लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- पाँच !!



  • नेपालको इतिहासमै पहिलोपल्ट संविधानसभाबाट संविधान जारी कहिले भयो ?       →       वि.सं. २०७२ असोज ३
  • नेपालको संविधान, २०७२ ले संशोधन गर्न नसकिने भनी उल्लेख गरिएका विषय कति छन्?      →       चार (नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता)
  • नेपालको संविधान, २०७२ अनुसार नेपालमा कति तहका अदालत रहने व्यवस्था छ ?      →       तीन (सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत)
  • राष्ट्र बैङ्कद्वारा गरिएको पाँचौं पारिवारिक बजेट सर्वेक्षणअनुसार एक नेपाली परिवारको औसत मासिक आम्दानी कति रहेको छ ?      →       रु. ३०,१२१ (प्रतिपरिवार औसत मासिक खर्च रु. २५,९२८, औसत मासिक बचत रु. ४,१९३)
  • सन् २०१५ सेप्टेम्बर १६ मा ८.३ रेक्टर स्केलको भूकम्प प्रभावित बन्न पुगेको राष्ट्र कुन हो ?      →      चिली
  • "मेरो चिन्ता यो होइन कि तपाइँ खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछि तपाइँ उठ्नु भएन ।" भन्ने विचारक को हुन् ?      →      अब्राहम लिंकन
  • वि.सं. २०७२ भदौ २८ मा राजधानीमा आयोजित म्युजिक खबर अवार्ड समारोहमा सर्वौत्कृष्ट सुगम सङ्गीत गायकको अवार्डबाट सम्मानित हुने कलाकार को हुन्?      →       आनन्द कार्की (गायिका तर्फः अञ्जु पन्त)
  • सशस्त्र प्रहरी नियमावली, २०७२ कहिले जारी भएको हो ?      →       वि.सं. २०७२ असार २१
  • सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कुनै आतङ्ककारी घटना वा विष्फोटन वा सशस्त्र मुठभेडमा भएको आक्रमण वा आतङ्कारी विरुद्धको कारवाहीमा वा जोखिमपूर्ण र चुनौतीपूर्ण काममा खटिएको समयमा कुनै आकस्मिक दुर्घटनामा परी वा कुनै प्रकारको हतियारको चोटवाट वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई के भनिन्छ ?      →       अमर सशस्त्र प्रहरी
  • नेपालमा परिवार नियोजन दिवस कहिले मनाइन्छ ?      →       सेप्टेम्बर १८
  • वि.सं. २०७२ असोज १ को मन्त्रीपरिषद् बैठकले कतिवटा नयाँ नगरपालिका घोषणा गर्‍यो ?      →       २६
  • २०७२ असोज १ को घोषणापश्चात् नेपालमा नगरपालिकाको सङ्ख्या कति पुगेको छ ?      →       २१७ (महानगरपालिका : १, उ.म.न.पा. : १२ र न.पा. : २०४, अब गाविस को संख्या : ३,१५७), गाविस बिहिन जिल्ला काठमाण्डौं, ललितपुर र भक्तपुर / नगरपालिका बिहिन जिल्ला सात वटा (मुगु, डोल्पा, कालिकोट, हुम्ला, रसुवा, मनाङ र मुस्ताङ)
  • दोस्रो जनआन्दोलन कहिलेदेखि कहिलेसम्म चलेको थियो ?      →       वि.सं. २०६२ चैत्र २४ देखी २०६३ बैशाख ११ (१९ दिन)
  • नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?      →       शैलजा आचार्य
  • माघेसंक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ भने श्रावण संक्रान्तिलाई के भनी चिनिन्छ ?      →       कर्कट संक्रान्ति
  • नोवल पुरस्कार प्राप्त गर्ने विश्वको पहिलो महिला म्याडम म्यारी क्यूरीको जन्म कहाँ भएको थियो ?      →       पोल्याण्डको वार्सा
  • विश्व बन्यजन्तु कोष (WWF) को स्थापना कहिले भएको हो ?      →       सन् १९६१ अप्रिल २९
  • संयुक्त राष्ट्र सङ्घको (UNO) पहिलो विशिष्टीकृत संस्था कुन हो ?      →       अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO)
  • मानव शरीरमा कति किसिमका जोर्निहरु हुन्छन् ?      →       ३ (अचल जोर्नी, अर्धचल जोर्नी र चल जोर्नी)
  • Ball and socket joint, Hirge joint, Pivot joint, Gliding joint, Condyloid Joint, Saddle Joint कुन जोर्नीको प्रकार हुन् ?      →       चल जोर्नी
  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कटका रुपमा के चयन गरिएको छ ?      →       अर्ना


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment