नेपालको लम्बाई करिब ८८५ किलोमिटर (५०० माईल) र चौडाई १९३ किलोमिटर (१२५ माइल) छ। नेपालको कूल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq माइल)छ । नेपाललार्इ भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिएको छ: हिमाली क्षेत्र, पहाडी क्षेत्र, र तराइ क्षेत्र। यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरूलाई नेपालका प्रमुख नदीहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन् |
भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो । यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी, र कर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त हुन्छन् ।
पहाडी भूभागमअ १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फू) उचांईका पर्वत पर्दछन्| यो क्षेत्रमा महाभारत लेक र सिवालिक श्रृखला (चुरिया) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन्। पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यकाहरूको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ।
हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृंखलाहरु पर्दछन् । यस क्षेत्रको उत्तरमा चीनको सिमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ। संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् ।कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ । नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वन बिनास एक मुख्य हो जसले गर्दा भूक्षय र इकोसिस्टमको विनास हुन्छ ।
नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसँग केही मात्रामा मेल खान्छन्। ट्रपिकल तथा सबट्रपिकल क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, टेम्परेट क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), सबआर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र आर्क्टिक क्षेत्र ४,४०० मिटर(१४,४०० फिट)भन्दा माथि। नेपालमा पाँच ऋतुहरू छन्: उष्म, मनसून, अटम, शिषिर र बसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसूनको वायुको उत्तरी परिधिको रूपमा पनि काम गर्दछन् ।
नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल)को एक सांघुरोचिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन्| यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ|
संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र तिब्बतको सिमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज(ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ| जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण (१,२,३,४) अन्नपूर्ण श्रृंखलामा पर्दछ ।
नेपाल को पश्चिम्एली क्षेत्रमा बैतडी जिल्ला र डडेलधुरा जिल्लाको बिच मा सुर्नय गाड (खोला )पर्द्च! जसको क्षेत्रमा १२३ वटा धर्मिक स्थ्ल (मठ मन्दिर्) पर्द्चन्'!
नेपालको प्रशासनिक विभाजन
नेपालको प्रसाशानिक विभाजन सहितको नक्सानेपालको भूभाग ५ विकासक्षेत्र, १४ अञ्चल र ७५ जिल्लाहरूमा, २१७ नगरपालिका तथा ३१५७ गाविस मा वर्गीकृत छ।
पूर्वाञ्चल विकास क्षेत्र
पूर्वाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पूर्वमा स्थित छ। यसको पूर्वमा भारतको सिक्किम तथा पश्चिम बंगालको दार्जीलिङ तथा पश्चिममा नेपालको मध्यमाञ्चल तथा उत्तरमा चीनकोतिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। पूर्वाञ्चलको मुख्यालय धनकुटामा स्थित छ। पूर्वाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरू छन्।यो क्षेत्र नेपालको तेश्रो सबभन्दा ठुलो विकास क्षेत्र हो तर जनसंख्याको हिसाबले नेपालको दोश्रो सबभन्दा ठुलो जनसंख्या भएको विकास क्षेत्र हो। यस क्षेत्रको क्षेत्रफल २८,४५६ किमी2 (१०,९८७ वर्ग माइल) छ र जनसंख्या ५८,११,५५५ जना छ। यस क्षेत्रको जनसंख्या घनत्व २०४.२ व्यक्ति/किमा२ छ।
पारिस्थितीक रुपले यो क्षेत्र तीन क्षेत्रमा बाँडियेको छ: पर्वत, पहाड़ र तराई। यस क्षेत्रको तथा सम्पुर्ण विश्वको सबभन्दा अग्लो पर्वत सगरमाथा हो। यो सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्छ।पूर्वाञ्चल क्षेत्रमा सबभन्दा प्रमुख नदीहरुमा कोशी नदी हो जुन कि गंगाको सहायक नदी हो र मेची नदी भने महानन्दा नदीको सहायक नदी हो। नेपालको ठुलै नदी प्रणाली हो कोशी नदी र यस्को अग्लो झरना प्रपात ह्यात्रुंग झरना तेह्रथुम जिल्लामा अवस्थित छ। ह्यात्रुंग झरना प्रपात (27°14′17″N 87°33′46″E) ३६५ मी (१,१९८ फिट) अग्लो छ।यो क्षेत्रजैव विविधतामा धनी मानिन्छ], उदाहरणस्वरुप नेपालमा ३१ जातिका गुराँस पाईन्छन जसमाबाट २८ जाति का गुराँस तीनजुरे-मिल्के-जल्जले क्षेत्रमा मात्र पाईन्छ।
शहरयस क्षेत्रका प्रमुख शहरहरु हुन बिराटनगर, धरान, धनकुटा, इटहरी, राजबिराज,बेलबारी,तेलकुडी-कसेनी बिर्तामोड र दमक. अन्य शहरहरु हुन नाम्चे बजार(सगरमाथाको छेउमा बेस क्याम्प नजिक), गाईघाट, लहान, ईलाम, संखुवासभा खादबारी, इत्यादी।
विभाजन
पूर्वाञ्चलमा जम्मा ३ अञ्चल र १६ जिल्लाहरु छन् पूर्वाञ्चल विकास क्षेत्र
- मेची अञ्चल
- झापा
- इलाम
- पाँचथर
- ताप्लेजुङ
- कोशी अञ्चल
- मोरङ
- सुनसरी
- धनकुटा
- तेह्रथुम
- भोजपुर
- सङ्खुवासभा
- सगरमाथा अञ्चल
- सप्तरी
- सिराहा
- उदयपुर
- खोटाङ
- ओखलढुंगा
- सोलुखुम्बु
मध्यमाञ्चल विकास क्षेत्र
मध्यमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा पूर्वाञ्चल विकास क्षेत्र, पश्चिममा पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। मध्यमाञ्चलको सदरमुकाम काठमाडौंमा स्थित छ। मध्यमाञ्चलमा ३ वटा अञ्चल तथा १९ वटा जिलाहरू छन्।
यो क्षेत्र क्षेत्रफलको हिसाबले नेपालको चौथो सबैभन्दा ठुलो विकास क्षेत्र हो जस्को क्षेतफल छ २७,४१० किमी2 (१०,५८० वर्ग माइल) तर जनसँख्याको हिसाबले नेपालको सबभन्दा बढी जनसँख्या हुने विकास क्षेत्र हो। यहाँ ९६,५६,९८५ व्यकि लगभग निवास गर्छन। ३५२.३ व्यक्ति/किमी२ जनसँख्या घनत्व भएको यो क्षेत्र नेपालकै सबैभन्दा उच्च घनत्व भएको विकास क्षेत्र हो।यसै क्षेत्रमा पर्ने काठमाण्डौ उपत्यकाको क्षेत्रफल ९५० किमी2 (३७० वर्ग माइल) छ; यस क्षेत्रको लम्बाई ३५ किमी (२२ माइल) पूर्व-पश्चिम, र चौडाई ३० किमी (१९ माइल) उत्तर-दक्षिण छ।यस क्षेत्रमा धेरै महत्व राख्ने नदी हो बागमती, जुन कोशीको सहायक नदी हो। यो नदी काठमाण्डौ उपत्यका हुँदै बगेको छ। बागमती नदीलाई हिन्दू तथा बुद्ध धर्म मान्नेवालाहरु द्वारापवित्र नदी मानिन्छ।यस क्षेत्रमा पर्ने अन्य नदिहरु छन कमला नदी, लखनदेई नदी र विष्णुमति नदी। यी सबै साना नदीहरु बागमती नदीको सहायक नदी हुन।
शहरहरु
यस क्षेत्रमा पर्ने महत्वपूर्ण शहरहरु हुन काठमाण्डौ, पाटन, भरतपुर, भक्तपुर, भैरहवा, ललितपुर,नागरकोट र जनकपुर। अन्य उल्लेखनीय ठाँऊहरु हुन खोकना, हेटौडा, हरिसिद्धि, गोदावरीइत्यादि।
प्रशासनिक इकाईहरू
यस क्षेत्रमा ३ वटा अञ्चलतथा १९ वटा जिल्लाहरु छन:
अञ्चल जनसँख्या
(2011)Area
(km²)जन० घनत्व
(inh/km²)जिल्लाहरू संख्या नाम जनकपुर २८,३७,४८१ ९,६६९ २९३.५ ६ धनुषा, दोलखा, महोत्तरी,रामेछाप, सर्लाही, सिन्धुली बागमती ३८,४३,५९६ ९,४२८ ४०७.७ ८ भक्तपुर, धादिङ, काठमाण्डौ,काभ्रेपलाञ्चोक जिल्ला,ललितपुर जिल्ला, नुवाकोट जिल्ला, रसुवा जिल्ला,सिन्धुपाल्चोक जिल्ला नारायणी अञ्चल २९,७५,९०८ ८,३१३ ३५८.० ५ बारा जिल्ला,चितवन जिल्ला,मकवानपुर जिल्ला, पर्सा जिल्ला, रौतहट जिल्ला सम्पूर्ण ९६,५६,९८५ २७,४१० ३५२.३ १९ पश्चिमाञ्चल विकास क्षेत्र
पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा मध्यमाञ्चल विकास क्षेत्र, पश्चिममामध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतकोउत्तर प्रदेश स्थित छ। पश्चिमाञ्चलको मुख्यालय पोखरामा स्थित छ। पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरू छन्। जस्को क्षेतफल २९,३९८ किमी२ (११,३५०.६ वर्ग मी) छ । जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८) ४,९२६,७६५ छ र जनघनत्व १६७.६/किमी२ (४३४.१/वर्ग मी) छ ।
लुम्बिनी - जिल्लाहरू: नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मीगण्डकी - जिल्लाहरू: गोर्खा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, मनाङधवलगिरी - जिल्लाहरू: पर्वत, बागलुङ, म्याग्दि, मुस्ताङ
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य-पश्चिममा स्थित छ। यसको पूर्वमा मध्यमाञ्चल तथा पश्चिममा सुदुर-पश्चिमाञ्चल तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। मध्य-पश्चिमाञ्चलको मुख्यालय बिरेन्द्रनगरमा स्थित छ। मध्य-पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १५ वटा जिलाहरू छन्। जस्को क्षेतफल ४२,३७८ km² (१६,३६२ sq mi) र जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८) ३,५४६,६८२ (2011) छ र जनघनत्व ८४ /km² (२१८ /sq mi) रहेको छ ।
राप्ती - जिल्लाहरू: दाङ, प्युठान, रोल्पा, सल्यान, रुकुमभेरी - जिल्लाहरू: बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोटकर्णाली - जिल्लाहरू: डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्रहो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदुर-पश्चिमाञ्चलको सदरमुकाम दीपायलमा स्थित छ। सुदुर-पश्चिमाञ्चलमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्। जस्को क्षेतफल १९,५३९ किमी२ (७,५४४.१ वर्ग मी) र जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८) २,५५२,५१७ रहेको छ ।
सेती - जिल्लाहरू: कैलाली, डोटी, अछाम, बाजुरा, बझाङमहाकाली - जिल्लाहरू: कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला
0 comments:
Post a Comment