केहि प्रश्न- उत्तरहरु र नेपालको संविधान २०७२, का विशेषताहरु....

  • बहुचर्चित कृति 'Das Capital' का लेखक को हुन ?   उत्तर :- कार्ल माक्स
  • आसियानमा कति सदस्य राष्ट्र रहेका छन ?    उत्तर :- १० राष्ट 
  • नेपालको पहिलो राष्टिय निकुञ्ज कुन हो ?   उत्तर :- चितवन राष्ट्रिय निकुञ्ज
  • सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) को आविष्कार कसले गरेका हुन्?   उत्तर :- जाचारियास जेनसेन
  • जैन धर्मका "संस्थापक आर्य" भनेर कसलाई चिनिन्छ ?    उत्तर :- तिर्थंकर
  • त्रिपिटक महाविहार कहाँ पर्दछ ?   उत्तर :- तिब्बत
  • अस्थिपञ्जर प्रणाली कतिवटा हाडहरु मिलेर बनेको हुन्छ ?   उत्तर :- २०६ वटा 
  • बोसोमा घुल्ने भिटामिनहरु कुन कुन हुन ?      उत्तर :- A, B र D
  • चितवन राष्ट्रिय निकुञ्जको स्थापना कहिले भयो ?   उत्तर :- बि.स. २०३०
  • नेपालमा कुन दिन जैविक विविधता दिवस मनाइन्छ ?    उत्तर :- २९ डिसेम्बर
  • नेपाल जैविक विविधताको हिसाबले विश्वको कतिऔं राष्ट्र मानिन्छ ?    उत्तर :- २५ औ
  • कफीको लागि गुल्मी,चियाको लागि इलाम प्रसिद्ध भए झैँ जुनारको लागि प्रसिद्ध जिल्ला कुन हो ?   उत्तर :- सिन्धुली
  • नेपालको कुल भू-भागको कति प्रतिशत खेति योग्य जमिन छ ?    उत्तर :- १८ %
  • नेपालको सबैभन्दा अग्लो ठाउँमा धानखेती कहाँ हुन्छ ?    उत्तर :- जुम्ला
  • पहाडी क्षेत्रको सबैभन्दा प्रमुख खादबालि कुन हो ?    उत्तर :- मकै
  • मार्फा कृषि फार्म कहाँ रहेको छ ?    उत्तर :- मुस्तांङ्
  • कृषिसँग सम्बन्धित संस्था "नार्क" को नेपाली नाम के हो ?   उत्तर :- नेपाल कृषि अनुसन्धान परिषद
  • विश्वको सबैभन्दा लामो देश कुन हो ?     उत्तर :- चिली   
नेपालको संविधान २०७२, का विशेषताहरु !!!
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••
  • संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था।
  • सार्वभौम र राजकीय सत्ता जनतामा ।
  • ७ प्रदेशको संघीय संरचना ।
  • संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना ।
  • संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति ।
  • सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख ।
  • प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने ।
  • २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने ।
  • दुईतिहाइले संशोधन गर्न सकिने ।
  • मिश्रित निर्वाचन प्रणाली ।
  • केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद् ।
  • प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य ।
  • केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् ।
  • राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य ।
  • प्रदेशमा एक सदनात्मक संसद् ।
  • ७ प्रदेशमा कुल सांसद ५५० ।
  • प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख ।
  • प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद् ।
  • प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने ५ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान ।
  • प्रदेशको सीमांकन संघीय आयोगले टुङग्याउने ।
  • प्रदेशको नामकरण प्रदेश संसदको दुईतिहाइले गर्ने ।
  • प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।
  • संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन ।
  • प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
  • एकीकृत न्यायपालिका ।
  • केन्द्रमा सर्वोच्च अदालत ।
  • सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने ।
  • प्रदेशपिच्छे उच्च अदालत ।
  • साबिक जिल्लामा जिल्ला अदालत ।
  • आमा वा बाबुको नामबाट वंशजको नागरिकता ।
  • धर्मनिरपेक्ष राष्ट्र (धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ)  ।
  • मधेसी, थारू, मुस्लिम, आदिवासी जनजातिका लागि छुट्टाछुट्टै आयोग ।
  • सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली ।
  • राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत् ।
  • जिल्ला प्रशासनिक इकाईका रूपमा रहने ।
  • जिल्लामा निर्वाचित जिल्ला सभा रहने ।
  • सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पुन:संरचना गर्ने ।
  • स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था ।
  • चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
  • २०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
  • संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभामुख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment