महत्वपुर्ण प्रश्न-उत्तरहरु र विभिन्न देशका विद्राही समुदायहरु.......

१. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को घोषित भएका छन् ?
√ स्टिभ स्मिथ
२. सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणके कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्यो ?
√ सुशील ज्ञवाली
३. खानेपानी तथा सरसफाइ मन्त्रालयको स्थापना कहिले भएको हो ?
√वि.सं. २०७२ पुस ९
४. विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डः २०७२ बाट स्मानित हुने कलाकार को हुन् ?
√गायक प्रेमध्वज प्रधान
५. विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) को अवधि कुन हो ?
√सन् २००९-२०१५
६. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचिमा सूचीकृत भएका छन् ?
√१०
७. भुटान सरकारद्वारा प्रदान गरिने उच्च सम्मान ' नेसनल अर्डर अफ मेरिट गोल्ड' बाट सम्मानित भएका नेपालीके हुन् ?
√ डा. सन्दुक रुइत
८. नेपाल आउने चिनिया नागरिकका लागि प्रवेशाज्ञा ( भिसा) शुल्क नलाग्ने
व्यवस्थासम्बन्धी निर्णय नेपाल सरकारले कहिले गर्यो ?
√ वि.सं. २०७२ पुस १०
९. थामी जातिको मुख्य बसोबास स्थल दोलखा हो भने लेप्चा जातिके मुख्य
बसोबास स्थल कहाँ हो ?
√ इलाम
१०. नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ ?
√ देवनागरी
११. भोटबर्मेली भाषा परिवारअन्तर्गतक
ा भाषामध्ये नेपालमा सबैभन्दा बढी
जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
√ तामाङ
१२. ' अक्षराङ्क शिक्षा ' नामक कृतिका रचनाकार को हुन् ?
√ जय पृथ्वीबहादुर सिंह
१३. थारु सांस्कृतिक सङ्ग्रहालय चितवनमा रहेको छ भने गुरुङ सङ्ग्रहालय कहाँ रहेको छ ?
√ पोखरा ( कास्की )
१४. निजामती सेवाको पदपूर्ति सम्बन्धमा ' पिछडिएको क्षेत्र ' भनी कति जिल्लालाई तोकिएको छ ?
√ ९ जिल्ला
१५. मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको प्रधान
कार्यालय कहाँ रहेको छ ?
√ जेनेभा ( स्विजरल्यान्ड )
१६. राणाकालीन समयमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
√ ३५ जिल्ला ( पहाडमा २३ जिल्ला र तराईमा १२ जिल्ला )
१७. नेपालको प्रशासनलाई सुधार गरी आधुनिकीकरण गर्नका लागि बुच कमिसनको गठन कहिले भएको थियो ?
√ वि.सं. २००९
१८. सर्वप्रथम निजामती सेवाको विकास कुन राष्ट्रबाट भएको मानिन्छ ?
√ चीन
१९. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले जारी भएको थियो ?
√ वि.सं. २०१३ भाद्र २२
२०. सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?
- बाँस
२१. नेपालमा सबैभन्दा पहिला स्थापनाभएको उद्योग कुन हो ?
√ विराटनगर जुट मिल
२२. नेपालमा सबैभन्दा बढी पर्यटक कुन महाद्वीपबाट आउने गरेका छन् ?
√ एसिया
२३. नेपालको सबैभन्दा लामो राजमार्ग महेन्द्र राजमार्ग अर्थात् पूर्व-पश्चिम
राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने दुई पहाडी जिल्ला कुन कुन हुन् ?
√ मकवानपुर र अर्घाखाँची
२४. नेपालमा छापाखानाको सुरुवात कहिलेदेखि भएको हो ?
√ वि.सं. १९०८
२५. विश्वमा तीव्र आर्थिक बृद्धि गरिरहेका राष्ट्रहरुको समूह BRICS अन्तर्गत पर्ने राष्ट्रहरु कुन कुन हुन् ?
√ ब्राजिल , रुस , भारत, चीन र दक्षिण अफ्रिका
२६. नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर को हुन् ?
√ हिमालयसमशेर जबरा
२७. Great Himalayan Trail के सँग सम्बन्धित छ ?
√ पदयात्रा मार्ग
२८. नेपालमा आर्थिक क्षेत्रको सुधारका रुपमा भूमिसम्बन्धी ऐनको तर्जुमा कहिले गरियो ?
√ वि.सं. २०२१
२९. सन् १९७६ मा गठित नेपाल सहायता समूहलाई हाल के भनी नामकरण गरिएको छ ?
√ नेपाल विकास मञ्च ( सन् २००० देखि)
३०. बहुपक्षीय व्यापार सञ्चालन विश्वव्यापार सङ्गठन (WTO) को सदस्यता
नेपालले कहिले प्राप्त गरेको हो ?
√ वि.सं. २०६१ बैशाख ११ ( २३ अप्रिल २००४ )
३१. ओलम्पिक खेलमा नेपाले सर्वप्रथम कहिले सहभागिता जनायो ?
√ सन् १९६४ को १८ औं टोकियो ओलम्पिक
३२. जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्वको
ध्यानाकर्षण गर्ने उद्धेश्यले सगरमाथाको आधार शिविर कालापत्थरमा
मन्त्रिपरिषद्को बैठक कहिले सम्पन्न भयो ?
√वि.सं. २०६६ मङ्सिर १९
३३. कुनकुन जनगणनामा नेपालको जनसङ्ख्या बृद्धिदर ऋणात्मक थियो ?
√दोस्रो र तेस्रो
३४. नेपालको एक मात्र सिकार आरक्ष कुन हो?
√ढोरपाटन सिकार आरक्ष
३५. इनर्सिया न्युटको चालसम्बन्धी कुन नियमसँग सम्बन्धित छ ?
√ पहिलो नियम
३६. ध्वनिको तीब्रताकुन एकाइमा नापिन्छ ?
√ डेसिबल
३७. DPT को पुरा रुप के हो ?
√ Diphtheria Pertussis Tetanus
३८. नेपालको पहिलो महिला राजदुतको हुन् ?
√विन्देश्वरी शाह
३९. हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो ?
√अफगानिस्तान
४०. भारतबाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार ' डा. अम्बेडकर कलाश्री राष्ट्रिय
पुरस्कार-२०१५ ' बाट सम्मानित हुने नेपाली को हुन् ?
√कलाकार अरुणा हिङमाङ
४१. यस बर्ष ( २०७२ ) प्रदान गरिने डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति
पुरस्कारबाट सम्मानित हुने व्यक्तित्वको हुन् ?
√ प्रा.डा. तुलसीनारायण बैध्य


विभिन्न देशका विद्राही समुदायहरु / आतंककारी समुहहरु:- 
  •  यमन --- हुथी सियाविद्रोही
  •  नाइजेरिया --- बोकोहराम
  •  कोलम्विया --- फार्क
  •  अफगानिस्तान --- तालिवान
  •  इराक --- इस्लामिक स्टेट
  •  पाकिस्तान --- तेहरिक तालिवान्
  •  भारत --- नक्सालवादी/ माओवादी
  •  आयरल्याण्ड --- आइरिस रिपव्लिकन आर्मी
  •  लेवनान --- हेजवुल्लाह
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment