नेपालको हावापानी




नेपालको हावापानी

नेपालमा भौगोलिक बनोटका आधारमा पाँच किसिमको हावापानी पाइन्छ । जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

v  उपोष्ण मनसुनी हावापानी (Sub-tropical Monsoon Climate) :
समुद्र सतहदेखि करीव १२०० मिटरसम्मको उचाइमा पर्ने तराईभावरदुनभित्रि मधेशटार आदि भागमा यो जलबायु पाइन्छ । यस हावापानीमा गर्मीमा १५ डिग्री से. देखि ४० डिग्री से. सम्म तापक्रम हुन्छ । बर्षायायमा २०० सेन्टिमिटर भन्दा बढी बर्षा हुन्छ । 
v  न्यानो समशितोष्ण मौसमी हावापानी (Warm Temperate Monsoon Climate) :
यस प्रकारको जलवायु चुरे पर्वतको माथिल्लो भाग महाभारत क्षेत्रमा पाइन्छ । समुद्र सतहदेखी १२०० देखी २१०० मिटर सम्मको उचाइँमा रहने यस क्षेत्रमा गर्मीमा २४ डिग्री से. देखी ३० डिग्री से. सम्म तापमान हुन्छ । बर्षामा १२५ सेन्टिमिटरसम्म वर्षा हुन्छ । 
v  ठण्डा समशितोष्ण हावापानी (Cold Temperate Climate) :
यस प्रकारको हावापानी महाभारतको उच्च भाग र हिमालको तल्लो भाग २१०० देखी ३३०० मिटरसम्मको उचाइँमा पाइन्छ । यस क्षेत्रमा तापक्रम गर्मीमा १५ देखी २० डिग्री से. तथा बर्षा १०० सेमीभन्दा कम हुन्छ । भने हिउँदमा तापक्रम शुन्य डीग्रीसम्म हुन्छ ।
 v  लेकाली हावापानी (Alpine Climate) :
हिमरेखामुनिको भाग र भित्री हिमालयमा ३३०० मिटर भन्दा माथि र ५००० मिटरभन्दा तलको हावापानी हुने यस जलवायुमा बैशाख जेठमा १० देखी १५ डिग्री से. सम्म तापक्रम पुग्छ र वर्षा भने वर्षभरीमा करिव ४० सेमी सम्म हुन्छ ।
 v  हिमाली हावापानी (Himalayan Climate) :
यस प्रकारको हावापानी हिमरेखाभन्दा माथि हुन्छ । यहाँ वर्षभरी नै हिउँले ढाकेको हुन्छ । ५००० मिटरभन्दा माथि यस प्रकारको हावापानी पाइन्छ ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment