लोकसेवाको तयारीको बस्तुगत तर्फको सम्पुर्ण किताब !!

धेरै समय अघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन, चालचलन आदिलाई प्रथा तथा परम्पराहरू भनिन्छ । भने सामाजिक मूल्य मान्यता भन्नाले कुनै पनि समाजमा त्यहाँको सामाजिक जीवनलाई गुणस्तरीय बनाउन सहयोग गर्ने आदर्श, विश्वास, वानी व्यवहारहरू हुन् जुन त्यस समाजको जीवनचर्यामा महत्वपूर्ण मानिन्छन् । सामाजिक मूल्य मान्यताहरूलाई त्यस समाजमा चलिआएका प्रथा परम्पराहरूले निर्देशन गरेका हुन्छन् । सामाजिक मूल्य मान्यतालाई सामाजिक मापकको रूपमा पनि हेरिन्छ । यो राम्रो नराम्रो दुवै प्रकृतिका हुन्छन् । सामाजिक मूल्य र मान्यता एक पुस्ताबाट अर्को पुस्ताले सिक्ने व्यवहार पनि हो  ।



 
नेपालमा प्रचलित केही प्रथाहरू 
दास प्रथा 
मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ । यसरी हुनेखाने वर्गले नहुने वर्ग उपर उनीहरूको विवशता (मजवुरी) को फाइदा उठाएर शोषण गर्ने गरिन्छ । यो प्रथा परापूर्व काल देखि चलिआएको हो । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा वि.स. १९८१ देखि कार्यान्वयन भई वि.सं. १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । त्यसवेला दास दासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी मालिकले उदारतापूर्वक मुक्त गरेको, भागेको र आफै मुक्त भएको समेत करिब ५७,८९० जना दासत्व बाट मुक्त भएका थिए  । 
 
सती प्रथा 
आफ्नो पतिको मृत्यु पश्चात पत्नीले पतिकै शवसँग जलेर मृत्युवरण गर्ने प्रथालाई सती प्रथा भनिन्छ । पतिको मृत्यु पश्चात पत्नीलाई विभिन्न लाञ्छना लाग्ने डरले पत्नीहरू यस्तो कुरीति अंगाल्ने गर्दथे । यस्तो कारूणिक प्रथा पनि धेरै समय देखि चलनमा रह्यो । यस्तो प्रथा अन्त्य गर्ने विभिन्न समयमा विभिन्न प्रधानमन्त्रीहरूले प्रयास गरेका थिए । २८ जुन १९२०(वि.स. १९७७) मा चन्द्रशमशेरले यस प्रथाको अन्त्य गरेका थिए  । 

देउकी प्रथा 
धार्मिक अन्धविश्वासका कारण देवी देवताको सेवा गर्न मन्दिरमा कन्याहरू चढाउने प्रथालाई देउकी प्रथा भनिन्छ । यो प्रथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती र महाकाली अञ्चलका सबैजसो पहाडी जिल्लाहरूमा पाउन सकिन्छ । छोरा नभएमा, महारोग लागेमा, मुद्दा जित्ने भाकल गर्न, आफ्नो मनोकाङ्क्षा र पुख्र्यौली भाकल पूरा गर्न आफ्नै छोरी वा सम्पन्न व्यक्तिले गरिब परिवारको छोरी किनेर पनि चढाउने प्रचलन पाइन्छ । यो प्रथाको केन्द्र बैतडी जिल्लाको मेलाली देवीको मन्दिर हो  । 
 
कमैया प्रथा 
आफ्नो आवश्यकता पूरा गर्न आफ्नो जग्गा जमिन, धन सम्पति साहुकहाँ बन्धक राखी ऋण लिने र उक्त ऋण चुक्ता नगर्दासम्म साहु कै घरमा बस्ने प्रथालाई कमैया प्रथा भनिन्छ । यो प्रथा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा पाउन सकिन्छ । यो प्रथा २०५७/०४/०२ गते तत्कालीन प्र.म. शेरबहादुर देउवाको सरकारले अन्त्य गरेको हो । तथापि कमैयाको स्थिति सुधार नहुनाले अझै यो प्रथा चलन चल्तीमा छ  । 
 
झुमा प्रथा/ढावा प्रथा 
बौद्ध धर्मावलम्बीहरूको समुदायमा तीन छोरा अथवा छोरी भएमा माहिलो छोरा वा माइली छोरीलाई क्रमशः ढावा/लामा र बौद्धकन्या (झुमा) को रूपमा गुम्बाको हेरचाह अथवा रेखदेख गर्न राख्ने प्रथालाई झुमा प्रथा/ढावा प्रथा भनिन्छ । यो प्रथा विशेषत : मुस्ताङ जिल्लाको पाँच गाउँ, बाह्र गाउँ र थाक खोला क्षेत्रमा प्रचलित छ । यसरी झुमा बाध्यतापूर्वक वा स्वेच्छापूर्वक हुने गरेको पाइन्छ । उनीहरूलाई ३ वर्ष ३ महिना ३ दिन गुप्तवास राखी बाजागाजाका साथ गुम्बा वा मन्दिरमा चढाइन्छ  । 
 
छाउपडी प्रथा 
महिनावारी भएका महिलाहरूले घरको आँगन टेक्न नहुने, दुध दही खान नहुने, पढ्न लेख्न नहुने, अरूसँग छुइन नहुने, घरभित्र बस्न नहुने जस्ता प्रचलनलाई छाउपडी प्रथा भनिन्छ । यो प्रथा सुदुर पश्चिममाञ्चलको अछाम जिल्लामा प्रचलित छ । यो प्रथा अनुसार छाउपडीहरू गोठमा बस्नुपर्ने हुन्छ  । 

डोलाजी प्रथा 
यो प्रथा मध्यकालमा प्रचलित विवाहका प्रथामध्ये एक हो । यस प्रथा अनुसार दुलाहा नै दुलहीको घरमा गई बस्ने दुलहीको गोत्रमा दुलाहाको गोत्र बदलिने र पारिवारिक सदस्य बनी अंशियार समेत हुने चलन हुन्छ । तिर्जा प्रथा तिर्जा भन्नाले कुनै ठाउँको बाली यति उठाई खानु भन्ने अधिकार पत्र हो । सिपाही तथा हाकीमहरूलाई तलबको रूपमा हरेक वर्ष तिर्जा दिने राणाकालीन प्रथालाई तिर्जा प्रथा भनिन्छ ।
 
डंगुवा प्रथा 
पूर्वी नेपालका राजवंशी जातिमा प्रचलित लोग्ने बितेकी विधवा नारीले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर राख्ने प्रथानै डंगुवा प्रथा हो । यस्तो डगुवा बस्नेहरू आफ्नो श्रीमती मरेर राणो भएका र कमजोर आर्थिक स्थिति भएका पुरुषहरू हुने गर्दछन् । 

दाईजो प्रथा 
छोरीको विवाह गर्दा चेलीलाई दिइने चलअचल सम्पतिलाई दाईजो भनिन्छ । नेपालको सन्दर्भमा विशेषगरी हिन्दु सामाजिक व्यवस्था भएका समाजमा यो प्रथा चलन चल्तीमा छ । अन्य क्षेत्रभन्दा तराई–मधेस क्षेत्रहरूमा दाइजो प्रथाको व्यापक प्रयोग अझ बढी हुने गरेको छ । 

घोडाभेडा प्रथा 
लेनदेन,  जारी, कुटपीट, अंशवण्डा आदि सम्बन्धमा झगडा वा विवादमा स्थानीय भद्रभलादमीहरूले दुवै पक्षलाई जुटाई झगडा मिलाउने र झगडा मिलेपछि मध्यस्थकर्तालाई भेडा काटेर खुबाउनु पर्ने र फर्किदा घोडामा चढाएर पठाउनु पर्ने प्रथालाई घोडाभेडा प्रथा भनिन्छ  । 
 
बेठी प्रथा 
पूर्वी पहाडमा रोपाइको क्रममा बाजागाजा बजाउँदै रमाइलो गर्ने प्रथालाई बेठी प्रथा भनिन्छ  । 

बालीघरे/ खलो  प्रथा 
ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नदिई वार्षिक रूपमा एकमुष्ट ज्यालाका रूपमा अनाज दिने प्रथालाई बालीघरे प्रथा भनिन्छ  । 

कटुवाल प्रथा 
गाउँघरमा विकास निर्माणका काम गर्दा, वनको घाँस, दाउरा फडानी गर्दा, भोजभतेर गर्दा, विवाह ब्रतबन्ध आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिने कटुवालको पुख्र्यौली पेशालाई नै कटुवाल प्रथा भनिन्छ  । कटुवाल प्रथा परम्परागत सूचनाको माध्यम थियो । सूचना दिएवापत प्रत्येक घरबाट एकदुई पाथी अन्न उठाएर कटुवालहरूले जीविका चलाउने गर्दथे । हाल सञ्चारका आधुनिक माध्यमहरुका कारण कटुवाल प्रथाको औचित्य सकिएको छ ।

वस्तुगत प्रश्नोत्तर
– देउकी प्रथाको मुख्य केन्द्रविन्दु रहेको ठाउँ कुन हो ? मेलौली, बैतडी 
– ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नभई बाली लिने चलनलाई के भनिन्छ ? बालीघरे
– बिना पारिश्रमिक आम जनताबाट लिने सेवा वा श्रमलाई  के भनिन्छ ? झारा प्रथा 
– कमैयाले साहुलाई  तिर्ने ऋणलाई  के भनिन्छ ? सौकी
– रजश्वला भएको बेलामा महिलाहरूले घरबाट टाढा गाठेमा गर्इ जीवन व्यतित गर्नुपर्ने पथ्रालाई के भनिन्छ ? छाउपडी प्रथा 
– शेर्पा समुदायकी माहिली छोरीलाई  बौद्ध गुम्बाहरूमा गुम्बाको हेरचाह वा रेखदेख गर्नको लागि चढाउने प्रथालाई  कस्तो प्रथा भनिन्छ ? झुमा प्रथा 
– गरीबहरूलाई बन्धक राख्ने प्रथालाई के भनिन्छ ? बाधा प्रथा 
– छाउपडी प्रथाको मुख्य केन्द्रविन्दु कुन जिल्लालाई  मानिन्छ ? अछाम 
– डंगुवा प्रथा कुन जातिमा प्रचलित प्रथा हो ? राजवंशी
– लोग्ने बितेकी विधवा महिलाले नाता नपर्ने पर–पुरुषलाई  लोग्ने जस्तै बनाएर रातीको समयमा घुम्टो ओडाएर आफुसँगै राख्ने चलनलाई के भनिन्छ ? डंगुवा प्रथा 
– सैरली प्रथा देहायको मध्ये कुन जिल्लामा बढी प्रचलित छ ? सुर्खेत
– सैरली प्रथा कस्तो प्रथा हो ? युवकको निमन्त्रणामा युवती घुम्न जाने 
– दुलाहा नै दुलहीको घरमा बस्नुपर्ने तथा दुलहीको थर, गोत्रमा दुलाहाको थर परिवर्तन हुने प्रथालाई  के भनिन्छ ? डोलाजी प्रथा 
– झुमा हुनको लागि परिवारमा कुन छोरी हुनुपर्छ ? माइली 
– झगडा मिलाउने मध्यस्थकर्तालाई  भेडा काटेर ख्वाउने तथा घर फर्कदा घोडामा चढाएर फर्काउनु पर्ने घोडाभेडा प्रथा कुन जिल्लामा बढी प्रचलित छ ? मुगु 
– सामाजिक सुधारक राजा भनेर चिनिने राजा रामशाहले कतिवटा थिति बसालेका थिए ? २६ वटा
– भाउजु तथा सानीमा ब्यर्होने प्रथाको अन्त्य कसले गरेका हुन् ? भीमसेन थापा 
– आफ्नो जमिन वा धनसम्पत्ति साहु कहाँ वन्धक राखी ऋण लिने र सो ऋण कट्टी नहुञ्जेल साहुकहाँ बसी काम गर्नुपर्ने प्रथालाई के भनिन्छ ? कमैया र बाधा प्रथा 
– नयाँ अन्न सेवन गर्ने परम्परागत प्रथालाई  के भनिन्छ ? न्वागी 
– देउकी प्रथा कस्तो प्रथा हो ? अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा
– हिन्दु समाजमा जातीय व्यवस्था अंगाल्ने प्रथा कसले शुरु गरेको मानिन्छ ? मनु
– नवविवाहित नारीले आगोमा पोलिएर आफ्नो यौन शुद्धता र कौमार्यको परीक्षण गर्नुपर्ने प्रचलनलाई  के भनिन्छ ? मधुश्रावणी पर्व 
– विशेषतः मैथली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाइको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई  के भनिन्छ ? सामा चकेवा पर्व 
– धागो बाँधेर आएको चिठ्ठीले केको संकेत गर्दछ ? मृत्यु 
– ज्वाईलाई ससुरातर्फको थर र गोत्र दिई ससुरालीमा नै घरजम गर्न दिने प्रथालाई खस राज्य कालमा के भनिन्थ्यो ? घर हाल्ने प्रथा 
– मुर्दा जलाउन लैजाँदा बाटोमा फालिने पैसालाई  के भनिन्छ ? टिला
– धर्मपुत्र पुत्री र निजलाई  राख्ने बाबुआमाको उमेरबीच कति वर्षको फरक हुनुपर्दछ ? ३० वर्ष 
– “मोहरम” पर्व नेपालको कुन समुदायमा मनाइन्छ ? इस्लाम 
– देउकी प्रथा कस्तो प्रथा हो ? अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा 
– भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन चाड मनाइन्छ ? जनैपूर्णिमा  
– गाईजात्रा कुन तिथिमा पर्दछ ? भाद्र कृष्ण प्रतिपदा 
– “गाईजात्रा”लाई  नेपाल भाषामा के भनिन्छ ? सापारू
– इन्द्र जात्रा कहिले मनाइन्छ ? श्रावण शुक्ल चर्तुदशी 
– हाँस्यब्यङ्गय उत्सव भनेर कुन पर्वलाई  चिनिन्छ ? गाईजात्रा 
– इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जयप्रकाश मल्ल 
– नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ? कीर्तिपुर (२०६९, लो.से.आ.) 
– १५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो ? रातो मछिन्द्रनाथको मन्दिर  
– इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जय प्रकाश मल्ल 
– ‘सावनकी डोला’ नामक पर्व कुन समुदायका महिलाले साउनको एक महिनासम्म मनाउने पर्व हो ? रानाथारू 
– ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ ? 
क) गणेश ख) भैरव ग) कुमारी         घ) माथिका सबै 
– दशैं नमनाउने डंगोल र महर्जन थरका नेवारहरूले विजया दशमी शुरू हुने चतुर्थीदेखि फुलपातीसम्म ललितपुरको कुन स्थानमा “सिकाली जात्रा” मनाउने गर्दछन् ? खोकना 
– दू दू च्याँ च्याँ विजेश्वरी जात्रा नेपालको कुन धार्मिक क्षेत्रमा लाग्ने मेला हो ? पशुपति क्षेत्र
– “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ? शेर्पा
– “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछ ? नेवार
– हातमा थाल र थालमा चामल समेत राखेर मगर र छन्त्याल जातिले नाच्ने गरेको “थाली नाच” मूलतःकुन जिल्लाबाट शुरू भएको मानिन्छ ? म्याग्दी
– छोक्रा नाच कुन समुदायको नाच हो ? थारू 
– नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन ? लिम्वु
– वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ? पश्चिम तराईका थारू 
– “शिली” कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ? चण्डी नाच

– महिला हिंसासँग सम्बन्धित कमलरी प्रथा कुन जातिमा प्रचलित कुप्रथा हो ? थारु जाति (२०६८, लो.से.आ.)


धर्म
धर्मको अर्थ धारण गर्नु भन्ने हुन्छ । यसरी कुनै चालचलन संस्कार, रीतिरिवाज आदि मान्यताको अवलम्वन गर्नु नै धर्म हो ।  प्रत्येक धर्मको पालना फरक फरक तरिकाले  गर्न सकिन्छ । त्यसै गरी धर्मको मान्यता तथा सार पनि अलग–अलग हुन्छ  ।

नेपालका प्रचलित प्रमुख धर्महरू  
नेपाल धार्मिक, सांस्कृतिक विविधता युक्त देश हो । यहाँ हिन्दू, बौद्ध, इस्लाम लगायत धर्म मान्ने मानिसहरूको बाहुल्यता रहेको पाइन्छ । धर्म मान्ने मानिसको संख्याको आधारमा पनि क्रमशः हिन्दू, बौद्ध, मुस्लिम, किराँत, क्रिस्चियन, जैन मान्ने मानिसहरू नेपालमा रहेको पाइन्छ । नेपालमा ८० % भन्दा बढी मानिसहरू हिन्दु र करिब १० % मानिस बौद्ध धर्मावलम्बीहरू छन् । यी विभिन्न धर्म मान्ने मानिसहरू नेपालमा बसोबास गर्ने भए पनि नेपालमा धार्मिक सहिष्णुता भने पाइन्छ  । 
 
नेपालमा प्रचलित धर्महरू र २०६८ को जनगणना अनुसार तिनीहरूको संख्या निम्नानुसार छ 
 
केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ 
सरस्वती  – विधाकी देवी लक्ष्मी  – धनकी देवी दधिचि  – दानी  
जनक – ज्ञानी                 युधिष्ठिर – सत्यवादी मिरा – भक्तिनी 
नारद  – कुरौटे                 चाणक्य  – नीतिवान कुम्भकमर्ण  – सुताहा  
भगिरथ  – परिश्रमी         हरिश्चन्द्र  – सत्यवादी सुदामा – गरिव
सावित्री  – पतिव्रता         विभिषण  – कुलद्रोही वुद्ध – शान्तिदूत  
दुर्वाशा  – रिसाहा         भीष्म  – दृढ प्रतिज्ञा कुवेर – धनी
हनुमान  – काम फत्ते गर्ने सावित्री  – पतिव्रता   एकलब्य – गुरुभक्त
 
१) हिन्दू धर्म 
• हिन्दू धर्मलाई विश्वको प्राचीन धर्म मानिन्छ  । 
• यस धर्मका संस्थापक कुनै एक व्यक्ति वा संस्था नभई यसको विकासमा लाखौं व्यक्ति वा संस्थाहरूको ठूलो योगदान छ  ।  
• हिन्दू धर्मका मुख्य पुस्तकहरू वेद, रामायण, महाभारत, उपनिषद्, पूराण आदि हुन्  ।
• यस धर्मअनुसार ३३ कोटी देवी देवता हुन्छन् भन्ने मान्यता राखिन्छ । गणेश, सूर्य, देवी, विष्णु, शंकर आदि यस धर्मका प्रमुख देवताहरू मानिन्छन्  । 
• हिन्दू देवी देवताको स्थापना गरिएको मन्दिर नै हिन्दूहरूका धार्मिकस्थल हुन्  ।
• अर्काको उपकार गर्नु धर्म हो, अर्कालाई दुःख दिनु पाप हो भन्ने हिन्दू धर्मको सार हो  । 
• हिन्दू धमार्वलम्बीहरूले जनैपूर्णिमा, दशै तिहार, माघसेक्रान्ती आदि जस्ता मुख्य चाड पवर्हरू मनाउछँन्  । 
• २०६८ सालको जनगणना अनुसार हिन्दु धर्मावलम्बीहरूको सख्या ८१.३% रहेको छ  । 
 
२)  बौद्ध धर्म 
• शेर्पा, तामाङ्ग, गरुङ्ग, थकाली जस्ता मंगोलियन जातिहरुले अबलम्बन गर्ने धमर्लार्इ बाद्धै धर्म  भनिन्छ  ।
• नेपालको लुम्बिनीमा जन्मिएका भगवान बुद्ध नै यस धर्मका संस्थापक हुन्  । 
• बौद्ध धर्मको धार्मिक ग्रन्थ ‘त्रिपिटक’ हो भने पूजास्थललाई बिहार, स्तुप वा मठ भनिन्छ  ।
• ज्ञान, सत्कर्म र अहिंसामा विश्वास गर्ने, जातीय भेदभावलाई नमान्ने बौद्ध धर्मलाई युगसापेक्ष वैज्ञानिक धर्म मानिन्छ  । 
• यो समुदायले बुद्ध जयन्ती, ल्होसार जस्ता मुख्य चाडपर्वहरू मनाउँछन्  । 
• नेपालमा हिन्दूपछि बौद्ध धर्मावलम्वीहरूको संख्या बढी छ  ।
• २०६८ सालको जनगणना अनुसार यो धर्म मान्ने जनसंख्या करिव ९.०% रहेको छ  । 
 
गौतम बुद्धद्वारा दिइएको चार आर्य सत्यको बारेमा उपदेश : 
– संसारमा दुःख छ । 
– दुःखको कारण छ । 
– दुःखको निरोध हुन सक्छ । 
– दुःख निरोधका उपायहरू छन् । 
 
३)  इस्लाम धर्म 
• यस धर्मका संस्थापक पैगम्बर मोहमद हुन्  । 
• यो मुसलमान समुदायले मनाउने धर्म हो  ।
• ‘कुरान पाक’, ‘कुरान सरिफ’ यस धर्मका प्रमुख ग्रन्थ हुन्  । ड्ड यो धर्मको पूजा स्थललाई ‘मस्जिद’ भनिन्छ  ।
• यो धर्मको एक मात्र इश्वर ‘अल्लाह’ लाई मानिन्छ  । 
• गरिवलाई अनिवार्य रूपमा दान दिनु पर्ने यो धर्मको सार हो  ।
• नारीको दयनीय स्थान र धार्मिक कट्टरता  यो धर्मको कमजोरी हो  । 
• २०६८ सालको जनगणना अनुसार इस्लाम धर्मावलम्वीहरूको संख्या ४.४% रहेको छ  । 

४)  शिख धर्म 
• शिखहरूका आराध्य देवता गुरु नानकले स्थापना गरेको सम्पूर्ण शिख समुदायहरूले मान्ने धर्म नै शिख धर्म हो  ।
• शिख धर्मको धार्मिक ग्रन्थलाई ‘गुरु ग्रन्थ साहीव’ भनिन्छ भने पूजा स्थललाई मस्जिद भनिन्छ  । 
• पहिलो शिख मन्दिर भारतको प्रतापपुरमा निर्माण गरिएको थियो  ।
• यो धर्ममा अहिंसा, सत्कार्य, परोपकारलाई सारको रूपमा लिइन्छ  । 
• २०६८ सालको जनगणना अनुसार यो धर्म मान्ने जनसंख्या ६०९ जना रहेको पाइन्छ  । 

५)  इसाई धर्म 
• जेरूसेलममा जन्मेका इसामसिह जिसस क्राइस्टलाई इसाई धर्मका प्रवर्तक मानिन्छ । 
• यो धर्मलाई क्रिस्चियन धर्मको रूपमा पनि चिनिन्छ ।
• क्रिस्चियन समुदायले मान्ने धर्मनै इसाई धर्म हो । 
• यस धर्मको धार्मिक ग्रन्थलाई ‘बाइबल’ र पूजास्थललाई ‘चर्च’ भनिन्छ । 
• यस धर्मले लोभ गर्न नहुने र आफूलाई दीनहीन तथा दास सम्झ्न नहुने कुरामा जोड दिन्छ । 
• यो धर्मावलम्बीहरूले “क्रिसमस डे” लाई महत्वका साथ मनाउँछन्  ।
• २०६८ सालको जनगणना अनुसार इसाई धर्मावलम्बीहरूको संख्या १.४% रहेको छ । 
 
६)  यहुदी धर्म 
• मेसोपोटामियामा जन्मेका हजरत मुसा यहुदी धर्मका संस्थापक मानिन्छन्  । 
• यस धर्मको धार्मिक ग्रन्थ ‘कैवाला’ हो भने धार्मिक स्थललाई अग्नि मन्दिर भनिन्छ । यिनीहरू सनाहा पर्व मनाउँछन्  । 
• यो धर्मले प्रेम, दया, न्याय, सदाचार, परोपकार, दीनदुखी अशक्तहरूको सेवा, ईश्वरप्रति आस्थावान हुने प्रेरणा दिन्छ । 

७)  जैन धर्म 
• भारतको बैशालीमा जन्मिएका महावीर जैन नै जैन धर्मका प्रवर्तक हुन्  । 
• जैनहरूको मन्दिरलाई जैन मन्दिर र धर्म ग्रन्थलाई वचनामृत भनिन्छ  । 
• महावीर जैनलाई जैन धर्मका अन्तिम तीर्थङ्कर मानिन्छ  ।
• पवित्रता, सच्चरित्रता र अहिंसालाई यो धर्मले विशेष जोड दिएको छ  । 
• यिनीहरूको पूजास्थललाई अग्नि मन्दिर भनिन्छ  ।
• २०६८ सालको जनगणना अनुसार यो धर्म मान्नेको संख्या ३२१४ जना रहेको अवस्था छ  ।

धर्म सम्बन्धी बिविध जानकारी 
चार वेद र चार उपवेद 
 
पशुपतिनाथको मन्दिरमा पशुपतिनाथका भएका छ वटा मुख 
१. तत्पुरुष (पूर्व)   २. अघोर (दक्षिण) ३. सद्योजात (पश्चिम) 

४. वामदेव (उत्तर) ५. इशान (आकाश) ६. कालअग्नि रूद्र (पाताल) 


हिन्दू धर्मका अठार पुराणहरू  
– स्कन्द पुराण      – श्रीमद्भागवत पुराण – मार्कयडेय पुराण   – शिव पुराण  
– विष्णु पुराण      – ब्रह्म वैवर्त पुराण – नारद पुराण           – पद्म पुराण  
– बराह पुराण      – मत्स्य पुराण – गरुड पुराण           – कुर्म पुराण 
– वामन पुराण      – लिङ्ग पुराण – अग्नि पुराण           – ब्रह्म पुराण  
– भविष्य पुराण      – ब्रह्माण्ड पुराण 
 
हिन्दू परम्पराका पौराणिक पात्रका मातापिता 
– शनि :  सूर्य र छायाँ                       – हनुमान :  वायु/केशर र अञ्जना 
– परीक्षित :  अभिमन्यु र उत्तरा               – पार्वती :  हिमालय र मेनुका  
– कर्ण :  सूर्य र कुन्ती               – ध्रुव :  उत्तानपाद र सुनीति 
– बृहस्पति : अंगिरा र सुनीपा/श्रद्धा       – शुक्राचार्य :  भृग र दिव्या 
– जमदग्नि :  ऋत्विक र सत्यवती               – मेघनाद/इन्द्रजित :  रावण र मन्दोदरी 
– मैनाक :  हिमालय पर्वत र मेनका       – कश्यप :  मरीचि र कला    
– वेदव्यास :  परासर र मत्स्यगन्धा       – अभिमन्यु :  अर्जुन र सुभद्रा 
– परशुराम :  जमदग्नि र रेणुका             – अंगद : बालि र तारा 
– श्रीकृष्ण :  वसुदेव र देवकी         – दत्तात्रेय : अत्रि र अनुसुया 
– महात्मा विदुर :  वेदव्यास र बनिता       – अश्वत्थामा :  द्रोणाचार्य र कृपी 
– भीष्म पितामह :  सन्तनु र गंगा             – पाण्डु : विचित्रवीर्य र अम्बालिका 
– विचित्रवीर्य : सन्तनु र सत्यवती                – सिद्धार्थ गौतम : शुद्धोधन र मायादेवी
– दशरथ : अज र इन्दुमती                – धृतराष्ट्र : विचित्रवीर्य र अम्बिका                 
– शुकदेव : व्यास र पिंगला                        – पर्वरिक : घटोत्चक र कामकटंकटा 

पौराणिक व्यक्ति र तिनका पत्नीहरू 
ब्र्रह्मा – तरूपा/ब्राह्मी/गायत्री शिव – पार्वती 
बली – असना                           विष्णु – लक्ष्मी  
विश्वमित्र – मेनका                 दुर्योधन – भानुमती 
गौतम – अहल्या (गौतमी)         बासुदेव – देवकी 
अज – इन्दुमती                         रावण – मन्दोदरी  
दुष्यन्त – सकुन्तला                 कालीदास – विद्योत्तमा 
युधिष्ठिर – द्रौपदी, देविका           दुर्योधन – भानुमती 
सुग्रीव – रमा, तारा                   राम – सीता  
सिद्धार्थ गौतम – यशोधरा         विभीषण – सरभी
लक्ष्मण – उर्मिला                 भरत – माण्डवी
अनिरुद्र – उषा                   शत्रुघ्न – श्रुतिकीर्ति  
कृष्ण – रुक्मिणी                 विदुर – पारश्वी 
वली – तारा                 इन्द्र – शची 
जनक – सुनयना                   ययाति – देवयानी  
विधुजिह – सुवर्णखा                 अग्नि/पावक – स्वाहा/अग्नायी 
कुम्भकर्ण – बज्रज्वाला          गणेश – ऋद्धि, सिद्धि 
सूर्य – सन्ध्या, संज्ञा, स्वाती, छाया, प्रभा    नल – दमयन्ती  
कामदेव – रति                          कर्दम – देवहुती 
धृतराष्ट्र – गान्धारी                  हिमालय – मेनका 
द्रोणाचार्य – कृपी                    पाण्डु – कुन्ती, माद्री  
जयद्रथ – दुःशला                  बलराम – रेवती 
वेदव्यास – पिङ्गला                  विश्वामित्र – मेनका  
नन्द – यशोदा                          पञ्चपाण्डव – द्रौपदी 
अभिमन्यु – उत्तरा                  इन्द्रजित – सुलोचना 
अर्जुन – सुभद्रा                          कर्ण – पद्यावती                              
 
विभिन्न देव–देवीहरूसँग सम्बन्धित रुख विरुवाहरू 
विष्णु/लक्ष्मी – तुलसी         शिव – वेल/रुद्राक्ष           सूर्य – करवीर 
कार्तिकेय – अमला         बुद्ध/इन्द्र/सीता  – अशोक गणेश – दुवो/शिशौ
लक्ष्मी – आँप         कृष्ण  – कदम, तमाल   विष्णु/शिव/बुद्ध  – वर        
शितला – नीम                 विष्णु/कृष्ण  – पिपल         सबै देवीदेवता  – फलफूल, सुपारी 
 
कुन युग कुन मितिदेखि शुरु भयो ? 
सत्ययुग – वैशाख शुक्ल तृतीया   कलियुग – पौष अमावश्या 
त्रेतायुग – कार्तिक शुक्ल नवमी   द्वापर युग – भाद्र कृष्ण त्रयोदशी
 
कुन कतिवटा हुन्छन् ? 
तिथि – १५ वटा         महिना – १२ वटा   पक्ष  – दुईवटा
सम्वत्सर – ६० वटा करण – ७ वटा         उपवेद  – ४ वटा 
उपपुराण – १८ वटा नक्षत्र – २७ वटा   बार  – ७ वटा 
योग – २७ वटा         राशी – १२ वटा   पुराण  – १८ वटा   
वेद – ४ वटा           दिकपाल – १० वटा 

महाभारतका प्रमुख पात्रहरूको राज्य 
सिन्धु देश – जयद्रथ           चेदी देश – शिशुपाल
मगधदेश – जरासन्ध           अंगदेश – कर्ण 
मद्रदेश – शल्य               पाण्डु, युधिष्ठिर  – हस्तिनापुर 

हिन्दू वर्णव्यवस्था अनुसारका बिशेषता सत्यगुणयुक्त 
ब्राह्माण – सत्वगुणी          शक्तिगुणयुक्त क्षेत्रीय – रजोगुणी
सम्पति उन्मुख वैश्य – तमोगुणी   सेवा उन्मुख समूह – शुद्र 
 
पशुपतिनाथको स्थापना सम्बन्धी जानकारी 
स्थापना सम्बन्धी विवरण सुरूवातकर्ता 
पशुपतिनाथको मन्दिर बनाउने प्रचण्डदेव 
पशुपतिमा देवलहरू बनाउने सुपुष्प 
पशुपतिनाथलाई स्वर्णमय बनाउने भाष्कर वर्मा 
पशुपतिनाथको हालको मूर्ति बनाउने जयसिंह देव 
पशुपतिमा महास्नान गर्ने चलन चलाउने अभय मल्ल 
पशुपतिमा भट्ट पुजारी राख्ने चलन चलाउने यक्ष मल्ल 
पशुपतिलाई राजमान्यता दिने अंशुवर्मा 
पशुपतिनाथमा सुनको छाना चढाउने शिवदेव

काठमाडौंका चार नारायणहरू 
चार नारायणहरू  
१. चाँगु नारायण   २. इचंगु नारायण   ३. शेष नारायण   ४. विशंखु नारायण 
 
भगवान गौतम बुद्धका आठ उपदेशहरू 
१. सद्विश्वास २. सद्निश्चय ३. सद्वचन   ४. सत्कर्म 
५. सद्जीविका ६. सत्प्रयास ७. सद्विचार   ८. सद्ध्यान 
 
बौद्ध धर्मसँग सम्बन्धित पाँच रंगको अर्थ   (२०६९, लो.से.आ.) 
निलो – बुद्धको शरीर,   पहेलो  – बुद्धको अस्थिधातु 
रातो – बुद्धको रगत,           कलेजी – बुद्धको अन्तःस्करण 
सेतो – बुद्धको दाँत 
 
महर्षि वाल्मिकीद्वारा लिखित रामायणका आठ काण्डहरू
१. बालकण्ड २. अयोध्याकाण्ड ३. अरण्यकाण्ड          ४. किस्किन्धा काण्ड 
५. सुन्दर काण्ड ६. युद्ध काण्ड   ७. उत्तर काण्ड    ८. राम अश्वमेध काण्ड 

बौद्ध धर्मका पाँच शीलहरू   (२०७२, लो.से.आ.) 
बौद्ध धर्मका पाँच शील अर्थात पञ्चशील भन्नाले निम्न बुझिन्छ :
१. सत्य – झुट्टो कुरा कहिल्यै नबोल्नु
२. अहिंसा – हिंसा कहिल्यै नगर्नु 
३. अस्तेह – चोरी कहिल्यै नगर्नु 
४. परस्त्रीगमन निषेध – ब्रह्मचर्यामा रहनु 
५. मद्यपान निषेध – जाँड रक्सीबाट टाढा रहनु 
 
धर्म र धर्मका प्रर्वतक 
बुद्ध धर्म – सिद्धार्थ गौतम जैन धर्म – महावीर जैन 
यहुदी धर्म – हजरत मुसा शिख धर्म – गुरु नानक 
इस्लाम धर्म – पैगम्बर मुहम्मद 
 
पशुपतिनाथको स्थापना सम्बन्धी जानकारी 

 
प्रख्यात धर्म तथा धार्मिक स्थल र पूजा स्थल
 
विश्वका विभिन्न बौद्ध विहारहरू
• स्वयम्भू महाबिहार –  नेपाल   • त्रिपिटक महाबिहार – तिब्बत 
• ताम्रशीला बिहार – श्रीलंका • विक्रमशीला बिहार – भारत 
• तक्षशीला बिहार – पाकिस्तान • स्वर्णशीला बिहार – थाइल्यान्ड 

बौद्ध धर्मका चार धामहरू 
१. लुम्बिनी – बुद्धको जन्म           २. बोधगया – बुद्धत्व प्राप्ति 
३. सारनाथ – प्रथम उपदेश   ४. कुशीनगर – महापरिनिर्वाण 
 
बौद्ध धर्मअनुसार त्रिपिटक (२०७१, लो.से.आ.) 
त्रिपिटक बुद्ध धर्मको मूल ग्रन्थ हो । यसमा तीनवटा पिटकहरू पर्दछन् । सुक्तिपिटक, विनयपिटक र अभिधम्मपिटक 
१.  सुक्तिपिटक – बुद्धका उपदेशहरू
२.  विनयपिटक – भिक्षु भिक्षुणीहरूले पालना गर्नुपर्ने नियमहरू 
३.  अभिधम्म पिटक – बुद्ध दर्शनका कुरा उल्लेख गरिएका छन्  ।
 
पाँच पाण्डवका द्रौपदी तर्फबाट जन्मेका ५ पुत्रहरू 
युधिष्ठिर – प्रतिविन्ध्य भीम – सुतसोम 
अर्जुन – श्रृतकर्म नकुल – शतानिक 
सहदेव – श्रृतसेन 
 
गुप्तवासमा रहँदा पाँच पाण्डव र द्रौपदीको छद्मनाम 
युधिष्ठिर – कंक         भीम – बल्लभ 
अर्जुन – ब्रिहन्नला नकुल – अरिष्टनेभी 
सहदेव – तन्त्रिपाल द्रौपदी – सौरन्द्री 

वभिन्न देवताहरूको वाहन 
महादेव – नन्दी गणेश – मुसा 
कुमार – मयूर दुर्गा – सिंह 
विष्णु – गरूड इन्द्र – ऐरावत हात्ती 
सरस्वती – हाँस भैरव — कुकुर 
 
केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ 
 
हिन्दू धर्मका अठार पूराणहरू 
– स्कन्द पूराण             – श्रीमद्भागवत पूराण                  – मार्कयडेय पूराण 
– शिव पूराण             – विष्णु पूराण                           – ब्रह्म वैवर्त पूराण 
– नारद पूराण             – पद्म पूराण                           – बराह पूराण 
– मत्स्य पूराण             – गरुड पूराण                         – कुर्म पूराण 
– वामन पूराण           – लिङ्ग पूराण                           – अग्नि पूराण 
– ब्रह्म पूराण                     – भविष्य पूराण                         – ब्रह्माण्ड पूराण

गौतम बुद्धद्वारा दिइएको चार आर्य सत्यको बारेमा उपदेश 
– संसारमा दुःख छ  ।   – दुःखको कारण छ  । 
– दुःखको निरोध हुन् सक्छ  । – दुःख निरोधका उपायहरू छन्  ।
 
विश्वका ठूला हिन्दू मन्दिरहरू 
अङ्कोरबाट (विष्णु मन्दिर) – अङ्कोर (कम्बोडिया)                  अक्षरधाम – न्यू दिल्ली (भारत) 
विराट मन्दिर – चम्पारन, बिहार (भारत)                  वेलुर मठ – कोलकोता (भारत)       
विडला मन्दिर – न्यू दिल्ली (भारत)                          वृहदेश्वर मन्दिर – तञ्जुभर (भारत)
 
विश्वका प्रमुख धर्महरूका धार्मिक पुस्तकहरू
हिन्दू  – वेद, उपनिषद्, पूराण, रामायण, महाभारत, भागवत गीता, दुर्गा सप्तशती चण्डी आदि । 
शिख  – गुरुग्रन्थ साहिब, आदिग्रन्थ। 
इस्लाम  – कुरान (कुरान पाक, कुरान शरिफ) 
इसाई धर्म  – बाइबल 
बौद्ध धर्म  – त्रिपिटक (सूक्तिपिटक, विनय पिटक र अभिधम्म पिटक) 
यहुदी धर्म  – कैवाला 
ताओइज्म (ताओवाद) – ताओ ते चिङ, द लाआत्सु 
जैन धर्म  – वचनामृत/सिद्धान्त प्राकृत 
कन्फ्युसियानिज्म  – एनालेक्ट्स अफ कन्फ्युसियस 
शिन्तो धर्म  – कोजिकी, निकोह सोकी 
बहाई धर्म  – कितावोअल – अकवास, हफ्दवाद, वयान, अल–कलिमातअल–कवाह 
किरात धर्म  – मुन्धुम 
 
विभिन्न धर्मका धार्मिक स्थलहरू 
हिन्दू धर्म  – मन्दिर, शक्तिपीठ                        जैन धर्म  – जैन मन्दिर 
शिख  –  गुरुद्वारा/नानक मठ                        वहाई फेथ  – लोटस टेम्पल   
मुस्लिम  –  मस्जिद, दरगाह, मजार, मुसल्ला                 
जोरस्टर (पारशी धर्म) – अग्नि मन्दिर, सूर्य मन्दिर        
इसाई (क्रिश्चियन)  – गिर्जाघर, क्याथेड्रल, चर्च          
बौद्ध धर्म  – बिहार, स्तूप, मठ, चैत्य 
यहुदी धर्म (जुडाइज्म) – शिनागग 
कन्फ्युसियानिज्म – मठ 

ताओइज्म – दाओगुआन 


कुन समूहमा के के पर्दछन् ? 

 
नेपालका प्रमुख तीर्थस्थलहरू, मन्दिर तथा सांस्कृतिक स्थलहरू

नवग्रह सम्बन्धी चढाउने सामग्रीहरू  
१)  आदित्य :  जुंगे धान   २)  सोम : खैरो तील  
३)  मंगल :  रायो दाना   ४)  बुध :  सस्र्यू 
५)  बृहस्पति :   जौ           ६)  शुक्र : सानो केराउ 
७)  शनिश्चर : कालो गेडा मास   ८)  राहु :  कालो भटमास 
९)  केतु :  गहत 

बस्तुगत प्रश्नोत्तर
– चौध वर्षसम्म भरतले राज्य गरेको ठाउँ कुन हो ? नन्दीग्राम
– विशेषतः मैथली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाइको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई के भनिन्छ ? सामा चकेवा पर्व 
– कोजाग्रत पूर्णिमा भनेर आश्विन शुक्ल पूर्णिमालाई चिनिन्छ भने लक्ष्मीपूजा भनेर कहिले चिनिन्छ ? कार्तिक कृष्ण औंशी 
– घटालदेवी, अजयमरूकोट, अमरगढी तथा उग्रतारा डडेल्धुरामा पर्दछन् भने प्रशिद्ध तिर्थस्थल “तपोवन” कुन जिल्लामा पर्दछ ? दार्चुला 
– नौलाखा मन्दिर भनेर कसलाई चिनिन्छ ? जानकी मन्दिर जनकपुरधाम 
– नेपालका कतिवटा अञ्चल धार्मिक स्थलको नामबाट नामाकरण गरिएका छन ? २ वटा 
– हिन्दु संस्कारमा उल्लिखित सोह्र संस्कार अन्तर्गत तलको कुन पर्दैन ? 
क. बिद्यारम्भ   ख.वेदारम्भ ग. गुरु आश्रम गमन                 घ. उपनयन 
– ब्रम्हचर्याश्रम अवस्था कति वर्षसम्मको उमेरमा आवश्यक मानिन्छ ? जन्म देखि २५ वर्षसम्म 
– हिन्दुहरूले गर्ने कूल पूजालाई के भनिन्छ ? देवाली 
– गोवद्र्धन मठमा कुन वेदको प्रचार प्रसार हुन्थ्यो ? श्रृग्वेद 
– सामवेदमा कति शाखा छन् ? १००० 
– भगवान श्री रामले रावणलाई मारेपछि लंकाका राजा को भए ? विभीषण
– क्षेत्रीयहरूको सम्भार गर्दै हिँड्ने व्यक्ति को हुन् ? परशुराम 
– शिवजीलाई त्रिपूरारी, कृष्णलाई मुरारी भनिन्छ भने रामलाई के भनिन्छ ? खरारी 
– सबैभन्दा पूरानो वेद कुन हो ? ऋग्वेद
– सरस्वतीलाई मनपर्ने रग कुन हो ? सेतो 
– महादेवका तीन नेत्रलाई के केका प्रतीक मानिन्छ ? अग्नि, सूर्य र चन्द्र (२०७०, लो.से.आ.) 
– रावणले रचना गरेको पुस्तकहरू के–के हुन् ? आर्क पक्ष र कुमार तन्त्र 
– मञ्जुश्रीका दुई शक्ति वरदा र “मोक्षदा” लाई के को रूप मानिन्छ ? लक्ष्मी र सरस्वती 
– श्रीमद–भागवत गीता महाभारतको कुन पर्वमा पर्दछ ? भीष्म 
– योगशास्त्रका प्रर्वतक को हुन् ? पतञ्जली 
– समूह I र II मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् । (लो.से.आ.२०७१) 
बुद्धसँग सम्बन्धित घटना   स्थान 
a. अन्तिम उपदेश                1. बोध गया 
b. बुद्धत्व प्राप्ति                         2. कुशी नगर 
c. पहिलो उपदेश                 3. सारनाथ 
d. मृत्यु                         4.  वैशाली उत्तरः a-4, b-1, c-3, d-2 
– रावणले सीता हरण गरेको स्थानको नाम के हो ? पञ्चवटी 
– पाँच पाण्डवहरूको पाँच भाइ छोराहरूलाई निदाएको बेलामा हत्या गर्ने पात्र को थिए ? अश्वथामा 
– कुवेरको बगैँचालाई के भनिन्छ ? चैत्ररथ 
– सीतालाई हरण गरेपछी रावणले सर्वप्रथम कसलाई मारेका थिए ? जटायु 
– रावणको बगैचालाई के भनिन्छ ? अशोक वाटिका
– बलराम र श्रीकृष्णबीच कुन सम्बन्ध थियो ? दाजुभाइ 
– रावणको ससुराको नाम के थियो ? माल्यवान 
– शेष नागको अर्को नाम के थियो ? अनन्त 
– कुवेरको राजधानी कहाँ हो ? अलकापुर 
– आयुर्वेदका प्रर्वतक को हुन् ? धनवन्तरी
– पंचशीलका पॉच सिद्धान्तभित्र तलको कुन विषय पर्दैन ? (२०७२,लो.से.आ.) 
क) अहस्तक्षेप     ख) सुरक्षा     ग) अनाक्रमण घ) शान्तिपूर्ण सहअस्तित्व
– धृतराष्ट्रका सय भाइ छोरामध्ये पाण्डवतर्फ मिल्न जाने छोरा को हुन् ? युयुत्सु 
– द्रौपदीको भाइको नाम के थियो ? दृष्टधुम्न 
– कौरवको कुलगुरुको थिए ? कृपाचार्य
– हनुमानको छोराको नाम के हो ? मकरध्वज 
– अघिल्लो जन्ममा स्त्री र पछिल्लो जन्ममा पुरुष हुने महाभारतका पात्र को थिए ? शिखण्डी 
– उत्तर दिशाका देवता भनेर कसलाई भनिन्छ ? कुवेर 
– समुन्द्र मन्थन गर्दा निस्कने विषलाई कसले सेवन गरेका थिए ? शिव 
– वाल्मीकि ऋषिको वास्तविक नाम के हो ? रत्नाकर 
– होम गरिने अन्नलाई के भनिन्छ ? चरू 
– राजा रामचन्द्रको मित को थिए ? सुग्रिव 
– रामकी बहिनीको नाम के हो ? शान्ती 
– पशुपतिनाथका प्रथम पुजारी को हुन् ? स्वामी शेखरानन्द (२०७३, लो.से.आ.) 
– रावणले सीता हरेको पञ्चवटी नेपालको कुन ठाउँमा पर्दछ ? गोदावरी 
– स्वयम्भूको उत्पत्ति केबाट भएको मानिन्छ ? कमलको फूल 
– शैलेश्वरी देवीको मन्दिर नेपालको कुन ठाउँमा पर्दछ ? डोटी
– मुस्लिक धर्ममा जकात भन्ने शब्दले के जनाउँदछ ? दान (२०६९, लो.से.आ.) 
– खर र दुषण को हुन् ? रावणको सेनापति 
– धृतराष्ट्रका सारथी को थिए ? सञ्जय
– महर्षी वेदव्यासद्वारा रचित महाभारतलाई अर्को के नामले चिनिन्छ ? पञ्चम वेद 
– न्याय शास्त्रका पिता भनेर कुन ऋषिलाई बुझउँछ ? गौतम ऋषि
– बुद्ध धर्ममा देहायका रङ्गहरूले सम्बन्धमा के अर्थ राख्दछ ? समूह I र II लाई जोडा मिलाएर कोडका आधारमा उत्तर छान्नुहोस् । (२०६९,लो.से.आ.) 
समूह I समूह II
रातो   (a) अस्तिधातु 
नीलो         (b) दाँत 
पहेँलो (c) शरीर 
सेतो   (d) रगत   उत्तरः  1-d, 2-c, 3-a, 4-b
– बैशाख कृष्ण औंसीलाई मातातीर्थ औंसी भनिन्छ भने, आषाढ शुक्ल एकादशीलाई कुन नामले चिनिन्छ ? हरिशयनी एकादशी 
– नेपालको सबैभन्दा ठूलो स्तुप कुन हो ? लुम्बिनी स्तुपा 
– सबैभन्दा बढी श्लोक भएको पूराण कुन हो ? स्कन्द पूराण 
– षटकोणलाई के–को प्रतिक मानिन्छ ? सरस्वती
– ‘बहाई धर्म’ कसले, कहिले,कहाँ शुरुवात गरेका हुन् ? बहउल्लाले १९ औं शताब्दीमा पर्सियामा (२०६८, लो.से.आ.)
– परशुराम कसका छोरा थिए ? जमदग्नी 
– वेद कति वटा छन् ? ४ वटा 
– उपवेद कति वटा छन् ? चार 
– बिश्वकै सबै भन्दा ठूलो काटमार हुने गढीमाईमेला कुन जिल्लामा पर्दछ ?  बारा 
– पहिलो राशी मेष हो भने अन्तिम राशी कुन हो ? मीन 
– नेपालको सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि संस्थागत रूपमा कार्य गरिरहेको अन्तर्राष्ट्रिय संस्था कुन हो ? UNESCO
– समूह I र II लाई जोडा मिलाएर कोडका आधारमा उत्तर छान्नुहोस् ।   (२०६९, लो.से.आ.) 
समूह I           समूह II
1. तलेजु         (a) मिथिला
2. जनकपुर (b) प्रतापमल्ल 
3. कृष्ण मन्दिर (c) विदेश 
4.  विद्यापती (d) सिद्धिनरसिंह उत्तरः 1-b, 2-c, 3-d, 4-a 
– अक्षय तृतीया कहिले पर्दछ ? बैशाख शुक्ल तृतीया
– वेद कति वटा छन् ? ४ वटा 
– घण्टाकर्ण चतुदर्शी कहिले पर्दछ ? श्रावण कृष्ण चतुर्दर्शी
– ‘छठ’ पर्व कहिले पर्छ ? कार्तिक शुक्ल अष्टमी 
– नागहरूका राजा भनेर कुन नागलाई चिनिन्छ ? वासुकी 
– सबै धर्मका मानिसलाई खुल्ला रहने “लोटस” मन्दिर कहाँ पर्दछ ? भारत 
– ‘कुमार पष्ठी’ (शिठि नखः) कहिले पर्दछ ? जेष्ठ कृष्ण पष्ठी 
– हरमिका कुन स्मारकको भाग हो ? स्तुप 
– सुमतितन्त्र भनेको के हो ?  नेपालमा रहेको प्राचीन ज्योतिषग्रन्थ                 (२०७०, लो.से.आ.)
– गठेमंगल कुन तिथिमा पर्छ ? श्रावण कृष्ण चतुर्दशी 
– पाटनमा बटुक भैरवको अभिलेखमा कुन लिच्छवीकालीन राजप्रसादको उल्लेख गरिएको छ ? चाँगुनारायण 
– तलका मध्ये कुन सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गरिएको छैन ? 
क. बौद्धनाथ मन्दिर          ख. स्वयम्भू चैत्य          ग. पशुपतिनाथ मन्दिर     घ. पनौतिमा रहेको सांकृतिक सम्पदा 
– सांकृतिक सम्पदाको दृष्टिकोणले काठमाडौँ उपत्यकालाई कस्तो रूपमा चिनिन्छ ? मन्दिरै–मन्दिरको सहर
– विदेशी मित्रराष्ट्रको सहयोगमा सर्वप्रथम जिर्णोद्वार भएको नेपालको सम्पदा कुन हो ? न्यातपोल देवल 
– जयस्थिति मल्लले ब्राम्हणलाई कति भागमा बाँडेका छन् ? २
– धार्मिक रूपले नेपाल कस्तो राज्य हो ? धर्मनिरपेक्ष
– नेपाललाई धर्म निरेपक्ष राज्य कहिले घोषणा गरिएको हो ? २०६३ जेष्ठ ४
– भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन चाड मनाइन्छ ? जनैपूर्णिमा  
– सत्यवतीलाई के पनि भनिन्छ ? मत्स्यगन्धा
– वेदमध्ये यजुर्वेदमा कति शाखा छन ? १०१
– अथर्ववेदमा कति शाखा छन ? ९ 
– काठमाडौं टेकु स्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ? माथवर सिंह थापा 
– पशुपति क्षेत्र विकास कोषको संरक्षकमा को रहने व्यवस्था छ ? प्रधानमन्त्री 
– नेपाल सरकारको मिति २०६६ असार ४ को निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका व्यक्ति को हुन् ? पं.नारायण पोखरेल 
– वेदमा रहेका तीन काण्ड मध्ये तलको कुन काण्ड पर्दैन ?  
क. ज्ञानकाण्ड   ख. उपासनाकाण्ड   ग. कर्मकाण्ड   घ. बालकाण्ड 
– शिखी बुद्ध आई बसेको पर्वतलाई के भनिन्छ ? ध्यानाच्यो   
– भारतीय धर्मगुरु साइवावाको ८५ वर्षको उमेरमा कहिले निधन भयो ? २०६८ वैशाख ११ 
– गाईजात्रा कुन तिथिमा पर्दछ ? भाद्र कृष्ण प्रतिपदा 
– दक्ष प्रजापतिका १३ वटा कन्यासँग विवाह गर्ने ऋषि को हुन् ? कश्यप 
– धनकी देवी भन्नाले लक्ष्मी, विद्याकी देवी भन्नाले सरस्वतीलाई चिनिन्छ भने भक्तिनी भन्नाले कसलाई चिनिन्छ ? मीरा 
– हनुमानका पुत्र मकरध्वज हुन् भने बालीपुत्र को हुन् ? अंगद 
– कर्ण भन्नाले दानवीर, दधिचि भन्नाले दानी, भीष्म भन्नाले दृढ प्रतिज्ञ भन्ने बुझिन्छ भने एकलव्य भन्नाले के बुझिन्छ ? गुरु भक्त 
– हनुमान भन्नाले काम फत्ते गर्ने, चाणक्य भन्नाले नीतिवान, सुदामा भन्नाले गरिब भन्ने बुझिन्छ भने विभिषण भन्नाले के बुझिन्छ ? कुलद्रोही 
– नारद भन्नाले कुरौटे, दुर्वासा भन्नाले रिसाहा, युधिष्ठिर तथा हरिचन्द्रलाई सत्यवादी भनेर चिनिन्छ भने जनक भन्नाले केलाई चिनिन्छ ? ज्ञानी 
– सत्य, त्रेता, द्वापर, कलियुग क्रमशः कुन–कुन तिथिमा सुरू भएका हुन् ? वैशाख शुक्ल तृतीया, कार्तिक शुक्ल नवमी, भाद्र कृष्ण त्रयोदशी र पौष आमावश्या 
– पाण्डु सहवास गर्न असक्षम भएपछि पाण्डुको स्वीकृतिले कुन्तिले धर्मराजको तर्फबाट युधिष्ठिरलाई जन्म दिएकी थिइन भने भिम, अर्जुन, नहकुल र – सहदेवलाई क्रमशः कस–कसको तर्फबाट जन्म दिएकी थिइन ? वायु, इन्द्र र अश्विनीकुमार 
– ऋतु ६ वटा, करण ७ वटा योग, नक्षत्र २७ वटा, तथा सम्वत्सर ६० वटा पर्दछन् भने तिथी र पक्षहरू क्रमशः कति–कति वटा पर्दछन् ? १५ र २ 
– अत्रि ऋषिकी पत्नी अनुसुया तथा पुत्र दुर्वासा हुन् भने भगवान श्रीकृष्णका पुत्र को हुन् ? प्रद्युम्न
– हनुमानकी माता अञ्जनी, ध्रुवकी माता सुनीति, परिक्षितकी माता उत्तरा हुन् भने अभिमन्युकी माता को हुन् ? सुभद्रा 
– आइतवारका स्वामी शिव हुन् भने देवता को हुन् ? अग्नी 
– त्री मधुमा तलका मध्ये कुन पर्दैन ?  
क. मह ख. चिनी ग. सख्खर घ. घ्यू 
– श्री १ भन्नाले छोरा र श्रीमतीलाई चिनिन्छ भने श्री २ भन्नाले कसलाई चिनिन्छ ? आफ्ना कामदारलाई 
– हिमालयकी पुत्री पार्वती हुन् भने उनकी श्रीमती को हुन् ? मेनका
– क्रिश्चियन धर्मको मुख्य ग्रन्थलाई बाइबल भनिन्छ भने कवीरको मुख्य ग्रन्थलाई के भनिन्छ ? बीजक 
– “नमाज” पढ्दा बस्ने आसनलाई के भनिन्छ ? जानमात्र 
– पञ्चमहाभूतमा नपर्ने तलका मध्ये कुन हो ? 
क.  विजुली ख. पृथ्वी ग.  आकाश घ.  वायु 
– तलका मध्ये नवरसमा नपर्ने कुन हो ?  
क. वीर         ख. सुसुप्त   ग. हाँस्य         घ. श्रृंगार
– नवरत्नमा नपर्ने तलका मध्ये कुन हो ? 
क. नीलम          ख.पन्ना   ग. मध्यराज घ. गोमेद 
– हिन्दू दर्शनका ६ वटा शास्त्रहरूमध्ये दिइएको शास्त्र र प्रर्वतकको सम्बन्धमा कुन भनाइ ठीक छ ?  
क. न्याय शास्त्र–गौतम ऋषि ख. सांख्यशास्त्र–कपिल  
ग. योगशास्त्र–पतञ्जली घ. उल्लिखित सबै ठीक छन्
– प्रसिद्ध बौद्ध धार्मिक स्थल गोटीहवा कुन जिल्लामा पर्दछ ? कपिलवस्तु 
– महाभारतमा कति श्लोक छन ? १,००,००० 
– बुढा सुब्बाको मन्दिरमा के–को बली दिइन्छ ? सुँगुर  
– गोरखाको मनकामना मन्दिरमा कुन जातिको पुजारी हुन्छन ? मगर 
– राम लक्ष्मणले पंचवटीमा बनाएको मन्दिर कहाँ पर्दछ ? गोदावरी नदीको किनारमा
– गौतम बुद्धको बदनाम गर्न बुद्धकी पत्नी हुँ भनी सार्वजनिक गर्ने महिला को हुन् ? चिचा माणविका 
– हरिहर क्षेत्र र आदीप्रयाग भन्नाले नेपालको कुन तीर्थस्थललाई जनाउँछ ? देवघाट 
– नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथमा पहिलो पटक पूजा कहिले रोकिएको थियो ? वि.सं. २०६५ पुस १७ 
– हिन्दू दर्शनका ६ वटा शास्त्रहरू मध्ये ३ वटा शास्त्र र तीनको प्रर्वतकका सम्बन्धमा तलका मध्ये कुन ठीक छ ? 
क. वैशेसिक शास्त्र–कणाद ख. उत्तर मिमांसा वेदान्त–व्यास  
ग. पूर्व मिमांशा–जौमिनी घ. उल्लिखित सबै ठीक छन् 
– शैलेश्वरी भगवतीको मन्दिर कुन जिल्लामा पर्दछ ? डोटी   
– उग्रतारा देवीको मन्दिर नेपालको कुन जिल्लामा रहेको छ ? डडेलधुरा 
– संसारको सबै भन्दा ठूलो धार्मिक ग्रन्थ मानिएको महाभारतको रचना कसले गरेका थिए ? वेदव्यास   
– सितलादेवीको बहान के हो ? गधा 
– जैनधर्मका “संस्थापक आर्य” भनेर कसलाई चिनिन्छ ? तिर्थङ्कर 
– स्वयम्भुका दुई आँखालाई केको प्रतीक मानिन्छ ? करूणा र ज्ञान (२०६८, लो.से.आ.) 
– श्री स्वस्थानी ब्रत कथा कुन पूराणबाट लिइएको हो ? स्कन्द पूराण 
– वर्षा र दयाका देवता भन्नाले कसलाई बुझिन्छ ? मच्छिन्द्रनाथ
– काम देवको वाहन के हो ? सुगा 
– त्रिपिटक महाविहार कहाँ पर्दछ ? तिब्बत 
– भगवान रामचन्द्रको निवास स्थानलाई के भनिन्छ ? साकेत 
– मङ्सिर महिनाको देवता भनेर कसलाई भनिन्छ ? केशव 
– विश्वको सबैभन्दा अग्लो बौद्ध स्तुप कहाँ अवस्थित छ ? लुम्बिनीमा
– हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पर्वत एडम्स पिक कहाँ पर्दछ ? श्रीलंका 
– सकडा देवीलाई अर्को कुन नामले चिनिन्छ ? छिन्नमस्ता
– धिरधाम दार्जिलिङ्ग, बाजुवराह रोल्पा, धुलेश्वर दैलेख तथा कंकालिमाई बारा जिल्लामा पर्दछन् भने अमर नारायण तिर्थस्थल कुन जिल्लामा पर्दछ ? पाल्पा 
– मोदीबेनी पर्वत, पञ्चदेवल कालिकोट, दाउन्नेगढी नवलपरासी तथा गलेश्वर धाम म्याग्दी जिल्लामा पर्दछन् भने बडिमालिका तिर्थस्थल कुन जिल्लामा पर्दछ ? बाजुरा 
– पूर्वको पशुपति भनेर कुन महादेवलाई चिनिन्छ ? हलेसी
– कलश कुन देवताका प्रतिक मानिन्छ ? बरूण 
– देवताहरूका बैद्य भनेर कसलाई चिनिन्छ ? अस्वीनिकुमार
– शिख धर्मको धर्मग्रन्थ गुरु ग्रन्थ साहिवको प्रथम खण्डलाई के भनिन्छ ? पहला महला
– द्वारिकापुरिमा स्थापित शारदा मठमा कुन वेदको प्रचार–प्रसार हुन्थ्यो ? सामवेद 
– शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ ? फोग्यु
– मुसलमानहरूको पवित्र तीर्थस्थल “मक्का” कुन देशमा पर्दछ ? साउदी अरब
– पूराणहरूमध्ये सबैभन्दा कान्छो पूराण वा १८ औं पूराणको नाम के हो ? अग्नि पूराण 
– रामले स्थापना गरेको शिवलिगंलाई रामेश्वर भनिन्छ भने हनुमानले स्थापना गरेको शिवलिगंलाई के भनिन्छ ? अनुमति 
– नेपालको सबभन्दा पूरानो धर्म कुन हो ? शैव (२०६९, लो.से.आ.)   
– पाण्डवहरू कुन वंशका थिए ? कुरूवंश 
– अनुलोम र प्रतिलोम केसँग सम्बन्धित छन ? विवाह 
– साउने सक्रान्तिलाई के पनि भनिन्छ ? कर्कट सक्रान्ति 
– शिखहरूको पवित्र पंक्षी कुन हो ? बाज 
– गायत्री मन्त्र कुन वेदमा उल्लेख छ ? ऋग्वेद 
– हिन्दु र बौद्ध धर्मका साझ देवता भनेर कसलाई बुझिन्छ ? मच्छिन्द्रनाथ 
– मुक्तिनाथमा कसको मूर्ति रहेको छ ? विष्णु भगवान 
– कर्णाली अञ्चलको प्रचलित देवताको नाम के हो ? मस्टो 
– जुँगा भएको महादेवको मूर्ति नेपालको कुन स्थानमा छ ? नेपालगंज 
– महादेवको घाँटीमा रहेको नागको नाम के हो ? वासुकी 
– अक्षय तृतीया कहिले पर्छ ? वैशाख शुक्ल तृतीया 
– हिन्दु धर्म अनुसार दश दान कर्म कहिले सम्पन्न गरिन्छ ?  मर्ने बेलामा
– नेपालको प्रसिद्ध देवता मच्छिन्द्रनाथको अर्को नाम के थियो ? आर्यवल्लभ 
– पशुपति क्षेत्रले कति भू–भाग ओगटेको छ ? करिव ६४२ हेक्टर 
– मुसलमानहरूले महिनाभरी ब्रत बस्ने कार्यलाई के भनिन्छ ? रोजा 
– चार वेद मध्ये सबैभन्दा पूरानो वेद कुन हो ? ऋग्वेद 
– इन्द्रको बज्र हतियार कुन ऋषिको हड्डीबाट वनेको थियो जुन बज्रले बृत्तासुरलाई मारेका थिए ? दधिचि
– दुर्गा सप्तशती चण्डी कुन पूराणबाट लिएको हो ? मार्कण्डेय पूराण
– समुन्द्र मन्थन गर्दा निस्किएकी परी रम्भा हुन् भने बिष कुन हो जसलाई भगवान शिवजीले सेवन गरेका थिए ? कालकुट 
– रामायणको कुन काण्डमा श्रीरामको जन्म भएको उल्लेख छ ? बाल काण्ड 
– भगिरथ भन्नाले केलाई चिनिन्छ ? परिश्रमी 
– ढुण्डिराज कुन देवताको उपनाम हो ? गणेश   
– भगवान श्रीकृष्णले कंशलाई मारेपछि मथुराका राजा को भएका हुन् ? उग्रसेन 
– रत्नाकर अर्थात महर्षि बाल्मिकीद्वारा लिखित रामायणमा कति काण्ड छन ? ७ 
– आफ्ना पितालाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण सर्प जाति कै बिनास गर्छु भनेर सर्पेष्टि यज्ञ गर्ने व्यक्ति को हुन् ? जन्मेजय 
– धृतराष्ट्र तथा पाण्डुका पिता को हुन् ? विचित्रबिर्य
– लेखक अर्थात छिटो लेख्ने भनेर गणेशलाई चिनिन्छ भने देवताका वैद्य भनेर कसलाई चिनिन्छ ? अश्विनीकुमार 
– द्वैपायन भनेर चिनिने महर्षी वेदव्यासकी श्रीमती को थिइन् ? पिगंला (बेश्या) 
– पाँच पाण्डवकी श्रीमती द्रौपदीको चिर हरण गर्ने व्यक्ति को हुन् ? दुशासन 
– पूराणहरू १८ वटा छन् भने, उपपूराण कतिवटा छन् ? १८ 
– विद्याकी देवी सरस्वतीलाई सेतो रंग मन पर्दछ भने शनीलाई कस्तो रंग  मन पर्दछ ? कालो 
– रामचन्द्रले १४ वर्षसम्म वनवासमा रहँदा बसेको वनको नाम के थियो ? चित्रकुट
– स्वयम्भु नाथ नेपालमा, ताम्रशिला पाकिस्तानमा पर्दछ भने स्वर्णशिला कहाँ पर्दछ ? थाईल्याण्ड 
– रावणका ससुरा माल्यवान, श्रीमती मन्दोदरी, भाई विभिषण, छोरा इन्द्रजित तथा अतिकाय र बहिनी सुर्पणखा थिइन भने सेनापती को थिए ? खर र दुषण 
– युधिष्ठिरका तर्फबाट द्रौपदीले प्रतिबिध्यलाई जन्म दिएकी थिइन् भने भीम, अर्जुन, नहकुल र सहदेव तर्फबाट क्रमशः कस–कसलाई जन्म दिएकी थिईन् ? क्रमशः सुतसोम, श्रुतकर्म, शतानिक र श्रुतसेन
– अर्जुनका छोरा अभिमन्यू हुन् भने नाति को हुन् ? परिक्षित
– गुप्तवासमा बस्दा युधिष्ठिर कंक तथा द्रौपदी सैरिन्द्री भएर भेष बदलेका थिए भने भिम, अर्जुन, नहकुल, सहदेवले क्रमशः कुन नामले भेष बदलेका थिए ? क्रमशः बल्लभ, बृहन्नला, अरिष्ठनेमी (ग्रन्थिक) र तन्त्रिपाल 
– कुम्भकर्णका छोराहरू को–को हुन् ? कुम्भ र निकुम्भ
– भगवान शिवको नृत्यलाई ताण्डव भनिन्छ भने नाट्यावस्थालाई के भनिन्छ ? नटराज
– त्री दुःख भित्र तलका मध्ये कुन पर्छ ? 
क.  आदिभौतिक ख  आदिदैविक   ग.  आध्यात्मिक   घ.  उल्लिखित सबै पर्छन 
– रामायणका अनुसार रावणले सीता हरण गरेर लगेको स्थान कुन हो ? पञ्चवटी 
– अर्थव वेदमा उल्लेख भए अनुसार इन्द्रको धनु कसले बनाएका हुन् ? अनु 
– कृष्णका गुरु सान्दिपनी हुन् भने कौरवका कुल गुरु को हुन् ? कृपाचार्य 
– भीष्म पितामहको अर्को नाम के हो ? देवब्रत तथा गाँगेय
– भिमकी श्रीमती हिडिम्बा हुन् भने हिडिम्बाका पुत्र को हुन् ? घटोत्चक 
– पाण्डवहरूका पाँचभाई पुत्रहरू निदाएको बेलामा हत्या गर्ने पात्र को हुन् ? अश्वस्थामा 
– सीता हरण गरेपछि रावणले सर्वप्रथम केलाई मारेका थिए ? जटायु 
– भिमसेनका नाति को हुन् ? पर्वरिक 
– राजा जरासन्धलाई खुट्टा फट्याएर मार्ने  व्यक्ति को हुन् ? भिमसेन 
– वसुदेव श्रीकृष्णका पिता हुन् भने बलराम को हुन् ? दाजु 
– इन्द्र जात्रा कहिले मनाइन्छ ? श्रावण शुक्ल चर्तुदशी 
– वर्णाश्रम व्यवस्थामा ब्राम्हचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्याश्रमहरूका लागि क्रमशः कति कति वर्ष तोकिएको थियो ? २५,५०, ७५ र सो भन्दा माथि 
– हिन्दु धर्मका अनुसार मनुष्य जीवनको उदेश्य ४ पुरुषार्थ प्राप्तिको लागि मात्र हुनुपर्दछ भनिएको छ । ती ४ पुरुषार्थहरू के के हुन् ? धर्म, अर्थ, काम र मोक्ष 
– वर्तमान नेपाली समाजलाई हिन्दु धर्म संस्कार अनुसार कति वर्ण र जातमा विभाजन गरिएको पाइन्छ ? ४ वर्ण ३६ जात 
– हिन्दु धर्मको सबैभन्दा प्रमुख र पवित्र धार्मिक ग्रन्थ कुन हो ? वेद
– हिन्दु धर्मको मूल आधार कुन धर्मलाई मानिन्छ ? बैद्धिक धर्म 
– कुन तिथीको दिन पशुपतिनाथमा बौद्ध मुकुट चढाइन्छ ? कार्तिक शुक्ल अष्टमी
– आर्यहरूले सर्वप्रथम रचना गरेको वेद ऋग्वेद हो भने, ऋग्वेदमा सबैभन्दा धेरै उल्लेख गरिएको नदी कुन हो ? सरस्वती 
– भृकुटीको बाल्यकालको नाम खुकुनी हो भने सीता को बाल्यकालको नाम के हो ? बैदेही 
– राम र सीता बीच कुन विवाह भएको थियो ? पराक्रम विवाह 
– पूराण र उपपूराण १८/ १८ वटा छन् भने, उपनिषद कति वटा छन ? १०८
– जैन धर्मका मुख्य गुरु मुख्य देवतालाई के भनिन्छ ? तीर्थाङ्कर
– महाविर जैन कति औं तीर्थाङ्कर हुन् ? चौबिसौं
– इसाई धर्मका प्रवर्तक इसा मसिह हुन् भने उनले कहाँ बसेर आफ्नो उपदेश सुनाएका थिए ? इजरायलको जेरूसेलम
– यहुदी धर्मावलम्वीहरूलाई कुन जातीय नामले पुकारिन्छ ? हिब्रु 
– यहुदी धर्मको धर्मग्रन्थ लेख्ने व्यक्ति को हुन् ? हजरत मुसा 
– कन्फ्युसियस धर्म र ताओधर्म चीनमा उत्पत्ति भएका हुन्, भने शिन्तो धर्म कहाँ उत्पत्ति  भएको हो ? जापान
– एउटै मात्र भगवान मान्ने मुस्लिमहरू (ईश्लामहरू) ले केलाई देवताको बोली मान्छन् ? कुरान 
– गौरीशंकर हिमाललाई के को प्रतिक मानिन्छ ? शिव पार्वती
– पञ्च देवमा पर्ने पाँच देवताहरू मध्ये गणेश र सूर्य दुई देवता हुन् भने यसभित्र नपर्ने देवता तलका मध्ये कुन हो ?  
क. पृथ्वी ख.देवी           ग. विष्ण घ. शिव  

– पञ्च वायुभित्र पर्ने वायु मध्ये समान र व्यान दुई वायु हुन् भने अन्य तीनमा तलको कुन पर्दैन ?  
क. उदान ख. अपान     ग. प्राण     घ. उल्लिखित सबै पर्छन् 
– जैन धर्मको धार्मिक ग्रन्थ वचानामृत हो भने यहुदी धर्मको के हो ? कैवाला 
– नेवार समुदायमा कन्याको मासिक धर्म सुरू हुनु अगाडि नै बेलसँग गरिने विवाहलाई के भनिन्छ ? इहि विवाह 
– बैशाख महिनाका देवता मधुसुदन, भाद्र्रमहिनाका ऋषिकेश हुन् भने कार्तिक महिनाका देवता को हुन् ? दामोदर 
– बिष्णुका १० अवतार मध्ये प्रथम मत्स्य हो भने दशौं कुन हो ? कल्की
– सबै भन्दा ठूलो पूराण स्कन्द पूराण ८१०००) श्लोक हो भने सबै भन्दा सानो पूराण कुन हो ? अग्नि पूराण
– कार्तिकेयलाई मनपर्ने विरूवा अमला, लक्ष्मीलाई आँप, इन्द्रलाई अशोक हो भने शिवलाई मनपर्ने विरूवा कुन हो ? बेल र रूद्राक्ष 
– शितला देवीको वाहन गधा, कार्तिकेयको मयुर, लक्ष्मीको लाटोकोशेरो हो भने शनिको बहान के हो ? गिद्ध
– त्रिकुटमा के के पर्दछन् ? पिपला, सुठो र मरिच 
– पाथिभरा तिर्थस्थल कहाँ पर्दछ ? ताप्लेजुङ   
– महाभारतको भिष्म पर्वमा उल्लेख भए अनुसार अर्जुनलाई किराँत क्षेत्रबाट प्राप्त भएको सबै भन्दा शक्तिशाली हतियार कुन हो ? पशुपताश्त्र
– कुन दिनबाट उत्तरायण शुरू हुन्छ ? माघे संक्रान्ति 
– सिखहरू कुन दिनलाई वर्षभरीको सबैभन्दा पवित्र दिन मान्दछन ? बैशाख १
– भदौ महिनाको कृष्ण पक्षको औंसीलाई के भनिन्छ, जुन दिन बाबुलाई खुवाउने औंसीका नामले पनि प्रख्यात छ ? कुसे औंसी 
– नेपालमा गाईलाई के को प्रतिकको रूपमा लिइन्छ ? लक्ष्मी 
– हिन्दु धर्ममा काग र कुकुरलाई कसको दुतको रूपमा पुजा गरिन्छ ? यमराज 
– वेद ४ वटा छन् भने उपवेद कति वटा छन् ? ४ (२०७२, लो.से.आ.) 
– शालिग्रामलाई कुन भगवानको प्रतिकको रूपमा बुझिन्छ ? विष्णु 
– युगको आवश्यकता अनुसार बिष्णु भगवानको विभिन्न अवतारमा पृथ्वीमा अवतरण हुन्छ भनी कुन धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ ? वेद 
– हिन्दु धर्मावलम्वीहरू हरिहर, पाशुपत, शैव र बैष्णव गरी चार सम्प्रदायमा बिभक्त छन् भने बौद्ध धर्मालम्वीहरू कति सम्प्रदायमा बिभक्त छन ? तीन 
– नेपालमा बौद्धमार्गी कुन कुलकी पुत्रीलाई कुमारी बनाई हिन्दु एवं बौद्धमार्गी दुवैले पुजा गरी टिका ग्रहण गर्ने चलन छ ? शाक्य 
– बैष्णव र शैवको मिश्रण बिष्णु र महादेवको एक रूप कुन धार्मिक सम्प्रदायको साक्षत रूप हो ? हरिहर सम्प्रदाय
– नेपालको धार्मिक इतिहासमा धार्मिक सहिष्णुता र सह–अस्तित्वको विजारोपण कुन कालमा भएको पाइन्छ ? लिच्छवी काल
– बौद्ध, शैव र बैष्णव समुदायले आ–आफ्नो इष्ट देवता मानी कुन देवताको पुजा गर्दछन ? मछिन्द्रनाथ 
– बिष्णुको धनुलाई सारङ्ग र चक्रलाई शुदर्शन भनिन्छ भने गधालाई के भनिन्छ ? कौमुदकी 
– विवाह पूर्व कुन्तिले कोसँग संसर्ग गरी कर्णलाई जन्म दिएकी थिइन ? सूर्य   
– श्रीकृष्णको शंखलाई पाञ्चजन्य, अर्जुनको शंखलाई देवदत्त भनिन्छ भने, युधिष्ठिरको शंखलाई के भनिन्छ ? अनन्त विजय 
– बिष्णुको खड्गलाई नन्दक, रामको धनुलाई अजगव भनिएझै अर्जुनको धनुलाई के भनिन्छ ? गाण्डीव 
– छठ पर्व कहिले मनाइन्छ ? बैशाख शुक्ल षष्ठी 
– बाला चतुर्दशी मार्ग शुक्ल चतुर्दशीमा पर्दछ भने, विवाह पंचमी कहिले पर्दछ ? मंसिर वा मार्ग शुक्ल पंचमी 
– धान्य पूर्णिमा मार्ग शुक्ल पूर्णिमामा पर्दछ भने श्रीपंचमी वा वसन्त पंचमी वा सरस्वती पूजा कहिले पर्दछ ? माघ शुक्ल पंचमी 
– फागु पूर्णिमा फाल्गुण शुक्ल पूर्णिमामा पर्दछ भने महाशिवरात्री कहिले पर्दछ ? फाल्गुण कृष्ण चतुर्दशी
– महाभारतमा कतिवटा पर्वहरू छन् ? १८
– महाभारतको पहिलो पर्व आदिपर्व हो भने अन्तिम पर्व कुन हो ? स्वर्गारोहण पर्व 
– गिता महाभारतको कुन पर्वबाट झिकिएको हो ? भिष्म पर्व 
– १०० भाई कौरव मध्ये पाण्डव पक्षमा मिल्ने एकमात्र व्यक्ति को थिए ? युयुत्सु 
– शिवको धनुलाई के भनिन्थ्यो ? पिनाक 
– इस्लाम धर्मग्रन्थको नाम के हो ? कुरान (२०७०, लो.से.आ.) 
– हनुमानको गदालाई लौहस्तम्भ, अर्जुनको धनुलाई गाण्डिव विष्णुको चक्रलाई शुदर्शन नारदमुनीको विणा मद्दती भनिन्थ्यो भने कर्णको धनुलाई के भनिन्थ्यो ? विजय 
– रावणको तरवार (खड्ग) लाई चन्द्रहाँस भनिन्थ्यो भने, रामको धनुलाई के भनिन्थ्यो ? अजगव
– औषधी बिज्ञानको उत्पत्ति आयुर्वेदबाट भएको हो भने संगितको उत्पत्ति कुन वेदबाट भएको हो ? सामवेद 
– पञ्च तरूभित्र पर्ने दुई वृक्ष मन्दार र पारीजात हुन् भने अन्य तीनमा तलको कुन पर्दैन ?   
क.  हरिचन्दन ख. कल्पवृक्ष   ग.  साल घ. वेल
– अनन्तलिङ्केश्वर मन्दिर कहाँ रहेको छ ? भक्तपुर 
– ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ ?  
क) गणेश         ख) भैरव           ग) कुमारी घ) माथिका सबै 
– स्वर्गका राजा इन्द्रकी आमाको नाम के हो ? बसुन्धारा 
– हिन्दू मिथकका अनुसार अर्जुनका छोराको नाम के थियो ? अभिमन्यु 
– हिन्दु शास्त्रका अनुसार व्रम्हाण्डका सृष्टिकर्ता को हुन् ? व्रम्हा
– हराएको सामान भेटाई दिने विश्वास गरिएको चपट गणेशको मूर्ति कहाँ छ ? पाटन
– दिकी छ्योलिङ गुम्बा कुन जिल्लामा पर्दछ ? ताप्लेजुङ 
– भगवान् बुद्धको आशिष पाएको चरा कुन हो ? सारस 
– ललितपुरको कुम्भेश्वर (मन्दिर),उन्मत भैरवको स्थापना, गोरखनाथ र गोकर्णेश्वरको पूजाको प्रचलन कसले गरेका थिए ? जयस्थिति मल्ल 
– चाँगुनारायणको वि.सं. ५२१ को अभिलेखमा कसको वर्णन गरिएको छ ? मानदेव दिग्विजय 
– ग्वालेक केदारधाम कहाँ पर्छ ? बैतडी   
– नेपालमा बुद्ध जयन्ती कहिलेदेखि मनाउन थालिएको हो ? वि.सं. २००७ पछि 
– काठमाडौँमा रहेको भद्रकाली देवीको मन्दिर भएको स्थान अथवा भद्रकाली स्थलको अर्को नाम के हो ? जज्जापीठ 
– काठमाडौँको टेवहालमा रहेको संकटा भनेर चिनिने कुन देवताको मन्दिर हो ? पदमान्तक देवताको
– महाभारतको कुन पर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ ? वन पर्व 
– प्राचीनकालमा स्वयंभूनाथलाई के भनिन्थ्यो ? युयान 
– आधिकारिक रूपमा बुद्धको जन्मस्थल कहिले पत्ता लागेको हो ? १८९५ डिसेम्बर १ 
– श्रावण शुक्लपञ्चमीलाई के भनेर चिनिन्छ ? नागपञ्चमी 
– भगवान सम्बन्धी अध्ययनलाई के भनिन्छ ? Theology
– द्वापर युगका चक्रवर्ती राजा  युधिष्ठिर हुन् भने कलियुगका चक्रवर्ती राजा को हुन् ? भोजराज 
– भगवान्  विष्णुले पहिरने मालालाई के भनिन्छ ? वैजयन्ती
– भगवान गौतम बुद्धको मृत्यु पश्चात बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ? मूल सर्वास्तिविनय
– गौतम बुद्धलाई बुद्धत्व प्राप्त गर्छ भनेर ठोकुवा गर्ने व्यक्ति को हुन् ? कौडिन्य
– मच्छिन्द्रनाथलाई कसको पालामा काठमाडौँ  उपत्यका ल्याइएको हो ? नरेन्द्रदेव
– इतिहासमा व्यक्त, भए अनुसार मच्छिन्द्रनाथलाई कहाँबाट ल्याइएको हो ? कामरूप कामाक्षाबाट 
– लिच्छवीकालमा जनतालाई कति भागमा विभक्त गरिएको थियो ? दुई भागमा (पौर र जानपाद) 
– सीता भन्नाले पवित्र बुझिन्छ भने मिरा भन्नाले के बुझिन्छ ? भक्तिनी 
– अध्यात्मिक नेता साईबाबाको वास्तविक नाम के हो ? सत्यनारायण राजु
– “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ? शेर्पा 
– रोमनका युद्धका देवता भनेर कसलाई मानिन्छ ? मार्स 
– अन्तर्राष्ट्रिय श्रम सँगठनको महासन्धि नं १६९ केसँग सम्बन्धित छ ? आदिवासी जनजाति 
– जानकी नवमी भन्नाले कुन तिथिलाई जनाउँछ ? वैशाख शुक्ल नवमी 
– नेपाली भाषालाई भारतले कहिले संवैधानिक मान्यता दिएको थियो ? २०४९ भाद्र ४ 
– “प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छन  ।” यो भनाई कसको हो ? सत्य साइ बाबा 
– राजनीतिक मनोकाङ्क्षा समेत पूरा गरिदिने देवीका रूपमा चिनिने छिन्नमस्ता देवीको मन्दिर कहाँ पर्छ ? सप्तरी 
– हिन्दु धर्म अनुसार काजक्रिया गर्दा १३ दिनमात्र गरे पुग्ने गरी इस्तिहार जारी गर्ने राणा प्रधानमन्त्री को हुन् ? जुद्धशमशेर 
– गौतम बुद्ध जन्मनासाथ नुहाइएको पोखरीलाई के भनिन्छ ? पुष्करिणी तीर्थ 
– महादेवका तीन नेत्रका प्रतीक के–केलाई मानिन्छ ? अग्नी, सूर्य, चन्द्र (२०७०, लो.से.आ.) 
– जोडा मिलाउनुहोस् ।   
क) ऋग्वेद   १) ९  
ख) यजुर्वेद   २) १०००  
ग) सामवेद   ३) १०१  
घ) अथर्ववेद   ४) २१ उत्तर : क-४, ख-३, ग-२, घ-१
– नेपालको एक मात्र जैन मन्दिर कहाँ रहेको छ ? काठमाडौंको ज्ञानेश्वरमा
– तिब्बती धार्मिक गुरु दलाई लामा भारतमा कहिले देखि निर्वासित छन् ? सन् १९५९ देखि 
– बुद्ध धर्मको झण्डामा कति रंग हुन्छन् ? ५ वटा 
– गौतम बुद्ध कि आमा माया देवीको निधन हुँदा उनी कति उमेरका थिए ? ५ दिन 
– आर्य वल्लभ नेपालका कुन प्रख्यात देवताको अर्को नाम हो ? मछिन्द्रनाथ 
– नेपालमा पहिलो पटक भारत आन्द्र प्रदेशका प्रख्यात भगवान तिरूपति वालाजीको मूर्ति दर्शनको लागि काठमाडौँको खुला मञ्चमा कहिले राखिएको थियो ? २०६८ फागुन १३ नेपालको पहिलो  
– बृन्दावन कुन ठाउँमा निर्माण हुँदैछ ? भक्तपुर ७ दधिकोटको अनन्तलिङ्गेश्वर परिसर
– मान्म पन्चदेवल कहाँ पर्छ ? कालिकोट 
– पाँच योगको समागम हुँदाका बखत पर्ने दिपंखा यात्राका लागि सौरमासको सक्रान्ति, चन्द्रमासको पूर्णिमाको अतिरिक्त अर्को के हुनुपर्छ ?
क) रेवती नक्षत्र ख) हर्षण योग   ग) आदित्यवार घ) माथिका सबै 
– बौद्ध धर्मसँग सम्बन्धित पुस्तक त्रिपिटकभित्र तलको कुन पर्दछ ? (२०७१, लो.से.आ.) 
क) विनयपिटक        ख) शक्ति पिटक   ग) अभिधम्म पिटक   घ) माथिका सबै 
– नवरात्रीमा पूजिने विभिन्न देवीहरूमध्ये पहिलो दिन कुन देवीको पूजा आराधना गर्ने गरिन्छ ? शैलपुत्री 
– पूराणहरू मध्ये नेपाल बारे सबैभन्दा धेरै बयान भएको पूराण कुन हो ? स्कन्ध पूराण 
– ईंटबाट बनेको नेपालको सबैभन्दा ठूलो मन्दिर कसलाई मानिन्छ ? पाटनको महाबौद्ध मन्दिर
– भगवान गौतम बुद्धले ज्ञान प्राप्तिका लागि उपयोग गरेको मानिने साधना बिधि बिपश्यनाका आधुनिक अभियन्ता कसलाई मानिन्छ ? सत्य नारायण गोयन्का 
– बौद्ध दर्शन र तामाङ संस्कृति अध्ययन गर्न सकिने ‘क्याङजेन भ्याली’ नेपालको कुन जिल्लामा रहेको छ ? रसुवा 
– सम्राट अशोकले हिद बुधे जाते शाक्यमुनि भगवान अभिलेख सहित शिलास्तम्भ राखेको बुद्ध जन्मस्थललाई डा. फुहररले कहिले पत्ता लगाएका थिए ? सन् १८९९ डिसेम्वर १ 
– आवश्यक शुत्र कुन धर्मको धार्मिक ग्रन्थ हो ? जैन धर्म
– गौड देशका राजा प्रचण्डदेव स्वयम्भू र गुहेश्वरीको दर्शनार्थ नेपाल आएको बेला स्वयम्भू नजिकमा निर्माण गरेका ५ कुटीहरू मध्ये वसुपुर, अग्निपुर २ – कुटीहरू हुन् भने अन्य तीन कुटी भित्र तलको कुन कुटी पर्छ ?  
क) वायुपुर   ख) नागपुर   ग) शान्तिपुर   घ) माथिका सबै 
– आईतबार, आश्विन शुक्ल पूर्णिमा, रेवती नक्षत्र, व्याघात हर्षण योग र चन्द्र ग्रहणको योग गरी ५ दुर्लभ संयोग भएमा मनाईने पर्व कुन हो ? दिपंखा यात्रा 
– चावहिल स्थित बौद्ध स्तुपा (विहार) कसले बनाएको हो ? चारूमती
– ग्रीक देवताहरूको प्रमुख को हुन् ? Zeus 
– “कैलाशनाथ महादेव” नामले चिनिने नेपाल स्थित भक्तपुरमा रहेको विश्वकै अग्लो शिव मूर्तिको उचाई कति रहेको छ ? १४३ फिट 
– गम्की नामक नेवारी भाषाको पुस्तक कसले लेखेको हो ? धुस्वाँ सायमी 
– दशैं तिहारमा बिदा दिने चलन कहिलेदेखि चलेको हो ? २००८ 
 
जातजाती
नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  । 
 
आदिवासी/जनजाति 
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः 
• जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  ।
• जसको परम्परागत भाषा, धर्म, रीतिरिवाज र संस्कृति छ  । 
• जसको परम्परागत सामाजिक संरचना समानतामा आधारित छ  ।
• जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ । 
• जसको आफ्नो लिखित वा अलिखित इतिहास छ । 
• जो नेपालका आदिवासी हुन्  । जसले आफूलाई जनजाति भन्छन्  । 
नेपाल सरकारले वि.सं. २०५८ माघ २५ गते आदिवासी/जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ जारी गरी ५९ जनजातिलाई आदिवासी/जनजाति भित्र समेटेको छ ।

आदिवासी जनजातिहरूको वर्गीकरण 
आदिवासी जनजाति महासंघले अनुकुल रणनीति तथा राष्ट्रिय संसाधनमा पहुँच, सुविधा बन्चनको अवस्था, विघटन, विस्थापन, विभेदको ऐतिहासिक अनुभव, राज्यको शक्ति संरचनामा वा राज्य संचालनमा पहुच, सामाजिक प्रतिष्ठा मानव विकासको स्तर आदिका आधारमा आदिवासी जनजातिहरूलाई निम्न ५ भागमा वर्गीकरण गरिएको पाइन्छ, 
क)  लोपोन्मुख (संकटापन्न) आदिवासी जनजातिहरू 
ख)  सुविधावञ्चित आदिवासी जनजातिहरू 
ग)  अग्रवर्ति उन्नतिशील आदिवासी जनजातिहरू 
घ)  सीमान्तकृत आदिवासी जनजातिहरू 
ङ)  अति सीमान्तकृत आदिवासी जनजातिहरू 

नेपालका सूचीकृत आदिवासी जनजाति (आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५९ अनुसार) 
 
नेपालका जनजातिहरू र तिनको मुख्य बसोबास स्थल
 
नेपालका प्रमुख जातिहरू 
बाह्मण जाति   
• नेपालको प्रमुख जातिको रूपमा ब्राह्मण जाति रहेको छ  । 
• यो जाति नेपालको प्रायः सबै भू–भागमा बसोबास गर्दछन्  । 
• नेपालका अधिकांश जिल्लाहरूमा पाइने यो जाति अर्घाखाँची, गुल्मी, पर्वत, स्याङ्जा, कास्की, चितवन, रूपन्देही, मोरङ, झपा आदि जिल्लामा बहुसंख्यामा रहेका छन्  । 
• यो जाति धर्मकर्म, पूजापाठ र सरकारी सेवामा बढी सक्रिय रहेको पाइन्छ  । 
• यिनीहरू बोल्ने नेपाली भाषा भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ  । 
• वि.सं. २०६८ मा भएको जनगणनामा यो जातिको कूल जनसंख्यामा १२.२% रहेको छ  ।
 
क्षेत्री 
• यो नेपालको सबैभन्दा बढी जनसंख्या भएको जाति हो  । 
• यो जातिको प्रायः देशभर बसोबास रहेको पाइन्छ  । 
• हिन्दू धर्म धेरै मान्ने यो जातिको भाषा भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ  । 
• वि.सं. २०६८ मा भएको जनगणनामा यो जातिको कूल जनसंख्यामा १६.६% रहेको छ  । 
 
शेर्पा 
• मुख्य थलो सोलुखुम्बु भए पनि पूर्वमा ताप्लेजुङदेखि पश्चिममा  सिन्धुपाल्चोकको हेलम्बुसम्म बसोबास गरेको पाइन्छ ।
• पर्वतारोहण, पशुपालन र सैनिक सेवा यो जातिका प्रमुख पेशा हुन्  ।
• यो जातिको प्रमुख पर्वहरूमा ल्होसार, छेजु, मानिरिन्दु, दुम्चे, ओसो र छिउन आदि हुन्  । 
• यो जातिको धर्मग्रन्थ फोग्यु हो  । 
• बुद्ध धर्मको बाहुल्यता रहेको शेर्पा समुदायको गुम्बा र ध्याङ प्रमुख पूजास्थल हुन्  ।
• शेर्पाको विवाह गर्ने चार वटा विधि छन् । ति विधिहरू क्रमशः टिछ्याङ, देगछ्याङ्ग, पेछ्याङ्ग, गनेकुतब हुन्  ।
• यो जातिमा बहुपति प्रथा कायम रहेको छ  । 
• यो जातिको प्रमुख पुजारी लामा हुन् भने यो जातिको श्राद्ध कर्मलाई ‘घेवा’भनिन्छ  ।
• शेर्पा जातिको कुल देवतालाई जिङ्ग भनिन्छ  । यो जातिमा लासलाई गाड्ने चलन छ  ।
• शेर्पा जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्छ  । 
 
थकाली 
• यो जातिको मुख्य बसोबास मुस्ताङको थाकखोला मानिन्छ  । 
• गौचन, तुलाचन, शेरचन, भट्टचन मुख्य थर रहेको यो समुदायमा ढिकुर प्रचलनमा रहेको छ  । 
• यो जातिका मुख्य  चाडपवर्हरूमा ‘ल्हा–फवो’ (१२ वषर्मा मनाइने) तारेन्ल्हा, ठाङेताङे, म्यो आदि हुन्  । 
• यिनीहरू तिब्बतमा प्रचलित बोन धर्म र बुद्ध धर्म मान्दछन्  । 
• आदिवासी जनजातिहरूको वर्गीकरणमा यो जाति उन्नत समूहमा पर्दछ  ।
• थकाली जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार अग्रवर्ती उन्नतीशील समूहमा पर्दछ  । 

लिम्बु
• यो जातिको मुख्य थलो पूर्वका संखुवासभा, तेह्रथुम, धनकुटा, पाँचथर र इलाम जिल्ला हो  । 
• यो जातिको पूरोहितलाई फेदाङ्मा भनिन्छ  भने स्त्री पूरोहित भएमा थेमा कहलाउछ  । 
• यिनीहरूले सुम्निमा र पारोहाङलाई पूर्वज मानी पूजा गर्छन्  ।
• गृह देवताका रूपमा खामाङ् पूजा गर्ने चलन छ  । 
• मुख्य पेशा कृषि रहेको यो जातिको धार्मिक ग्रन्थ मुन्धुम हो  ।
• धाननाच, च्याम्ब्रुङ नाँच,चासोक चाड यो जातिका प्रमुख चाड हुन्  । 
• शपथ खाँदा दुवो र ढुङ्गो लिएर खाने गर्दछन्  । 
• लिम्बु जाति जनजाति महासंघले आदिवासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार अग्रवर्ती उन्नतिशील समूहमा पर्दछ ।
 
चेपाङ 
• मुख्य बसोबास भएका जिल्लाहरूमा मकवानपुर, धादिङ, चितवन र गोरखा हुन्  । 
• चेपाङ्गहरूले बोल्ने भाषालाई खाम्ची भनिन्छ भने मुख्य चाड चोनाम हो  । 
• यो जातिको पूरोहितलाई पाँडे भनिन्छ  ।
• यो जातिमा तिनचोटी टाउको ठोक्काएर विवाह गर्ने चलन छ  ।
• छोरीहरूलाई दाइजोको रूपमा चिउरीको बोट दिइन्छ  ।
• चमेराको मासु चेपाङ जातिको स्वादिलो परिकार हो  । 
• यिनीहरूले आफुलाईश्रीरामको सन्तान मान्छन् र प्रजा भन्न रूचाउँछन्  ।
• चेपाङ जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार अति सीमान्तकृत समूहमा पर्दछ  । 
• यो जातिको उन्नति र विकासको लागि वि.सं. २०३५ सालदेखि प्रजा विकास कार्यक्रम लागू गरियो  । 
 
नेवार जाति
• मूल थलो काठमाडौं उपत्यका रहेको यो जातिको मुख्य पेशा व्यापार व्यवसाय हो  । 
• यो जातिको आफ्नै भाषा र लिपी छ र यिनीहरूको लिपिलाई ‘रञ्जना’ लिपि भनिन्छ  ।
• यिनीहरूको पूरोहितलाई गुभाजु भनिन्छ  । 
• नेवार कन्याहरूले रजस्वलापूर्व (६ देखि ९ वर्षमा) बेलसँग गरिने विवाहलाई इहि भनिन्छ  । 
• नेवार जाति अन्तर्गतको ज्यापू समुदायको महत्वपूर्ण पर्व योमरी पुन्ही हो भने यही दिनलाई ज्यापू दिवसको रूपमा पनि मनाइन्छ  । 
• परम्परागत नेवार महिलाहरूले लगाउने पहिरनलाई हाकुपटासी भनिन्छ भने टाउकोमा लगाउने गहनालाई बुलिन भनिन्छ  । 
• नेवार जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार अग्रवर्ती उन्नतीशील समूहमा पर्दछ  । 
 
राउटे 
• राउटे नेपालको फिरन्ते जाति हो । यस जातिको निश्चित बसोबास स्थल छैन  । 
• यो जाति नेपालको मध्यपश्चिम र सुदुरपश्चिमका पहाडी जिल्लाहरू दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र अछाम आदि जिल्लाहरूका घना जंगलमा पाइन्छ  । 
• यिनीहरू छाप्रोमा बस्छन् त्यसलाई राउटी भनिन्छ  ।
• यो जातिले गुना बाँदरको सिकार गरी खान्छन्  ।
• मानिसको मृत्यु भएमा बाँदर मार्ने जालमा बेरेर गाड्छन्  ।
• राउटेहरूको नाइकेलाई मानबहादुर भनिन्छ  ।
• पैसा छोए पाप लाग्छ भन्ने यस जातिका मानिसले जंगली कन्दमुल, फलफूल र सिकार गरी आफ्नो जीविका चलाउँछन्  ।
• यिनीहरूको जात राउत र साउत गरी दुई वटा हुन्छन् 
• यिनीहरूको बोल्ने भाषा खाम्ची हो  । 
• राउटे जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार लोपोन्मुख समूहमा पर्दछ  । 
 
राई
• राई जातिको प्रमुख बासस्थान पूर्वी तराई र मध्य पहाडी क्षेत्रलाई मानिन्छ  । 
• यो जातिको आफ्नै राई भाषा छ जुन भोट, बर्मेली भाषा परिवारमा पर्दछ  । 
• चण्डी नाच राईहरूको प्रमुख चाड हो भने साकेलादि यस जातिको सांकृतिक एबं धार्मिक पर्व हो  । 
• राईहरूको पूरोहितलाई ङोपा भनिन्छ भने पवित्र धर्म ग्रन्थ मुन्धुम हो  । 
• राईहरूको प्रमुख बाजा बिनायो हो  । 
• राईहरू आफ्ना पूर्खाका रूपमा ‘सुम्निमा पारूहाङ’(शिव पार्वती) मान्दछन्  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  ।
• छोरो जन्मेमा ४ दिनमा र छोरी जन्मेमा ३ दिनमा चोख्याउने चलन छ  । 
• रार्इ भाषाको पहिलो टेलिचलचित्र सायाबुङ हो  ।
• बिबाहको समयमा दुलाहाको साथ कालो छाता अनिवार्य मानिन्छ  । 
 
बाह्रगाउँले 
• मुस्ताङ जिल्लाको पाँच गाउँ र थाक खोलाभन्दा उत्तर ल्हो मन्थाङदेखि दक्षिणमा पर्ने बाह्रगाउँ यो जातिको प्रमुख थलो हो  । 
• भाद्र महिनामा पर्ने यार्तुङ पर्वलाई मुख्य पर्वको रूपमा मान्दछन्  ।
• यिनीहरू तिब्बती धर्म  ‘बोन्या’ मान्दछन्  ।
• परिवारको माहिलो छोरा भिक्षु बनी बौद्ध भक्त तथा गुम्बामा बस्ने चलन  । 
• यस जातिमा केटी भगाएर लगेपछि केटीको वुवा आमासँग माफि माग्ने चलन रहेको छ  । 
• यो जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  ।
 
डोल्पो 
• काइके पनि भनिने यो जाति डोल्पा जिल्लामा बसोबास गर्दछन्  ।
• डोल्पोलाई स्थानीय भाषामा धोल्पोवा भन्ने गरिन्छ  ।
• यो जाति धौगागिरी हिमालको उत्तर र तिब्बत भन्दा दक्षिण भेरी नदिको सिरानमा बस्दछ  । 
• डोल्पोहरूले बोल्ने भाषालाई काइके (तराली) भनिन्छ  । 
• डोल्पोहरूले बौद्ध धर्म मान्दछन्  ।
• यिनीहरूको मुख्य पेशा कृषि, पशुपालन र व्यापार हो  ।  यो जातिमा बहुपति प्रथा कायम रहेको पाइन्छ भने मृत शरीरलाई काटेर टुक्रा–टुक्रा पारी • गिद्ध, चील आदि पंक्षीहरूलाई खुवाउने चलन छ  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सीमान्तकृत समूहमा पर्दछ  । 
 
छन्त्याल 
• छन्त्याल जातिको मुख्य थलो धौलागिरी अञ्चलको बाग्लुङ र म्याग्दी जिल्लालाई मानिन्छ  । 
• यस जातिले हिन्दू धर्म मान्दछन्  । 
• यिनीहरूको पूरोहितलाई भान्जा भनिन्छ  ।
• यिनीहरूले बोल्ने भाषालाई खाम भनिन्छ  । 
• लतार्ने विवाह प्रथा यो जातिमा छ  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  । 
जिरेल 
• दोलखा जिल्लाको जिरी र जुगुँ गाउँ मुख्य थलो मानिने यो जाति केही मात्रामा रामेछाप जिल्लामा समेत पाइन्छन्  । 
• यिनीहरूको मुख्य पेशा कृषि र पशुपालन हो  । 
• यो जातिले बौद्ध र हिन्दू दुवै धर्म मानेको पाइन्छ  । 
• जिरेलहरूको पूरोहितलाई नासो/रोपा भनिन्छ  । 
• यो जातिले आफूलाई  ‘जिर्पा’  भन्न रूचाउँछन्  । 
• यिनीहरूको धर्मगुरु वा पूरोहितलाई ‘पोम्वा’ वा ‘फोम्वा’ र झाँक्रिलाई फोम्बा भनिन्छ  ।
• मानिसको मृत्यु हुँदा लामाबाट साइत हेराई गाड्ने जलाउने गरिन्छ  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  ।
 
दुरा
• लमजुङ जिल्लाको दुरा डाँडा दुरा जातिको प्रमुख बसोबास स्थल हो  । 
• यिनीहरूमा छेलो हान्ने खेल निकै लोकप्रिय छ  । 
• नेपालमा थोरै संख्यामा रहेको यो जातिको उत्थानका लागि दुरा सेवा समाज गठन गरिएको छ  । 
• दुरा जातिको मातृभाषा भोट बर्मेली भाषा परिवार अन्तर्गतको दुरा भाषा हो  । 
• छोरा भएमा कुखुराको भाले र छोरी भएमा पोथी काटेर न्वारन गर्ने चलन छ  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  । 
 
ब्यासी जाति 
• आफूलाई वेदव्यासका सन्तान मान्ने ब्याँसी जाति नेपालको दार्चुला जिल्ला र छेउछाउका इलाकामा बसोबास गर्दछन्  । 
• यिनीहरूलाई प्रकृतिको पूजा गर्ने मंगोलियन मुलको मानिन्छ  । 
• यिनीहरूको मुख्य चाड ‘धमला’ भएपनि ह्यु तिहार, विसु तिहार मान्दछन्  । यो फागनु महिनामा पदर्छ  । 
• यिनीहरूले आफुलाई रोङ भन्न रूचाउँछन्  । 
• यिनीहरू बच्चा जन्मने बित्तिकै न्वारन गर्ने र सुत्केरीलाई ७ दिनसम्म नछुने चलन छ  ।
• यिनीहरूको भाषालाई ब्यासी, लगाउने पोसाकलाई च्युङवाला र कुल देवतालाई नाम्जोङ्ग भनिन्छ  । 
• उनीहरूको प्रमुख पेशा कृषि र मजदूरी हो  । 
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  । 
 
मगर जाति 
• वि.सं. २०६८ को जनगणनाअनुसार सबैभन्दा धेरै जनसंख्या भएको जनजाति  । 
• देशभरि नै छरिएर रहेको मुख्य बासस्थान गण्डकी अञ्चल र रूकुम, रोल्पा लगायतका स्थानमा  । 
• नेपालको एकीकरण पूर्व यिनीहरूको बासस्थानलाई मगरात क्षेत्र भनिन्थ्यो  । 
• यो जातिको प्रमुख पेशा घर निर्माण, कला, सैनिक, पेशा आदि  ।
• धेरै मगरहरू बौद्धधर्मावलम्वीहरू रहेको पाइन्छ र उनीहरूको पूरोहितलाई भुषाल भनिन्छ  । 
• डोल्पामा बस्ने मगरहरूले बोल्ने भाषा काइके हो जुन भोट–बर्मेली परिवार अन्तर्गत पर्छ  । 
• यो जातिमा मारूनी नाच, कौरा नाच र रोधिघर अत्यन्तै प्रसिद्ध छ  ।
• यिनीहरूले मस्टोलाई आराध्य देवता मानन्छन्  । 
• यो जनजाति महासघंले आदिबासी जनजातिहरूलार्इ गरको वर्गीकरण अनसुार सुविधा बञ्चित समहूमा पदर्छ  ।
• २०६८ को जनगणना अनुसार यो जातिको संख्या कुल जनसंख्याको ७.१% छ  ।
 
थारू 
• थारूहरू मुख्यगरी नेपालको तराई प्रदेश र दाङ, सुर्खेत, उदयपुर तथा चितवन जस्ता भित्री मधेसका जिल्लाहरूमा बसोबास गर्दछन्  ।
• मुख्य पेशा कृषि र पशुपालन हो  ।
• यो जातिको पूरोहितलाई गुरुवा/भर्रा भनिन्छ  ।
• मुख्य चाडको रूपमा माघीलाई मान्दछन्  । 
• विवाहमा दुलहीलाई विदाई गर्दा बत्ती र बिषको प्याला दिने अनौठो प्रचलन रहेको छ  । 
• झिझिया नाच थारूहरूको प्रसिद्ध नाच हो  । 
• योजनजाति महासघंले आदिबासी जनजातिहरूलार्इ गरको वगीर्करण अनसुार सीमान्तकतृ समहूमा पदर्छ  । 
• २०६८ को जनगणना अनुसार यो जातिको संख्या कुल जनसंख्याको ६.६% छ  । 
 
तामाङ जाति 
• मुख्य पहाडी क्षेत्रमा बसोबास रहेको जाति  । 
• तामाङहरूको मुख्य चाड ल्होसार, पूरोहितलाई बोपो र धार्मिक स्थललाई ध्याङ (गुम्बा) र मृत्यू संस्कारलाई घेवा भनिन्छ  । 
• भोट–बर्मेली परिवारको आफ्नै तामाङ भाषा बोल्दछन् भने लिपी तिब्बती लिपी हो  । 
• घरको भित्तामा देवताको नाम र प्रार्थना लेखिन्छ जसलाई  हिगी भनिन्छ  ।
• यो जातिका मानिसहरू बौद्ध धर्म मान्दछन्  । 
• भोटेसेलो, तामाङ सेलो, डम्फुनाच तामाङहरूको महत्वपूर्ण नाच हुन्  । 
• विवाहवारीमा लमिको काम ताम्बाले गर्छन् बैशाख पुर्णिमाको दिन मनाइने दुङया पर्वमा भिमसेन स्थानमा कुल देवताको पुजा गर्छन्  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  ।
• २०६८ को जनगणना अनुसार यो जातिको संख्या कुल जनसंख्याको ५.८% छ  । 
 
झाँगड 
• झाँगड जातिको वासस्थान पूर्वी तराईको समथर भुभाग हो  । 
• यस जातिको मुख्य पर्व कर्माधर्मालाई लिइन्छ । यिनीहरूको विवाहमा सिन्दुर साटासाट गरिन्छ  ।
• यिनीहरूको झगडा मिलाउने प्रमुख व्यक्तिलाई ‘माइजन’ भनिन्छ  ।
• झाँगड जनजाति महासंघले आदिवासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी हो  । 
• यस जातिलाई पाल्की बोक्ने जात भनेर चिन्ने गरिन्छ  ।
 
सतार 
• श्यामवर्ण, मझौला कद भएका सतारको बसोवासस्थान, झापा, मोरङ्ग र सुनसरी हो  ।
• यिनीहरूको आफ्नै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन्छन  । 
• यो जातिको मुख्य देवता ठाकुर हो  । 
• यिनीहरूको विवाह १२ प्रकारबाट गरिन्छ । त्यसलाई ‘वापला’ भनिन्छ  ।
• सतार जाति १२ थरिका हुन्छन् । यिनीहरूको मुखियालाई ‘माझिहडाम’ भनिन्छ। यसका अलावा यो जातिले पिल्चुहडाम, पिल्चु बुढी, मराङबुरू जस्ता देवता मान्छन् । जसले “सोहराई”, “हरिचाढ” जस्ता चाड मनाउछन्  । 
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलार्इ गरको वर्गीकरण  अनसुार सीमान्तकृत  समहूमा पदर्छ  । 
 
माझी
• मुख्य बसोवास स्थल ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा र नदिका छेउ हो  । 
• यो जातिको मुख्य पेशा माछा मार्ने, डुङ्गा खियाउने मानिन्छ  । 
• यिनीहरू आफूलाई कुसका सन्तान मान्छन् । प्रमुख चाड पर्व दशै तिहार र सोह्र श्राद्ध हुन्  ।
• भिमसेनलाई कुल देवता मान्छन् । यिनीहरू आफूलाई  ‘शुगर’ भन्न रूचाउँछन्  । 
• यो जातिको मुख्य बसोबास स्थल सिन्धुली र रामेछाप हो  । 
• यिनीहरूले आफूलाई किराँतका वंशज मान्दछन्  । 
• यिनीहरूको नाइकेलाई ‘मझुवा वा माझी’ भनिन्छ । जसको प्रमुख पर्व नै देवाली पुजा हो  । 
• यो जाति लोपोन्मुख समूहमा पर्ने आदिवासी हो  । 
• कृषि, व्यवसाय, शिकार गर्ने र गरिवले अर्काको ज्याला मजदुरी गरी जिविका चलाउछन। 
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलार्इ गरको  वर्गीकरण अनसुार सीमान्तकतृ समहूमा पर्छ  । 

लेप्चा 
• इलाम मुख्य बसोवास स्थल भएको यो जातिले कंचनजंगा हिमाललाई देवता मान्छन  । 
• आफूलाई रोङ भन्न रूचाउँने । ‘अस्ताच्यो’ र ‘नामथर’ पवित्र धार्मिक ग्रन्थ हो  । 
• यिनीहरूको पूरोहितलाई गम्वालामा भनिन्छ भने यिनीहरू ‘लोक्तेन नाच’ नाच्दछन  ।
• यो जातिको धार्मिक गुरुलाई ‘मोनबुन थिङ’, ‘बिजुवा’ भनिन्छ  ।
• यो जातिले लासलाई भित्ता फोरेर वा झयालबाट निकाल्छन्  ।
• यिनीहरूको विवाह गर्दा ७ विधि पूरा गर्नु पर्छ । यसमध्ये केटी माग्न जाने केटाको धैर्य परीक्षण गर्न सिस्नोले हिर्काइन्छ  । 
• तेस्रो दिनमा जाँड रक्सी खुवाई सुत्केरी चोख्याइन्छ  ।
• यो जनजाति महासंघले  आदिबासी जनजातिहरूलार्इ गरको वगीर्करण अनसुार लोपोन्मुख समहूमा पदर्छ  ।
 
मेचे
• मेचेको मुख्य बसोवास स्थल झापा हो  ।
• यिनीहरूले कृषि, पशुपालन र माछा मार्ने कार्यबाट जीविका चलाउछन  ।
• यो  जातिले वनदवेता र वनदेवीको साथै प्रकृति, नदीनाला, सिउँडीको रूख र भदा्रर्इ दवेताको पजुा गछर्। 
• मेची नदीको किनारमा बसोवास गर्ने भएकोले यो जातिलाई मेचे भनिएको हो  । 
• जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार यो जाति लोपोन्मुख समूहमा पर्दछ  । 
 
कुसुन्डा
• मुख्य वसोवास स्थल भेरीको दैलेख, सुर्खेत र राप्तीको सल्यान प्युठान र दाङमा पनि पाइने यिनीहरू जङगली कन्दमूल गिठ्ठा, फलफुल र सागपात खाएर जीवन गुजारा गर्छन् । 
• यो जाति लोपोन्मुख समूहमा पर्ने आदिवासी हो  ।
• यिनीहरू आफूलाई कुशका वंशज मान्दछन  । 
• यिनीहरूको आफ्नो थर छन्त्याल लेख्ने भएकोले पनि यिनीहरू लोप भइसकेका छन्  । 
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार लोपोन्मुख समूहमा पर्दछ  । 
• २०६८ को जनगणना अनुसार यस जातिको संख्या २७३ जना रहेको छ  । 
 
२०६८ को जनगणना अनुसार नेपालका जातजातिहरू र तिनका जनसङ्ख्या 
 
बस्तुगत प्रश्नोत्तर
– राउटे, किसान, मेचे, जनजातिहरू कुन समूह अन्तर्गत पर्दछन् ? लोपोन्मुख समूह 
– राष्ट्रिय दलित आयोग कहिले गठन भयो ? २०५८ चैत्र 
– सामाजिक भेदभाव तथा छुवाछुत प्रथाको अन्त्य गर्ने मुलुकी ऐन कहिले जारी गरियो ? २०२० भाद्र १ 
– जिरेल, छन्त्याल जनजाति कुन समूह अन्तर्गत पर्दछन् ? सुविधा वञ्चीत 
– नेपालको पहिलो जातिय सङ्ग्रहालय काठमाडौँको कुन ठाउँमा छ ? भृकुटीमण्डप 
– वि.सं. २०६८ सालको जनगणाअनुसार सबैभन्दा सबैभन्दा बढी संख्यामा रहेको जनजाति कुन हो ? मगर 
– मुलुकी ऐनअनुसार जातिपातीको आधारमा  भेदभाव गर्नेलाई कति सजाय हुने व्यवस्था छ ? एक वर्ष कैद रु ३ हजार जरिवाना
– हालसम्म नेपालको कुन जिल्लालाई कमलरी मुक्त जिल्ला घोषणा गरिएको छ ? दाङ 
– नेपाललाई छुवाछुत मुक्त देश घोषणा कहिले गरिएको हो ? वि.सं.२०६३ जेठ २१ गते 
– राई, लिम्बु, छन्त्याल, जिरेल जस्ता जनजातिहरू कुन समूहमा पर्दछन् ? सुविधा वञ्चित 
– जोडा मिलाउ ।
क)  लोपोन्मुख                   १)  १५ 
ख)  अतिसीमान्तकृत           २)  २० 
ग)  सीमान्तकृत                 ३) १२ 
घ)  सुविधाबाट बञ्चित        ४)  १०   उत्तर : क-४, ख-३, ग-२, घ-१ 
– भाँडे संक्रान्ति नाच कुन जिल्लामा कसले मनाउने पर्व हो ? बझाङ, बादी 
– महिलाको लासलाई तेल लगाएर गाड्न लैजाने चलन कुन जातिमा छ ? धिमाल
– सतार जातिका महिलाहरूले लगाउने पारम्पारिक पोशाकलाई के भनिन्छ ? पालाहान्द 
– नेपाल सरकारले कहिलेदेखि कमैया मुक्तिको घोषणा गरेको हो ? वि.स. २०५७ श्रावण २ 
– नेपालमा आदिबासि जनजाती राष्ट्रिय प्रतिष्ठानको स्थापना कहिले भयो ? बि.सं.२०५८ 
– आदिवासी, जनजाती उत्थान गर्न नेपाल सरकारबाट स्थापना गरिएको  संस्थाको नाम के हो ? आदिबासी, जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान 
– चेपाङ्ग जातीको विकासका लागि कुन कार्यक्रम ल्याईएको थियो ? प्रजा विकास कार्यक्रम 
– चिउरीको वोट दाइजो दिने चलन कुन जातिमा छ ? चेपाङ 
– अति गरिब जातिका रूपमा चिनिने जाति कुन हो ? मुसहर 
– पाल्की बोक्ने जात भन्नाले कुन जातिलाई जनाउँछ ? झाँगड 
– जि डग केसँग सम्बन्धित छ ? चेपाङ वस्ती 
– जतिसुकै गरिब भए पनि मर्नेको नामबाट चौतारी बनाउनु पर्ने चलन कुन जातिमा छ ? थामी 
– विवाह गर्दा केटा र केटी पक्षका सम्धी सम्धी लडाइँ गर्ने चलन कुन जातिमा छ ? कुमाल 
– सतारको मुख्य मानिसलाई के भनिन्छ ? माझिहडाम 
– मरेपछि पनि विवाह गर्ने अनौठो चलन कुन जातिमा रहेको छ ? थामी
– मृत्यु भएमा बाँदर मार्ने जालमा राखेर गाडने प्रचलन कुन जातिमा छ ? राउटे  
– नेपाल सरकारद्वारा सूचीकृत ५९ जनजाति मध्ये साक्षरता दर, गाँस, आवास, पेशा, भाषा, जनसंख्याको आकार आदिको आधारमा कति भागमा वर्गीकरण गरिएको छ ? ५ 
– हाल नेपालमा दलित जाति भनेर कति थरलाई सूचीकृत गरिएको छ ? २३ 
– राउटे, कुसुण्डा, लेप्चा, वनकरिया, सुरेल जस्ता जातिहरू कुन समूहमा पर्दछन् ? लोपोन्मुख 
– पैसा छोए पाप लाग्छ भन्ने विश्वास कुन जातिमा पाइन्छ ? राउटे  
– “खाम्ची” भाषा कुन जातिले बोन्ने भाषा हो ? चेपाङ र राउटे
– राउटेहरूको नाइकेलाई के भनिन्छ ? मानबहादुर 
– आदिवासी जनजाति महासंघका अनुसार लोपोन्मुख जातिको संख्या कति रहेको छ ? १० 
– राष्ट्रिय जनजाति विकास समितिको गठन कति सालमा भएको हो ? वि.स. २०५३ 
– नेपालमा आदिवासी चरित्रको सबैभन्दा पूरानो जाति कुन हो ? राउटे   
– नेपाल सरकारद्वारा सूचीकृत आदिवासी जनजाति मध्ये १२ जनजाति अतिसीमान्तीकृत समूह तथा २० जनजाति सीमान्तीकृतमा पर्छन् भने कति जनजाति सुविधा वञ्चितमा पर्छन् ? १५   
– हिमाली क्षेत्रमा वसोवास गर्ने जनजातीमध्ये उन्नत समूहमा पर्ने जनजाती कुन हो ? थकाली 
– हिमाली क्षेत्रका आदिवासी जनजाति मध्ये सुविधा वञ्चित समूहमा नपर्ने जनजाति कुन–कुन छन् ? भोटे र मुगाली 
– हिमाली क्षेत्रका आदिवासी जनजाति मध्ये सीमान्तकृत समूहमा ७ उन्नत समूहमा १ जनजाती पर्दछन् भने सुविधा वञ्चित समूहमा कति जनजाति पर्दछन् ? ८ 
– ल्होमान्थाङ्ग क्षेत्रका बासिन्दालाई के नामले चिनिन्छ ? लोवा 
– मृत्यु संस्कार गर्दा १०८ बत्ती बाल्ने कार्य गर्ने जाति कुन हो ? तामाङ 
– कुन जातिले सपथ खाँदा दुबो र ढुङ्गो लिएर सपथ खाने चलन छ ? लिम्बु
– झाम्रे नाच कुन जातिमा प्रचलित नृत्य हो ? गुरुङ 
– “रिम्पुदिनी” नाच कुन जातिको प्रसिद्ध नाच हो ? शेर्पा 
– गेहडी नाच कुन जातिको प्रसिद्ध नाच हो ? माझी 
– दोचा कुन क्षेत्रका मानिसले लगाउने पोसाक हो ? हिमाली 
– हिमाली प्रदेशको प्रमुख प्रसिद्ध चाड कुन हो ? ल्होसार 
– हिमाली क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातिमध्ये सीमान्तीकृत समूहमा परको जनजाति कति छन् ? ७ 
– हिमाली क्षेत्रमा बसोबास गर्ने मुख्य जनजातीहरू कुन–कुन हुन् ? शेर्पा, भोटे, थकाली आदि 
– शेर्पा जातिका मानिसहरूले कुन धर्म मान्छन् ? बौद्ध
– हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये “उन्नत समूह” मा पर्ने जनजाति कुन हो ? थकाली 
– हिमाली क्षेत्रका मानिसहरूको मुख्य पेशा के रहेको छ ? पशुपालन 
– “सेलो” कुन जातिसँग सम्बन्धित छ ? तामाङ 
– बहुपति प्रथा कुन जातिमा रहेको छ ? शेर्पा 
– च्याब्रुङ्ग नाच र धान नाचलाई पर्वका रूपमा मनाउने जाति कुन हो ? लिम्बु
– हिमाली क्षेत्रमा बसोबास गर्ने जनजातिहरूले मान्ने मुख्य धर्म कुन हो ? बौद्ध र बोनपो
– नेपाल सरकारद्वारा सूचीकृत आदिवासी जनजातीमध्ये हिमाली क्षेत्रमा बस्ने आदिवासी जनजाती समूह कति छन् ? १९
– मनिरिम्दु पर्व कुन जातिको प्रमुख पर्व हो ? शेर्पा
– हिमाली भेगमा बस्ने जातिले लगाउने परम्परा जुत्तालाई दोचा भनिन्छ भने थामि जातिले लगाउने काठको जुत्तालाई के भनिन्छ ? पोलो 
– पूर्वका मानिस भनेर नेपालका कुन जातिलाई चिनिन्छ ? शेर्पा 
– शेर्पा जातिको मुल थलो कहाँ रहेको छ ? सोलुखुम्बु 
– विवाहमा जन्ती जाँदा तथा मलामी अगाडि वन्दुक पड्काउने चलन कुन जातिमा रहेको छ ? लिम्बु 
– हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा र थकालीहरूको धर्म संस्कृति कोसँग मिल्दोजुल्दो देखिन्छ ? तिव्वतीहरूसँग 
– भित्री मधेसमा बस्ने जनजातीको संख्या कति छ ? ७
– तराई क्षेत्रमा वसोवास गर्ने जनजातिमध्ये अति सीमान्तकृत समूहमा नपर्ने जाति कुन हो ? धिमाल
– तराई क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातीमध्ये लोपोन्मुख समूह अन्तर्गतका जनजाति कुन–कुन हुन् ? किसान र मेचे  
– तराई क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातिमध्ये लोपोन्मुख, अति सीमान्तकृत र सीमान्तकृत समूह अन्तर्गत पर्ने जनजातिहरू कति कति छन् ? २,३,५ 
– भित्री मधेसका आदिवासी जनजाति मध्ये सीमान्तकृत समूहमा रहेका जनजाति कुन–कुन हुन् ? कुमाल र दराई 
– भित्री मधेसका आदिवासी जनजाती मध्ये अति सीमान्तकतृ समहूमा नपर्ने  जनजाति तलका मध्ये कुन हो ? कुमाल
– भित्री मधेसका आदिवासी जनजाति मध्ये लोपोन्मुख समूह, अति सीमान्तकृत समूह र सीमान्तकृत समूह अन्तर्गतका जनजाति कति कति छन् ? क्रमशः २,३,२ 
– लठ्ठी नाच नेपालको कुन जातिमा प्रचलित छ ? थारु जाति
– नेपालका थारुहरूले मनाउने माघी पर्व कहिले पर्दछ ? माघ १ 
– तराई क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातिमध्ये सीमान्तकृत समूह अन्तर्गत नपर्ने जातिहरू तलका मध्ये कुन हुन् ? सतार
– चुरौटी भाषा बोल्ने समुदाय कुन हो ? मुसलमान 
– वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ? पश्चिम तराईका थारु 
– भर्रा कुन जातिको पूरोहित हो ? थारु
– ‘वेस’ कुन जातिको उत्थानको लागि सक्रिय संस्थाको नाम हो ? थारु
– दराई आदिवासी जनजाति कुन समूह अन्तर्गत पर्दछ ? सीमान्तकृत 
– मोरङमा बस्ने गनगाई जातिको मानिसलाई के भनिन्छ ? मण्डल
– नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ? मैथली 
– बिद्यापति कुन भाषाका प्रसिद्ध कवि हुन् ? मैथली 
– आदिवासी र जनजातिहरूमध्ये तराई क्षेत्रमा बसोवास गर्ने आदिवासी जाति समूह कति छन् ? १० 
– मधेशको लिम्बु भन्नाले कुन जातिलाई बुझाउँछ ? धिमाल 
– तराईका मैथलीवासी समुदायको सबै भन्दा ठूलो छठ पर्वमा कुन भगवानको उपासना गरिन्छ ? सूर्य 
– थारु जातिद्वारा बडा दसैंमा कृष्णको कथामा आधारित भै गरिने नाचगानलाई के भनिन्छ ? सखिया नाच
– कर्मा धर्मा नाच कुन जातिमा नाचिन्छ ? झागड 
– मधेशको लिम्वु मानिने जाति कुन हो ? धिमाल 
– मुर्मी कुन जाती र जनजातीभित्र पर्दछ ? तामाङ
– नेपालका मध्य तराईका जिल्लाहरूमा छरिएर बसेका उराउहरूले बोल्ने भाषालाई के भनिन्छ ? झागड,  धाँगड,  उराउ,  माथिका सबै 
– प्रसादका रूपमा ‘ठेकुवा, भुसुवा ’जस्ता परिकार मूलतः कुन चाड विशेषमा खाने खाद्य परिकार हुन् ? छठ 
– कुलुङ जातिले मकालु हिमाललाई के भन्दछ ? सेसेलुङ 
– मौरी वाजा कुन जातीको परमम्परागत वाजा हो ? छन्त्याल 
– गुरुङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्छ ? पूराती चित्र
– किराँत समुदायको वेदलाई के भनिन्छ ? मुन्धुम 
– मधेशको लिम्बु भन्नाले कुन जातीलाई जनाउछ ? सतार 
– “साकेला सिली” नाच कुन समुदायमा प्रचलित छ ? किराँती 
– झिझिया नाँच कुन जातिमा प्रचलित छ ? मैथिली 
– लाकोल जातिको मुख्य बसोबास कहाँ हो ? बैतडी
– आदिवासि जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५९ अनुसार  सुविधा वन्चित जनजाति कति रहको छन् ? १५ जाति 
– छोक्रा नाच कुन समुदायको नाच हो ? थारु 
– मघौटा नाच कुन समुदायको प्रसिद्ध नाच हो ? थारु 
– चासोक ताङ्नाम पर्व कुन जातिको महान पर्व हो ? लिम्बु 
– शेर्पा जातिका महिलाले लगाउने परम्परागत पोशाकलाइ के भनिन्छ ? पांगलेन 
– ‘फ्या’ नामक संस्कार कुन जातिमा रहेको छ ? तामाङ
– सेग्रो सिली नाच कुन समुदायको नृत्य हो ? बाहिङ राई समुदाय
– पाल्की बोक्ने जात भनेर कुन जातिलाई चिनिन्छ ? झाँगड 
– विभिन्न जातजाति र तिनका सम्मानसूचक सम्बोधनहरू बीच जोडा मिलाउनुहोस्  । 
क)  थारु          १. मिजार 
ख) चमार            २. चौधरी     
ग) सार्की          ३. व्याधा 
घ)  कडौरी      ४. रामरमोची   उत्तर : क-२, ख-४, ग-१, घ-३ 
– किसान जातिलाई अर्को के नामले पनि चिनिन्छ ? उराव                        (२०७२, लो.से.आ.) 
– पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये अति सीमान्तकृत समूहमा पर्ने जनजाति कति छन् ? ३  
– नेपालमा आदिवासी/जनजातिमध्ये चेपाङ जनजाति तलको कुन वर्गीकरणमा पर्दछ ? अति सीमान्तकृत 
– तामाङ जातिको मृत्यु संस्कारलाई के भनिन्छ ? धेवा 
– चमार जातिका महिलालाई के भनिन्छ ? चमैन 
– कुन जातिले बाहा पर्वलाई फूलको उत्सवको रूपमा मनाउँछन् ? सतार
– मगर जातिमा रहेको छोरी बेच्ने चलन तथा भाउजू,  सानिमा व्यहोर्ने चलनमथि प्रतिबन्ध कसले लगाएका हुन् ? भीमसेन थापा 
– रूपौली–सुनौली प्रथा कुन समुदायसँग सम्बन्धित छ ? लिम्बु 
– मंगलबारका दिन केटी माग्ने र मंगलबार नै जन्ती जाने जाति कुन हो ? चेपाङ 
– कुसुण्डाको मुख्य बसोबासस्थल कुन हो ? सुर्खेत, दैलेख 
– चण्डीनाचमा नाच्ने तरिकालाई के भनिन्छ ? शिली 
– बाह्रगाउँलेको मुख्य बसोबास क्षेत्र कुन हो ? मुस्ताङ 
– सतारहरूको मुख्य मानिसलाई के भनिन्छ ? माझीहडाम 
– मृत्युपछि घेवा गराउने चलन कुन जातिमा छ ? तामाङ 
– चनारा जातिको मुख्य बसोबास स्थल कुन हो ? गोरखा
– जाती पर्व कुन जातीले मनाउने पर्व हो ? धिमाल 
– बन्चरोले दारी काट्ने जातिको रूपमा आफूलाई चिनाउने जाति कुन हो ? राउटे 
– कर्माधर्मा पूजा कुन जातिले मनाउँछन् ? झागड (उराउ जाति)
– ‘जात्री पर्व’ कुन आदिवासी समुदायको चाड हो ? धिमाल 
– धिमाल जातिको टोलको मुखिया तथा पुजारीलाई के भनिन्छ ? माझी 
– डोल्पा जिल्लाका तराली मगरहरूले बोल्ने भाषालाई के भनिन्छ ? काइके
– मैथिली समाजमा भाईबहिनीको बिचको प्रेमको पर्वलाई के नामले चिनिन्छ ? सामाचकेवा 
– फोग्यू कुन जातिको धर्मग्रन्थ हो ? शेर्पा 
– सतारहरूको मुख्य देवताको नाम के हो ? ठाकुर 
– माघी पर्व मुख्य गरी कुन जनजातीसँग सम्बन्धित छ ? थारु 
– जिर्पा भन्नाले कुन जातीलाई बुझिन्छ ? जिरेल 
– चेपाङ जातिलाई अर्को कुन नामले पनि चिनिन्छ ? प्रजा 
– तीन दिन लगाएर लास जलाउने चलन नेपालको कुन जातीको मृत्यु संस्कार हो ? दनुवार 
– जिरेल जातीको पूरोहितलाई के भनिन्छ ? नाक्सो 
– शेर्पा जातिको मुख्य पर्व कुन हो ? ल्होसार 
– नेपालका जंगलहरूमा घुमन्ते जीवन बिताउने जातीहरू कुन–कुन हुन् ? राउटे र कुसुन्डा 
– विश्व आदिवासी जनजाति दिवस कहिले मनाईन्छ ? August 9 
– धिमालहरूको प्रमुखलाई के भनिन्छ ? देउनिया
– राई जातिले वर्षमा कतिपटक चण्डी नाच नाच्दछन् ? २ पटक 
– दसैं नाँच कुन जातिले नाच्दछन् ? सतार 
– डोल्पा जिल्लामा बसोबास गर्ने मगरहरूलाई के भनिन्छ ? तराली मगर 
– तारो हान्ने प्रतियोगिता कुन जातिमा छ ? मनाङ्गे 
– पैसा छोए पाप लाग्छ भन्ने विश्वास गर्ने जाति कुन हो ? राउटे
– आदिवासी चरित्रको सबभन्दा पूरानो जाति कुनलाई मानिन्छ ? राउटे 
– थकाली जातिको मूल वसोबास स्थल कहाँ हो ? मुस्ताङ्को थाकखोला 
– लेप्चा जातिको मुख्य बासस्थान कहाँ हो ? इलाम 
– जनजाति सँग्रालय कहाँ रहेको छ ? कीर्तिपुर  
– सतारहरूको मुख्य बस्ती भएको जिल्ला कुन हो ? मोरङ 
– कौरा र मारुनी नाच कुन जातिमा प्रचलित छ ? मगर  (२०६८, लो.से.आ.) 
– छन्त्याल जातिको पूरोहितलाई के भनिन्छ ? भान्जा  
– लिम्बु जातिको पूरोहितलाई के भनिन्छ ? फेदाङ्वा 
– तामाङ जातिको पूरोहितलाई के भनिन्छ ? लामा 
– मर्नेको नाममा चौतारी बनाउनुपर्ने चलन कुन जातिमा छ ? थामी 
– राई जातिको लोकप्रिय बाजा कुन हो ? बिनायो 
– सबैभन्दा धेरै जनसंख्या भएको जनजाति कुन हो ? मगर 
– महाकाली नाच कुन जातीसँग सम्बन्धित छ ? ज्यापु
– पाथिभरा पुजा कुन जातिसँग सम्बन्धित छ ? जिरेल 
– नेपालको कतिवटा जिल्लामा थारु जातिको बाहुल्यता रहेको छ ? ६ जिल्ला
– विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ? झाँगड 
– माघी, सुखरात्री र सिरुवा पर्व कुन जातिका मुख्य चाडपर्व हुन् ? थारु 
– ट्रहोटे पर्व कुन जातिले मनाउछन् ? गुरुङ
– पानी पार्नलाई जेठमा गोरुवेलना चाड कुन समुदायमा मनाइन्छ ? थारु 
– लोपोन्मुख कुसुण्डा जातिबाट पहिलो पटक नागरिकता पाउने को हुन् ? राजामामा 
– मुन्धुम कुन जातिको धर्मग्रन्थ हो ? किँरात 
– थारु समुदायका कृषकहरूले खेती पातीको पूजा स्वरूप मनाउने पर्वलाई के भनिन्छ ? हरेरी 
– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार कति जनजातिलाई आदिवासी जनजाति भित्र समेटेको छ ? ५९ 
– सिरुवा पर्व राजवंशी जातिसँग सम्बन्धित छ भने माघी पर्व कुन जातिसँग सम्बम्धी छ ? थारु 
– आदिवासी जनजाति प्रतिष्ठानको वर्गीकरण अनुसार उन्नत समूहमा परेका जनजातिहरू कुन–कुन हुन् ? नेवार र थकाली 
– कञ्चनजंघा हिमाललाई इष्टदेवता मान्ने जाति कुन हो ? लेप्चा 
– विवाहमा दुलाहाका साथ कालो छाता अनिवार्य हुनुपर्ने चलन कुन जातिमा छ ? राई 
– ससुरा मर्दा वुहारी समेत विधवा हुने चलन कुन जातिमा छ ? सतार 
– नेवार महिलाले टाउकोमा लगाउने सुनको गहनालाई के भनिन्छ ? वुलिन 
– मंसिर महिनामा मात्र विवाह गर्ने अनौठो चलन कुन जातिमा छ ? थामी
– पालाहान्द शव्दले सतार जातिको महिलाले लगाउने पोशाकलाइ जनाउँछ भने, छेची शव्दले केलाई जनाउँछ ? ल्होसारको मुख्य दिन 
– ल्होमीहरूको गाउँको मुखियालाई पिम्वु भनिन्छ भने गुरुङ समुदायको मुख्य मानिसलाई के भनिन्छ ? चिवा 
– मिजार कुन जातिको मुख्य मानिसलाई भनिन्छ ? माझी
– महाकाली नाँच ज्यापु जातिसँग सम्वन्धि छ भने, सरस्वती नाँच कुन जातिसँग सम्बन्धि छ ? तामाङ 
– “इही” शव्दले केलाई जनाउँदछ ? नेवार जातिको वेल विवाह 
– छेलो हान्ने प्रतियोगितालाई पर्वको रूपमा मनाउने दुरा जातिको मुख्य वसोवास स्थल कुन हो ? लमजुङको दुरा डाडा 
– कुन जातिको विवाहमा सिन्दुर प्रथा छैन ? तामाङ 
– चेपाङको मुख्य चाडलाई के भनिन्छ ? चोनाम 
– राष्ट्रिय जनजाति विकास समितिको अध्यक्ष को हुन्छ ? स्थानीय विकास मन्त्री
– चेपाङ जातिलाई प्रजा जाति भनेर वि.स. २०३४ सालमा नामाकरण गरियो भने नेपाल सरकारले कहिले देखि प्रजा विकास कार्यक्रम लागू गरेको हो ? वि.स. २०३५
– कारभोटे भनेर कुन जातिलाई चिनिन्छ ? ल्होमी 
– जनजाति सङ्ग्रहालय कहाँ रहेको छ ? किर्तिपुरको चम्पावती 
– कुन जातिको लाशलाई मरेपछि काटेर गिद्धलाई खुवाइन्छ ? डोल्पो 
– व्यासी जातिको प्रमुख चाडलाई के भनिन्छ ? धबला 
– पहरी जाति नेपालको कुन ठाउँमा वसोवास गर्दछन् जुन मातृसत्तात्मक पारिवारिक ढाँचा छ ? काभ्रेपलान्चोक 
– दोस्रो विवाह गरेको लोग्नेले घर छाड्नुपर्ने प्रचलन कुन जातिमा छ ? ल्होमी 
– धुलेल जातिको वसोवास वझाङको धुलीगाउँ हो भने यो जातिको प्रमुख चाड कुन हो ? लागा
– चेपाङ जातिको बाहुल्यता कुन कुन जिल्लामा  पाइन्छ ? चितवन, गोरखा, मकवानपुर
– हायु जातिको मुख्य थलो कुन हो ? रामेछाप र सिन्धुली 
– विवाह गर्दा केटीको अपहरण गर्ने चलन कुन जातिमा रहेको छ ? पुनेल
– पुरुषको लाशलाई सेतो कपडाले र स्वास्नी मानिसको लाशलाई रातो कपडाले कात्रो वेर्ने चलन कुन जातिमा छ ? गुरुङ 
– छोरी ज्वाइले अंश पाउने प्रथा कुन जातिमा छ ? मतवाली क्षेत्री 
– दनुवार समाजको मुखियालाई भाञ्जन भन्छन् भने, धिमाल समाजको गाउँ प्रमुखलाई के भनिन्छ ? देउनिया 
– उराव भनेर समेत चिनिने जाति कुन हो ? किसान  (२०७२, लो.से.आ.)   
– राजवंशीहरूले बोन्ने भाषालाई के भनिन्छ ? ताजपुरिया 
– मरेपछि “घेवा” गर्ने चलन कुन जातिमा रहेको छ ? तामाङ 
– व्यासी जातिको मुख्य वसोवास स्थल कहाँ हो ? दार्चुला   
– शपथ खाँदा दुवो र ढुङ्गो लिएर खानुपर्ने चलन कुन जातिमा छ ? लिम्वु 
– उधौली र उभौली कुन जातीको महत्वपूर्ण सांस्कृतिक पर्व हो ? किराँत जाती  (२०७०,लो.से.आ.) 
– पुरुषको लाश घोप्टो तथा महिलाको उत्तानो पारेर गाड्ने चलन कुन जातिमा छ ? थारु
– कुन जातिलाई वोडो नामले पनि चिनिन्छ ? मेचे 
– सतार जातिको मुख्य थलो कहाँ रहेको छ ? झापा, मोरङ   
– सुपारी विवाहको प्रचलन कुन जातिमा रहेको छ ? धिमाल
– बच्चाको नाइटो झरेको दिन सुत्केरी चोख्याउने र न्वारान गर्ने जाति कुन हो ? धिमाल 
– बाह्रमासे नाँच कुन जातिको प्रसिद्ध नृत्य हो ? थारु  (लो. से .आ. २०७०) 
– पाल्की वोक्ने जात भनेर कुन जातिलाई चिनिन्छ ? झागड
– कोचे,  मेचे, सतार, किसान, वातर तथा गन्गाइ जातिहरूको बाहुल्यता कुन कुन जिल्लामा वढी रहको छ ? मोरङ, झापा 
– भोट बमर्लेी परिवार अन्तगर्तका भाषा मध्ये नेपालमा  सबभैन्दा बढी जनसख्ंयाले बोल्ने भाषा कनु हो ? तामाङ 
– कुमाल जाति कुन वर्गमा पर्दछ ? सीमान्तीकृत 
– सिरिजा अर्थात असारे पुजा कुन जातिको मुख्य चाड हो ? धिमाल  
– किसान जातिको मुख्य वसोवास कुन जिल्लामा रहेको छ ? झापा 
– ल्होमी जातिको मुख्य वसोवास संखुवासभा तथा थामी, जिरेल, सुरेल जातिको वसोवास दोलखा जिल्लामा छ भने, लेप्चा जातिको वसोवास स्थल कुन जिल्लालाई मानिन्छ ? इलाम       (२०७२, लो.से.आ.)
– दुलाहा विरामी परेपनि हतियार प्रतिनिधि पठाइ विवाह सम्पन्न गर्ने चलन थारु जातिमा छ भने, विहेपछि दुलहीलाई विदाइ गर्दा बत्ती र विषको प्याला दिने चलन कुन जातिमा रहेको छ ? थारु  
– थारु, गन्गाइ, धिमाल, ताजपुरिया, सुनवार, तामाङ, भुजेल, पहरी, दुरा तथा ल्होपा जस्ता जातहरू कुन समूहमा पर्दछन् ? सीमान्तीकृत 
– सिउढीको रुखलाई पुजा गर्ने जाति कुन हो ? मेचे  (२०७२, लो.से.आ.) 
– कुन भाषा परिवारलाई आर्य पनि भनिन्छ ? भारोपेली 
– गन्गाइ जातिलाई के भनेर पनि चिनिन्छ ? मण्डल 
– धुलेल जातिको इष्टदेवतालाई के भनिन्छ ? लाँगा
– बिजुलाङ्गो कुन जातिको कुल देवता हो ? गन्धर्व
– कास्कीको वाटुलेचौर कुन जातिको मुख्य वसोवास स्थल हो ? गन्धर्व 
– लाकड जातिको मुख्य वसोवास स्थल भएको जिल्ला कुन हो ? वैतडी
– जाति व्यवस्थाको वर्णन कुन वेदमा गरिएको छ ? ऋग्वेद                                      (२०७०,लो.से.आ.)   
– थारुको पूरोहितलाई के भनिन्छ ? गुरुवा वा भर्रा 
– लिम्बुको पूरोहितलाई फेदाङवा वा साम्वा भनिन्छ भने, राईको पूरोहितलाई के भनिन्छ ? डोपा
– गुरुङ समुदायको मुख्य मानिसलाई चिवा भनिन्छ भने थारुको गाउँ प्रमुखलाई के भनिन्छ ? भलभन्सा 
– गुरुङको पूरोहितलाई ध्याब्रे भनिन्छ भने, सुनुवारको पूरोहितलाई के भनिन्छ ? नासो 
– सुरेल जातिको बसोबास मूख्यतः  कुन जिल्लामा छ ? दोलखा                                             (२०७१,लो.से.आ.) 
– “व्याधा” कुन जातिको सम्मानसूचक सम्बोधन हो ? कडौरी 
– जनैपुर्णिमाका दिन भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा विधमान छ ? नेवार 
– चेपाङको पूरोहितलाई के भनिन्छ ? पाँडे 
– क्षेत्रीलाई काजी, सार्कीलाई मिजार, लिम्बु, थकालीलाई सुब्वा भनेजस्तै थारुलाई के भनिन्छ ? चौधरी
– उधौली र उभौली गरी वर्षको २ पटक मनाइने साकेलादी अर्थात चण्डीनाच कुन जाति विशेषको नाच हो ? राई 
– डुम्जे पर्व शेर्पा जातिको मुख्य पर्व हो भने चासोक ताङनाम कुन जातिको पर्व हो ? लिम्बु
– सुखरात्री पर्व थारु जातिको मुख्य पर्व हो भने, इद कुन जाति विशेषको पर्व हो ? मुसलमान 
– छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय कुन हो ? मैथली   (२०७१, लो.से.आ.)
– दाङ जिल्लामा बस्ने थारुलाइ डगारौ थारु भनिन्छ भने,  थारुहरूमा उच्च जातको थारु केलाई मानिन्छ ? राना 
– थारु जातिले खाने दिउँसोको खानालाई के भनिन्छ ? मिंगी 
– झागडहरूको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ ? भाइजन 
– मृत्यु संस्कारमा १०८ वटा वत्ती वान्ने कार्य (याम्जा) कुन जातिमा छ ? तामाङ 
– शेर्पाले मान्यजनलाई गर्ने अभिवादन ध्याङसुसी हो भने संवोधन गर्दा एक आपसमा तामाङ भन्ने चलन कुन जातिमा छ ? थकाली 
– मामाले गाईको दाम्लोले गलामा वाधेर छेवर गर्ने चलन कुन जातिमा छ ? राई   
– विवाह हुनु दुई हप्ता अगावै दुलाहालाई दुई हात खुट्टा र घाटीमा समेत दाम्लोले वाधेर आफ्नो भाषामा कुटुम्बद्वारा उपदेश दिने चलन कुन जातिमा रहेको छ ? माझी 
– वेहुली भिञ्याउँदा ढोकामा भाले काटी सो माथी कुल्च्चाई भित्र्याउने चलन मगर जातिमा छ भने, बेहुलालाई कालो मोसो दली जन्तीको स्वागत गर्ने चलन कुन जातिमा छ ?  राजवंशी 
– मानिस मरेपछि चोख्याउने काम “कामपाणी” कुन जातिसँग सम्बन्धित छ ? धिमाल 
– चण्डी पूजा कुन जातिमा प्रचलित छ ? राई (२०७१, लो.से.आ.) 
– थारु जातिका मानिसले घरको भित्ता कलात्मक रूपमा चित्र कोर्ने शैलीलाई के भनिन्छ ? मोखा 
– दनुवार जातिको मुख्य वसोवास कुन जिल्लामा रहेको छ ? सिन्धुली 
– तामाङ, नेवार, मगर, गुरुङ जातिले बोल्ने भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ? भोटवर्मेली 
– सुरेल तथा जिरेलको पूरोहितलाई नाक्सो तथा वोम्पो भनिन्छ भने, कुन जातिले आफ्नै भाञ्जालाई पूरोहित लगाउँछन् ? छन्त्याल 
– “पोल्दोक” जिरेल जातिको मुख्य खाना हो भने उनीहरू आफुलाई के भन्न रुचाउँछन् ? जिर्पा 
– लेप्चा जातिको धार्मिक गुरु विजुवा हो भने, धार्मिक ग्रन्थ के हो ? अस्ताच्यो 
– तामाङ जातिको बाहुल्यता भएको जिल्ला कुन हो ? रसुवा
– धानुक कुन जातिको अर्को नाम हो ? राजवंशी
– भुजेल जातिको निधनमा कुन जनावरको वली दिइन्छ ? भेडा 
– वयरको हाँगो कोठामा राख्दा भुत प्रेतबाट बचिन्छ भनि विश्वास गर्ने जाति कुन हो ? झागड
– विवाहपश्चात लोग्ने नै स्वास्नीको घरमा गई बस्ने चलन कुन जातिमा छ ? मेचे
– प्रजा जातिको सबैभन्दा बढी वसोवास भएको अञ्चल कुन हो ? नारायणी 
– नेपालमा वनकरिया जनजातिको बाहुल्यता कुन जिल्लामा रहेको पाइन्छ ? मकवानपुर
– स्याब्रुङ नाच शेर्पा जातिको हो भने स्याब्रुङ तथा विजुवा नाच कुन जाति विशेषको नाच हो ? लिम्बु 
– धान नाच कुन जाति विशेषको नाच हो ? लिम्बु 
– धिन्तामे नाच कुन जाति विशेषको नाच हो ? ज्यापु 
– सेलो नाच तामाङ, पुटपुटे नाच गुरुङ, झिझिया नाच मैथली समुदायको हो भने कर्माधर्मा नाच कुन जातिको हो ? झागड 
– थकालीहरूको आर्थिक संस्थालाई के भनिन्छ ? ढिगुंर 
– नारो कुन जातिको पर्व हो ? तामाङ 
– गणगौर पुजा कुन जाति विशेषको पर्व हो ? माडवारी 
– चोरखेलिया नाच, वारामासे र वडका नाच, रानी नाच, कटेहर नाच, जरजटिनी नाच, लढ्ठी नाच, चाचर नाच, धुमरा नाच आदि कुन जातिका नृत्य हुन् ? थारु जाति 
– चिडिमार जातिको वसोवास स्थल बाँके, राजीको दाङ, ल्होमीको संखुवासभा, तथा पहरीको काभ्रे हो भने छितारी जातिको वसोवास स्थल कुन जिल्ला हो ? उदयपुर 
– झागड जातिको मुख्य वसोवास स्थल कुन हो ? रौतहट 
– माझीको कुल देवतालाई के भनिन्छ ? भिमसेन 
– दुसाधहरूको कुल देवतालाई के भनिन्छ ? सहलेस 
– गुरुङहरूको जातीय नाम के हो ? तमु


 भाषाभाषी
दुई वा सोभन्दा बढी पक्षहरूवीच सम्पर्क स्थापित गर्ने माध्यम नै भाषा हो । जसको सहायताले आफ्ना कुराहरू अर्को  पक्षलाई बुझाउन सकिन्छ । नेपाल बहुभाषी देश हो । नेपालको संविधान, २०७२ ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिएको छ । नेपाली भाषा सरकारी कामकाजको भाषा हो  । नेपालमा विभिन्न जातजाति समुदायले छुट्टा–छुट्टै भाषा बोल्दछन् । त्यस्ता भाषाहरू ४ भाषा परिवारमा वर्गीकृत गरिएको हुन्छ । जुन निम्न छन्, 
क)  भारोपेली भाषा परिवार   ख)  चिनीया तिब्बती/भोट बर्मेली भाषा परिवार 
ग)  द्रबिड भाषा परिवार            घ) आग्नेयाली भाषा परिवार 
 
क)  भारोपेली भाषा परिवार 
• यो संसारमा सबैभन्दा बढी फैलिएको र बोलिने भाषा परिवार हो  ।
• भारतदेखि युरोपसम्म बोलिने भएकाले भारतेली र युरोपेली दुई शब्दबाट भारोपेली शब्दको प्रचलन भएको मानिन्छ  ।
• संसारका प्रशिद्ध भाषाहरू अंग्रेजी, फ्रेन्च, हिन्दी, मिस्रियन आदि यसै परिवारभित्र पर्दछन्  । 
• नेपालमा सबैभन्दा बढी जनसंख्याले बोल्ने भारोपेली परिवारको भाषा नेपाली हो । नेपालमा भारोपेली भाषा परिवारका नेपाली लगायत अन्य धेरै भाषाहरू रहेका छन् । जस्तैः नेपाली, मैथिली, भोजपुरी, थारू, दनुवारी, माझी, कुमाले/दरै, अवधि, बोडे, राजवंशी आदि  । 
 
ख)  चिनीया तिब्बती/भोट बर्मेली भाषा परिवार 
• विश्वमा भारोपेली परिवारपछि सबैभन्दा बढी बोलिने भाषा परिवार भोटबर्मेली भाषा परिवार हो  ।
• यसलाई मंगोल मूलका जातिको भाषा पनि भनिन्छ  । 
• नेपालमा बोलिने भाटेबमर्लेी परिवारका भाषाहरूमा तामाङ, शपोर्, गरुङ, मगर, राइर्, लिम्बु, नवोर, थकाली, सनुवुार, भोटे, चपोङ, थामी, धिमाल, पहरे, जिरेली, लाप्चे, मेचे, तिब्बते र खालिङ आदि हुन्  । 
 
ग)  द्रबिड भाषा परिवार 
• द्रबिड जातिले बोल्ने सम्पूर्ण भाषा समूहलाई द्रबिड भाषा परिवार भनिन्छ  ।
• यस अन्तर्गतका भाषाहरू बोल्ने मानिसहरुमा सबैभन्दा बढी मानिसहरू भारतमा छन्  । 
• नेपालमा द्रबिड परिवार अन्तर्गत झाँगड भाषा बोलिन्छ  ।

 घ)  आग्नेली भाषा परिवार वा आग्नेय भाषा परिवार 
• आग्नेय परिवारभित्र एउटा मात्र भाषा सतार (सन्थाल) पर्दछ  । 
• सतार भाषाको मुख्य थलो मानिने भारतका आसाम, बंगाल र बिहार जस्ता ठाउँहरूमा आग्नेय परिवार अन्तर्गतको सतार भाषा बोल्ने जातिको बसोबास रहेको पाइन्छ  । 
• नेपालमा आग्नेली भाषा परिवार अन्तगर्तको सतार भाषा पूर्वी तरार्इमा बस्ने सतार जातिले बालेको  पाइन्छ । 
 
११ औं राष्ट्रिय जनगणना, २०६८ अनुसार मातृभाषाका आधारमा धेरै जनसंख्या रहेका प्रमुख मातृभाषीहरू
 
नेपालमा बोलिने मुख्य भाषाहरू (राष्ट्रिय जनगणना २०६८ अनुसार)
 
विश्वका प्रमुख भाषाहरूको वर्णमाला संख्या
 
वस्तुगत प्रश्नोत्तर 
– जनगणना २०६८ अनुसार नेपालमा कतिवटा भाषाहरू बोलिन्छन् ? १२३ भाषा (२०७२, लो.से.आ.) 
– मैथिली भाषाको विकास कुन समयमा भएको मानिन्छ ? डोय राज्यकालमा 
– नेपाली भाषाको प्राचीनकाल जसलाई अभिलेख काल भनेर पनि चिनिन्छ कति समयको अवधिलाई मानिन्छ ? ११ औं देखि १५ औं शताब्दीसम्म
– नेपाली भाषाको मध्यकाल भन्नाले कुन समयलाई बुझिन्छ ? 
क) २२ से २४ से राज्यको उदयदेखि नेपाल एकीकरण पूर्वसम्म 
ख) १६ देखि १८ औ‌ं शताब्दीसम्मको अवधि  
ग) दुवै हुन् 
– नेपाली भाषाको आधुनिक काल कुनलाई मानिन्छ ? वि.सं. १९५८ देखि हालसम्म 
– नेपालमा बोलिने भोजपुरी, ताजपुरीया, दनुवारी, कुमाल, दरै, थारु, अवधि, वोटे जस्ता भाषाहरू कुन भाषा परिवार अन्तर्गत पर्दछन् ? भारोपेली  
– नेपालमा कुन भाषिकाले मानक भाषाका  रूपमा मान्यता पाएको छ ? पूर्वेली नेपाली भाषिका 
– नेपाली भाषा भारतको संविधानको कति औं अनुसूचीमा सूचीकृत भएको छ ? आठौं अनुसूची 
– झँगड भाषा कुन भाषिक परिवार भित्र पर्दछ ? द्रबिड
– विभिन्न स्थानहरूमा फरक फरक तरिकाले बोलिने भाषालाई के भनिन्छ ? भाषिका 
– नेपालमा सबैभन्दा थोरै जनाले बोल्ने मातृभाषी कुन हो ? नागमेसे (५ जना) 
– सन्थाल भाषा कुन भाषा परिवारमा पर्दछ ? आग्नेय
– संसारमा सबैभन्दा बढी फैलिएको भाषा परिवार कुन हो ? भारोपेली 
– नेपालका कति वटा जिल्लाहरू नेपाली भाषा भाषीहरूको संख्या प्रथम  स्थानमा छ ? ५४ जिल्ला 
– नेपाली भाषाको जन्म कहाँबाट भएको मानिन्छ ? कर्णाली प्रदेशको सिंजा प्रान्तबाट 
– नेवार भाषाको लिपिलाईके भनिन्छ ? रञ्जना 
– नेपालमा वोलिने विभिन्न भाषालाईकति भागमा विभाजन गरिएको छ ? ४ 
– नेपाली भाषालाईराज भाषाको रूपमा प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ? नागराज 
– सतार अर्थात सन्थाल भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ? आग्नेय
– वाटुलो अनुहार, थेप्चो नाक भएका मंगोल मूलका मानिसहरूले वोल्ने भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ? भोटवर्मेली 
– नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ ? देबनागरिक 
– नेपाली भाषाको जननी भाषा कुन हो ? संस्कृत 
– नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ? जे.ए एटन 
– जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ? प्राकृत व्याकरण 
– नेपालको राष्ट्र भाषा भन्नाले केलाईबुझउँछ ? नेपालमा वोलिने सबै मातृभाषा  
– लिम्बु भाषाको लिपिलाई के भनिन्छ ? सिरिजंगा 
– जोडा मिलाउनुहोस् :        (२०७३, लो.से.आ) 
1. देउनिया  a. द्रविड 
2.  राउटे b. भोट बर्मेली 
3. थकाली  c. राजवंशी 
4.  झाँगड  d. उन्नत  उत्तरः 1-c, 2-b, 3-d, 4-a 
– हालसम्मको नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश कुन हो ? नेपाली शव्दसागर 
– कागते भाषा बोल्ने वासिन्दा नेपालको कुन ठाउँमा रहेका छन् ? सिन्धुपाल्चोक 
– मैथिली भाषाको लिपिलाईतिरहुता लिपि भनिन्छ भने, ब्राहमी लिपि कुन भाषाको लिपि हो ? पाली 
– सतार जातिले वोल्ने भाषालाईके भनिन्छ ? मुण्डा   
– भारोपेली भाषा परिवारमा कति वर्गमा विभाजन गर्ने गरिन्छ ? २ वर्ग (शतम र केन्तुम ) 
– भारोपेली भाषा परिवारमा हाल विद्यमान कति शाखा छन् ? ८ शाखा
– नेपाली भाषालाई भारतले कहिले संवैधानिक मान्यता दिएको थियो ? २०४९ भाद्र ४ 
– तामाङ्ग भाषाको लिपि कुन हो ? तामयिक
– खडिया भाषा कुन भाषा परिवार भित्र पर्दछ ? आग्नेय परिवार
– नेपालका मध्य तराईका जिल्लाहरूमा छरिएर बसेका उराउहरूले बोल्ने भाषालाई के भनिन्छ ?  
क) उराउ                      ख) धाँगड     ग) झागड                      घ) माथिका सबै 
– विश्वमा सबैभन्दा धेरै व्यक्तिले बोल्ने भाषा कुन हो ? चाइनिज मन्दरिन
– जापानी भाषाको प्रचलित लिपि कुन हो ? 
क) खाञ्जी     ख) हिराकाना    ग)    नाकाकाना             घ) माथिका सबै 
 
 संस्कृति
नेपाली बृहत शब्दकोषका अनुसार संस्कृति भन्नाले धेरै समयदेखि देश काल सापेक्ष भई आन्तरिक वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुदै आएको र आचारविचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र समाज जाति आदिको स्वरूप खुट्टीने यावत मान्यता, भावना, चिन्तन मनन्, अभिव्यक्तिहरू समेतलाई बुझिन्छ । जसमा विभिन्न चाड, पर्व, नाच, जात्रा, प्रथा, मूल्य, मान्यता, संस्कार जस्ता कुराहरू पर्दछन् ।  
 
चाडपर्वहरू 
चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ  । 
 
दशैं 
– हिन्दुहरूको महान चाड  । 
– प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने पर्व 
– रामले रावणमाथि तथा नव दुर्गा भगवतीले महिसासुर, शुम्भ निसुम्भ जस्ता राक्षसको वध गरेको अर्थात असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइन्छ  । 
– घटस्थापनामा जमरा राखी नवमीसम्म नवदुर्गा भवानीको निष्ठापूर्वक पूजा आराधना गरी सो को प्रसाद स्वरूप दशमीका दिन टिका जमरा ग्रहण गरिन्छ  । 
 
तिहार 
• नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लिने गरिन्छ  । 
• तिहारलाई पाँच दिनसम्म मनाउने प्रचलन छ  ।
• यस समयमा यमराज आफ्नी बहिनी यमुनाकामा आइ वसेका र उनलाई बहिनी यमुनाले सेवा र पुजा गरेको किवदन्तिसँग जोडिएकोले यसलाई यम पञ्चक पनि भनिन्छ  । 
• यस पर्वमा  काग, ककुरु, गार्इ आदिको पजूा गररे मानब र प्रकृतिबीचको सौन्दर्यतालाई आत्मसात गरिन्छ  ।
• कार्तिक कृष्ण औंसीका दिन धनकी देवी लक्ष्मीको पूजा गरिन्छ  । 
• यस पर्वमा देउसी भैलो गाएर मनोरन्जन गरिन्छ । लक्ष्मी पूजा गरेर वर्ष भरी आर्थिक आभाव नहोस भनी प्रार्थना गरिन्छ  ।
• यस पर्वको अर्को पक्ष हो भाई तिहार । दिदी बहिनीले दाजु भाईलाई टिका लगाइदिने मेवा–मिष्ठान्न खुवाउने, मखमली फूलको माला लगाइदिने आदि । यस दिन भाई पूजा गर्नाले यमराजको भय हुदैन भन्ने पौराणिक मान्यता छ  ।  
 
तीज 
• तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो  । 
• यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ  । 
 
होली 
• होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ  । 
• यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो  । 
• होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ  । 
• होली पर्व घरपरिवार, साथीभाइ, केटाकेटी, युवायुवती तथा प्रौढहरूका हुल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ  । 
• यस पर्वलाई फाल्गुणको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ  । 
• फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरू भएको मानिन्छ भने फागु पर्व पूर्णिमाको  राति उक्त चीर (लिङ्गा)लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ  । 
 
छठ पर्व 
• छठ पर्व नेपाल र भारतका केही क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण चाड हो  । 
• यो पर्वमा षष्ठी भगवतीको पजूा अचर्ना गरी पत्रु, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ  । 
• नेपालको बिशेष रूपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ  ।
• यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा 
• स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ  । 
• परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ  । 
 
तोरनल्ह (पितृ पूजा) 
• थकाली समुदायले फागु पूर्णिमा भन्दा एक दिन अगाडिदेखि फागु पूर्णिमाको भोलिपल्टसम्म पितृपूजाको रूपमा मनाउने पर्वलाई ‘तोरनल्ह’ भनिन्छ  । 
• यसमा बिहान कुखुरा बास्नुभन्दा अगाडि घरकी प्रमुख महिलाले स्नान गरी शुद्ध भएर सालको पातमा खिमी (पिण्ड) राखेर मृतक पितृहरूको आत्मालाई सम्झना गरी पिण्ड दान गरिन्छ  ।
• यस जातिमा पितृलाइ  पिण्ड दान गर्ने  कार्यमा पुरुषहरू सहभागी हुँदैनन्  । 
 
ट्रहोटे पर्व 
• गुरुङ जातिले मनाउने यो पर्व चैत्र महिनामा पर्दछ  । 
• यस पर्वमा गुरुङहरू बहुरूपी पोशाकहरू लगाई अनुहारभरी कालो रंग दली टाउकोमा चराचुरुंगीको प्वाँखले सिँगारिएर झ्याली बजाउँदै नगर परिक्रमा गर्छन्  । 
• पोखराका गुरुङ समुदायहरूले यसलाई विशेष रूपमा मनाउने गर्छन्  । 
 
सामाचकेवा 
• विशेष गरी मिथिला क्षेत्रमा प्रत्येक वर्ष कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूको सुख र दीर्घायुको कामना गर्दै यो पर्व मनाइन्छ  ।
• यस पर्वमा सातवटा भाँडामा सात प्रकारका अन्नहरू राखिन्छन् र पर्वको अन्तिम दिन दाजुभाइहरूले आफ्ना दिदीबहिनीहरूलाई चामल, पैसा र बेसारको पोको धोतीमा बाँधी दिने चलन छ  । 
 
इद 
• इद मुसलमानहरूको सबैभन्दा ठूलो चाड हो  । 
• रमजान महिनामा पर्ने इद पर्वका अवसरमा मुसलमानहरू कुरान पाठ, नवाज पढ्ने आदि गर्दछन् । 
• एक महिन रमजान उपवासपछि नयाँ महिनाका प्रथम दिन चन्द्रमाको दर्शन गरी नववषको शुभकामना स्वरूप इद मुवारकको आदान–प्रदान गरिन्छ। 
• यस चाडमा सक्नेले आफ्नो आम्दानीको २.५  प्रतिशत हिस्सा गरीबहरूलाई दान गर्नुपर्ने नियम छ । 
 
सोहराय पर्व 
• सोहराय पर्व सतार जातिको सबैभन्दा ठूलो चाड हो । यो चाड प्रत्येक वर्ष पौष वा माघ महिनामा पर्दछ । गीत, संगीत र नृत्यको भव्य आयोजना गरी यो पर्व मनाइन्छ । यस पर्वमा चेलीबेटी तथा आफन्तजनहरूलाई निम्त्याई उत्साहका साथ ६ दिनसम्म विभिन्न्न नामले मनाइन्छ  ।
 
उभौली/उधौली 
• उभौली भन्नाले वृद्धि/विकास र उधौली भन्नाले ह्रास भन्ने बुझिन्छ । यो पर्व खेती लगाउनुपूर्व र खेती थन्क्याएपश्चात् गरी वर्षको २ चोटी मनाइन्छ । 
• उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्तऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन भनी चण्डी पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिनदेखि यसलाई सांस्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिएको छ  ।
• यो पर्व किराँत, राई, लिम्बु, याक्खा र सुनुवार जातिले विशेष गरी मनाउँछन्  । 
• उभौली साकेला चाडमा राईहरू आफ्नो जातीय पहिरनमा साकेन्वा सिली नाच्छन् भने किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नका लागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात चण्डीपूर्णिमामा उभौली र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउँदै उधौली (मंसिरे पूर्णिमा) विशेष रूपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन्  । 
• चण्डी पूर्णिमा भगवती चण्डी स्वरूपको महिमा आत्मासात गर्दै मनाइने पूर्णिमा हो । यो दिनमा क्षेत्री समुदायका धेरै घर थरको देवाली पूजा पनि हुन्छ । 
• २०५८ बाट राष्ट्रिय चाडको रूपमा घोषणा गर्न लगाई प्रत्येक वर्ष उभौली/उधौलीमा १/१ दिन सार्वजनिक विदा दिँदै आएको छ  । 
 
कुशे औंसी 
• कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको औंसीका दिन मनाइने पर्व हो  । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् पितृ दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ  । 
• कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउँछन्  । 
• शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरू कहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ  । 
 
कोजाग्रत पूर्णिमा 
• दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ  । 
• यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले पृथ्वीको भ्रमण गरी को जागेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रही आएको छ  ।
• यही विश्वासका कारण राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा (आराधना) गर्दछन् । प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं कोजाग्रत पूर्णिमाको साँझ घरघरमा  महालक्ष्मीको पूजा (आराधना) गरी बिसर्जन गरिन्छ  ।
• कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि आकाशद्वीप बाल्ने परम्परा रहेको छ  । 
• कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महाद्वीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोजाग्रत पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चाना गर्ने र कात्तिक स्नान गर्ने गरिन्छ  । 
 
ग्याल्वो लोसार 
• ग्याल्वो लोसार  खासगरी शेर्पा जातीले मनाउने भए तापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । 
• यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । 
• हरेक वर्ष फेब्रुअरी महिनामा ग्याल्बो लोसार मनाउने तयारीमा शेर्पा, टिभाटियन तथा ह्योल्मो समुदाय जुट्छ ।  
• शेर्पा समुदायमा लासोर अथवा नयाँ साल आउनु भन्दा २/३ दिन अगाडि घर, आगँन सबै ठाउँ सफा गर्ने र गह्र शान्तिको पत्रीक घर सफा गर्दा निस्कको फाहोरेलार्इ चाबौटामो फ्याँक्ने परम्परागत पच्रलन छ  । 
• घर सफा गरी फोहोर मैला फालिसकेपछि जसमा गुथुक (नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै भटमास केराउ चना मुला चामल आटा आदि मिसाई बनाइएको एक परिकार) सबै परिवार मिलि खाने गरिन्छ । गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री प¥यो त्यही प्रकारको बानी हुने विश्वास गर्ने गरिन्छ  । 
 
जितिया
• जितिया जिमुत वाहनको पर्व हो जुन दक्षिणी नेपाल र उत्तर एवं पूर्व भारतमा श्रद्धापूर्वक मनाइन्छ।
• सन्तानको दीर्घायु तथा सखु सम्मृद्धिका लागि गरिने यो पर्व  थारु र मैथिली समदुायमा बढी पच्रलित छ  । 
• नेपालमा थारु र मैथिली समुदायमा विशेष प्रचलित यो व्रतलाई कठोर व्रतको रूपमा लिइएको  छ  । 
• यो ब्रतमा आश्विन कृष्णपक्षको अष्टमी तिथिभरि निराहार व्रतमा रहनुपर्ने र नवमी तिथिको प्रवेश भएपछि मात्र जितिया पर्व पूरा हुने नियम रहेको छ । ब्रतको पहिलो दिन बिहानै व्रतालु महिलाहरूले पवित्र स्नान गरी माछा र कोदोको रोटी, ओलको तरकारी (एक प्रकारको माटो मुनी फल्ने) खाने प्रचलन छ । व्रत गरेकी श्रद्धालुहरूले भोलिपल्ट बिहान काग कराउनु अघि नै भगवान् जितमहानको पूजा गर्नु पर्दछ  । 
• आइतवार र मंगलवार यो ब्रत परेमा धेरै राम्रो मानिन्छ  ।
 
धनतेरस पर्व 
• पञ्चाङ्गबमोजिम प्रत्येक वर्ष कार्तिक कृष्णपक्षको त्रयोदशीका दिन तिहारको पहिलो दिनमा धन्वतरी त्रयोदशी मनाउने चलन छ । 
• धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ ।
• यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुवेरको जन्मोत्सव मनाउने पर्व हो । 
• धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँ नयाँ भाँडाकुडा र सुन, चाँदीका गरगहना किनमेल गर्ने परम्परा छ  ।
 
नागपञ्चमी 
• नागपञ्चमी नागको पूजा गर्ने दिन हो ।
• नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । 
• नाग पञ्चमीका दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ । 
• यो दिनदेखि वर्षायाम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ । 
• नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म,  तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । 
• ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन, भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभाबना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन ।
 
बकर ईद
• चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी (बलिदान) को सम्झना स्वरूप मनाइने पर्व हो बकरी ईद, यही दिनदेखि हिजारी संवतको नयाँ वर्षको सुरूवात हुने गर्दछ । 
• नेपाल सरकारले बकरी इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ । 
• यसमा बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोका बाँधिएर एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । 
• नवाज पढेर घर फर्किएपछि बोका, खसी, बाख्रा, राँगा, गाई र भैंसीको बलि दिने परम्परा छ । बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ । त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजीकका मित्रलाई र एक भाग गरीब तथा असहायलाई दिने गरिन्छ ।
 
वसन्त पञ्चमी (देवी सरस्वतीको पूजा/श्रीपञ्चमी) 
• यस दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ ।
• यो पर्व माघ  शूक्ल  पञ्चमी अथवा श्रीपञ्चमी (जसलार्इ वसन्त पञ्चमी पनि भनिन्छ) का दिन मनाइन्छ  ।
• यस दिन साना नानीहरुलाई अक्षरारम्भ गराउने, नाक, कान छेड्ने र कतिपय समुदायमा घरायसी लेनदेनमा श्री पञ्चमीको भाका राखिने पनि प्रचलन छ । 

बुद्ध पूर्णिमा  
• भगवान गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । 
• बुद्धको जन्म, ज्ञान पा्रप्ति, महापरिनिर्वाण (मृत्यु) वशौख पूर्णिमाकै तिथिमा परकोले यस दिन नपोल लगायत विश्वका बाद्धै धर्मावलम्बीले  बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गरिन्छ । 
• नेपालमा वि.सं. २००८ जठे ८ गते बुद्धजयन्तीका दिन पहिलो पटक सावर्जनिक बिदा तथा वि.सं. २०१२ फागनु ७  गते लुम्बिनीमा बद्धुजयन्तीका दिन हत्या, हिंसा माथि प्रतिबन्ध घोषणागरिएको थियो   । 
विश्वशान्तिका अग्रदूत मानिएका गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । 
 
माघी  
• माघीला थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । 
• माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ ।  नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ ।
• माघीमा गाइने गीतलार्इ धमारु भनिन्छ भने माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ ।
• माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा निसराउ भनिन्छ  ।
• माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ । 
• दाङ (देउखुरीमा) पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ । 
 
योमरी पूर्णिमा
• योमरी पुन्ही वा योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो  ।
• यो पर्व विशेषत ज्यापु समुदायले मनाउने गर्दछन् । यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गर्दछन् । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ । 

रमजान 
• रमजान इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म अनिवार्य रोजा (उपवास) बसी मनाउने गर्दछन्  । 
• रमजान महिना मुसलमानका लागि शुभ (लाभको) महिना मानिन्छ  । 
• एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्वपूर्णकार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्वपूर्णमहिनाका रूपमा लिने गरेका छन् । 
• घाम उदाउनुभन्दा डेढ घण्टा अगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ–आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ । 
मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढ्छन् भने रातीको नमाजपछि कतिपय मस्जिदमा तरावी नमाज पढ्ने गर्छन् । 
• आर्थिक रूपमा सम्पन्नहरूले रोजाको समयमा गरीब, दीन दुःखीहरूलाई दान गर्नु पर्छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भने हुँदैन । रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ । 
• तीस दिनको रोजा पूरा गरेपछि पुरूषहरू इदगाहमा र महिलाहरू एकान्त ठाउँमा गएर सामूहिकरूपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अँगालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन् ।
 
लक्ष्मीपूजा 
• लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । लक्ष्मी धनकी देवीलाई भनिन्छ  । 
• तिथिअनुसार कर्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ  । 
• नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ । 
• वर्षका चार महत्वपूर्णरातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।
 
ल्होसार 
• ल्होसार नेपालमा मनाइने एक प्रमुख चाड हो । यो बौद्ध धर्मावलम्बी समुदायले मनाउँछन् । 
• ल्होछार/ल्होसार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ्ग, थकाली आदि जातिले आफ्नो रिती परम्परा अनुसार नव बर्षारम्भको अवसरको रुपमा यो पर्व मनाउँछन् । 
• यो पर्व एक भए पनि नेपालमा ३ प्रकारका ल्होसार मनाईन्छ । तमू ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारको रुपमा मनाइन्छ । तमु ल्होसार गुरुङ जातिले पुष महिनाको १५ गते, सोनाम ल्होसार ह्योल्मो र तामाङ्ग जातिले माघ शुक्ल प्रतिपदामा र ग्याल्वो ल्होसार शेर्पा समुदायले फाल्गुन शुक्ल प्रतिपदामा मनाउने चलन छ । 
• ल्हो को अर्थ वर्ष वा सालभन्ने हुन्छ भने छार वा सारको अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ  र यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । 
• ल्होसार मनाउने समुदायले यस्तो ल्हो अर्थात वर्ष बाह्रवटा भएको विश्वास गरी बाह्र वर्षको नाम विभिन्न पशुपंक्षीका नामबाट राखिएको हुन्छ । जस्तोः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष गरी बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ  । 
• जान लागेको पुरानो वर्षको विदाई गर्नका लागि ल्होसार आउनु भन्दा २/३ दिनपहिलेदेखि लामाहरू आमन्त्रण गरी भव्य पूजा गरिन्छ । त्यस पछि आउन लागेको ल्होसारको लागि विशेष गरी घरहरू सजाइन्छ  । घरको भित्ता पाखामा स्वस्तिक चिन्हहरू कोरिन्छन् । विभिन्न परिकारसाथ आफन्त भेटघाट र मान्यजनबाट आशिर्वाद लिइ यो पर्व मनाइन्छ ।
• ल्होसारको बिहान प्रातःकाल पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस् भनी प्रार्थना गर्छन् । यसरी व्यक्तिगत र सामाजिक रूपमा ठूलो हर्ष उल्लासकासाथ १०/१५दिनसम्म ल्होसार मान्ने परम्परा छ  ।
• ल्होसार पर्वका लागि नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको छ ।
 
विवाहपञ्चमी 
• राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग शुक्ल पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ । सीतोपाख्यान उत्तरार्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ । उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रही (आएको) उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा—लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ  ।
 
विश्वकर्मा पूजा 
विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो  । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । 

केही जातजातिका मुख्य चाडपर्वहरू 
१. तराईका हिन्दू – छठ पर्व, जितिया पर्व 
२. थारू – माघी, सुखरात्री 
३. थकाली – तोरनल्ल 
४. गुरुङ – ट्रहोटे पर्व 
५. राई – चण्डीनाच, 
६. लिम्बु – धान नाच, 
७. शेर्पा, तामाङ, गुरुङ – ल्होसार, 
८. चेपाङ – चोनाम 

बिभिन्न चाडपर्वका खाद्य बस्तु 
अक्षय तृतीया – जौको सातु 
असारे पन्ध्र – दही र च्युरा 
साउन पन्ध्र – खीर 
तीज – दर 
दशैं  – मासु, फलफूल 
तिहार – सेलरोटी र मिठाइँ 
जनै पूर्णिमा – क्वाँटी 
छठपर्व – ठकुवा र कसार 
माघे सक्रान्ति – खिच्रो, फुरौला, चाकु
 
विभिन्न जातका पूरोहित
लिम्वु – फेदाङ्वा, साम्वा   राई – ङोपा 
तामाङ  – लामा, वोपो  चेपाङ – पाँडे 
गुरुङ – घ्याब्रे                  नेवार – गुभाजु, देउभाजु 
सुनुवार – नासो           थारू – भर्रा, गुरुवा 
जिरेल – नाक्सो                  बाहुन/क्षेत्री – पण्डित, पूरोहित 
मगर – भूषाल 




कुन कहिले पर्छ ? 
 
जात्रा
जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौँ । 
 
इन्द्रजात्रा
• काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा (आराधना) गरी परम्परागत रूपमा मनाउने जात्रा इन्द्रजात्रा  हो । 
• यसलाई येँया पुन्हि पनि भनिन्छ ।
• इन्त्रजात्रा को प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो ।  भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । 
• नेपाल एकिकरणको परिप्रेक्षमा यस दिनको विशेष महत्व छ र यही दिन पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराई कान्तिपुर विजय गरेका थिए  । 
 
रातो मच्छिन्द्रनाथको रथ 
• करिब एक हजार ६०० वर्ष पूरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
• पाटनको सबैभन्दा महत्वपूर्णतथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको  छ  । 
• हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी पद्मपाणि (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । 
• प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ । 
• लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा (राष्ट्रा अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा  छ  । 

घोडेजात्रा 
• घोडेजात्रा नेपालको एक रमाइलो जात्रा हो । यो जात्राका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ  । 
• प्राचीन कालमा गुरुमापा नामको राक्षसले केटाकेटीलाई सताउने गरेकाले त्यसलाई घोडाद्वारा कुल्चिएर मारिएको विश्वासमा घोडेजात्रा मनाइने गरेको किंवदन्तीहरू सुन्न पाइन्छ । 
• यस जात्राको प्रचलन राजा जयप्रकाश मल्लले चलाएका हुन्  । 

गाइजात्रा
• गाइजात्रा नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो  । 
• यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ  । 
• गाइजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् भन्ने मान्यता रहिआएको छ । यस दिन भजन कीर्तन पनि गरिन्छ  । 
• गाइजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ  । 
• यस जात्राको प्रचलन राजा प्रताप मल्लले चलाएका हुन्  ।
• वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाइजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ  । 
 
विस्केट जात्रा 
• भक्तपुरको प्रसिद्घ जात्राहरू मध्ये बिस्केट जात्रालाई प्रमुख रूपमा लिने गरिन्छ । 
• लिच्छवीकालदेखि सुरू भएको प्रत्येक नया वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध बिस्केटजात्रामा भैरबनाथको प्रतीक मानिने लिङ्गो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी साँझ ढालिन्छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिन्छ ।
• लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । 
• भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको पाइन्छ  ।  
• यो जात्रा आठ रात नौ दिनसम्म मनाउने प्रचलन छ  ।
• यस जात्राको प्रचलन राजा जगज्योति मल्लले चलाएका हुन्  । 
 
कला 
नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।

(क) वास्तुकला
• वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  । 
• वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलार्इ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ :
→ प्यागोडा शैली (छाने शैली) 
→ शिखर शैली 
→ मिश्रीत शैली 

प्यागोडा शैली (छाने शैली) 
मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  । 
 
शिखर शैली
सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने आमलक, छत्र र गजुरको प्रयोग गरिएको हुन्छ, बाहिर वरिपरि प्रदक्षिणा पथ बनाइएको हुन्छ भने भित्रपट्टि मूर्ति राखिन्छ । यस शैलीका मन्दिरहरू ब्रह्मा मन्दिर,  पाटनको श्रीकृष्णमन्दिर, पाटनको महाबौद्ध मन्दिर, मच्छिन्द्रनाथ मन्दिर, बुङ्गमती, ललितपुर आदि हुन् ।
 
स्तुप शैली 
वौद्ध परम्परा अनुसार तल फुकेको र माथि साँघुरो हुँदै गएको शैलीलाई स्तुपा शैली भनिन्छ, स्तुपा शैलीमा एउटा मात्रै गजुर रहेको हुन्छ । जस्तै : बौद्धनाथ र स्वयम्भुनाथ  । 
 
मिश्रित शैली 
वास्तुकलाका विभिन्न शैलीहरूको मिश्रण गरी निर्माण गरिएको शैलीलाई मिश्रीत शैली भनिन्छ  । भारतको टिकमगढका राजा प्रतापसिंह र रानी वृषभानु कुमारीले वि.स. १८९५ मा निमार्ण कार्य सुरू गरेर १२ वर्ष लगाएर बनाएको जनकपुरको जानकी मन्दिर मिश्रित वास्तु शैलीको उदाहरण हो । राजपुत शैली र मुगल शैली अर्थात शिखर र गुम्बज शैलीको विशिष्ट मिश्रित स्वरूप हो  । 
 
(ख)  चित्रकला 
नौसय वर्षसम्म पूराना प्राचीनबौद्ध ग्रन्थहरूमा चित्रित बौद्ध चित्रहरू नै नेपालका चित्रकलाका प्राचीन नमूना हुन् । चित्रकलालाई निम्न ३ प्रकारले अध्ययन गर्न सकिन्छ : 
ग्रन्थचित्र 
छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तकहरू हातैले लेखेर तयार पार्ने गरिन्थ्यो । यस्तै ग्रन्थलाई हस्तलिखित ग्रन्थ भनिन्छ । यी ग्रन्थहरूमा लेखिएका विषयसँग सम्बन्धित चित्रहरू पनि ती ग्रन्थहरूमा बनाउने चलन त्यस बेला थियो । यिनै चित्रहरूलाई ग्रन्थचित्र भनिन्छ  । ग्रन्थचित्रलाई दुई वर्गमा वर्गीकरण गरिएको छ  । 
क) गाताचित्र            ख) पात्रचित्र 
ग्रन्थलाई सुरक्षित रूपमा ढाक्नका लागि तल र माथि राखिएका काठका चिल्ला फल्याकहरूमा भित्रि, बाहिरी भागमा वा दुवैतर्फ कोरिएको चित्र गाताचित्र हुन् भने मूलपाठको दायाँ बाँया बनेका वा मूल पाठलाई दायाँ बायाँ पारी कथावस्तुसँग मिल्ने गरी बनाइएका चित्रहरू पात्रचित्र हुन्  । ग्रन्थचित्रहरू ज्यादै सूक्ष्म रूपमा बन्ने हुँदा   Miniature Painting भनेर पनि उल्लेख गर्ने गरिएको पाइन्छ  । ग्रन्थचित्रहरूमा पञ्चरक्षा, प्रज्ञापारमिता, हरिवंश पूराण आदि यसका उत्कृष्ट उदाहरण हुन्  । 
 
भित्ते चित्र 
• घर, मन्दिर, गुम्वा आदिको भित्ताहरूमा बनाइएको चित्रलाई भित्ते चित्र भनिन्छ  । 
• जस्तै भक्तपुरको ५५ झयाले दरबारमा रामायण, महाभारतका कथाहरू, नल दमयन्ती कथा, कृष्णजन्म र राशलीलाका आर्कषक चित्रहरूका साथै युद्धका लागि तत्पर शस्त्रास्त्रले सुसज्जित सैनिकहरूकको चित्र अङ्कित जयप्रकाश मल्लद्वारा निर्मित जीवित देवी (कुमारी) को घर मानिने कुमारी घरमा रातो र सेतो मच्छिन्द्रनाथको चित्र, पचली भैरव, भीमसेन, हिरण्य कश्यपु वध, महाङ्काल, वज्रयोगिनी, गणेश आदि देवी देवताको र मुगल भेषमा जयप्रकाश मल्लको ६ फिट अग्लो चित्र अङ्कित छ  । 
• मिथिला चित्रकला तराई क्षेत्रमा प्रचलित भित्ते चित्रको सबै भन्दा उत्कृष्ट नमुना हो  । 
 
पौभाचित्र 
विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ । पौभाचित्र पट र मण्डल गरी दुईछन् । ‘पट’ विधिमा देवी देवताका चित्रलाई बीचमा राखी अन्य सहायक देवी देवताहरूलाई वरिपरि राखिन्छ भने ‘मण्डल’ विधिमा क्यानभासको बीचखण्डमा तान्त्रिक वा साङ्केतिक चिन्हहरू राखिन्छन् । पौभाचित्रहरू नेपाली चित्रकलाको विशिष्ट शैलीको रूपमा रहेका छन्  । 
 
(ग)   मूर्तिकला 
विभिन्न प्रकारका ढुङ्गा, माटो, काठ, सिसा, धातु आदिको विभिन्न आकृति बनाउने कलालाई मूर्तिकला भनिन्छ । नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ । मल्लकालमा नेपालको मूर्तिकला निकै फस्टाएको थियो । 
 
(घ)   काष्ठकला 
काठको प्रयोग गरी विभिन्न मूर्ति,भाडा, झयाल, ढोका,फर्निचर आदिको  निर्माण सम्बन्धिकलालाई काष्ठकला भनिन्छ  । नेपालमा काष्ठकलाको उच्चतम विकास मल्लकालमा भएको मानिन्छ  ।  
कलाकृतिका उत्कृष्ट नमूनाका रूपमा रहेका मयूर झयाल, देसेमरू झया, कुमारी घरको झ्यालहरू, ५५ झयाले दरबारका झयालहरू आदि हुन्  ।
 
बस्तुगत प्रश्नोत्तर 
– कलाकार अरनिकोलाई चिनीयाँहरूले के भनेर सम्बोधन गर्दथे ? आनिक 
– काठमाडौं उपत्यकाका महत्वपूर्ण १८ महाविहारहरूमध्ये सबैभन्दा पूरानो महाविहार कुन हो ? बज्रशीला महाविहार 
– नेपालमा प्यागोडा शैलीको सुरुवात कहिलेदेखि भएको मानिन्छ ? ११ औं शताब्दी  (२०६८, लो.से.आ.) 
– सम्राट अशोक नेपाल आउँदा नेपालमा बनाउन लगाएका अशोक स्तम्भ कति ओटा छन् ? ३ वटा 
– नेपाल ललितकला संघको स्थापना कहिले गरिएको हो ? वि.सं. २०२२ 
– गुतपौ दरबार कुन दरबारको पूरानो नाम हो ? हनुमान ढोका दरबार 
– सिंहदरबारलाई एशियाकै ठूलो (वि.सं. २०३० सम्म मात्र) र सुविधा सम्पन्न महलको रूपमा कहिले घोषणा गरिएको थियो ? वि.सं. १९६२
– स्वयम्भु तथा बौद्धनाथको चैत्य कुन शैलीमा बनेका छन् ? स्तुप शैली 
– वास्तुशास्त्रको मूल आधार कुन वेदलाई मानिन्छ ? स्थापत्य वेद
– फ्रान्सको भर्सेलिज दरबारको अनुकरण गरी नेपालमा बनाइएको दरबार कुन हो ? सिंह दरबार 
– भक्तपुर माटाको भाँडाको लागि प्रसिद्ध छ भने पाटन ढोका केका लागि प्रख्यात छ ? धातुको भाँडाको लागि 
– काठमाडौं उपत्यकामा सबभन्दा बढी कुन शैलीका मन्दिर छन् ? प्यागोडा 
– ललितकला भन्नाले केलाई बुझाउँछ ? वास्तुकला, मूर्तिकला र चित्रकला 
– ईंटाबाट बनेको नेपालको सबैभन्दा ठूलो मन्दिर कसलाई मानिन्छ ? पाटनको महाबौद्ध मन्दिर 
– गुनपौ दरबार कुन दरबारको पूरानो नाम हो ? हनुमानढोका दरबार 
– पाषाण युगमा कलालाई के भनिन्थ्यो ? जादु
– नेपाली वास्तुकलामा कति प्रकारका शैलीको विशेष भूमिका रहेको छ ? ३ 
– हिरण्यवर्ण महाविहार कहाँ छ ? क्वालखु, ललितपुर 
– हनुमान ढोका दरबारलाई पहिले के भनिन्थ्यो ? गुतपौ 
– दरबारनेपालको सबैभन्दा अग्लो मन्दिरको रूपमा रहेको भक्तपुरको न्यातपोलको उचाँइ कति छ ? १०८ फिट 
– मुगल सम्राट शाहजहाँले मुमताजको स्मृतिमा निर्माण गराएको भारतको उत्तर प्रदेश आग्रा सहरमा अवस्थित ताजमहलको निर्माण गर्न कति समय लागेको थियो ? १७ वर्ष
– खड्गशमशेरद्वारा आफ्नी महारानी तेजकुमारीको यादमा एउटै विशाल चट्टानको काखमा कुदिएर ढुङ्गाका प्रस्तर कलाकृति झल्कने गरी रानीमहल कति वर्षमा निर्माण गरिएको थियो ? १० वर्ष  
– देहायको मध्ये कुन भनाई ठिक छ ? 
क)  भक्तपुरको मयुर झयाल र काठमाडौँ  नरदेवीमा रहेको देशेमरु झयाल नेपालको उत्कृष्ट काष्ठकला हो  । 
ख)  किरातकालमा सिर्जना भएको विरूपाक्षको प्रस्तर मूर्ति नेपालको पहिलो मूर्तिकला हो  । 
ग)  नेपालमा फेला परेको पहिलो भित्तेचित्र लिच्छविकालीन कैलासकुट भवनमा भेटिएको भित्तेचित्र हो  । 
घ)  माथिका सबै ठिक छन्  ।
– पशुपतिनाथको मन्दिरलाई स्वर्णमय बनाउने ब्यक्ति को हुन् ? भाष्कर बर्मा बिश्वमा प्यागोडा शैलीको विकास कुन देशबाट भएको मानिन्छ  ?  जापान 
– नेपाली वास्तुकलामा कति प्रकारका शैलीको विशेष भूमिका रहेको छ ? ३ 
– काभ्रेमा रहेको पलाञ्चोक भगवतीको मन्दिर कसले बनाएको हुन् ? मानदेव 
– लालदरबार र सेतो दरबार कसले बनाएका हुन् ? बीर शमशेर
– घर देवालय बनाउने कलालाई के भनिन्छ ? स्थापत्य कला
– ऐतिहासिक हिल्याङ्ग दरबार कहाँ पर्छ ? पाँचथर 
– उपत्यकाको जगत नारायण मन्दिर कुन शैलिमा निर्माण गरिएको हो ? शिखर 
– प्यागोडा शैलीको सबैभन्दा पूरानो मन्दिर कुन हो ? चाँगुनारायण 
– नेपालको सबैभन्दा पूरानो मन्दिर कुनलाई मानिन्छ ? स्वयम्भूनाथको मन्दिर 
– घर, मन्दिर, पाटी, पौवा, दरबार आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ? वास्तुकला
– काठमाडौँको धरहरा कुन शैलीमा निर्माण गरिएको छ ? मुगल शैली 
– कलाको दृष्टिकोणले काठमाडौँ  उपत्यकालाई के को रूपमा लिने गरिन्छ ? खुला सङ्ग्रहालय 
– पाटन संग्रहालयको पुनः निर्माण (धातुकला सङ्ग्रहालय) कुन मुलुकको सहयोगमा भएको हो ? अष्ट्रिया 
– नेपालको सबैभन्दा पूरानो (नौ सय वर्ष अघि) हस्तलिखित प्रज्ञापारमिता नामक ताम्रपत्रको एकापट्टि पञ्च बुद्ध र चार तारा छ भने अर्कोपट्टि के छ ? बज्रसत्व, देवीहरूका चित्र र प्रज्ञापारमिता  
– वास्तुकलाको उच्चतम विकासकाल भनेर कुन काल लाई भनिन्छ ? मध्य काल
– काठमाडौँ  उपत्यकामा विशेष गरी कुन शैलीका मन्दिर, दरबारहरू बनेका छन् ? प्यागोडाशैली 
– जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली कुन हो ? मुगलरराजपुत शैली  (२०७३,लो.से.आ.)
– एकभन्दा बढि छानो बनाई तल फराकिलो र माथि साँघुरिँदै जाने शैलीलाई कुन शैली भनिन्छ ? प्यागोडा  
– पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर कुन शैलीका मन्दिर हुन् ? प्यागोडा   (२०७१, लो.से.आ.) 
– धनीहरूको घर अर्थ लाग्ने हम्र्य शैलीलाई कुन कालका दरबारहरूको कलात्मक र उत्कृष्ट शैलीका रूपमा लिइन्छ ? मध्य (मल्ल) काल 
– जनकपुरको जानकी मन्दिर कुन शैलीको नमुना हो ? राजपूत र मुगल मिश्रित शैली 
– लुम्बिनीको मायादेवी मन्दिर कुन शैलीमा बनेको मन्दिर हो ? स्तुप शैली 
– छानाविहीन पहाडको चुचुरा जस्तो गरी उँभोतर्फ साँघुरो र चुच्चो पार्दै गएको वास्तुकला सम्बन्धी शैलीलाई के भनिन्छ ? शिखर शैली 
– पुनरेवा दरबार कहाँ छ ? रौतहट 
– नेपालको सबैभन्दा ठूलो दरबार सिंहदरबार हो भने नेपालको सबैभन्दा ठूलो मन्दिर कुन हो ? जानकी मन्दिर 
– नेपालको सबैभन्दा ठूलो घण्टा हनुमान ढोका अगाडि रहेको छ भने नेपालको सबैभन्दा ठूलो नगरा कहाँ छ ? हनुमान ढोका अगाडि 
– नेपालको सबैभन्दा पूरानो मन्दिर जसलाई प्राचीन कालमा युयान समेत भनिन्थ्यो कुन हो ? स्वयम्भुनाथ
– विश्वको सबैभन्दा ठूलो थान्का नेपालमा कहिले प्रदर्शन गरिएको थियो ? वि.सं. २०६९ मा 
– लंलितकला अन्तर्गत पर्ने मुख्य ३ पक्षहरू के–के हुन् ?  वास्तुकला, मुर्तिकला र चित्रकला  पौभा चित्र कति प्रकारका हुन्छन् ? २ (पट र मन्डला) 
– पौभा चित्रलाई तिब्बती भाषामा के भनिन्छ ? थान्का
– हनुमान ढोका दरबार,  मरुसत्तल,  नोल्छे दरबार, नौतले दरबार भनेर कुन दरबारलाई चिनिन्छ ? वसन्तपुर दरबार 
– तलको कुन भनाइ ठिक छ ? 
क)  नेपाली चित्रकलालाई ग्रन्थचित्र, पौवाचित्र र भित्तेचित्र गरी तीन भागमा बांडिन्छ 
ख) वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ 
ग) मिति समेत उल्लेख गरेको सबभन्दा पूरानो मूर्तिकला मानदेवद्वारा स्थापित वामनको  त्रिविक्रमको मूर्ति हो 
घ)  माथिका सबै ठिक छन्  ।
– घरको भित्तामा कोरिने पुराति चित्र कुन जाती विशेषको पहिचान हो ? गुरुङ्ग 
– सबैभन्दा पूरानो नेपाली हस्तलिखित ग्रन्थचित्र कुनलाई मानिन्छ ? प्रज्ञा, पारमिता 
– भुस, माटो गोबर मिलाई मिहीन बनाएर भित्तामा कोरिएको चित्रलाई के भनिन्छ ? भित्ते चित्र                (२०७०, लो.से.आ.) 
– थारु समुदायले घरका भित्तामा कलात्मक रूपमा बनाउने पशुपंक्षी, फुल, वोट, विरुवा आदिको चित्र कोर्ने कार्यलाई के भनिन्छ ? मोखा
– The Last Judgment कसले बनाएको विश्व प्रसिद्ध चित्र हो ? माइकल एन्जेलो 
– नेपालको पहिलो महिला चित्रकार को हुन् ? डवाला सम 
– गुरूङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्छ ? पूराति चित्र                      (२०६९, लो.से.आ.)
– थाङ्का चित्रकलालाई “पौभा चित्र ’’ भनिन्छ भने मिथिला चित्रलाई के भनिन्छ ? मधुवनी चित्रकला
– संसारमा कलाहरू मध्ये सबैभन्दा प्राचिनकला कुन हो ? चित्रकला 
– पुस्तकको पाना वा गातामा लेखिएको चित्रलाई के भनिन्छ ? ग्रन्थ चित्र 
– प्रतिक चिन्ह बीचमा राखी बनाइएको चित्रलाई के भनिन्छ ? मण्डल चित्र 
– माटोलाई तेलमा मिलाइ पकाएर विभिन्न मूर्ति बनाउने प्रविधिलाई के भनिन्छ ? टेराकोटा 
– नेपालमा हालसम्म पाइएको सबैभन्दा पूरानो चित्र कुन हो ? ग्रन्थ चित्र 
– कुनै वस्तु निर्माण, सिर्जना, कार्य सम्पादन, प्रस्तुतीकरणको क्रममा अपनाइने सीप वा कौशललाई के भनिन्छ ? कला
– नेपाली कलाको उत्कर्षकाल भनेर कुन शताब्दीलाई चिनिन्छ ? ११ औं 
– आशुकवि भनेर कसलाई चिनिन्छ ? शम्भु प्रसाद ढुङगेल  (२०७३,लो.से.आ. )
– कपडामा बनाएको चित्रलाई के भनिन्छ ? थाङ्का,  पौवा  
– चित्रकलामा कुन कुन पर्दछन् ?  ग्रन्थ चित्र,  पौभा चित्र र भित्ते चित्र
– विश्वप्रसिद्द इटालियन चित्रकार एव मूर्तिकार माइकल एन्जलोले २० वर्ष लगाएर बनाएको प्रसिद्ध चित्र के हो ? अन्तिम निर्णय (Last Judgement) 
– नेपालको सबैभन्दा ठूलो काठको मन्दिर कुनलाई मानिन्छ ? काष्ठमण्डप 
– मन्दिर लगायतका स्मारकहरूको छानालाई थाम्न ४५ को कोणमा राखिने साधा वा कलात्मक काठलाई के भनिन्छ ? टुँडाल 
– मन्दिरहरूमा प्रवेशद्वार माथि रहने अर्ध वृत्ताकार काठका आकृतिहरूलाई के भन्न्छि? तोरण 
 
संगीत
संगीत भन्नाले गायन, वादन र नर्तनको संगीतलाई बुझिन्छ । संगीतमा, ध्वनिहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ । संगीत धेरै किसिमका छन्  । संगीतको उत्पत्ति समावेदबाट भएको मानिन्छ । मुद्रासहित अभिनय गरी कुनै अवस्थाको भाव प्रदर्शन गर्ने कलालाई नृत्य संगीत भनिन्छ । संगीत मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तैः सितार, गितार, भायोलिन वा ड्रम आदिबाट धुन निकाल्ने एक कला हो । 
 
नेपालमा नाचिने प्रमुख तथा प्रचलित नृत्यहरू 
धान नाच 
यो नाच लिम्बू जातिमा प्रचलित लोक नृत्य हो  । यस नाचमा गाइने गीतलाई ‘पालम’ भनिन्छ  । यस नाचमा लिम्बू युवायुवतीहरू परस्परमा सवाल जवाफ गर्दै नाच्ने गाउने गर्दछन्  । 
 
घाटु नाच 
घाटुनाच गुरुङ समुदाय र दुरा समुदायमा प्रचलित लोक नृत्य हो  । यो नृत्यमा गाउँकी कुनै बुढी स्वास्नी मान्छेलाई गुरुआमा मानी उनकै नेतृत्वमा अन्य महिलाहरू संलग्न भई पूरानो कथामा आधारित गीत गाई त्यसैको तालमा अन्य नाच्ने गर्दछन्  । यो नाच प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन सुरु भई बैशाख पूर्णिमाका दिन समाप्त हुन्छ  । 

मञ्जुश्री नाच 
काठमाडौँ  उपत्यकामा नाचिने शास्त्रीय नृत्यहरूमध्ये यो पनि प्रख्यात नृत्य हो । मञ्जुश्रीलाई ज्ञानकी देवीको रूपमा पनि मानिन्छ । यो नृत्यमा मञ्जुश्रीले स्वम्भुनाथको प्राथना गर्र्दिछन् । यसमा हात तथा शरीरको चाल प्रयोग गरी मानव आत्माको विभिन्न अवस्थाको प्रदर्शन गरिन्छ  । 
 
सोरठी नाच 
सोरठी नाच गण्डकी अञ्चलका गुरूङ र मगर समुदायमा निकै प्रख्यात छ । पूरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरू भन्ने हुन्थ्यो । यो नाच ठूलो समूहमा नाच्ने गरिन्छ । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न यो नृत्य गर्ने गरिन्छ । पन्ध्रवटा रानि र एक राजकुमारी गरी सोह्र स्त्रीहरूसँग सम्बन्धित भएकाले सोह्र वटी भन्दा भन्दै सोरठी भएको भन्ने भनाइ छ  । 
 
धिमे नाच 
यो नेवार समुदायमा प्रचलित नाच हो । नेवार समुदायको प्रचलित बाजा धिमेबाट यो नाचको नामाकरण भएको पाइन्छ । इतिहास अनुसार मल्ल राजाहरूको समयमा युद्धको विजय पश्चात यो बाजा बजाइन्थ्यो । यस नृत्यमा नर्तकले बाजाको धुनसँग नाच्दै एकै पटक दुई युवतीलाई आर्किर्षत गर्ने प्रयास गर्दछन्  । 
 
झाँगड नाच 
नेपालको पूर्वी तराई भागमा बसोबास गर्ने झाँगड समुदायमा प्रचलित यो एक लोक नृत्य हो । यो नृत्य खागगरी किसानले बैशाख, जेष्ठ अथवा अषाढमा प्रशस्त पानी पार्नको लागि भगवान इन्द्रलाई खुसी पार्न नाचिने गरिन्छ  । 
 
झ्याउरे नाच 
यो नाच नेपालको पश्चिम भागमा प्रचलित छ । यसमा विशेषत युवा युवतीले भाग लिन्छन् । यो नृत्य नाचिने खासै समय छैन् अर्थात यो नाच वर्षैभरि नाचिने गरिन्छ । कुनै पनि जात्रा, पर्वहरूमा मानिसहरू भेला भई मादल बजाएर यो नाच नाचिन्छ । यसमा युवा युवतीहरूले जवाफ फर्काउँदै गीत गाउँछन्  । 
 
भैरब काली 
नृत्य यो पनि काठमाडौँ  उपत्यकाको शास्त्रीय नृत्य हो । यो नाचमा भैरव र काली एक आपसमा रमाइलो गर्दै आफ्नो सुरमा नाच्दछन् भने अरु मानिसहरू पनि भैरव र कालीलाई खुसी पार्न विस्तारै नाच नाच्दछन्  । 
 
बालन नाच 
खासगरी ब्राह्मण, क्षेत्री समाजमा बालन गायन र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पूरानो हो । ब्राह्मण, क्षेत्री समाजमा प्रचलित रहेको हुनाले यसलाई बाहुन नाच पनि भनिन्छ । बालन, नेपाली संस्कृतिको एक महत्वपूर्ण पक्ष हो, यसमा देवीदेवताको गुणगानमा केन्द्रित रहेको पाइन्छ । सृष्टिकालदेखिका भगवानका लीला र अवतारहरूको वर्णन बालनमा हुन्छ । हिन्दू परम्पराका अनुयायी व्रतालुहरू भगवानको विशेष पूजा आराधनाको बेला र खासगरी रीति जाग्राम बसेको बेला बालनका टोली ल्याएर गाउने र नाच्ने गरिन्छ । साथै शिवरात्री, बालाचतुर्दशी, हरिबोधनी एकादशी लगायतका चाडपर्व, जात्रामा र धार्मिक उत्सवमा पनि बालनको आयोजना गरिन्छ । बालन टोलीमा बालन गाउने र नाच्नेको समूह हुन्छ । बालन गायन र नृत्यसँगै भगवानका अवतारहरूमा केन्द्रीत क्रियाकलाप चटकका रूपमा प्रस्तुत गरिन्छ  ।  
 
कात्तिक नाच 
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्र्तिक नाच भनिन्छ । वि.सं. १६९७ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए । विष्णु पूराणको नरसिंह अवतारको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झयाली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ  । सुरुमा सो नाच कृष्णलीलामा आधारित थियो । त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्र्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो । उनी पछि उनकै छोरा श्री निवास मल्लको पालामा वि.सं. १७३० मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिनसम्म सो नाच चलाएका थिए । 
 
मारूनी नाच 
मारूनी नाच नेपालको परम्परागत नाच हो । पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पूराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातीको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ । मारुनी नाँचमा दुइ जना मारुनी दुई देखि तिनजना मादले (मादल बजाउने मान्छे), एक जना पुरसिँगे र ६ जना देखि १० जनासम्म गायकहरू हुन्छन् । गायकहरूमा एक जना गुरु हुन्छ जसलाई मारुनी नाचको बारेमा सबै थाहा छ त्यसैलाई मात्र गुरु मानिएको हुन्छ । खास गरेर दशैँ, तिहार, देउसी, भैलीमा यो मारूनी नाँच नाचेको देखिन्छ । 
 
झिझिया नाच 
यो नृत्य मैथिली समाजको लोक नृत्य हो  । मिथिलाञ्चलको पहिचान बोकेको यस नृत्यमा महिलाहरूको बढी सहभागिता हुने गर्दछ । उनीहरू घटस्थापना भन्दा अगाडि नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्री प्रारम्भ भए पछि समूहमा रहँदै सो घैंटोहरूमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्दछन्  यो नृत्य घटस्थापना देखि दसैसम्म नाचिन्छ। मिथिलाञ्चलमा व्याप्त बोक्सी प्रथा प्रति तिखो व्यङ्ग गर्दै प्रदर्शन गरिने झिँझिया नृत्यमा महिलाहरूले बत्ती बालेको घैंटो टाउकोमा राखी नाच्दै, गाउंदै गाउँ परिक्रमा गर्छन् । यस नाचमा कलशमाथि राखिएको ढकना आत्माको प्रतीक मानिन्छ भने त्यसबाट निस्कने मुस्लोलाई ज्योति मानिन्छ । बोक्सीरूपी अन्धकारलाई आत्माको प्रकाशबाट नास गर्ने विश्वास गरिन्छ  । 
 
लाखे नाच 
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो  । 
 
नृत्यहरू 
सोरठी नाच – मगर, गुरुङ 
स्याब्रु नाच – शेर्पा
झिझिया नाच – मैथिली 
कटेहर, चाँचर,जटजटिना नाच  – थारू 
कर्माधर्मा नृत्य – झाँगड 
देउडा नाच – सुदूरपश्चिम क्षेत्र 
सेलो नाच –  तामाङ्ग 
कौरा, मारूनी, टप्पा नाच – मगर,गुरुङ 
चण्डी नाच – किराँत 
धान नाच,च्याबु्रङ नाच  – लिम्बु 
रोदी –  गुरुङ्ग, मगर 
 
नेपालमा पाइने बाजाहरू
• अवनद्ध बाद्य : छालालाई मोडेर बनाइएका बाजालाई अवनद्ध वा ताल वाद्य भनिन्छ । नायो, कर्नाल, संख, नरसिंहा आदि सुसिर वाद्य हुन्  ।
• धनवाद्य :  हातले ठोकेर वा पिटेर बजाइने बाजालाई धन वाद्य भनिन्छ । धनवाद्यहरू अवनद्ध वाद्यलाई सघाउ पु¥याउने किसिमका हुन्छन् । मुनुरा, मुर्चुङ् गा, झ्याली, घण्टी, गितार आदि धनवाद्य हुन्  । 
 
पञ्चैबाजा 
पञ्चै बाजा नेपालको प्रसिद्ध परम्परागत बाजा हुन् ।  पञ्चैबाजा अन्तर्गत पर्ने बाजाहरू :  नरसिँहा, सहनाई, दमाहा, ट्याम्को, झ्याली हुन्  ।
 
नौमती बाजा 
नौमती बाजा नौवटा बाजाहरूको सामुहिक बाजा हो । यो पञ्चे बाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यस अन्र्तगत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिँगा बाजा हुन्छन् जसमा सहनार्इ र दमाहाका दुई दुई वटा हुन्छन्  । सनही र नरसिङ्गा फकुरे, टूलो  दमाहा,  सानो दमाहा, ढालेक र ट्याम्को ठाकेरे तथा झ्याम्टा र मजुरुा एक आपसमा जधुाएर बजाइन्छ । नाजैना बाद्यवादक लाके कलाकारहरूले सूर  र ताल मिलाएर एकपैटक बजाउने गरकोले  यो बाद्य समहूलार्इ नामैति बाजा भरिएको हो । 
 
सहनाई 
सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइन्छ । एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बजाइने सनईलाई पोथी सनई पनि भनिन्छ । विशेष गरी यो सिल्वर र पित्तलबाट निर्मित हुन्छ  । 
 
ढोलक 
मादलजस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कातिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ । ढोलक झण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ ।  
 
दमाहा  
यसैगरी नौमती बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ । यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ  । 
 
सानो दमाहा/ बाउँताल 
दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन्  र  ठूलो दमाहाको तुलनामा यसको घन्काई पनि कम हुन्छ त्यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ । 
 
ट्याम्को 
नौमती अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै झण्डै सानो दमाहाजस्तै हुन्छ । यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ । सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन् । यसरी ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन् । 
 
झयाम्टा र झयाली 
बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ । काँशका दुई थालहरू जस्तै आकारका झयाम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झयाम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ । सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन् त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झयाईंझयाईं गर्दै झयाम्टा बजाइन्छ   । 

नरसिङ्गा 
यो मुखले फुकेर बजाइन्छ, यसको फुक्ने   ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै जान्छ । तामाले बनेको यो बाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ । पशुको सिङ्ग आकारको यो बाजा बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ । 
 
कर्नाल 
बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो नरसिँगा भन्दा हुन्छ । साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ । यो वाजा तामाले बनेको हुन्छ ।  कर्नाललाई पनि नरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ ।
 
 बस्तुगत प्रश्नोत्तर 
– धिमे बाजा कुन जातिमा प्रचलित छ ? नेवारी 
– जनकपुरमा सिताराम विवाहको सम्झनामा प्रत्येक वर्ष मनाईने विवाह महोत्सवमा सबैलाई आमन्त्रण गर्न गाईने गीतलाई के भनिन्छ ? मंगलगित
– गीत संगीतका क्षेत्रमा प्रदान गरिने ग्रामी अवार्ड अमेरिकी पप गायक माइकल ज्याकसनले आफ्नो जीवनकालमा कति पटक पाएका थिए ? १३ पटक 
– सुरसुदा केसँग सम्वन्धित छ ? गीत सङ्गीतसँग 
– गायिका आनी छोडङ्ग  डोल्माद्वारा गाइएको गीत फूलको आखाँमा फूलै ससांर ...का रचनाकार को हुन् ? दुर्गालाल क्षेष्ठ 
– वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ ? ब्राह्मण, क्षेत्री दुवै  (२०६८, लो.से.आ.) 
– हरियो डाँडामाथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युँझाउन, प्रजातन्त्रको काफल जस्ता गीतका गायक को हुन् ? धर्मराज थापा  
– List-I/List-II बीच जोडा मिलाउनुहोस् र सही उत्तर छनोट गर्नुहोस् ।            (२०७१, लो.से.आ.) 
List-I  List-II 
a. कौरा नाच  1. तामाङ 
b. भोटेशेला  2.  मगर 
c. ट्राहोटे पव  3.  व्यासी 
d. बडानी पूजा  4.  गुरूङ्ग  उत्तर  :  a-2, b-1, c-4, d-3 
– मृत्यु संस्कारमा दोरा नाच नाच्ने प्रचलन कुन जातिमा रहेको छ ?  तामाङ
– नेपालको वर्तमान राष्ट्रिय गानका रचयिता को हुन् ? प्रदीपकुमार राई
– नेपालमा पहिलो पटक नेपालमा (सन् २००७) मा पियानो बाजा भिœयाउने व्यक्ति को हुन् ? सन्त बहादुर गौतम 
– गाईनेहरूको वाजा सारङ्गीलाई पोथीवाजा भनिन्छ यसको भाले बाजा भनि चिनिने वाजा कुन हो ? अर्वाजोर 
– “शिली”कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ? चण्डी नाच 
– पलेँटी केसँग सम्बन्धित छ ? गीतसंगित 
– प्रथम नेपाली ताराका विजेता को थिए ? दिपक लिम्बु 
– लोकबाजा सङ्ग्रहालय कहाँ रहेको छ ? त्रिपुरेश्वर, काठमाडौँ 
– नेपालमा सर्वप्रथम अन्तर्राष्ट्रिय कला प्रदर्शन कहिले गरिएको थियो ? वि.सं २०२७ 
– रोपाईमा बजाइने बाजालाई के भनिन्छ ? वेठी
– कर्माधर्मा नृत्य कुन जातिको प्रसिद्ध नृत्य हो ? झागँड
– संगीत क्षेत्रको विश्वको सबैभन्दा ठूलो अवार्ड कुन हो ? ग्रामी अवार्ड
– मर्न बरु गाह्रो हुन्न.... लगायतका ४०० भन्दा बढी कालजयीगित गाएका गायक फत्तेमान राजभण्डारीको मृत्यु कहिले भएको थियो ? २०७० भदौ २५ 
– “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछन् ? नेवार 
– बल्ल पर्यो निरमाया माकुरी जालैमा.... लगायतका ४०० भन्दा बढी गीत गाएका २०१० मा तनहुँमा जन्मेका ६० वर्षीय लोकगायक तीर्थबहादुर – गन्धर्वको मृत्यु कहिले भएको थियो ? २०७०भदौ ८    
– ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ बोल गीतका रचनाकार स्रष्टा को हुनुहुन्छ ? गीतकार रत्न शमशेर थापा 
– भगडा नृत्य कुन धर्मसँग सम्बन्धित छ ? शिख धर्म 
– हालको राष्ट्रिय गानमा स्वर दिने गायकहरू कतिजना छन् ? २० जना 
– हालको राष्ट्रिय गान कति समयको छ ? १ मिनेट ५ सेकेन्ड 
– रणबाघ भन्नाले कुन बाजालाई चिनिन्छ ? धिमे बाजा 
– नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन् ? लिम्वु 
– चर्या नृत्य कुन धार्मिक सम्प्रदायसँग सम्बन्धित छ ? बुद्ध धर्म(बज्रयान) 
– संसारमा सबैभन्दा धेरै गाइने गीत कुन हो ? ह्यापी बर्थ डे... 
– नेपालको सैनिक गान ‘रातो र चन्द्र सूर्य....का ’ रचनाकार  गोपालप्रसाद रिमाल र संगितकार तथा गायक अम्बर गुरुङलाई कहिले मानार्थ – महासेनानीको सम्मान प्रदान गरिएको हो ? वि.सं. २०६८/५/२ 
– पसिना र आँशु निकाल्दै अनुहारबाट हाउभाउ प्रकट गरी गर्ने नृत्यलाई कस्तो नृत्य भनिन्छ ? सात्विक 
– नेपालको चर्चित साङ्गीतिक व्यान्ड “नेपथ्य” कहिले स्थापना भएको हो ? सन् १९९०
– नेपाल एकीकरणका क्रममा गोर्खाली लडाकु र तिब्बती सेनाबीचको लडाइँको सम्झना गर्दै छेची पर्वका अवसरमा घोडाचढी नृत्य कुन समुदायमा नाचिन्छ ? तामाङ 
– समूह I र समूह II जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।        (२०७१, लो.से.आ.) 
समूह I  समूह II 
क) घाटु नाच  १) मगर 
ख) तबरि नाच           २) गुरुङ  
        ३) गन्धर्व                 उत्तर : क–२, ख–३ 
– तराई क्षेत्रमा प्रचलित पौराणिक कथाहरूमा रहेका विभिन्न पात्रहरूको अभिनय गरी गरिने नृत्यलाई के भनिन्छ ? चरित्र नृत्य 
– प्रसिद्ध कार्तिक नाच कहिलेदेखि शुरु भएको हो ? वि.सं. १६९७ 
– लिम्बु जातिमा प्रचलित धान नाचमा गाइने गीतलाई के भनिन्छ ? पालभ 
– दसैंको घटस्थापनादेखि पूर्णिमासम्म दुर्गाको आराधनाका लागि बजाइने धुन कुन हो ? मालश्री  ‘गाउँछ गीत नेपाली.....’ गीतका रचनाकार को हुन् ? माधव घिमिरे 
– वाद्यशिरोमणि भन्नाले कसलाई चिनिन्छ ? उस्ताद गणेशलाल
– नेपालको राष्ट्रिय बाजा कुन हो ? मादल 
– मानिस जन्मेदेखि नमरुञ्जेलसम्मका कृयाकलाप र पशुपक्षिंका कृयाकलाप चित्रण गरी नाचिने किराती समुदायमा प्रचलित नाचलाई के भनिन्छ ? साकेला सिली
– नेपालका पूराना कलाकार मेलवादेवी गुरुङ कलाको कुन क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ ? गायन 
– गीत रेकर्ड गराउने पहिलो नेपाली गायिका को हुन् ? मेलवादेवी 
– सरस्वती नाच कुन जातिसँग सम्बन्धित छ ? तामाङ 
– बोलेर गरिने नृत्यलाई के भनिन्छ ? नाचिक नृत्य 
– होलीको अवसरमा मिथिलाञ्चलमा गाइने मौलिक गीतलाई के भनिन्छ ? होलैया र जोगिरा 
– थान नाच कुन समुदायमा प्रचलित नाच हो ? गनगाई 
– नेपाली सेनका मानार्थ कर्नेल कुन वरिष्ठ सङ्गीतकार हुन् ? आलोक श्री 
– राम्रो भेषभूषा साथै गहना लगाएर गरिने नृत्यलाई के भनिन्छ ? आहार्य 
– थाली नृत्य कुन समुदायमा प्रचलित नृत्य हो ? मगर 
– “म त लालीगराँस भएछु” भन्ने गीतका लेखक क्षेत्रप्रताप अधिकारीको निधन कहिले भयो ? २०७० चैत्र ३० 
– कौरा नाच कुन जातिमा नाचिने प्रचलन छ ? मगर 
– रेडियो नेपालमा पहिलो गायक हरिप्रसाद रिमालले कुन बोलको गीत रेकर्ड गराएका थिए ? मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ  । 
– नेपालको नयाँ राष्ट्रिय गानका रचनाकार को हुन् ? प्रदिप कुमार राई 
– रेडियोमा गाउने प्रथम गायिका कोइली देवी हुन् भने प्रथम गायक को हुन् ? हरिप्रसाद रिमाल 
– सङ्गीतको उत्पत्ति कुन वेदबाट भएको हो ? सामवेद 
– भगवान शिवको नृत्यलाई के भनिन्छ ? ताण्डव
– नृत्यावस्थामा भगवान शिवलाई के भनिन्छ ? नटराज 
– हिन्दु र बौंद्ध धर्ममा चली आएको आध्यात्मिक बाजा कुन हो ? घण्ट 
– “देउडा नाच” नेपालको कुन भौगोलिक क्षेत्रमा बढी प्रचलित छ ? सुदुरपश्चिमान्चल
– नेपालका स्वर सम्राट भनेर कसलाई चिनिन्छ ? नारायण गोपाल 
– सारंगीलाई पोथी वाजा भनिन्छ भने भाले बाजा केलाई भनिन्छ ? अर्वाजो 
– बौद्धमार्गीहरूको शास्त्रीय नाचलाई के भनिन्छ ? चर्या नाच 
– रोदी नाच गुरुङ र मगर समुदायमा, मारुनी नाच मगर समुदायमा बढि प्रचलनमा रहेको छ भने धान नाच कुन समुदायमा बढि प्रचलित छ ? लिम्बु 
– साकेला (चण्डी) नाच कुन कुन महिनामा नाचिन्छ ? बैशाख शुक्ल पूर्णिमा र मंसिर शुक्ल पूर्णिमा 
– स्त्रीको भेषमा पुरुषले नाच्ने नृत्यलार्इ के भनिन्छ ? मारुनी 
– नेपालका मौलिक कर्णप्रिय धुनहरूलाई स्तरीय रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लोकप्रिय बनाउन कार्यरत ३ जना संगीत साधकहरू को को हुन् ? सितार वादक विजय वैद्य,  तलवा वादक सुरेन्द्र श्रेष्ठ र बाँसुरी वादक प्रेम राना औतारी 
– हातले ठोकेर, पिटेर वा आघात गरी बजाइने बाजालाई के भनिन्छ ? घन वाद्य
– संगीत भन्नाले कुन विधालाई समेट्छ ? नृत्य, गायन र वाद्य वादन 
– हालको राष्ट्रिय गान ‘सयौं थूँगा फूलको हामी’मा संगीत दिने संगीतकार अम्बर गुरुङ हुन् भने संगीत संयोजनको काम कसले गरेका छन् ? शरद गुरुङ  
– काठमाडौं उपत्यकाका नेवार सम्प्रदायमा प्रचलित पैंता, पोङा कुन किसिमको बाजा हो ? सुसिर वाद्य
– तामाङ जातिले बजाउने ‘डम्फु’ बाजा कुन जनावरको छालाबाट बनाउने गरिन्छ ? मृग  (२०६८, लो.से.आ.) 
– हिमाली क्षेत्रका बौद्ध मठहरूमा लामाहरूले धार्मिक कार्यमा बजाइने मान्छेको नलि हाडबाट बनाइने बाजा कुन हो ? काङलिङ
– डम्फु मुख्यतः तामाङहरूको बाजा हो भने बिनायो मुख्यतः कुन जातिको बाजा हो ? राई 
– बौद्ध संस्कारमा प्रचलित पंचैताल बाजामा पर्ने दुई बाजा तां, पोगा हुन् भने अन्य तीनमा तलको कुन पर्दैन ? छुस्या 
– धिमे बाजा काठमाडौँ  उपत्यकाका ज्यापू समुदायसँग सम्बन्धित बाजा हो भने सारङ्गी मुख्यत : कुन जातिसँग सम्बन्धित बाजा हो ? गन्धर्व 
– मध्य पश्चिम तथा सूदूर पश्चिमाञ्चलका पहाडी भेगमा बजाइने डमरु जस्तै बाजालाई के भनिन्छ ? हुड्को 
– वीर गाथाले भरिपूर्ण कर्खा गीत मुख्यतया गण्डकी अञ्चलको कुन जिल्लामा प्रचलित छ ? कास्की 
– ब्राह्मण क्षेत्री समुदायमा प्रचलित नाच संगीनी हो भने बालून मुख्यतः कुन जातिको नाच हो ? थारु
– रोइला गीतको उत्पत्ति केन्द्र कुन जिल्लालाई मानिन्छ ? गुल्मी 
– डम्फु नाच, सरस्वती नाच मुख्यतया कुन जातिको नाच हो ? तमाङ 
 
नेपाली चलचित्र सम्बन्धी जानकारी 
– नेपालमा सर्वप्रथम कहिले नयाँ सडक स्थित जनसेवा हलमा पहिलो पल्ट जनताका निम्ति टिकट लगाई चलचित्र देखाउने कार्य भयो ? २००६ सालमा 
– नेपाली भाषाको पहिलो कथानक चलचित्र कुन हो ? ‘सत्य हरिशचन्द्र’ 
– २००८ सालमा दार्जिलिङमा बस्ने केही नेपालीहरूले निर्माण गरेको  नेपाली  कथानक चलचित्र कुन  हो ? ‘सत्य हरिशचन्द्र’
– विगतमा प्रचार विभाग (हालको सूचना विभाग)ले सर्वप्रथम आफ्नै साधन र पूँजीमा निर्माण गरेको नेपाली कथानक चलचित्र कुन हो ? ‘आमा’       (२०७०, लो.से.आ.) 
– सरकारबाट तयार भएको पहिलो नेपाली चलचित्र ‘आमा’ कहिले निर्माण गरिएको थियो ? वि.सं. २०२१
– चलचित्र विकास बोर्डको गठन कहिले भएको हो ? २०५७ साल असार १६ गते 
– चलचित्रको जाँच कुन मन्त्रालयले गर्दछ ? सूचना तथा सञ्चार मन्त्रालय 
– शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र कुन हो ? मनको बाँध 
– नेपालमै डबिङ्ग भएको पहिलो नेपाली चलचित्र कुन हो ? सिन्दुर
– नेपाली चलचित्र सिन्दुरका निर्देशकको हुन् ? प्रकाश थापा 
– नेपाली चलचित्रको आरम्भिक कालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदि कहाँ गरिन्थ्यो ? भारतमा 
– नेपालमै मिक्सिङ् भएको पहिलो नेपाली चलचित्र कुन हो ? प्रतिक्षा
– काठमाडौँ  उपत्यकाका विभिन्न हलहरूमा संयुक्त रूपमा ५२ साता चल्ने पहिलो नेपाली चलचित्र कुन हो ? सिन्दुर 
– नेपाल भाषा (नेवार जातिको भाषा) मा बनेको पहिलो चलचित्र कुन हो ? सिलु 
– रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुन हो ? कुसुमे रुमाल
– रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुसुमे रुमालका निर्देशकको हुन् ? तुलसी घिमिरे 
– बाँदरको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ? गोपीकृष्ण 
– कुकुरको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ? भाउजू 
– हात्तीको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ? माउते दाई  
– बालकृष्ण समको कृतिमा आधारित भई बनाइएको पहिलो ऐतिहासिक नेपाली चलचित्र कुन हो ? प्रेमपिण्ड
– पहिलो ऐतिहासिक नेपाली चलचित्र प्रेमपिण्डका निर्देशक को हुन् ? यादव खरेल 
– पहिलो नेपाली गीति चलचित्र कुन हो ? गौथली 
– आदिकवि भानभुक्तको जीवनीमा आधारित पहिलो नपोली गीति चलचित्र कनु हो ? आदिकवि भानुभक्त
– लिम्बु समुदायको रूपौली सुनौली प्रथामा आधारित भई बनाइएको चलचित्र नुमाफुङका निर्देशक को हुन् ? नवीन सुब्बा   
– महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमा आधारित चलचित्रमा मुना र मदनको भूमिको कसले निभाएका थिए ? क्रमशः दीपक त्रिपाठी र उषा पौडेल
– नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्रका निर्देशक को हुन् ? डीबी परियार 
– अभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र कुन हो ? गोपी कृष्ण 
– नेपालमै बनेको पहिलो पौराणिक चलचित्र कुन हो ? श्री स्वस्थानी 
– आधिकारिक रूपमा पहिलो नेपाली चलचित्रका नायक कसलार्ई मानिन्छ ? शिवशंकर मानन्धर 
– आधिकारिक रूपमा पहिलो नेपाली चलचित्रकी नायिका को हुन् ? भुवनचन्द
– निजी क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र कुन हो ? माइतीघर  (२०७०, लो.से.आ.) 
– नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकार को हुन् ? शान्ति ठटाल (चलचित्र परालको आगो )
– नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिलाको हुन् ? शान्ता नेपाली 
– तामाङ भाषाको पहिलो चलचित्र कुन हो ? सेमरीछोरङान् 
– नेपालमा निर्मित पहिलो रंगीन चलचित्र कुन हो ? कुमारी (२०३४) 
– द्वन्द्व निर्देशन गरिएको पहिलो चलचित्र कुन हो ? जीवनरेखा 
– पहिलो सिनेमास्कोप चलचित्र कुन हो ? राँको  (वि.सं. २०५०)  
– ओस्कारको स्पर्धामा छानिने नेपालको पहिलो चलचित्र कुन हो ? क्याराभान (वि.सं.२०५७) 
– नेपालको पहिलो डिचिटल चलचित्र कुन हो ? कागवेनी (वि.सं. २०६४) 
– राष्ट्रिय चलचित्र दिवश कहिले मनाइन्छ ? असोज १ 
 



 साहित्य 
साहित्यले कथा, कविता,  गजल,  उपन्यास, निवन्ध,  नाटक  आदि सबैलाई समेट्दछ । साहित्य शव्दको क्षेत्र व्यापक र विस्तृत रहेको छ  । नेपाली साहित्यको काल  विभाजन सम्बन्धमा विभिन्न साहित्य इतिहासकारहरूले आ–आफ्ना धारणा राखेका छन् । अधिकंश विद्वान्हरूको धारणा हेर्दा नेपाली साहित्यको विकास र विस्तारलाई तीन  कालमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ। 
(क)  प्राथमिक काल : प्रारम्भदेखि वि.सं. १९३९ 
(ख)  माध्यमिक काल : वि.सं. १९४० देखि १९७४ सम्म 
(ग)  आधुनिक काल : वि.सं. १९७५ देखि हालसम्म 
 
(क)  प्राथमिक काल :  प्रारम्भदेखि वि.सं. १९३९
• प्रारम्भदेखि वि.सं. १९३९ सालसम्म, शुरुदेखि मोतीराम भट्टको समय तथा श्रृङ्गारकाल शुरुआत हुनुपूर्वको समय यस कालमा आउँछ । 
• यस अवधिमा विभिन्न अभिलेखहरू  (शिलापत्र,  ताम्रपत्र,  कनकपत्र आदि ) र प्राचीन हस्तलिखित ग्रन्थहरू समेतको समय पनि पर्दछ ।
• नेपाली साहित्य लेखनको प्रारम्भ पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानसँगै भएको थियो । सो समयताका साहस, पराक्रम, वीरता र पुरुषार्थको कवितात्मक अभिव्यक्तिबाट नेपाली साहित्यको शुरुवात भएको पाइन्छ  । 
• सुवानन्द दास नेपालका पहिला कवि मानिन्छन् ।
• कवि सुवानन्द दासद्वारा लिखित पृथ्वीनारायण शाह कविता र वि.सं. १८३१ मा देखा परेको दिव्योपदेश नै नेपाली साहित्यका पद्य र गद्यका पहिला रचना मानिन्छन्  सो समयका समकालीन कविहरूमा  :  शक्तिवल्लभ अर्याल,  उदयानन्द अर्याल,  सुन्दरानन्द बाँडा,  गुमानी पन्त आदि देखिएको पाइन्छ  ।
• वीरधाराकालपछि  साहित्यमा भक्तिकाल शुरु भएको देखिन्छ । भक्तिधारामा पनि कृष्ण भक्तिधारा, राम भक्तिधारा र निर्गुण भक्तिधारा गरी तीन छुट्टाछुट्टै क्रममा बाँडिएको पाइन्छ  । 
• कृष्ण भक्तिधाराका कविहरूमा इन्दिरस, विद्यारण्य केशरी,  वसन्त शर्मा, यदुनाथ पोखरेल,  वीरशाली पन्त,  पतञ्जली गजु¥याल,  विद्यापति  आदि हुन् । 
• रामभक्ति धाराका कविहरूमा भानुभक्त आचार्य,  रघुनाथ पोखरेल प्रसिद्ध छन् ।
• निर्गुन भक्ति धारामा अगम दिलदास, अखण्ड दिलदास, ज्ञान दिलदास आदि सन्त कविहरू पर्दछन् । 

(ख)  माध्यमिक काल :  वि.सं. १९४० देखि १९७४ सम्म  
• नेपाली साहित्यको माध्यमिककाल मोतिराम भट्टको उदय देखि “सुक्तिसिन्धु” को प्रकाशनसम्मको समय हो । 
• यो समय विलासी राणाहरूको युग भएकोले तत्कालीन साहित्यमा पनि त्यसको प्रभाव पर्न गई श्रृङ्गारिक काव्य, कविताहरूको सिर्जना भएको देखिन्छ। 
• नेपाली साहित्यको माध्यमिककाललाई मोतिराम भट्टकाल भनेको पनि पाईन्छ । 
• मोतिराम भट्टले छोटो समयमा नै नेपाली साहित्यमा ठूलो योगदान पु¥याएका थिए । उनले वि.सं. १९४३ सालमा आफ्नै सम्पादकत्वमा  “गोरखा भारत जीवन” नामक साहित्यिक पत्रिका प्रकाशन गरेका थिए भने  राणाकालको त्यस चरमोत्कर्ष दमन कालमा पनि उत्कृष्ट रचनाहरू रचिएका थिए  ।
• यस कालका प्रमुख साहित्यकारहरूमा :– मोतिराम भट्ट लगायत शम्भुप्रसाद ढुंगेल,  गोपीनाथ लोहनी,  चक्रपाणी चालिसे,  सोमनाथ सिग्द्याल,  गिरीशवल्लभ जोशी,  रामप्रसाद सत्याल, पहलमान सिंह स्वाँर आदि पर्दछन्  । 
• माध्यमिक काललाई पूर्व मध्यकाल  (भक्ति साहित्य) र  उत्तर मध्यकाल श्रृङ्गार साहित्य) गरी २ भागमा विभाजन गरिएको पाइन्छ । भक्ति धारमा पनि  (कृष्ण भक्ति धारा,  राम भक्ति धारा र निर्गुण भक्ति धारा) तीन प्रकारका साहित्यिक रचनाहरूको विकास भएको पाईन्छ  ।
 
(ग)  आधुनिक काल :  वि.सं. १९७५ देखि हालसम्म 
• कवि शिरोमणि लेखनाथ पौड्यालको आगमनसँगै नेपाली साहित्यमा आधुनिक कालको शुरुवात भएको मानिन्छ  । 
• कवि शिरोमणि लेखनाथ पौड्यालको  “ऋतुविचार” काव्य (वि.सं. १९७३) प्रकाशित भएपछि नेपाली कवितामा आधुनिक कालको शुरुवात भएको मानिन्छ ।
• त्यस्तै नाट्य सम्राट बालकृष्ण समको “मुटुको व्यथा” नाटक  (वि.सं. १९८५), सरदार रुद्रराज पाण्डेको “रूपमती” उपन्यास (वि.सं. १९९१),  कथाकार गुरूप्रसाद मैनालीको “नासो” कथा  (वि.सं. १९९२), महाकवि लक्ष्मीप्रसाद देवकोटाको  “असारको पन्ध्र” निबन्ध  (वि.सं. १९९२),  वि पी कोइराला अर्थात विश्वेश्वरप्रसाद कोइरालाको “दोषी चस्मा” कथा, पुष्कर शमशेरको लक्ष्यहीन एकाङ्की र नाट्य सम्राट बालकृष्ण समको  “बोक्सी”  प्रकाशन भएपछि नेपाली साहित्यमा आधुनिककाल शुरु भएको कुरालाई  प्रखररूपमा प्रकट गरेको मान्न सकिन्छ । 
• नेपाली साहित्यले वि.सं. २००७ सालपछि तीव्र गति तथा उचाई लिँदै आएको पाइन्छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना,  मदन पुरस्कारको स्थापना लगायतका गतिविधिले पनि साहित्यको सम्वृद्धिमा योगदान पु¥याएको पाइन्छ । नेपाली कवितामा थालिएको वि.सं. २०१६ —२०१७ सालतिरका आयामेली आन्दोलनले नेपाली साहित्यलाई झनै नयाँ मोड दिएको छ  । 
 
नेपाली भाषाका केही साहित्यकार र तिनका प्रमुख कृतिहरू 

 
नेपालका केही साहित्यकारहरूको विशेष उपाधि
 
नेपालका केही साहित्यकारहरूको उपनाम
 
बस्तुगत प्रश्नोत्तर 
– चित्तधर हृदय कुन भाषाका कवि हुन् ? नेपाल भाषा 
– “हिमालपारि हिमालवारि” नामक गीतिनाटकका लेखक को हुन् ? माधव घिमिरे 
– “अक्षराङ्क शिक्षा” कसले लेखेका हुन् ? जयपृथ्वीबहादुर सिंह 
– मुटुको व्यथा नाटक सर्वप्रथम कहिले प्रकाशन भएको हो ? वि.सं.१९८६ 
– सेतो बाघका लेखक को हुन् ? डायमण्ड शमशेर 
– सीतायान महाकाब्यका लेखक को हुन् ? डा.रमेशचन्द्र अधिकारी 
– सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरूवात कहाँबाट भएको थियो ? बनारस
– नेवारी साहित्यका महाकवि को हुन् ? सिद्धिदास अमात्य 
– नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ? ३ 
– “जीवन काँडाकि फूल” कृति कुन महिला साहित्यकारको हो ? झ्मक घिमिरे  (२०७०, लो.से.आ.) 
– नेपाली साहित्यमा सबैभन्दा बढी विक्री भएको कृति कुन हो ? मुनामदन
– साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ? नेवारी 
– नेपाली भाषामा लेखिएको पहिलो रचना पृथ्वीनारायण शाह नामक कविता थियो भने पहिलो नाटक कुन हो ? हांस्य कदम्ब    
– अक्षराङ्क शिक्षा कसले लेखेका हुन् ? जयपृथ्वीबहादुर सिंह
– नेवार भाषाको लिपीलाई के भनिन्छ ? रञ्जना 
– नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ? जे.एएटन
– जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ? प्राकृत व्याकरण 
– नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश नेपाली शव्दसागरका लेखक को हुन् ? वसन्तकुमार शर्मा  नेपाल 
– नेपाली साहित्यको प्राथमिककाल भन्नाले कतिदेखि कतिसम्मको अवधिलाई चिनिन्छ ? प्रारम्भदेखि   
– वि.सं. १९३९ सम्म नेपाली साहित्यको पहिलो कृतिको रूपमा कुनलाई मानिन्छ ? पृथ्वीनारायण शाह
– जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली कुन हो ? मुगल र राजपुत शैली  (२०७३,लो.से.आ.)   
– नेपाली साहित्यको प्राथमिककालको राम्रो सिर्जना मानिने तनहुँ भकुण्डो कृति कसले रचना गरेका हुन् ? शक्ति बल्लभ अर्याल
– नेपाली साहित्यको प्राथमिककाल वीर र भक्ति धारसँग सम्बन्धित काल हो भने माध्यमिक काल मूलतः कुन साहित्यिक धारासँग सम्बन्धित काल हो ? श्रृंगारिक धारा 
– नेपाली साहित्यको श्रृंगारिक धाराका अगुवा व्यक्ति कसलाई मानिन्छ ? मोतिराम भट्ट
– वि.सं. १९७७ सालमा लेखिएको “मकैको खेति” नामको कृति कसले लेखेका हुन् ? सुब्बा कृष्णलाल अधिकारी
– देहाय मध्ये कसको उपनाम सम्बन्धी विषय सत्य छैन । 
क) गोठाले– गोविन्दबहादुर मानन्धर  
ख) वादेपा– बालमुकुन्द पाण्डे 
ग) पारिजात– विष्णु कुमारी वाइवा 
घ) माथिका सबै ठिक छन् 
– राल्फा कवि कुन साहित्यकारको विशेष उपाधि हो ? मेघराज नेपाल 
– लाहुरे उपनाम कुन साहित्यकारको हो ? सूर्यविक्रम ज्ञवाली 
– अशेष मल्लद्वारा लिखित प्रथम कृति विसंगीत, गोपाल पराजुलीद्वारा लिखित प्रथम कृति चरित्र रक्षा हो भने साहित्यकार मोहन कोइरालाले लेखेको प्रथम कृति कुन हो ? लेक 
– देहाय मध्ये कुन साहित्यकारको नाम उपनाम सम्बन्धी भनाइ बेठीक छ ? 
क) लीलानटेश्वर बराल – इश्वर बराल  
ख) गोपाल पाँडे – असीम 
ग) अभिनारायण सुवेदी – अभि सुवेदी 
घ) उल्लिखित सबै ठीक छन् 
– गोठाले उपनाम कुन साहित्यकारको हो ? गोविन्दबहादुर मल्ल
– खेताला फणिन्द्रराज भट्टराईको, जिताली बमबहादुर थापाको र प्रवासी हरिभक्त कटुवालको उपनाम हो भने प्रेरणा कुन साहित्यकारको उपनाम हो ? गोविन्द गिरी 
– ‘सहनशीला सुशिला’ कृतिका रचनाकार को हुन् ? भीमनिधि तिवारी  (२०७१, लो.से.आ.) 
– अन्त स्पन्दन  कोद्वारा लिखित कृति हो ? रमोला देवी शाह
– चट्याङ मास्टर कुन साहित्यकारको उपनाम हो ? कृष्ण मुरारी गौतम 
– जोडा मिलाउनुहोस् ।              (२०७३,लो.से.आ.) 
(क) भिमनिधी तिवारी                 — सहनशिला शुशिला 
(ख) कृष्ण धारावासी                   — राधा 
(गा) विपी कोइराला                    — सुम्निमा 
(घ) सिद्धिचरण श्रेष्ठ                    — उर्वशी
– कविता चचा, सञ्चय र विकिर्ण चीन्तन कसका कृति हुन् ? कुमार बहादुर जोशी
– स्रष्टा र साहित्य, अनुभव र अनुभूति कुन साहित्यकारका साहित्यिक सिर्जना हुन् ? उत्तम कुँवर
– कालो अक्षर, पर्खदै बित्ला कि ? उखान मिलेन, भन्ने कुरा, यस्तो पनि, कागतीको सिरप कोद्वारा लिखित साहित्यिक कृति हुन् ? कमलमणि दीक्षित
– सोमाक्स सञ्जय घिमिरेको उपनाम हो भने सञ्जय थापा कसको उपनाम हो ? प्रदीप नेपाल 
– देहायका साहित्यकारहरू मध्ये कुन साहित्यकारको उपनाम सम्बन्धी भनाइ ठीक छ ? 
क) इश्माली – महेश पौडेल 
ख) तृषीत – राममान श्रेष्ठ
ग) डिपी अधिकारी – दुर्गा प्रसाद अधिकारी 
घ) उल्लिखित सबै ठीक छन्
– दुवसु क्षेत्री कुन कलाकार वा साहित्यकारको उपनाम हो ? दुर्गावहादुर सुवेदी 
– कविता कुसुम, आज को सित, अमरज्योति, साँचो प्रेम, प्रतिभै प्रतिभा, बादल फाटेपछि जस्ता कृति कुन साहित्यकारद्वारा रचना गरिएका कृति हुन् ? घटराज भट्टराई
– “नासो” कथा सङ्ग्रह कुन साहित्यकारको हो ? गुरूप्रसाद मैनाली
– देहायका मध्ये कुन साहित्यकारको नाम, उपनाम सम्बन्धी भनाइ ठीक छ ? 
क) जुठबहादुर खड्गी –जेबी टुहुरे 
ख) देवीप्रसाद पौडेल – केवलपुरे किसान  
ग) वेदव्यास उपाध्याय न्यौपाने– निर्मोही व्यास  
घ) उल्लिखित सबै ठीक छन् 
– जनशत्री जगन्नाथ त्रिपाठीको उपनाम हो भने रामकुमार पाँडेको उपनाम के हो ? बतासे काका 
– मास्टर रत्नदास प्रकाशको, असिम गोपाल पाण्डेको र रूपवासी बालकृष्ण पोखरेलको उपनाम हो भने काँचुली कुन साहित्यकारको उपनाम हो ? मञ्जु तिवारी सेतो बाघ, सत्प्रयास, अनिता,  
– धनको धब्बा, प्रतिबद्ध जस्ता उपन्यास कुन साहित्यकारका हुन् ? डाइमण्ड शमशेर ज.ब.रा. 
– देहायका मध्ये कुन नाटक गोपाल प्रसाद रिमालले लेखेका हुन् ? 
क) मसान  ख) आमाको सपना   ग) यो प्रेम      घ) माथिका सबै 
– सारंगी बोकेको समुद्र्र मोहन कोइरालाको साहित्यिक कृति हो भने सुतेको समुद्र्र कसको कृति हो ? गोविन्द गिरी   
– घाउको सत्र चक्का कसले लेखेको कृति हो ? दौलतविक्रम विष्ट 
– “यो प्रेम” गोपाल प्रसाद रिमालद्वारा लिखित नाटक हो भने “प्रेम” कुन साहित्यकारको कृति हो ? रूद्रराज पाण्डे 
– हिमचुली, रक्तिम छ, लेक, सारंगी बोकेको समुद्र्र, नदी किनारका माझी, निलो मह, ऋतु नियन्त्रण जस्ता साहित्यिक कृति कुन साहित्यकारले लेखेका कृति हुन् ?  मोहन कोइराला 
– जयभूँडी, काउकुती, गलवन्दी, इतिश्री, दस अवतार, राष्ट्रिय आव्हान, उपवन, छायांकन, प्रवेशिका निवन्ध, विरहीमान कसका कृति हुन् ? भैरव अर्याल 
– “भानुभक्तको जीवन चरित्र” कसको कृति हो ? मोतिराम भट्ट
– आवर्त, गुन केशरी, मैया साहेब, छायाँ, पाइप नं २, परिष्कार, आगत, आवन्तर आदि कुन साहित्यकारले रचना गरेका साहित्यिक कृति हुन् ? भवानी भिक्षु
– एक लाख रूपैयाँको चोरी कुन साहित्यकारको रचना गरेको साहित्यिक कृति हो ? पहलमान सिंह स्वाँर 
– रामगीता कसको कृति हो ? भानुभक्त आचार्य 
– साहित्य लेखनका हिसाबले नेपाली पछि दोस्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ? नेवारी 
– पाँच पौरखी पुरुष, नेपाली मुहावरा, टिपनटापन, बटुलबाटुल, बुद्ध चरित्र कुन साहित्यकारका रचना हुन् ? पारसमणी प्रधान 
– नेपाली साहित्यको प्रथम वियोगान्त नाटक “अटलबहादुर” कुन साहित्यकारले लेखेका हुन् ? पहलमानसिंह स्वाँर 
– घुम्ने मेचमाथि अन्धो मान्छे कुन साहित्यकारको साहित्यिक कृति हो ? भूपी सेरचन 
– लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित साहित्यिक कृतिहरू मध्ये चम्पा कुन विधासँग सम्बन्धित एक मात्र साहित्यिक कृति हो ? उपन्यास 
– मेरी उषा, पानी गल्दैन, एउटा यस्तो फूल चाहिन्छ, केही कविता केही गीत, अपमानित आस्था, संरक्षण कसका कृति हुन् ? वासु शशी 
– बैकुन्ठ एक्सप्रेस, च्याँखे, धर्ना, पुछारको पातो, कोर्रा, जीवन्त यात्रा आदि कुन साहित्यकारका रचना हुन् ? मोहनराज शर्मा 
– बेलाईततिर बरालिदा तारानाथ शर्माको कृति, बेलायत यात्रा पारसमणि प्रधानको कृति हो भने जंगबहादुरको बेलाईत यात्रा कसको कृति हो ? कमलमणि दीक्षित 
– गौरी (शोक काव्य) माधवप्रसाद घिमिरेको हो भने गौरी (नाटक) कुन साहित्यकारको हो ? लेखनाथ पौडेल
– “शब्द बिद्या” नामक ग्रन्थका रचनाकार को हुन् ? अशुबर्मा 
– सुनगाभा, सोधाइ र जवाफ, उकुसमुकुस, कानेखुसी, फुटेको ऐना, शान्ति सेना जस्ता  साहित्यिक कृति कुन साहित्यकारका कृति हुन् ? बालकृष्ण पोखरेल 
– ऋतु विचार, बुद्धि बिनोद, सत्यकली, संवाद, गीताञ्जली, गौरव (नाटक) जस्ता  साहित्यिक कृति कुन साहित्यकारका कृति हुन् ? लेखनाथ पौडेल 
– आज रमिता छ, विपना कतिपय, टिपेका टिप्पणीहरू, कथास्था, कठपुतलीको मन कुन साहित्यकारका रचना हुन् ? इन्द्रबहादुर राई 
– लङ्गडाको साथी, मुलुकबाहिर, माइतिघर, रेम्ब्रान्ट, स्पेनको सम्झ्ना कुन साहित्यकारले रचना गरेका साहित्यिक कृति हुन् ? लैनसिंह वाङ्देल 
– जलेको प्रतिविम्ब, रोएको प्रतिध्वनि, आँशु, युद्ध र योद्धा, याद, आत्मकथा, जीवन गीत, जस्ता साहित्यिक कृति कुन साहित्यकारका साहित्यिक रचना हुन् ? अगमिसिंह गिरीका 
– सयपत्री, आख्यानको उद्भव, हिमाल चुली, झ्यालबाट जस्ता साहित्यिक कृति कुन साहित्यकारका साहित्यिक रचना हुन् ? डा. इश्वर बराल
– स्वः कवि ईश्वर वल्लभ कुन साहित्य आन्दोलनका अगुवा मानिन्छ ? आयामेली 
– कालो सूर्य, रातो घाम, व्यूहचक्र, पचास प्रसङ्ग कसका कृति हुन् ? भरत जंगम 
– रचना केशर, व्याकरणको सवाई, हृस्व दीर्घको सवाई, सुनिती, विवाह कुन साहित्यकारले रचना गरेका साहित्यिक रचना हुन् ? गोपाल पाँडे असिम
– अनुवाद, चन्द्रिका, मध्य चन्द्रिका, साहित्य प्रदिप, आदर्श राघव कुन साहित्यकारले रचना गरेका साहित्यिक रचना हुन् ? सोमनाथ सिग्देल 
– साहित्य लेखनमा नेपालीपछि दोस्रो भाषा कुन हो ? मैथिली  (२०६९,लो.से.आ.) 
– आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्, फूलपात र पत्कर, केही भूमिकाहरू कुन साहित्यकारले रचना गरेका सिर्जना हुन् ? इश्वर बल्लभ
– स्रष्टा र साहित्य, अनुभव र अनुभूतिहरू कुन साहित्यकारले रचना गरेका सिर्जना हुन् ? उत्तम कुँवर 
– ऋतु विचार, बुद्धि बिनोद, तरूण तपसी, सत्यकली, संवाद, लक्ष्मी पूजा, लालीत्य प्रथम र द्वितीय भाग, गीताञ्जली, सत्य स्मृति जस्ता साहित्यिक कृति कुन साहित्यकारका साहित्यिक रचना हुन् ? लेखनाथ पौडेल
– धनको धब्बा, अनिता, सत्प्रयास, सेतो बाघ, वसन्ती, प्रतिवद्ध कुन साहित्यकारका साहित्यिक रचना हुन् ? डायमण्ड शमशेर राणा 
– फुटेको ऐना, कानेखुसी, उकुसमुकुस, सुनगाभा, शान्ति सेना, सोधाइ र जवाफ कुन साहित्यकारका साहित्यिक रचना हुन् ? बालकृष्ण पोखरेल 
– रूपमती, चम्पाकाजी, प्रेम प्रायश्चित कुन साहिकारका साहित्यिक कृति हुन् ? रूद्रराज पाण्डे 
– प्रसिद्ध कृति दास क्यापिटल कसको कृति हो ? कार्ल माक्र्स  (२०७२, लो.से.आ.) 
– ब्रहृमपुत्रको छेउछाउ, तीनदसक, बीस अभिव्यक्ति, बसाई, अतृप्त, दोबाटो, आसाममा नेपाली भाषाको साहरो गाहरो कुन साहित्यकारका साहित्यिक रचना हुन् ? लीलबहादुर क्षेत्री 
– तलका साहित्यिक रचना कुन खप्तड स्वामीका होइनन् ? 
क) कल्पना   ख) धर्म विज्ञान भाग  ग) स्वास्थ्य विज्ञान    घ) विचार विज्ञान 
– टपरी, भोक तृप्ती, सेतो बिरालो, झ्झ्ल्को, एकादशी, प्रलय प्रतिक्षा कृति कुन साहित्यकारका साहित्यिक रचना हुन् ? देवकुमारी थापा
– श्वेत भैरवी, मधेसतिर, पवित्रा, कर्णेलको घोडा जस्ता साहित्यिक रचना कसका हुन् ? बिपी कोइराला
– रातको आँशु, अन्तरध्वनी, पतकर, उपहार कुन साहित्यकारका सिर्जना हुन् ? श्यामदास वैष्णव 
– "My Land and my people" नामक पुस्तक कसले लेखेका हुन् ? दलाई लामा  (२०६८, लो.से.आ.) 
– कारागार, मेरो आविश्कार, जीवन थायमरू, एउटा जिउँदो जंगबहादुर कुन साहित्यकारका साहित्यिक रचना हुन् ? बानिरा गिरी 
– मानव महाकाव्य मोदनाथ प्रश्रितद्वारा लिखित कृति हो भने मृत्युञ्जय महाकाव्य कुन साहित्यकारको साहित्यिक रचना हो ? भानुभक्त पोखरेल
– जोडा मिलाउनुहोस् ।    (२०७०,लो.से.आ.) 
समूह (Group) I (पुस्तक) Book  समूह (Group) II (लेखक) (Author) 
a. संकल्प                   1.  योगी नरहरिनाथ 
b. इतिहास प्रकाश                   2.  झमक घिमिरे 
c. आधी आकाश                   3.  पारिजात 
d. जेल जर्नल                           4.  बी.पी. कोइराला        उत्तरः   a-2, b-1, c-3, d-4 
– ख्याल–ख्याल, बाबुको बिहे, सिङ न पुच्छर, ताल बेताल कुन साहित्यकारका साहित्यिक रचना हुन् ? रामकुमार पाँडे 
– मपाइँ, जदौ, कायन बाचा कुन साहित्यकारका साहित्यिक रचना हुन् ? श्याम गोतामे 
– Ancient Nepal, Medium Nepal, Modern Nepal डिल्लीरमण रेग्मीले लेखेका हुन् भने  Faces of – Nepal कसले लेखेका हुन् ? डा. हर्क गुरुङ
– बाह्रौं खेलाडी, हिउँको तन्ना, आख्यान, विसर्जन कुन साहित्यकारका साहित्यिक रचना हुन् ? लोकेन्द्रबहादुर चन्द 
– आवर्तन, उत्सर्ग प्रेम, पूर्व कथा, द्वन्द्वको अवसान, हाम्रा पूर्खाहरू कसका साहित्यिक रचना हुन् ? राजेश्वर देवकोटा  
– “प्राचीन किराँत जातिको इतिहास” स्वामी प्रपन्नाचार्यको कृति हो भने हाम्रो  “लोक संस्कृति” कुन साहित्यकारको कृति हो ? सत्यमोहन जोशी 
– देहायको कुन रचना र रचनाकार सम्बन्धी कुरा ठीक छ ? 
क) अर्थशास्त्र – कौटिल्य         ख) पञ्चतत्व – विष्णु शर्मा               ग) अष्टाध्यायी – पाणिनी        घ) उल्लिखित सबै ठीक छन् 
– महाभारत, श्रीमद्भागवत गीता, अष्टादश पूराण महर्षी वेदव्यासद्वारा रचना गरिएको संस्कृत साहित्यसँग सम्बन्धित कृति हुन् भने रघुवंशम् महाकाव्य, – कुमार सम्भवम् महाकाव्य, मेघदूतम् जस्ता संस्कृत साहित्यसँग सम्बन्धित विधा कसका हुन् ? महाकवि कालिदास 
– समयको तस्विर कसको कृति हो ? शारदा शर्मा
– म महेश कसको कृति हो ? पूर्व उद्योग मन्त्री महेश बस्नेत 
– “जीवन काँडा कि फूल” कृति साहित्यकार झ्मक घिमिरेको हो भने “अर्जुनदृष्टि” नामक लघुकथा सङ्ग्रह कसको हो ? डा. रवीन्द्र समीर  
– “नेपाल थर्काइदिने १९” दिन कसको कृति हो ? अरविन्द रिसाल 
– चिसो चुल्हो का लेखक को हुन् ? वालकृष्ण सम
– गुन केशरीका लेखक को हुन् ? भवानी भिक्षु
– List-I/List-II बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् 
सूची (List-I)           सूची (List-II) 
a. अमर न्यौपाने  1. अन्तर्मनको यात्रा 
b. कृष्ण धरावासी  2. पल्पसा क्याफे 
c. जगदीश घिमिरे 3. राधा
d. नारायण वाग्ले  4. सेतो धरती            उत्तर : a-4, b-3, c-1, d-2 
– “सगरमाथाको नृत्यमग्न आत्मा” कसको कृति हो ?       मोमिला जोशी नेपालका माइकल एन्जेलो भनेर कसलाई चिनिन्छ ? वेखाराज 
– “सेटानिक भर्सेस” का लेखक सलमान रूस्दी हुन् भने “लज्जा” उपन्यासकी लेखिका को हुन् ? तसलिमा नसरिन   
– In the Life of Fire नामक पुस्तकका लेखक को हुन् ? परवेज मुसर्रफ
– “मेरो म” नामक पुस्तक कसको बारेमा लेखिएको हो ? कृष्णप्रसाद भट्टराई 
– कलेज गर्ल, प्रेम र सपना, तरूनी छोरी, नाठो, एक अञ्जुली श्रद्धाञ्जली, खैरेनीघाट, कौसीको फर्सी, कलाकार, दुई ड्राइभर, दुर्दमनीय, म पिउन – अखबारको, दोसाँध कुन साहित्यकारका साहित्यिक रचना हुन् ? शंकर लामिछाने 
– छिन्नलता कुन साहित्यकारको उपनाम हो ? रमोला देवी शाह 
– २०७० सालको मदन पुरस्कार कसलाई प्रदान गरिएको हो ? राधा पौडेल  (२०७२, लो.से.आ.) 
– महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो ? त्रिभुवन प्रज्ञा पुरस्कार 
– भोको घरका लेखक को हुन् ? गोविन्दबहादुर गोठाले 
– साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ? वि.सं. २०२६ सालदेखि 
– गौरीका लेखक को हुन् ? माधव प्रसाद घिमिरे 
– चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ? सरुभक्त   
– मानव न्यायशास्त्रका लेखक को हुन् ? जयस्थिति मल्ल 
– “शिरिषको फूल” नामक कृतिको लेखिका को हुन् ? पारिजात
– सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ? ओखलढुङ्गा
– “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? कृष्णमुरारी गौतम 
– बैकुण्ठ एक्सप्रेसका लेखक को हुन् ? मोहनराज शर्मा
– “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन” कृति कसले लेखेका हुन् ? भगेश्वर पंगेनी 
– बान्तवा भाषाकै पहिलो खण्डकाव्य ‘हेच्छाकुवा’ कृतिका लेखक को हुन् ? रमेश तेन्चिपा
– ‘लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन् ? कवि शिरोमणि लेखनाथ पौड्याल 
– जोडा मिलाउनुहोस् ।            (२०७२, लो.से.आ.) 
समूह A          समूह B 
a. भवानी भिक्षु         1. उर्वशी 
b. सिद्धिचरण श्रेष्ठ 2. पल्पसा क्याफे 
c. नारायण वाग्ले  3.  मेरो बयासी गजल 
d. भीमनिधि तिवारी  4. गुनकेशरी             उत्तरः a-4, b-1, c-2, d-3   
– बाङ्मय सूची कसले प्रकाशन गर्दछ ? नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान 
– ‘बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित छ ? संगीतसम्बन्धी पत्रिका
– नेपाली साहित्यमा महाकवी भन्नाले लक्ष्मीप्रसाद देवकोटा भन्ने बुझिन्छ भने युगकवि भन्नाले कुन कविलाई बुझाउँछ ? सिद्धिचरण श्रेष्ठ
– नेपाली भाषाको लिपी कुन हो ? देबनागरी 
– नेपालभित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो ? सुधा सागर 
– प्रसिद्ध नेवारी उपन्यास गँकीका लेखक को हुन् ? धुँस्वा सायमी 
– सत्कर्म रत्नावली कसको कृति हो ? गिर्वाण युद्ध विक्रम शाह 
– वि.सं. २०७२ को पद्मश्री पुरस्कार कथाकार “उपेन्द्र सुब्वा” को कुन कृतिले पाएको थियो ? लाटो पहाड 
– मोहन मैनालीको कुन कृतिले २०७२ सालको पद्मश्री पुरस्कार प्राप्त गरेको थियो ? मान्ठा हराएको जुग 
– २०७१ को मदन पुरस्कार वि.सं.२०७२ मा कसलाई प्रदान गरिएको हो ? विजयकुमार पाण्डे (“खुसी” कृतिका लागि )
– समृद्ध नेपाल कसको कृति हो ? रविन्द्र अधिकारी 
– फिरफिरे कसको कृति हो ? बुद्धिसागर 
– पाञ्चायन देवता र सद्गरु तथा नवग्रहको बारेमा निष्ठापूर्वक सम्झने प्रयास गरिएको र सर्गयुक्त कृति “वेदान्त बाटिका” कसले लेखेको हो ? प्रा. शिवगोपाल रिजाल
– चर्चित कृति “कर्णालीब्लुज” तथा “फिरफिरे” उपन्यासका लेखकको हुन् ? बुद्धिसागर       
– छुटेको पाइला नामक कृतिको लेखक को हुन् ? बुलु शर्मा सत्याल
– जेलमा बीस वर्ष, सौगात र सम्झना, सहिद, मैना दाइ नामक कृतिको लेखक को हुन् ? खड्गमान सिंह 
– नेपालका साहित्यसँग सम्बन्धित प्रथम हस्तलिखित ग्रन्थ कुन हो ? भास्वती  (२०७१, लो.से.आ.)

नेपाल राज्यको तर्फबाट प्रदान गरिने मान पदवी अलङ्कार तथा पदकहरू 
मानपदवी अलङ्कार तथा पदकप्रदान गर्न विभुषण ऐन, २०६४ व्यवस्था भई २०६४/०४/३२ देखि कार्यान्वयनमा आएको विभुषण सम्बन्धी व्यवस्था अनुसार मानपदवी ४ वटा, अलङ्कार ९ वटा र पदक १३ वटा रहेका छन् ।
 
क)  मानपदवी 
१)  नेपाल रत्नमान पदवी (श्रेणी विभाजन नगरिएको नेपालको सर्वोच्च विभुषण, यस मान पदवीको आदर्श वाक्य राष्ट्रोत्थानको विन्दु राष्ट्र प्रेम रहेको ) 
२)  राष्ट्र गौरव मानपदवी (श्रेणी विभाजन नगरिएको नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा उचो बनाउनेलाई प्रदान गरिने यो मान पदवीको माथिल्लो भागमा राष्ट्र गौरव र तल्लो भागमा आदर्श वाक्य माता समान मातृभूमि लेखिएको ) 
३)  राष्ट्रदीप मान पदवी (पाँच श्रेणीमा विभाजित यो मान पदवीमा राष्ट्रभक्ति अमूल्य भक्ति लेखिएको) । 
४)  जनसेवा श्री (पाँच वटा श्रेणीमा विभाजन गरिएको यस मान पदवीमा उल्लेखित आदर्श वाक्य सेवा नै परम धर्म रहेको) । 
 
ख)  अलङ्कार 
१)  राष्ट्र यशोवर्द्रधक (आदर्श वाक्य योगक्षेप बृहत लेखिएको) 
२)  परम पौरख भास्कार अलङ्कार (आदर्श वाक्य उत्साह शक्ति अनुपम शक्ति लेखिएको) 
३)  नेपाल प्रताप सुभूषण अलङ्कार (आदर्श वाक्य विजयी श्री उत्तम लेखिएको) ४)  नेपाल सेवा प्रवीण अलङ्कार (आदर्श वाक्य सेवाधर्म परम गहन लेखिएको) 
५)  अति पौरख भाष्कर अलङ्कार (आदर्श वाक्य पुरुषार्थमा सेवा लेखिएको) 
६)  नेपाल प्रतापआभुषणअलङ्कार (आदर्श वाक्य शाहसीको शिर उच्च लेखिएको) 
७)  समाज सेवा रत्नअलङ्कार (आदर्श वाक्य राष्ट्रका लागि जागौं लेखिएको) 
८)  महा पौरख भाष्कर अलङ्कार (आदर्श वाक्य चम्कन्छ पुरुषार्थ लेखिएको) 
९)  नेपाल प्रताप भुषण अलङ्कार (आदर्श वाक्य परित्राणाय साधू नाम लेखिएको) 


ग) पदक 
१)  लोकश्री पदक (आदर्श वाक्य स्वच्छ आचार, उच्च विचार लेखिएको) 
२) राष्ट्रसेवा पदक (२५ वर्ष सेवाअवधि पूरा गरेका निजामती कर्मचारी, नेपाली सेना वा प्रहरी जवान वा अधिकृत लाई प्रदान गरिने प्रथम श्रेणी र १२ वर्ष सेवा अवधि पूरा गरेका व्यक्तिहरूलाई प्रदान गरिने दोस्रो श्रेणी गरी ३ श्रेणीमा विभक्त यस पदकमा आदर्श वाक्य राष्ट्रसेवा सर्वोपरी लेखिएको 
३)  सत्कार्य पदक (यस पदकमा आदर्श वाक्य सर्वजन हिताय सुरक्षा लेखिएको)
४)  समाज सेवा पदक (यस पदकमा आदर्श वाक्य परोपकार परम पुण्याय लेखिएको) 
५) शिक्षा ज्योति पदक (यस पदकमा आदर्श वाक्य विद्यया मृतस्तुते लेखिएको) 
६) सगरमाथा पदक (यस पदकमा आदर्श वाक्य साहसीको शीर झुक्दैन लेखिएको) 
७) सुकीर्ति पदक (यस पदकमा आदर्श वाक्य कीर्तियस्य स जीवनी लेखिएको) 
८) वीरता पदक (यस पदकमा आदर्श वाक्य राष्ट्रप्रति समर्पण लेखिएको) 
९) सौर्य पदक(यस पदकमा आदर्श वाक्य आत्मबलमा शाहस लेखिएको) 
१०) प्राकृतिक प्रकोप पीडितोद्वार पदक (यस पदकमा आदर्श वाक्य आत्मबल सर्वभूतेषु लेखिएको) ११)  विकास रत्न पदक (यस पदकमा आदर्श वाक्य निस्वार्थ सेवा परायण लेखिएको) 
१२) शान्ति पदक (यस पदकमा आदर्श वाक्य शिव संकल्प मस्तु लेखिएको) 
१३) विज्ञान पदक (यस पदकमा आदर्श वाक्य विज्ञान प्रविधिआजको शक्ति लेखिएको)
 
बस्तुगत प्रश्नोत्तर
– नोबेल साहित्य पुरस्कारको राशि कति छ ? ६ लाख ९१ हजार पाउण्ड
– वातावरणको नोवेल पुरस्कार मानिने गोलडमान पुरुस्कारको राशी कति छ र कसरी वितरण हुन्छ ? ७५ हजार डलर र ६ वटा महादेशबाट १,१ जनालाई 
– पृथ्वी पुरस्कार, त्रिभुवन पुरस्कार र साझा पुरस्कार पाउने एउटै मात्र व्यक्ति को हुन् ? बालकृष्ण सम 
– साझा पुरस्कार कहिले स्थापना भयो ? वि.सं. २०२६ 
– जगदम्बाश्री पुरस्कार कहिलेदेखि वितरण गर्न थालियो ? वि.सं २०४५ 
– सर्वप्रथम पृथ्वी प्रज्ञा पुरस्कार पाउने को हुन् ? बालकृष्ण सम
– साझा पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ? भुपि शेरचन 
– पोल्सान पुरस्कार कहिले स्थापना भएको हो ? सन् १९९३ 
– म्यागासेसे पुरस्कार पाउने दोस्रो नेपाली को हुन् ? भारतदत्त कोइराला   
– नेपालको सबैभन्दा पूरानो मानपदवी कुन हो ? गोरखा दक्षिण बाहु (गो.द.वा.) 
– त्रासमा ईस्वरका लेखक को हुन् ? ठाकुर बेल्बासे 
– पहिलो पटक गरिवी निवारण पत्रकारिता पुरस्कार कस कसलाई प्रदान गरिएको थियो ? प्रभात भटराई, राजेश खनाल, उमापौडेल र गोविन्द के.सी. 
– कुन नेपालको राष्ट्रिय मान पदवीमा “मातासम्मान मातृभूमि” नाम लेखिएको छ ? राष्ट्रगौरव मानपदवी 
– रु. ५०,००० राशिको सामाना बैकिङ पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्ति को को हुन् ? डा. रमा वस्याल र स्व भरत भुर्तेल
– लोकतन्त्रपछि नेपालमा विदेशीलाई दिने सबैभन्दा ठूलो पदकको नाम के हो ? महाउज्ज्वल राष्ट्रदीप 
– मदनपुरस्कार तथा जगदम्बाश्री पुरस्कार प्रत्येक वर्ष कुन दिनमा प्रदान गरिन्छ ? घटस्थापनाको दिन
– राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार सामान्यतया कुन दिन प्रदान गर्ने गरिएको छ ? भानु जयन्तीको दिन 
– अन्तर्राष्ट्रिय पर्वतीय पुरस्कार (राशि रु २ लाख) को स्थापना कहिले भएको हो ? वि.सं. २०६० मा 
– ‘पृथ्वी’ पुरस्कारलाई कुन क्षेत्रसँग सम्बन्धित अति प्रतिष्ठित पुरस्कार मानिन्छ ? पत्रकारिता 
– क्षेत्रीय र राष्ट्रिय प्रतिभा पुरस्कार कति विधामा प्रदान गरिन्छ ? ४ विधामा 
– होलीको पूर्व सन्धमा मिथिला नाट्यकला परिषद (मिनाष) द्वारा कुन पुरस्कार प्रदान गरिन्छ ? माहामुर्ख पुरस्कर 
– एशियाको नोवेल पुरस्कार मानिने प्रतिष्ठित म्यागासेसे पुरस्कारको स्थापना कहिले भएको हो ? सन् १९५८ 
– विभूषण ऐन, २०६४ अनुसार सर्वसाधारणलाई प्रदान गरिने अलंकार कुन हो ? समाजसेवा रत्न, नेपाल सेवा प्रवीण, राष्ट्र यशोवद्र्धक
– तत्कालीन राजा महेन्द्रबाट धर्मराज थापाले कहिले  “जनकविकशेरी” को उपाधी प्राप्त गर्नु  भएको  हो ? वि.सं. २०१३ मा 
– एसियाको नोबेल पुरस्कार मानिने म्यागेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली स्व. महेशचन्द्र रेग्मी हुन् भने उनले सो पुरस्कार कहिले प्राप्त गरेका थिए ?  सन् १९७७ मा 
– पद्मश्रीसम्मान कुन कुन विद्यामा दिइन्छ ? साधना र साहित्य 
– वि.सं.२०६७ सालको मदन पुरस्कार प्राप्त गर्ने कृति कुन हो ? जीवन काँडा की फूल              (२०७०, लो.से.आ.) 
– देहायको मध्ये कुन नेपाल सरकारद्वारा प्रदान गरिने  बिभुषण हो ? 
क) मानपदवी   ख) अलंकार   ग) पदक   घ) माथिका सबै 
– लुम्बिनी विकास कोषद्वारा ५/५ वर्षमा प्रदान गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय पुरस्कारको राशि पहिलोपटक ५० हजार अमेरिकी डलर भएकोमा दोस्रो पटकदेखि कति बनाइएको छ ? १ लाख अमेरिकी डलर 
– भैरव स्मृतिसम्मानको पुरस्कार राशि कति रहेको छ ? २१ हजार रूपैयाँ 
– नेपाली रङ्मञ्च क्षेत्रको प्रतिष्ठित सर्वनाम पुरस्कार सर्वप्रथम प्राप्त गर्ने ब्यक्ति को हुन् ? नीर शाह
– आदिबासी राष्ट्र गौरव पुरस्कार कुन निकायले स्थापना गरेको हो ? आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान 
– पहिलो राष्ट्र गौरव मान पदवी कसलाई प्रदान गरिएको थियो ? सर्वोच्च नेता गणेशमान सिंह श्रेष्ठ 
– हरेक वर्ष भानुजयन्तीको दिन सरकारले राष्ट्रिय प्रतिभा पुरस्कार कहिले देखि प्रदान गर्न थालको हो ? वि.सं.२०५१
– नेपालको नोवेल पुरस्कार भनेर कुन पुरस्कारलाई भनिन्छ ? मदन पुरस्कार 
– पद्मश्री सम्मान तथा पद्मश्री पुरस्कारको राशी कति छ ? दुई–दुई लाख 
– राज्यको तर्फबाट प्रदान गरिने उपाधि,सम्मान र विभूषण कोद्वारा प्रदान गरिन्छ ? राष्ट्रपति 
– नेपालको कुनै नागरिकले विदेशी मुलुकको सरकारबाट प्रदान गरिने उपाधि,सम्मान वा विभूषण लिन पर्दा कसको स्वीकृति प्राप्त गर्नुपर्दछ ? नेपाल सरकार 
– काठमाडौं विश्वविद्यालयबाट महाविधावारिधी उपाधि पाउने पहिलो व्यक्ति को हुन् ? संस्कृतिविद् सत्यमोहन जोशी 
– साहित्यको क्षेत्रमा प्रदान गरिने विश्व प्रशिद्ध पुरस्कार बुकर कहिलेदेखि दिन थालिएको हो ? सन् १९६९ 
– अस्ट्रेलियाको सर्वोच्च सम्मान “अनरेरी अफिसर इन दि अर्डर अफ अस्ट्रेलिया” सम्मान पाउने एक मात्र नेपाली को हुन् ? सन्दुक रुइत 
– जोडा मिलाउनुहोस् :      (२०७३, लो.से.आ) 
1. वि.पी. कोइराला          a. परिबन्द 
2. भवानी भिक्षु          b. गुनकेशरी
3.  पुष्कर शमशेर राणा  c. गम्की
4.  धुस्वाँ सायमी          d. दोषी चश्मा      उत्तरः 1-d, 2-b, 3-a, 4-c
– विभुषण ऐन, २०६४ अनुसार मानपदवी कतिवटा छन् ? ९   
– पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मरणोप्रान्त ट्रान्सपरेन्सी इन्टरनेस्नल नेपालले कुन सम्मान प्रदान गरेको थियो ? राष्ट्रिय सदाचार सम्मान 
– नेपालको सबैभन्दा ठूलो अलंकार कुन हो ? राष्ट्र यशोबर्धक 
– विदेशी नागरिकलाई दिइने नेपालको सबैभन्दा ठूलो मानपदवी कुन हो ? सुकीर्तिमाय राष्ट्रदीप
– प्रारम्भमा चार हजार रुपैयाँ भएको मदन पुरस्कारको राशी कहिलेदेखि रु. २ लाख बनाइएको थियो ? वि.सं. २०६२ 
– नेपालको सर्वोच्च मानपदवी नेपाल रत्नमा लेखिएको आदेश वाक्य के हो ? राष्ट्रो स्थानको बिन्दु राष्ट्र प्रेम 
– तीनपटक मदन पुरस्कार पाउने साहित्यकार को हुन् ?  सत्यमोहन जोशी
– कुन भू.पु. प्रधानमन्त्रीले मदन पुरस्कार प्राप्त गरेका थिए ? लोकेन्द्र बहादुर चन्द 
– मदन पुरस्कार प्राप्त गर्ने महिला साहित्यकार को को हुन् ? पारिजात,  झमक घिमिरे र राधा शर्मा  मदन र जगदम्बा पुरस्कारको राशी कति रहेको छ ? रु. २ लाख 
– वातावरण सम्बन्धी “ग्लोवल–५०० पुरस्कार” पाउने प्रथम नेपाली को हुन् ? डा. कृष्णकुमार पाण्डे 
– विभुषण ऐन, २०६४ अनुसार विभुषण कति प्रकारका हुन्छन् ? ३ 
– विभुषण ऐन, २०६४ अनुसार पदक कति वटा छन् ? १४ वटा 
– सूर्य नेपाल मास्टर्सको उपाधी जित्ने पहिलो नेपाली खेलाडी को हुन् ? दीपक थापा मगर 
– महावीर पुनले कुन विधामा रोमन म्यागासेसे पुरस्कार पाएका थिए ? सामुदायिक नेतृत्व
– दक्षिण एशियाको नोवेल पुरुस्कारको  रूपमा चिनिने रोमन म्यागासेसे पुरस्कार नेपालले हालसम्म कति पटक नेपालले प्राप्त गरेको छ ? पाँच 
– गौतम बुद्ध अन्तराष्ट्रिय पुरष्कार २०६८ कसलाई प्रदान गरियो ? नागासाकि र हिरोसिमाका मेयरलाई संयुक्त रूपमा 
– आधुनिक युगमा दासता अन्त्य गर्न लागीपरेकी नायिकाका रूपमा अमेरिकी बिदेश मन्त्रालयद्वारा सन् २०११ मा सम्मानित नेपाली महिलाको नाम के हो ? चरिमाया तामाङ्ग
– २०१० CNN हिरो बाट सम्मानित नेपाली नागरिक को हुन् ? अनुराधा कोइराला
– “हिरो इक्टिङ्ग टु इण्ड मोडर्न डे स्लेभरी”ले सम्मानित नेपाली नारी को हुन् ? चरिमाया तामाङ्ग 
– सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशी कती छ ? २ लाख रूपैयाँ 
– नेपाली सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सर्जकहरूलाई रेडियो कान्तिपुरले कहिलेदेखि “लाइफटाइम अचिभमेन्ट अवार्ड” दिन थालेको हो ? वि.सं. २०६२ 
– भारत सरकारले दक्षिण अफ्रिकाका  नेता नेल्सन मण्डेलालार्इ कुन वर्ष भारत रत्न प्रदान गरको थियो ? सन् १९९०
– मदर टेरेसालाई कहिले नोवेल पुरस्कार प्रदान गरिएको थियो ? सन् १९७९ 
– मान्हे पुरस्कार कुन देशको प्रतिष्ठित पुरस्कार हो ? दक्षिण कोरिया 
– ग्रिनवेल्ट मुभमेन्ट चलाएवापत नोवेल पुरस्कार पाउने  वाङ्गारी माथाई कुन देशका नागरिक हुन् ? केन्या 
– नोबेल पुरस्कार स्थापना हुँदा २९ जुन  १९०० मा कति विधामा पद्रान गर्ने गरी स्थापना गरिएको थियो ? ५ 
– नोबेल पुरस्कार सुरुमा पाँच विधामा सन् १९०१ देखि शुरु गरिएको हो भने अर्थशास्त्रमा नोबेल पुरस्कार कहिलेदेखि शुरु गरिएको हो ? १९६८
– नेल्शन मण्डेलाले कुन वर्षको शान्ति तर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ? सन् १९९३ 
– तीनपटक नोवेल पुरस्कार प्राप्त गर्ने एकमात्र संस्था कुन हो ? अन्तर्राष्ट्रिय रेडक्रस
– नोबेल शान्ति पुरस्कार कहाँ बाट वितरण गरिन्छ ? नर्वेको ओस्लो शहर
– गुग्लिल्मो मार्कोनीको नाममा स्थापना गरिएको र सूचना प्रविधि क्षेत्रको नोबेल पुरस्कार समेत मानिने “मार्कोनी  पुरस्कार –२०१४” पाउने – वैज्ञानिक “आरोग्य स्वामी जोसेफ पलराज” कुन देशका नागरिक हुन् ? भारत 
– वन विनास रोक्दै वन संरक्षण अभियान “ग्रिन वेल्ट मुभमेन्ट” चलाएवापत् नोवेल शान्ति पुरस्कार पाउने व्यक्ति को हुन् ? वाङ्गारी माथाई (केन्या) 
– संयुक्त राष्ट्र संघीय बालकोष ले कहिले नोवेल पुरस्कार प्राप्त गरेको थियो ? सन् १९६५ मा 
– स्वीडेनको वल्र्ड चिल्ड्रेन्स प्राइज फाउन्डेसनद्वारा वितरण गरिने वल्र्ड चिल्ड्रेन पुरस्कार कहिलेदेखि सुरु भएको हो ? सन् २००० मा 
– जापानको इचमभच या तजभ च्ष्कष्लन क्गल बाट बिभुषित हुने प्रथम नेपाली प्रधानमन्त्री को हुन् ? टंक प्रसाद आचार्य 
– एसियाबाट शान्तिको लागि नोबल पुरस्कार पाउने पहिलो ब्यक्ति को हुन् ? ली ड्क थो (भियतनाम )
– नोवेल फाउण्डेसनले कहिलेदेखि मरणोपरान्त नोवेल पुरस्कार प्रदान गर्न बन्द गरेको हो ? सन् १९७४ 
– “पर्यटन उद्योगको ओस्कार”को संज्ञा दिइएको अवार्ड कुन हो ? वल्र्ड ट्राभल अवार्ड 
– नोवेल पुरस्कारमध्ये कुनचाँहि पुरस्कारको वास्तविक संस्थापक डाइनामाइटका आविस्कारक अल्फ्रेड नोवेल होइनन् ? अर्थशास्त्र 
– सन् १९९३ मा नेल्सन मण्डेलासँग नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति को हुन् ? F.W.De Clark 
– UNHCR ले कति पटक नोवेल शान्ति पुरस्कार प्राप्त गरेको छ ? २ 
– अर्थशास्त्र तर्फको नोबेल पुरस्कार कसले स्थापना गरेको हो ? स्विडिस केन्द्रीय बैंक 
– नोबेल पुरस्कार सर्बप्रथम पाँच विधामा कहिले प्रदान गरिएको थियो ? सन् १९०१
– नोबेल पुरस्कारको स्थापना कहिले भएको थियो ? सन् १८९५ 
– कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कारका नामले चिनिन्छ ? राइट लभ्लिहुड पुरस्कार 
– सन् २००१ सम्म १ करोड क्रोनर राशी रहेको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कारको राशी हाल कति रहेको छ ? ८० लाख स्विडिस क्रोनर
– ओस्कार पुरस्कार वितरण गर्न कहिलेदेखि शुरु गरिएको हो ? सन् १९२९ 
– नोवेल फाउन्डेसनले कहिलेदेखि मरणोपरान्त नोवेल पुरस्कार प्रदान गर्न बन्द गरेको हो ? १९७४ 
 
२०७२/०७३  (सन् २०१५/२०१६) मा प्रदान गरिएका केहि पुरस्कार तथा सम्मानहरू  
– २०७१ को मदन पुरस्कार वि.सं.२०७२ मा कसलाई प्रदान गरिएको हो ? विजयकुमार पाण्डे (“खुसी” कृतिका लागि )
– २०७२ मा जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरिएको हो ? अङ्गुरबाबा जोशी 
– २०७२ सालको भारती खरेल स्मृती पुरस्कार कसले प्राप्त गरेका छन् ? प्राध्यापक चेतोनाथ शर्मा 
– पद्मश्री साधना सम्मान २०७२ कसलाई प्रदान गरियो ? महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) 
– २०७२ मा पद्मश्री पुरस्कार कसलाई प्रदान गरिएको हो ? उपेन्द्र सुब्बा र मोहन मैनालीलाई संयुक्त रूपमा (लाटो पहाड र मन्ठा हराएको जुग) 
– रामबाबु –ज्ञानु सामाजिक सम्मान २०७२ (राशी दुई लाख) कसलाई प्रदान गरिएको हो ? कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन सँगठनका अध्यक्ष मातृका देवकोटा 
– नेपाल सरकारबाट प्रदान भएको “सगरमाथा संरक्षक अभियन्ता सम्मान २०७२” कुन पर्यटन व्यवसायीले प्राप्त गरेका छन् ? वाङ्गछु शेर्पा 
– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा प्रदान गरिने राष्ट्रिय सदाचार सम्मान २०१५ बाट कुन नेपाली विभूषित भएका हुन् ? डा. गोविन्द के.सी. (त्रि.वि. शिक्षण अस्पताल)
– सम्मानार्थ पत्रकार परिचयपत्र पाउने पहिलो नेपाली को हुन् ? नारायण प्रसाद शर्मा (दाङ्ग) 
– ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर २०१६’ अवार्डवाटसम्मानित हुने पूर्व अर्थमन्त्री को हुन् ? डा. रामशरण महत 
– अखिल नेपाल फुटबल संघ (एन्फा)ले वि.सं. २०७३ वैशाख २४ गते पुरुषतर्फ रूपक स्मृति पुरस्कार – २०७२ बाट कुन नेपाली फुटबलरलाई सम्मान गरेको हो ? राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ
– खिल नेपाल फुटबल संघ (एन्फा)ले वि.सं. २०७३ वैशाख २४ गते महिलातर्फ कसलाई रूपक स्मृति पुरस्कार – २०७२ बाट सम्मान गरेको हो ? महिला राष्ट्रिय टोलीकी वर्तमान कप्तान अनु लामा 
– लुनकरणदास गंगादेवी साहित्य कला मन्दिरबाट प्रदान गरिने नारायण गोपाल संगीतसम्मान २०७३ मा कसले प्राप्त गरेको हो ? शान्ति ठटाल 
– नातिकाजी बिशिष्ठ स्रष्टा सम्मान २०७२ बाट को सम्मानित भएका हुन् ? भक्ति रचनाका सर्जक शारदा बिक्रम बस्न्यात
– आफ्नो ज्यान गुमाएर पनि यात्रुलाई बचाएका एयर काष्ठमाण्डपको विमान दुर्घटनामा निधन भएका पाईलट दिनेश न्यौपाने र को–पाईलट सन्तोष रानालाई सरकारले मरणोपरान्त कुन पदकले सम्मान गरेको छ ? वीर पदक
– २०७२ सालको चक्रपाणी स्मृति पुरस्कार कसलाई प्रदान गरिएको हो ? ध्रुव मधिकर्मी 
– पारिजात स्मृति केन्द्रले ‘पारिजात सिर्जन सम्मान–२०७२’ कसलाई प्रदान गरेको हो ? साहित्यकार मोहन दुवाल
– पारिजात स्मृति सम्मान २०७३ प्राप्त गर्ने ४ स्रष्टाहरूमध्ये पारिजात सृजन सम्मान–मोहन दुवाल, पारिजात बालसाहित्य सम्मान–विनय कसजु, पारिजात संघर्षशील नारी सम्मान–मसिनीमाया  स्याङ्गवोलाई प्रदान गरिएको छ भने पारिजात कला सम्मान कसलाई प्रदान गरिएको छ ? रविन सायमी
– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मार्फत वर्षेनी प्रदान गरिने ‘महानन्द साहित्य साधक सम्मान’२०१६ बाट को सम्मानित भएका हुन् ? पत्रकार तथा साहित्यकार किशोर नेपाल
– राष्ट्रिय संरक्षण पुरस्कार २०७२ बाट कसलाई पुरस्कृत गरियो ? प्रा. रामप्रसाद चौधरी 
– २०७२ सालमा वितरित “डायमन प्रतिभा पुरस्कार २०७१” कसलाई दिइएको हो ? निर विक्रम शाह (निर शाह) 
– रु. दुर्इ लाख राशिको विज्ञान तथा  प्रविधि प्रज्ञाा पुरस्कार वि.सं. २०७२ मा कसलार्इ पद्रान गरिएको  छ ? प्रा.डा. छविलाल गजुरेल 
– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रदान गर्ने विज्ञान पुरस्कार २०७२ मा कसलाई प्रदान गरिएको छ ? डा. राजेन्द्र ज्ञवाली 
– चलचित्र विकास बोर्डबाट वितरण गरिने पानोरमा पुरस्कार–२०१५ कुन चलचित्रले प्राप्त गरेको छ ? भाग्यले बाँचेकाहरू
– वि.सं. २०७२ सालको लेखनाथ साहित्य पुरस्कार कसले प्राप्त गरेका हुन् ? मुकुन्दशरण उपाध्याय
– प्रत्येक वर्ष चैत्र २९ राष्ट्रिय वनस्पति दिवसको दिन प्रदान गरिने वनस्पति पुरस्कारको स्थापना कहिले भएको हो ? २०६६ साल
– डा. डिल्लिरमण रेग्मी अन्तर्राष्ट्रिय पुरस्कारबाट २०७२ मासम्मानित हुने व्यक्ति को हुन् ? जोन उड (रुम टू रिड का संस्थापक) 
– डा. डिल्लिरमण रेग्मी राष्ट्रिय पुरस्कारबाट २०७२ मा सम्मानित हुने व्यक्ति को हुन् ? प्रा.डा. तुल्सी नारायण वैद्य
– पृथ्वी पुरस्कार, २०७२ सालका लागि कसलाई प्रदान गरिएको छ ? धावक वैकुन्ठ मानन्धर     
– लैनसिंह बाङ्देल पुरस्कार, २०७२ द्वारा कसलाई सम्मानित गरिएको हो ? साहित्यकार झमक घिमिरे 
– दुई लाख नगद सहितको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ कसलाई प्रदान गरिएको छ ? पत्रकार किशोर श्रेष्ठ 
– नारायण गोपाल युवा संगीत पुरस्कार २०७२ कसले प्राप्त गरेका छन् ? गायक दिपक लिम्बु
– अरनिको युवा कला पुरस्कार २०७२ कसलाई प्रदान गरिएको हो ? चित्रकारद्वय राजनकुमार पन्त र सौर गंगा दर्शनधारीलाई संयुक्त रूपमा 
– ‘मिस्टर नेपाल-२०१६’ को उपाधि कसले जितेका हुन् ? गणेश अग्रवाल
– ‘मिस नेपाल–२०१६’ को उपाधि कसले जितेकी हुन् ? अश्मि श्रेष्ठ




Share on Google Plus

About DEEP IT & Computer Training Institute

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

2 comments:

  1. i like pages

    ReplyDelete
  2. I like this page very much. it's very helpful for me

    ReplyDelete