प्रधानमंत्री केपी शर्मा ओलीले चिनमा गएर नेपाल र चीनबीच भएका १० वटा सम्झौता ।



प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी चीन भ्रमण सकिएको छ । चैत ७ गते जम्बो टोली लिएर चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्केका छन् । 
oli xiभ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए । दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता हरुमा सम्वन्धित अधिकारीहरुले हस्ताक्षर गरेका छन् । भ्रमणका क्रममा चीन र नेपालबीच १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ । भ्रमणमा इन्धनसम्बन्धि कुनै पनि सम्झौता हुन नसकेपनि एक–अर्को देशमा बैंकका शाखा स्थापना गर्न बाटो खोलिएको छ । आर्थिक कारोबार प्रभावकारी बनाउन नेपालमा चिनियाँ बैँकको शाखा खोल्ने तथा चिनमा पनि नेपाली बैँकका शाखा खोल्ने विषयमा सहमति भएको हो । सम्झौतापछि दुवै मुलुकले एकआपसमा बैँकिङ सूचना तथा आपसी सहयोग आदानप्रदान गर्ने प्रतिवद्धता एवम् आवश्यक परामर्शका लागि सहज वातावरण तयार पारेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

त्यस्तै, नेपाल र चिनबिच पारवाहन सम्झौतामा पनि हस्ताक्षर भएको छ । यो सम्झौंतापछि तेस्रो मुलुकको सामान भारतमार्फत मात्रै ल्याउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । चिनियाँ बन्दरगाहमा नेपालबाट व्यापारका लागि सबैभन्दा सहज हुने ग्वाङचाउ हो । ग्वाङचाउ सांघाईपछि चीनको दोस्रो ठूलो व्यापारिक बन्दरगाह हो । नेपालसंग धेरै व्यापार हुने युनान, सिचुआन लगायतका प्रदेशबाट नजिक भएको कारण पनि ग्वाङचाउ नेपालका लागि महत्वपूर्ण छ । अर्को तिर लत्ता कपडा एवं जुत्ता आयातका लागि नेपालको मुख्य हव ग्वाङचाउ नै हो । तर भौगोलिक प्रतिकुलताको कारण तत्काल यहाँबाट पारवहन सुविधा लिन सम्भव छैन । ग्वाङचाउ नेपाल बाट झन्डै तीन हजार किलोमिटर टाढा छ । अहिले यहाँबाट सामान आयात गर्नेहरु अधिकांशले पानी जहाजमा कलकत्ता पठाएर त्यहाँबाट रक्सौलको बाटो भएर नेपाल भित्र्याउने गरेका छन् । त्यसैले तत्कालै पारवहनमा चीन भारतको विकल्प हुने सम्भावना छैन । यसका साथै, नेपाल र चिनबिच पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता, हिल्सा सडक एवं सुख्खा बन्दरगाह निर्माण सम्वन्धी अर्को सम्झौता समेत भएको छ । सम्झौतापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यले द्रुत गति लिएको छ ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । उनले चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गरेका थिए । चिनमा भएका १० सम्झौताहरु निम्नअनुसार रहेका छन् ।।

  •  पारवहन सम्झौताः नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर
  •  चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने
  • पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता
  •  २५ प्रतिशत विना ब्याजको अनुदान
  •  एक्जिम बैंकको ऋण
  •  ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता
  •  नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारीः यो समझदारीपछि नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले सहयोग गर्नेछ ।
  •  स्वतन्त्र व्यापारसम्वन्धी सम्झौताः यो सम्झौतामा ५०० वस्तुको प्रवेशाज्ञाबारे काम थाल्ने उल्लेख छ ।
  •  बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौताःएक अर्को देशमा बैंकको शाखा खोल्ने
  •  हिल्सामा पुल निर्माण


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment