समसामायिक सामान्यज्ञान


  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुने भएको छ? (यसअघि २०७२ मंसिर ११-१८ गते गर्ने निर्णय गरिएको थियो । )   -वि.सं. 2072 फागुन 18-23
  • २८ औ एड्स दिवश डिसेम्बर २०१५ को नारा "......................" हो ।  -दिगो बिकास लक्ष्य प्राप्तिको एडस माहामारिको अन्त्य
  • नेपालमा स्मार्ट लाइसेन्सको सुरुआत भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारबाट चन्द्रमान श्रेष्ठका नाममा जारी गर्दै ............ देखि सुरु गरिएको हो ।  -वि.सं. 2072 मंसिर 14
  • वि.सं.२०७२ मंसिर १ मा कति औं राष्ट्रिय कर दिवस मनाइयो ? - चौथो
  • त्रिभुवन विश्वविद्यालयद्धारा हालै २०७२ असोजमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरी सम्मान साहित्यिक व्यक्ति को हुन् ?   - राष्ट्रकवि माधवप्रसाद घिमिरे र दार्जिलिङ निवारी वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई  
  • सन् २०१५ सेप्टेम्बर २७ मा मनाईएको ३६ औं विश्व पर्यटन दिवसको नारा के हो ?    - Correct answer:One Billion Tourists, One Billion Opportunities.
  • स्वदेशी उद्योग व्यवसायको संरक्षण एवं प्रर्वद्धन गर्ने उद्येश्यका साथ सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका कहिले सार्वजनिक गर्यो ?    -:वि.सं 2072 असोज 6
  • राष्ट्रिय प्राथमिकताका क्षेशहरुमा विदेशी पुँजी,प्रविधि,ज्ञान तथा सीप आकर्षित गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका माध्यमबाट व्यापार सन्तुलन कायम गरी राष्ट्रिय अर्थतन्त्रलाई प्रतिष्पर्धात्मक र गतिशिल बनाउने उद्येश्यका साथ सरकारले विदेशी लगानी नीति २०७१ कहिले सार्वजनिक गर्यो ?   -वि.सं 2072 असोज 7
  • अमेरिकामा आयोजित ‘फिल्म अफ ग्लोब’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित हुने नेपाली कलाकार को हुन् ?   - सुनिल थापा 
  • आर्थिक वर्ष २०७१\७२ मा नेपालको कल बस्तु व्यापार घाटा कति रहेको छ ?    -रु.6 खर्व 89 अर्व 37 करोड
  • सन् २०१५ अगस्ट १७ मा श्री लङ्कामा सम्पन्न संसद्को निर्वाचन पश्चाल् त्यहाँको प्रधानमन्त्रीमा को चयन भएका छन् ?   -रनिल बिक्रमासिङ्घे
  • Question #13 (2 points)
  • आन्तरिक राजस्व विभागले चालु आ.व २०७२ \७३ देखि करदाता शिक्षा कार्यालयलाई निजी क्षेत्रको सहभागितामा कुन कुन जिल्लामा नमुनाका रुपमा सञ्चालन गर्ने भएको छ ?   - कैलाली ,बाँके , रुपन्देही, दाङ र काभ्रे
  • राष्ट्रिय युवापरिषद् ऐन २०७२ कहिले जारी भएको हो ?   - वि.सं 2072 साउन 27
  • निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिन नहुने व्यस्था निजामती सेवा ऐनको कतिऔं संशोधनले गरेको हो ?   -वि.सं 2072 असाढ 29 चौथों संशोधनले
  • राजनीतिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो ?  - वि.सं 2072 साउन 25 
  • त्रिमूर्ति निकेतनद्धारा पुरस्कृत हुने ( वि.स २०७२ मा ) नारी स्रष्टा को हुन् ?   - रजनी ढकाल,शान्तिमाया गिरी,तर्कना शर्मा र अम्बिका अर्याल
  • लोकसेवा आयोगले कहिलेबाट लागू हुने गरी अप्राविधिक तर्फका राजप्रत्र अनंकित प्रथम र द्धितिय श्रेणी पदका लागि प्रवेश परिक्षा को व्यवस्था गरेको छ ?   -आ.व 2072/73
  • सन् २०१५ जुलाईमा सम्पन्न उत्तर तथा मध्य अमेरिकी क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता कोन्काकाफ गोल्डकपको उपाधि जित्ने राष्ट्र कुन हो ?   - Mexico 
  • रुपन्देहीको भैरहवामा डिजास्टर रिकभरी सेन्टरको स्थापना कहिले भएको हो ?   - वि.सं 2072 साउन 11
  • ग्लोबल फाइनाइन्सद्धारा सन् २०१५ जुलाई २० मा अमेरिकाको न्युयोर्कमा घोषणा गरिएको एसिया प्रशान्त क्षेत्रीय समूहअन्र्तगत कन्जुमर डिजिटल बैंक अवार्ड कसले प्राप्त गरेको छ ?   -Standard Chartered Bank Ltd. Nepal 
  • सन् २०२२ को शितकालिन ओलम्पिक खेलकुद प्रतियोगिता कहाँ हुने भएको छ ?   - Beijing, China 
  • सन् २०१५ अप्रिल ९ देखि ११ सम्म अमेरिकामा भएको पानी प्रशोधनसम्बन्धी प्रविधिमा उत्कृष्ट हुने वैज्ञानिक को हुन् ?   -Mr. MP Bhatta, Nepal  
  • सन् २०१५ जुन ११ देखि जुलाई ४ सम्म चिलीमा सम्पन्न कोपा अमेरिका फुटबल–२०१५ को उपाधि कसले जित्यो ?   - Chili
  • भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको ८४ बषैको उमेरमा कहिले निधन भयो ?   - सन् 2015 जुलाई 27
  • जलवायु परिवर्तनसम्बन्धी कोप २१ सन् २०१५ नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म कहाँ आयोजना भएको छ ?  -Bur-get, France
  • अमेरिकी अन्तरिक्ष एजेन्सी ( नासा ) ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा नोर्गे मोन्टस राखेको छ ?  - Pluto
  • राष्ट्रिय सहकारी सङ्घ द्वारा प्रदान गरिएको २०७१ सालको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित हुने संस्था कुन हो ?
  • ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी 
  • श्रम तथा रोजगार मन्त्रालयले वि.सं. २०७२ असार २१ देखि कति मुलुकमा वैदेशिक रोजगारीका लागि जाने कामदारका लागि फ्रि भिसा र फ्रि टिकटको नियम लागू गर्ने भएको छ ?   - 7 देश
  • राष्ट्रपती सर्वाेत्कृष्ट कृषक पुरस्कार (राशि: रु २ लाख) बाट सम्मानित हुने कृषक को हुन ?   -- कालु हमाल
  • नेपालमै पहिलोपटक कृषक परिचयपत्र वितरण कुन जिल्लाबाट सुरु गरिएको छ ?   - बागलुङ
  • बीपी राजमार्ग अर्थात् बेनेपा–सिन्धुली–बर्दिबास सडक कुन देशको सहयोगमा निर्माण भएको हो ?   - जापान 
  • समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ?   - वि.सं 2072 असार 8
  • सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोले मुख्यालय कसको मूर्ति स्थापना गरिएको छ ?    -गौतम बुद्ध 
  • नेपाललाई कहिलेसम्ममा अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने लक्ष्य छ ?   - सन् 2022  
  • नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको 11 औ स्थापनमा रहेको छ भने बाढीपहिलो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ?   - 30 औं
  • टर्कीको बोडरुपमा हालै ( सन् २०१५ जुनमा ) सम्पन्न अन्तराष्ट्रिय बाल सौन्दर्य प्रतियोगिता लिटिल मिस एन्ड मिस्टर वल्र्ड २०१५ मा मोस्ट ट्यालेन्टेड र फोटो मोडल अफ दि वल्र्ड अवार्ड गरी दुईवटा उपाधि जित्न सफल नेपाली बालिका को हुन् ?   - मेघिका काप्री
  • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संस्थापक, एवं पूर्व मन्त्री लावतीको ७६ बर्षको उमेरमा कहिले निधन भयो ?   - वि.सं 2072 जेठ 25 गते
  • तेह्रौं योजनाका अनुसार देशको सर्वाङ्गिण विकासका लागि पर्याप्त जलविद्युत उत्पादन गरी कहिलेसम्ममा जलविद्युतमा आत्मनिर्भर हुनुका साथै जलविद्युत निर्यात गर्ने दिर्घकालिन सोच रहेको छ ?   - सन् 2027 
  • १३ औं योजना ( २०७०/७१ देखि २०७२/७३ ) को अन्त्यसम्ममा नेपालीको औसत आयु कति पु¥याउने लक्ष्य रहेको छ ?   - 71 बर्ष
  • गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अस्टेलियाका धनाढ्यको सूचीमा कतिऔ स्थानमा पर्न सफल भएका छन् ?   - 99 औं 
  • नेपालमा २०७२ वैशाख १२ मा आएको विनासकारी भूकम्पपछिको पुननिर्माणको लागि दातृ निकायको सम्मेलन कहिले गरिने भएको छ ?   - वि.सं 2072 असार 10 
  • सन् २०१५ अप्रिलमा प्रकाशित विश्वका खुशी मुलुकको सूचीमा पहिलो स्थानमा पर्ने राष्ट्र कुन हो ?  - Switzerland
  • सन् २०१५ मे ६ मा बल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ट्राभल एन्ड टुरिजम कम्पिटेटिभनेस रिपोर्ट २०१५ अनुसार नेपाल कतिऔ स्थानमा रहेको छ ?    - 102 औ 
  • नेपालमा बन दशक कहिले मनाईने भएको छ ?   - वि.सं 2071 देखि 2080 
  • सन् २०१५ जनवरीमा अस्टे«लियामा सम्पन्न एसिया कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?    - Australia 
  • दार्जिलिङमा नेपाली भाषीहरुको छुट्टै राज्य निर्माणका लागि सञ्चालित गोर्खाल्याण्ड आन्दोलनका नेता सुवास घिसिङको निधन कहिले भयो ?   - वि.सं 2071 माघ 15 गते
  • नेपाल सरकारले सुर्तिजन्य पर्दाथको प्याकेट,बट्टाको ९० प्रतिशत भागमा चेतावनीमुलक घातक सन्देश छाप्नुपर्ने निदेर्शिका कहिले जारी गर्यो ?    - वि.सं 2071 कार्तिक 13 गते
  • वि.सं २०७१ चैत्र २० मा बसेको मन्त्रिपरिषद् बैठकले कुन दिनलाई उद्योग दिवसका रुपमा घोषणा गर्ने निर्णय गर्यो ?    - मंसिर 9 गते
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment