नेपाल संघिय गणतन्त्रात्मक देश भैसकेको छ । प्रदेशहरु बिभाजन भएका छन् र अब संबिधान लागु भई प्रादेशिक सरकार र केन्द्रिय सरकार बाट कार्य सम्पादनको तयारीमा रहेको समयमा हामीले केन्द्रिय सरकारले मात्र सम्पादन गर्ने कार्यहरु लाई निम्न बुदागत रुपमा उल्लेख गरेका छौ !!
केन्द्रीय सरकारले मात्र सम्पादन गर्ने कार्यहरु
(क) परराष्ट्र मामिला
(ख) रक्षा
(ग) राष्ट्रिय स्तरका योजनाहरु, कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन
(घ) राष्ट्रिय नीति निर्माण
(ङ) अनुदान प्रदान गर्ने
(च) संसद्मा महाअभियोग लगाउने (कार्यक्षमताको अभाव)
(छ) राष्ट्र ऋण उठाउने, ऋण लिने र दिने
(ज) क्षमता विकास
(झ) मौद्रिक र वित्तीय व्यवस्थापन
(ञ) वैदेशिक सहायता परिचालन र समन्वय
(ट) सङ्कटकालको व्यवस्थापन
(ठ) अन्तर प्रादेशिक समन्वय एवम् समझदारी
(ड) अन्य मुलुकसँग गरिने सन्धि, सम्झौता र समझदारी
(ढ) केन्द्रीय सरकारले नै गर्नुपर्ने देखिएका अन्य कार्यहरु
0 comments:
Post a Comment