बजेट सीट (बजेट हिसाब खाता) भनेको के हो ? यसको महत्वहरु लेख्नुहोस् ।

५ अंकको प्रश्नको लागि !
बजेट सीटः
१ नेपाल सरकारको नयाँ स्रेस्ताप्रणाली अन्तर्गत सरकारी कार्यालयमा हुने आम्दानी र खर्चमा नियन्त्रणको उद्देश्य राखी कार्यसञ्चालनस्तरका कार्यालयले तयार पार्नु पार्ने मुख्य खाता बजेट सिट हो ।
२. यो म.ले.प.फा.नं.८ अन्तरगत पर्दछ ।
३. सरकारी कार्यालयमा कति बजेट विनियोजन भएको छ , कति निकासा भयो , कति खर्च भयो , कति बाँकि छ आदि जस्ता जानकारी बजेट सिट बाट प्राप्त गर्न सकिन्छ ।
४.बजेट सिट भित्र वार्षिक विनियोजन खण्ड, वजेट निकासा खण्ड र वजेट खर्च खण्ड गरी तीन ओटा खण्डहरु समावेश गरीएको हुन्छ ।
५. यस खातामाम १२ ओटा खर्चका मुख्य शिर्षकहरु र ४७ ओटा खर्चमा सहायक शिर्षकहरुमा गरी जम्मा ५२ ओटा महलहरु समावेश गरीएको हुन्छ ।

बजेट सीटको महत्वः
१. सरकारी स्रेस्तामा बजेट हिसाबको विनियोजनको बाँडफाँडको अवस्था स्पष्ट देखाउन
२. बजेट हिसाबमा नियन्त्रण कायम गर्न
३. कुन बजेट रकममा कति निकासा भयो, कति खर्च भयो र अब कति बाँकी छ भन्ने तथ्य देखाउनका
४. तीनवटा खण्ड: बजेट विनियोजन खण्ड, बजेट निकासा खण्ड र बजेट खर्च खण्डबीच तालमेल मिलाउँन
५. हिसाबकिताब पारदर्शी राख्न
६. कम्प्युटराइज्ड डाटा पद्धतिलाई सहयोग गर्न

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment