v
सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को घोषित भएका
छन् ?
- स्टिभ स्मिथ
v
सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण
प्राधिकरणको कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्यो ? - सुशील ज्ञवाली
v
विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डः २०७२
बाट स्मानित हुने कलाकार को हुन् ? - गायक प्रेमध्वज प्रधान
v
विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) को अवधि कुन हो ? - सन् २००९-२०१५
v
हाल नेपालमा कति सम्पदा, विश्व सम्पदा सूचिमा
सूचीकृत भएका छन् ? - १०
v
भुटान सरकारद्वारा प्रदान गरिने उच्च सम्मान 'नेसनल
अर्डर अफ मेरिट गोल्ड' बाट सम्मानित भएका नेपालीके हुन् ?
- डा. सन्दुक रुइत
v
नेपाल आउने चिनिया नागरिकका लागि प्रवेशाज्ञा
(भिसा) शुल्क नलाग्ने व्यवस्थासम्बन्धी निर्णय नेपाल सरकारले कहिले गर्यो ? - वि.सं. २०७२ पुस १०
v
थामी जातिको मुख्य बसोबास स्थल दोलखा हे भने
लेप्चा जातिको मुख्य बसोबास स्थल कहाँ हो ? - इलाम
v
नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ ? - देवनागरी
v
भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये
नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ? - तामाङ
v
'अक्षराङ्क शिक्षा' नामक कृतिका रचनाकार को हुन् ? - जय पृथ्वीबहादुर
सिंह
v
थारु सांस्कृतिक सङ्ग्रहालय चितवनमा रहेको छ भने
गुरुङ सङ्ग्रहालय कहाँ रहेको छ ? - पोखरा (कास्की)
v
निजामती सेवाको पदपूर्ति सम्बन्धमा 'पिछडिएको
क्षेत्र' भनी कति जिल्लालाई तोकिएको छ ? - ९ जिल्ला
v
मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय
उच्चायुक्तको प्रधान कार्यालय कहाँ रहेको छ ? - जेनेभा (स्विजरल्यान्ड)
v
राणाकालीन समयमा नेपाललाई कति जिल्लामा विभाजन
गरिएको थियो ? - ३५ जिल्ला (पहाडमा २३ जिल्ला र तराईमा १२
जिल्ला)
v
नेपालको प्रशासनलाई सुधार गरी आधुनिकीकरण गर्नका
लागि बुच कमिसनको गठन कहिले भएको थियो ? - वि.सं. २००९
v
सर्वप्रथम निजामती सेवाको विकास कुन राष्ट्रबाट
भएको मानिन्छ ? - चीन
v
नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले जारी
भएको थियो ? - वि.सं. २०१३ भाद्र २२
v
सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ? - बाँस
v
नेपालमा सबैभन्दा पहिला स्थापनाभएको उद्योग कुन हो
?
- विराटनगर जुट मिल
v
नेपालमा सबैभन्दा बढी पर्यटक कुन महाद्वीपबाट आउने
गरेका छन् ? - एसिया
v
नेपालको सबैभन्दा लामो राजमार्ग महेन्द्र राजमार्ग
अर्थात् पूर्व-पश्चिम राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने दुई
पहाडी जिल्ला कुन कुन हुन् ? - मकवानपुर र अर्घाखाँची
v
नेपालमा छापाखानाको सुरुवात कहिलेदेखि भएको हो ? - वि.सं. १९०८
v
विश्वमा तीव्र आर्थिक बृद्धि गरिरहेका
राष्ट्रहरुको समूह BRICS अन्तर्गत पर्ने राष्ट्रहरु कुन कुन हुन् ?
- ब्राजिल, रुस, भारत,
चीन र दक्षिण अफ्रिका
v
नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर को हुन् ? - हिमालयसमशेर जबरा
v
Great Himalayan Trail के सँग
सम्बन्धित छ ? - पदयात्रा मार्ग
v
नेपालमा आर्थिक क्षेत्रको सुधारका रुपमा
भूमिसम्बन्धी ऐनको तर्जुमा कहिले गरियो ? - वि.सं. २०२१
v
सन् १९७६ मा गठित नेपाल सहायता समूहलाई हाल के भनी
नामकरण गरिएको छ ? - नेपाल विकास मञ्च (सन् २००० देखि)
v
बहुपक्षीय व्यापार सञ्चालन विश्वव्यापार सङ्गठन (WTO) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ? - वि.सं.
२०६१ बैशाख ११ (२३ अप्रिल २००४)
v
ओलम्पिक खेलमा नेपाले सर्वप्रथम कहिले सहभागिता
जनायो ? - सन् १९६४ को १८ औं टोकियो ओलम्पिक
v
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको
असरबारे विश्वको ध्यानाकर्षण गर्ने उद्धेश्यले सगरमाथाको आधार शिविर कालापत्थरमा
मन्त्रिपरिषद्को बैठक कहिले सम्पन्न भयो ? - वि.सं. २०६६ मङ्सिर १९
v
कुनकुन जनगणनामा नेपालको जनसङ्ख्या बृद्धिदर
ऋणात्मक थियो ? - दोस्रो र तेस्रो
v
नेपालको एक मात्र सिकार आरक्ष कुन हो ? - ढोरपाटन सिकार आरक्ष
v
इनर्सिया न्युटको चालसम्बन्धी कुन नियमसँग
सम्बन्धित छ ? - पहिलो नियम
v
ध्वनिको तीब्रताकुन एकाइमा नापिन्छ ? - डेसिबल
v
DPT को पुरा रुप के हो ? -
Diphtheria Pertussis Tetanus
v
नेपालको पहिलो महिला राजदुतको हुन् ? - विन्देश्वरी शाह
v
हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क
राष्ट्र कुन हो ? - अफगानिस्तान
v
भारतबाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार 'डा.
अम्बेडकर कलाश्री राष्ट्रिय पुरस्कार-२०१५' बाट सम्मानित
हुने नेपाली को हुन् ? - कलाकार अरुणा हिङमाङ
v
यस बर्ष (२०७२) प्रदान गरिने डा. डिल्लीरमण रेग्मी
राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित हुने व्यक्तित्वको हुन् ? - प्रा.डा. तुलसीनारायण बैध्य
बस्तुगत प्रश्न-उत्तरहरु
बिषयगत प्रश्न-उत्तरहरु
बस्तुगत प्रश्न-उत्तरहरु
बिषयगत प्रश्न-उत्तरहरु
स्रोतः- गोरखापत्र अनलाईन
0 comments:
Post a Comment