- बायु प्रदुषण उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए? - सन् २०१५ डिसेम्बर ७
- राष्ट्रिय सदाचार सम्मान-२०७२ बाट कसलाई सम्मानित गरियो? - डा.गोविन्द के.सी.
- Go Go foundation (Good Governance) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ? - डा. भगवान कोइराला
- नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो? - २०७२ मंसिर १६ गते
- रु.२ लाख राशीको विज्ञान तथा प्रविधि पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ? - डा. छविलाल गजुरेल
- नेपालमा विकास सहायता नीति कहिले जारी भयो? - २०७१ जेठ ३
- फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई घोषणा गर्यो? - जर्मन चाल्सलर एन्जेला मर्केल
- CNN Hero-2015 बाट सम्मानित व्यक्ति को हुन्? -म्यागी डोयन, ( अमेरिका)
- टेष्ट क्रिकेटको इतिहासमा पहिलो पटक पिक बलमा डे/नाइट टेष्ट कहिले र कहाँ खेलियो? - नोभेम्वर २७ , २०१५ (अष्ट्रेलियाको एडिलेडमा Aus vs NZ)
- रुसी विमान इजिप्टमा कहिले ISIS ले खसाल्दा २२४ यात्रीको ज्यान गयो ? - अक्टोबर-३१ , २०१५
- ISIS ले कहिले फ्रान्समा निन्दनीय आक्रमण गरी १३० भन्दा बढीको ज्यान लियो? - नोबेम्वर १३ , २०१५
- बैंक अफ दि इयर-२०१५ बाट सम्मानित हुने बैंक कुन हो? - स्टान्डर्ड चार्टर बैंक
- अर्थ मन्त्री बिष्णु पौडेलले कहिले आर्थिक श्वेत पत्र जारी गरे ? - २०७२ मंसिर ८ (२% आर्थिक वृद्धीदर खस्कने अनुमान)
- नेपाल सरकारले आ.व. ०७२/०७३ को मौद्रीक नीति कहिले सार्वजनिक गर्योर ? - २०७२ श्रावण ७
- भुकम्प पछिको पुन: निर्माणका लागि नेपाल सरकारले अन्तराष्ट्रिय सम्मेलन कहिले गर्यो ? - २०७२ असार १० गते
- नेपाल सरकारले २० वर्षे कृषि विकास रणनीति कहिले सार्वजनिक गर्यो? - २०७२ मंसिर ४ गते
- एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथुन-२०७२ को उपाधी कसले जित्यो? - नेपाली सेनाका भीम बहादुर गुरुंङ
- उप- राष्ट्रपतिमा नन्द बहादुर पुन कहिले निर्वाचित हुनुभयो? - २०७२ कार्तिक १४ गते
- राष्ट्रपतिमा विद्या देवी भण्डारी कहिले निर्वाचित हुनु भयो? - २०७२ कार्तिक ११ गते
- ओन्सारी घर्ति कहिले सभामुखमा निर्वाचित भइन? - २०७२ असोज २९
- नेपालको संविधान २०७२ को घोषणा कहिले भयो? - २०७२ असोज ३
- के.पि. शर्मा वली नेपालको ३८ औ प्र.म.को रुपमा कहिले निर्वाचित भए ? - २०७२ असोज २४
- १२ बुदे समझदारी –२०६२ मंसिर ७ गते ।
- शान्तिपूर्ण जनआन्दोलन –२०६२ चैत्र २६ गते ।
- प्रतिनिधिसभा पुनःस्थापना –२०६३ बैशाख ११ गते ।
- प्रतिनिधिसभा घोषणा –२०६३ जेष्ठ ४ गते ।
- बिस्तृत शान्ति सम्झौता –२०६३ मंसिर ५ गते ।
- अन्तरिम संविधान जारी –२०६३ माघ १ गते ।
- पहिलो संविधान सभाको निर्वाचन–२०६४ चैत्र २८ गते ।
- पहिलो संविधान सभाको बैठक / गणतन्त्र कार्यान्वयन –२०६५ जेष्ठ १५ गते ।
- पहलिो संविधान सभाको अवसान – २०६९ जेष्ठ १४ गते ।
- दोस्रो संविधान सभाको निर्वाचन –२०७० मंसिर ४ गते ।
- दोस्रो संविधान सभाको पहिलो बैठक –२०७० माघ ८ गते ।
- चार दल बिच १६ बुदे राजनैतिक सहमति – २०७२ जेष्ठ २५ गते ।
- संविधानको पहिलो एकिकृत मस्यौदा निर्माण –२०७२ आषाढ १७ गते ।
- मस्यौदामा जनताको सुझाव संकलन – २०७२ श्रवण ४ र ५ गते ।
- परिमार्जित बिधेयक तयार –२०७२ भाद्र ६ गते ।
- संविधान विधेयक पारित –२०७२ भाद्र ३० गते ।
- संविधान प्रमाणिकरण –२०७२ असोज १ गते ।
- नेपालको संविधान, २०७२ को घोषणा –२०७२ असोज ३ गते ।
- नेपालको संविधान, २०७२ लागु –२०७२ असोज ३ गते ।
0 comments:
Post a Comment