केहि बस्तुगत सामाग्रीहरु........


  • दादुरा रोगको बिषाणु कहिले पत्ता लागेको हो ?? - सन् 1954 अमेरिकामा 
  • सुर्तिजन्य पदार्थमा पाहिने ४५ किसिमका रासायनिक पदार्थले कुन रोगको बिकासमा सहयोग पुर्याउछ ?  - क्यान्सर 
  • मानव शरिरको अस्थिरपञ्जर प्रणाली कतिवटा हाडहरु मिलेर बनेको हुन्छ ? -२०६ वटा 
  • कुन भिटामिनको कमिले शरिरको काटेको ठाँउबाट रगत धेरै बग्दछ ? - भिटामिन के 
  • मानब शरिरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ??    -कान 
  • आँउ कति प्रकारको हुन्छ ??  - दुइ (एमोबिक र बेसिलरी )
  • चमेरोको टोकाईबाट लाग्ने रोग कुन हो ??   -रेबिज 
  • खानामा फलामको कमिले लाग्ने रोग कुन हो ??    -रक्त अल्पता 
  • पाचन प्रणाली सबै भन्दा बढी प्रयोग हुने एसिड कुन हो ?? -  एमिनो 
  • आयोडिनको कमिले लाग्ने रोग कुन हो ??     -गलगाँड
  • दुधलाई कुन बिधीबाट निर्मलिकरण गरि खान योग्य बनाईन्छ ??    -पास्चराईजेसन 
  • बोसोमा घुल्ने भिटामिनहरु कुन कुन हुन् ??     - भिटामिन ए, डि, इ, के
  • रुन्चे कुन रोगसँग सम्बन्धित छ ?     - कुपोषणका कारण 
  • स्वस्थ वयस्क मानिसको सामान्य तापक्रम कति हुन्छ ??     -९८.४ F
  •  स्वस्थ वयस्क मानिसको सामान्य स्वास प्रस्वाश कति हुन्छ ??      -१४ देखि १८ पटक 
  •  स्वस्थ वयस्क मानिसको सामान्यतया नाडीको गति कति हुनुपर्छ ??    -७२/मिनेट 
  • मानिसको हाड नरम कुन भिटामिनको कमिले हुन्छ ??     - भिटामिन डि 
  • नेपालमा झाडापखाला रोग नियन्त्रण कार्यक्रम कहिले देखि सञ्चालन गरियो ?      - बि. स २०४० 
  • नेपालमा पहिलो पल्ट मृगौला प्रत्यारोपण गराउने ब्यक्ति को हुन ??    -हेमराज श्रेष्ठ 
  • बेरि बेरि रोग कुन भिटामिनको कमिले लाग्ने रोग हो ??      - बि वन 
  • जल बियोजन भनेको के हो ??    - शरिरमा पानिको मात्रा कम हुनु 
  • नेपालको संविधान , २०७२ ले संशोधन गर्न नसकिने भनी उल्लेख गरिएका विषय कति छन्?   - चार ( नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता , स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता)
  • नेपालको संविधान , २०७२ अनुसार नेपालमा कति तहका अदालत रहने व्यवस्था छ ?  - तीन ( सर्वोच्च अदालत , उच्च अदालत र जिल्ला अदालत )
  • राष्ट्र बैङ्कद्वारा गरिएको पाँचौं पारिवारिक बजेट सर्वेक्षणअनुसार एक नेपाली परिवारको औसत मासिक आम्दानी कति रहेको छ ? - रु. ३० ,१२१ ( प्रतिपरिवार औसत मासिक खर्च रु. २५, ९२८, औसत मासिक बचत रु. ४ ,१९३ )
  •  सन् २०१५ सेप्टेम्बर १६ मा ८.३ रेक्टर स्केलको भूकम्प प्रभावित बन्न पुगेको राष्ट्र कुन हो ?   - चिली
  •  वि .सं. २०७२ भदौ २८ मा राजधानीमा आयोजित म्युजिक खबर अवार्ड समारोहमा सर्वौत्कृष्ट सुगम सङ्गीत गायकको अवार्डबाट सम्मानित हुने कलाकार को हुन् ?   - आनन्द कार्की ( गायिका तर्फः अञ्जु पन्त )
  •  सशस्त्र प्रहरी नियमावली, २०७२ कहिले जारी भएको हो ?   - वि.सं . २०७२ असार २१
  •  सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कुनै आतङ्ककारी घटना वा विष्फोटन वा सशस्त्र मुठभेडमा भएको आक्रमण वा आतङ्कारी विरुद्धको कारवाहीमा वा जोखिमपूर्ण र काममा खटिएको समयमा कुनै आकस्मिक दुर्घटनामा परी वा कुनै प्रकारको हतियारको चोटवाट वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई के भनिन्छ ?   - अमर सशस्त्र प्रहरी
  •  नेपालमा परिवार नियोजन दिवस कहिले मनाइन्छ ?    - सेप्टेम्बर १८
  •  वि .सं. २०७२ असोज १ को मन्त्रीपरिषद् बैठकले कतिवटा नयाँ नगरपालिका घोषणा गर्यो ?   - २६
  •  २०७२ असोज १ को घोषणापश्चात् नेपालमा नगरपालिकाको सङ्ख्या कति पुगेको छ ? - २१७ ( महानगरपालिका : १ , उ .म. न .पा . : १२ र न . पा . : २०४ , अब गाविस को संख्या : ३ , १५७), गाविस बिहिन जिल्ला काठमाण्डौं , ललितपुर र भक्तपुर / नगरपालिका बिहिन जिल्ला सात वटा ( मुगु, डोल्पा, कालिकोट , हुम्ला, रसुवा , मनाङ र मुस्ताङ )
  •  दोस्रो जनआन्दोलन कहिलेदेखि कहिलेसम्म चलेको थियो ?   - वि.सं . २०६२ चैत्र २४ देखी २०६३ बैशाख ११ ( १९ दिन )
  •  नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?      - शैलजा आचार्य
  •  माघेसंक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ भने श्रावण संक्रान्तिलाई के भनी चिनिन्छ ?    - कर्कट संक्रान्ति
  •  नोवल पुरस्कार प्राप्त गर्ने विश्वको पहिलो महिला म्याडम म्यारी क्यूरीको जन्म कहाँ भएको थियो ?    - पोल्याण्डको वार्सा
  •  विश्व बन्यजन्तु कोष (WWF) को स्थापना कहिले भएको हो ?     - सन् १९६१ अप्रिल २९
  •  संयुक्त राष्ट्र सङ्घको (UNO) पहिलो विशिष्टीकृत संस्था कुन हो ?    - अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO)
  •  मानव शरीरमा कति किसिमका जोर्निहरु हुन्छन् ?    - ३ ( अचल जोर्नी , अर्धचल जोर्नी र चल जोर्नी )
  •  Ball and socket joint, Hirge joint, Pivot joint, Gliding joint, Condyloid Joint, Saddle Joint कुन जोर्नीको प्रकार हुन् ?    - चल जोर्नी

  •  अनौपचारिक शिक्षा केन्द्रले वि . सं . २०७२ भदौ १७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ ?    - ७. ५ प्रतिशत (२ ,८३ ,९१९ जना)
  •  नेपाल ओलम्पिक कमिटी (NOC) को अध्यक्ष को निर्वाचित भएका छन् ?    - जीवनराम श्रेष्ठ
  •  विश्वकै होचा व्यक्तिका रुपमा गनिज बुकअफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको ७५ वर्षको उमेरमा कहिले निधन भयो ?     - वि . सं . २०७२ भदौ १८
  •  आयत प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने उद्देश्यसहित सरकारले नयाँ वाणिज्य नीति कहिले सार्वजनिक गर्यो ?     - वि . सं . २०७२ भदौ १६
  •  भारतको उडिसास्थित एक विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि प्राप्त गर्ने नेपाली को हुन् ?    - विनोद चौधरी
  •  दिगो विकास लक्ष्य (SDG) सम्बन्धी प्रतिवेदनअनुसार नेपाललाई कहिलेसम्ममा जोखिममुक्त र सुरक्षायुक्त मानव विकास भएको मुलुक बनाउने लक्ष्य तय भएको छ ?    - सन् २०३०
  •  नेपालमा दीगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ?    - कृषि
  •  नेपालमा लैंगिक समानता तथा महिला सशक्तिकरण राष्ट्रिय  कार्ययोजना कहिले तर्जुमा गरियो ?   - वि . सं . २०५४
  •  पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई के भनिन्छ ? - जियोथर्मल ऊर्जा (Geothermal Energy)
  •  ग्रह तथा उपग्रहहरुले आ-आफ्नो सतहमा रहेका बस्तुहरुलाई केन्द्रतिर तान्ने बललाई के भनिन्छ ?  - गुरुत्व बल
  •  नेपालमा निजी क्षेत्रको लगानीमा निर्मित पहिलो जलविद्युत आयोजना कुन हो ?    - खिम्ती जलविद्युत आयोजना (६० मे . वा . )
  •  वातावरण तथा विकाससम्बन्धी विश्व आयोग (ब्रुर्टल्याण्ड आयोग) ले हाम्रो साझा भविष्य नामक प्रतिवेदनमा दिगो विकास शब्दको प्रयोग कहिले गरेको थियो ?     - सन् १९८७
  •  “ भविष्यका पुस्ताका आवश्यकतासँग सम्झौता नगरिकन वर्तमान पुस्ताका आवश्यकता परिपुर्ति गर्नु नै दिगो विकास हो ।“ भन्ने परिभाषा कसको हो ?     - ब्रुटल्याण्ड आयोग
  •  प्रसिद्ध कृति ‘Theory of Natural Selection’ कसले प्रतिपादन गरेका हुन् ?    - चार्ल्स डार्बिन
  •  नेपालमा सर्वप्रथम कहिलेदेखि जन्म , मृत्यु , विवाह , बसाइसराइ आदिको दर्ता प्रणाली शुरु गरिएको हो ?  - वि . सं . २०३४ वैशाख १
  •  रोगका किटाणुहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने तर आफूलाई कुनै असर नदेखाउने माध्यमलाई के भनिन्छ ?    - बाहक (Carrier)
  •  शारीरिक तथा मानसिक स्फूर्ति बढाउन खेलाडिहरुले प्रतिबन्धित ‍औषधि सेवन गरे नगरेको पत्ता लगाउन गरिने परीक्षणलाई के भनिन्छ ?    - डोपिङ टेस्ट
  •  नेपालको पहिलो लिखित संविधान कुन हो ?     - नेपाल सरकार बैधानिक कानुन, २००४ (घोषणा गरिएको तर कार्यान्वयनमा भने नआएको)
  •  स्थानीय प्रशासनको संरचनामा जनसहभागिताको महत्वलाई कुन अवधारणागत पक्षले जोड दिन्छ ?  - विकेन्द्रिकरण
  •  Four Pillars of Good Governance अन्तर्गत पर्ने विषयहरु के-के हुन् ?    - उत्तरदायित्व, जनसहभागिता , पारदर्शिता र कानुनको शासन
  •  कुनै सैनिक गुटमा आबद्ध नभई अन्तर्राष्ट्रिय शान्तिको मान्यतालाई आत्मसात गरी तटस्थ रहने नीतिलाई के भनिन्छ ?     - असंलग्न नीति
  •  ‘Agenda For Development’ नामक विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने UNO का महासचिव डा . बुत्रोस बुत्रोस घाली हुन् भने UNO को सुधारसम्बन्धी Quite Revolution नामक प्रतिवेदन
  • प्रस्तुत गर्ने महासचिव को हुन् ?    - कोफी अन्नान
  •  नेपालले कहिलेदेखि संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा आफ्ना सैनिकहरुलाई सहभागी गराउँदै आएको छ ?     - सन् १९५८
  •  सहुलियतपूर्ण व्यापार सम्बन्धी सार्क सम्झौता (Agreement On SAARC Preferential Trading Arrangement – SAPTA ) कहिले देखि लागू भएको हो ?   - सन् १९९५ डिसेम्बर ७ (साफ्टालाई अनुमोदन गर्ने पहिलो राष्ट्र नेपाल र अन्तिम राष्ट्र बंगलादेश ।)
  •  ब्युटिसियन डिभा २०१५ को उपाधि कसले जितिन् ?     - अनिशा महर्जन
  •  नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ?    - भदौ २२
  •  दुई हात प्रयोग गरी बजाइने आवाजलाई ताली भनिन्छ भने दुई ‍औंला प्रयोग गरी बजाइने आवाजलाई के भनिन्छ ?    - चुट्की
  •  Double Track Strategy of Development कस्तो रणनीति हो ?   - शान्ति र विकासका लागि एकै साथ लगानी गर्ने रणनीति
  •  नेपालको कुन विमानस्थललाई तेन्जिङ हिलारी विमानस्थल नामकरण गरिएको छ ?   - लुक्ला विमानस्थल , सोलुखुम्बु
  • विश्वमै सबैभन्दा धेरै पशुबली चढाउने प्रसिद्ध गढीमाई मन्दिर कहाँ रहेको छ ?    - बारा जिल्लाको बरियापुरमा
  •  जनसंख्यासम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?     - Demography
  •  राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा बढी जनसंख्या भएका पाँच शहर कुन-कुन हुन् ?     - क्रमशः काठमाण्डौं , पोखरा , ललितपुर, विराटनगर र भरतपुर
  •  बनस्पति , जनावर एवं वातावरणबीचको अन्तरसम्बन्धलाई के भनिन्छ ?   - पारिस्थितिक पद्धित (Ecosystem)
  •  पृथ्वी वरिपरि रहेको हावाको आवरणलाई के भनिन्छ ?    - वायुमण्डल (Atmosphere)
  •  शैक्षिक क्षेत्रसँग सम्बन्धित संस्था पीपी फाउन्डेसनद्वारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार २०१५ बाट सम्मानित हुने शिक्षक को हुन् ?      - बेनी समुदायिक उच्च माविका प्राचार्य दीपक श्रेष्ठ (म्याग्दी)
  •  एउटा थैलीमा जति रुपैयाँको सिक्का छन् त्यसको दुई गुणा मोहर र चार गुना सुकी छन् । यदि थैलीमा जम्मा १५ रुपियाँ छ भने रुपियाँको सिक्का कति रहेछन् ?     - पाँच
  •  २०७२ सालमा मनाइएको शिक्षा दिवसको नारा के रहेको छ ?    - दिगो विकासका लागि गुणस्तरीय शिक्षा , सबैका लागि सुरक्षित शिक्षण संस्था
  •  नेपाल चलचित्र प्राविधिक संघद्वारा हरेक वर्ष प्रदान गरिने कलारत्न उपाधिबाट सम्मानित (२०७२ मा) हुने कलाकार को हुन् ?     - हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य
  •  “ जिउँदो सिंह (The Living Lion Of Nepal)” भनी कसलाई चिनिन्छ ?   - अमरसिंह थापा
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment