ ? – प्यूठान
Ø  काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ? – ५०० कि.मि.
Ø  नेपालको कुन नदीको किनारमा शालीग्राम पाइन्छ ? – कालीगण्डकी
Ø  नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमापर्ने स्थान कुन हो ? – पोखरा
Ø  बूढीगण्डकीको उद्गम स्थल कुन हो ? – गणेश हिमालØ  बाग्मती नदीको उद्गम स्थल कहाँ हो ? – बागद्वार
Ø  विश्वको सर्वाेच्च स्थानमा रहेको तिलिचो ताल समुन्द्र सतहदेखि कति उचाइमा रहेको छ ? – ४९१९ मिटर
Ø  नेपालमा उत्तर गंगा भनेर कुन नदीलाई चिनिन्छ ? – सानी भेरी
Ø  महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरु कुन कुन हुन् ? – अर्घाखाँची र मकवानपुर
Ø  हिमालकी रानी भनेर कसलाई चिनिन्छ ? – स्व. पासाङ्ग ल्हामु शेर्पा
Ø  नेपालको सबैभन्दा पूर्व विन्दुसम्म पुगेको जिल्ला कुन हो ? – ताप्लेजुङ्ग
Ø  बराबर क्षेत्रफल भएका अञ्चलहरु कुन कुन हुन् ? – कोशी र जनकपुर (९६६९ वर्ग कि.मि.)
Ø  सप्तकोशी नदीको औसत जलप्रभाव कति छ ? – १५६४ क्यूविक मिटर प्रति सेकेण्ड
Ø  नेपालको कुल भूभागको कति प्रतिशत भूभाग पानीले ओगटेको छ ? – ३.९५%
Ø  नेपालका नदीहरुको कुल विद्युत उत्पादन क्षमता कति छ ? – ८ करोड ३ लाख किलोवाट
Ø  अरुण नदीको संस्कृत नाम के हो ? – महाप्रभा
Ø  विष्णुमति नदीको उद्गम स्थल कहाँ हो ? – सपन तिर्थ
Ø  माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ? – राराताल
Ø  फेवातालको बीचमा कसको मन्दिर अवस्थित छ ? – वराहको मन्दिर
Ø  नेपालको कुन तालको आकार गुलेली जस्तो छ ? – शेफोक्सुण्डो ताल
Ø  नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ? – च्छोरोल्पा हिमताल (४५८० मि.)
Ø  नेपालको सबैभन्दा अग्लो स्थानमारहेको भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग कति उचाइमा अवस्थित छ ? – ५९७९ मिटर
Ø  नेपालमा केबुलकार सेवा कहाँ संचालित छ ? – चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म
Ø  नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? – वि.सं. २०५४ जेष्ठ २७ गते
Ø  काठमाडौंहेटौडा रोपवे (रज्जु मार्ग) को लम्बाइ कति छ ? – सरदर ४२.३ कि.मि
Ø  नेपालको कति उचाइको क्षेत्रफललाई हिमरेखा घोषित गरिएको छ ? – सरदर ५००० मिटर
Ø  गण्डकी नदीको विद्युत क्षमता कति छ ? – २१,००० मे.वा.
Ø  भारतमा पुगेपछि कर्णाली नदीलाई कुन नामले चिनिन्छ ? – घाघरा
Ø  कर्णाली नदीको जलप्रवाह कति छ ? – औसत १३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड
Ø  नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ ? – बागलुङ, चिसापनी र फूलचौकी
Ø  विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा के भनिन्छ ? – फुङ्चु नदी
Ø  बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ कति छ ? – करिब ४५७ मिटर
Ø  स्थानीय किवदन्तीअनुसार पार्वतीको नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी कुन हो ? – दूधकोशी
Ø  सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी कुन हो ? – अरुण
Ø  महाकाली नदीलाई भारतमा पुगेपछि के का नामले चिनिन्छ ? – शारदा नदी
Ø  नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी कुन जिल्लामा पर्दछ ? – झापा जिल्लामा
Ø  कन्काई नदीको उद्गम स्थान कुन हो ? – महाभारत पर्वत
Ø  सुनकोशी नदीको पौराणिक नामके हो ? – शुभश्रवा
Ø  महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ? – महाकाली
Ø  मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगढी हो भने गमगढी कुन नदीको किनारमा अवस्थित छ ? – मुगु कर्णाली
Ø  जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ? – नारदखोला
Ø  नेपालको प्रसिद्ध ताल राराकुन जिल्लामा अवस्थित छ ? – मुगु
Ø  रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो ? – वि.सं. २०२० चैत्र १३ गते
Ø  अंग्रेजी अक्षरको थ जस्तो आकारको देखिने शेफोक्सुण्डो ताल कति उचाइमा अवस्थित छ ? – समुन्द्र सतहदेखि ३९०० मिटर
Ø  नेपालको मानव निर्मित तालहरुमध्ये सबैभन्दा ठूलो ताल कुन हो ? – इन्द्रसरोवर ताल
Ø  नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेका छन् ? – १९
Ø  गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ ? – सप्तरी
Ø  वराह क्षेत्र कुन जिल्लामा पर्दछ ? – सुनसरी
Ø  मस्र्याङ्दी नदीको उद्गम स्थल कहाँ हो ? – अन्नपूर्ण हिमाल
Ø  रारा ताल कति उचाईमा रहेको छ ? – ३२०० मी.
Ø  शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ ? – कञ्चनपुर
Ø  नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो भने विश्वको तेस्रो अग्लो हिमाल कुन हो ? – कञ्चनजंघा
Ø  नेपालको कुन जिल्लाको सिमाना चारैतिर पानीले छुट्टाइएको छ ? – कैलाली
Ø  अमलेखगञ्जको पुरानो नाम के हो ? – भिच्छाखोरी
Ø  बढी विमानस्थल भएको जिल्ला कुन हो ? – सोलुखुम्बु
Ø  नेपाल पिक ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत कहाँ पर्दछ ? – ताप्लेजुङ
Ø  नेपालको प्रमाणिक समय ग्रिनविच समयभन्दा कति छिटो छ ? – ५ घण्टा ४५ मिनेट
Ø  शेफोक्सुण्डो तालको गहिराई ६५० मि. छ भने रारा तालको गहिराई कतिछ ? – १६७
Ø  ७ कुण्डको जिल्ला रसुवा हो भने ७ तालको जिल्ला कुन हो ? – कास्की
Ø  करुवाको लागि पाल्पा प्रख्यात छ भने जुनारको लागि कहाँ प्रख्यात छ ? – सिन्धुली
Ø  चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत कहाँ पर्दछ ? – सोलुखुम्बु
Ø  बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष कुन हो ? – शुक्ला फाँट वन्यजन्तु आरक्ष
Ø  सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाइला टेक्ने महिला को हुन् ? – ल्हाक्पा शेर्पा
Ø  कञ्चनजंघा एफ.एम. कुन जिल्लामा पर्दछ ? – झापा, बिर्तामोड
Ø  हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो ? – रसुवा
Ø  सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज
Ø  क्षेत्रफलको आधारमा सबैभन्दा सानो नगरपालिका बनेपा (५.५६ वर्ग कि.मी) हो भने सबैभन्दा ठूलो नगरपालिका कुन हो ? – त्रियुगा नगरपालिका (३१९.८८ वर्ग कि.मी)
Ø  पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल कुन जिल्लामा पर्दछ ? – रसुवा
Ø  संयुक्तराष्ट्रसंघीय पार्क कहाँ बनाउने योजना छ ? – शंखमुलदेखि टेकु दोभानसम्म
Ø  रुकुम जिल्लाको सदरमुकाम मुसीकोटको पुरानो नाम के हो ? – जुम्ली खलंगा
Ø  चुरे पर्वत श्रृंखलाको सबैभन्दा अग्लो टाकुरा कुन जिल्लामा पर्दछ ? – कैलाली
Ø  पिरामिड हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? – कञ्चनजंघा
Ø  तिलखुवा झरना कुन जिल्लामा पर्दछ ? – अर्घाखाँची


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

2 comments:

  1. कुनै कुनै कुरा कन्फ्युजनमा परियो . जस्तै भारत र चीनसंग जोडियको जिल्ला , लामो र ठुलो हिमनदी .

    ReplyDelete
  2. लोकसेवा संग संबन्धित Pdf Files हरु भएमा मलाइ apagainbinod@gmail.com मा पठाइदिनु होस् न [[९८२४०९०९००]]

    ReplyDelete