२०७२ पुष ०८ गते बुधबार गोरखापत्रमा प्रकाशित लोक सेवा आयोगको तयारी कक्षा बस्तुगत तथा बिषयगत प्रश्न-उत्तरहरु !!

(२०७२ पुष ०१ गते बुधबार गोरखापत्रमा लोकसेवाको सामाग्री प्रकाशित नभएको जानकारी गराउदछौ ।। )
v  मिस वर्ल्ड-२०१५ को उपाधि जित्ने युवती को हुन् ? - स्पेनकी मेरिया लालागुना रोय
v  “मानिसको गौरव कहिल्यै नलड्नुमा होइन, जति पटक लडे पिन उठ्नुमा हुन्छ ।“ भन्ने विचारक को हुन् ? - लियो टाल्सटाय
v  लामो समय ओझेलमा परेको पुनः निर्माण प्राधिकरणसम्बन्धी विधेयक व्यवस्थापिका संसदबाट कहिले पारित भयो ? - वि. सं. २०७२ पुस १

v  २०७२ मङ्सिर अन्तिम साता राजधानीमा सम्पन्न ‘काठमाण्डौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल २०१५’ (किम्फ) मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ सर्वोत्कृष्ट हुन सफल फिल्म कुन हो ? - टासी एन्ड द मङ्क
v  माइपोखरी इलाम जिल्लामा पर्दछ भने सोदु पोखरी कहाँ पर्दछ ? - ताप्लेजुङ
v  संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा कति सदस्य रहने व्यवस्था छ ? - २५ (१५ स्थायी र १० अस्थायी)
v  रतन्धो (Night blindness) रोग कुन भिटामिनको कमिले लाग्छ ? - भिटामिन ए
v  कुनै पनि औषधि तोकिएभन्दा बढी प्रयोग गर्दा देखिने कडा असर वा हानिकारक असरलाई के भनिन्छ ? - Toxic Effect
v  दोस्रो विश्वयुद्धमा जर्मनी र इटालीको नेतृत्व कसकसले गरेका थिए ? - क्रमशः हिटलर र मुसोलिनी
v  २००७ साल अघि नेपालको कति राष्ट्रसँग दौत्य सम्बन्ध कायम भएको थियो ? - ४ (बेलायत अमेरिका भारत र फ्रान्स)
v  अफगानिस्तान सर्वप्रथम कुन दक्षिण एसियाली खेलकुददेखी सहभागी हुन थालेको हो ? - नवौं
v  नेपालमा कुन राणा प्रधानमन्त्रीको पालादेखि जनगणना लिने कार्य सुरु गरिएको हो ? - चन्द्र समशेर
v  २०६८ को जनगणना अनुसार नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको जाति कुन हो ? - कुसुण्डा (२७३ जना)
v  आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुन् ? - अब्राहम मास्लो
v  नेपालमा नयाँ मुलुकी ऐन कहिलेदेखि लागू भएको हो ? - वि. सं. २०२० भाद्र १
v  बैङ्क वा वित्तिय संस्थाको चल्ती बचत वा मुद्दती खातामा जम्मा गरिने रकमलाई के भनिन्छ ? - निक्षेप
v  जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी लिमिटेड कुन मन्त्रालयअन्तर्गत पर्दछ ? - बन तथा भू-संरक्षण मन्त्रालय
v  लठ्ठी नाच कुन जातिमा प्रचलित नाच हो ? - थारु
v  मन्त्रिपरिषद्को २०७२ पुस ३ को बैठकले कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गर्ने निर्णय गर्‍यो ? - दुर्जकुमार राई
v  हात्तीको बच्चालाई छावा भनिन्छ भने बाघको बच्चालाई के भनिन्छ ? - डमरु
v  वि. सं. २०७२ पुस ६ मा राजधानीमा सम्पन्न एलजी सातौं डी सिने अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्‍यो ? - नोभेम्बर रेन
v  मिश्रित निर्वाचत प्रणाली भन्नाले के बुझिन्छ ? - प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मिश्रण
v  हिउँदमा सुख्खा हुनु तथा ग्रीष्ममा बर्षा हुनु कुन जलवायुको विशेषता हो ? - मौसमी जलवायु
v  युवा तथा खेलकुद मन्त्रालयका अनुसार हाल नेपालमा स्नातक युवा बेरोजगारी कति रहेको छ ? - २६.१५ प्रतिशत
v  नेपालको संविधानको कुन धारामा ‘रोजगारीको हक’ सम्बन्धी व्यवस्था गरिएको छ ? - धारा ३३
v  वर्तमान संविधानको कुन धारामा सरकारी सेवाको गठन सम्बन्धी व्यवस्था रहेको छ ? - धारा २८५
v  आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ? - धारा ४३
v  काठमाण्डौंबाट सबैभन्दा नजिकमा रहेको सार्क राष्ट्रको राजधानी भुटानको थिम्पु हो भने सबैभन्दा टाढा रहेको सार्क राष्ट्रको राजधानी कुन हो ? - माल्दिभ्सको माले
v  मुलुकी ऐनअनुसार दुवै हातका कुनै औंला भनए र शङ्खचक्रको रेखा प्रष्ट नदेखिएमा कसको रोहवरमा कागज गराउनु पर्छ ? - एकाघरका जहानमा मुख्यको र त्यस्ता नभए अपुताली खाने हकदारको र त्यस्ता पनि नभए हेरविचार गरी आइरहेको संरक्षकको
v  विश्वको दोस्रो सर्वोच्च शिखर गुड्विन अस्टिन कहाँ रहेको छ र यसको उचाइ कति छ ? - पाकिस्तान, ८६११ मिटर ३१. नेपालको कुन संविधानमा पहिलोपल्ट मानव अधिकार आयोगको व्यवस्था गरियो ? - नेपालको अन्तरिम संविधान, २०६३
v  “सफलताको रहस्य यी हो, जतिखेर तिमीलाई सफलता पाउने त्यस्तै तीब्र इच्छा हुन्छ जस्तो कि पानीभित्र टाउको रहँदा हावाको आवश्यकता हुन्छ, तब मात्र तिमीले सफलता पाउन सक्छौ ।“ भन्ने विचारक को हुन् ? - सुकरात
v  युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको गुडविल मिडिया एम्बेसेडर (सद्भावना सञ्चार राजदूत) घोषित हुने पत्रकार कोको हुन् ? - विन्देश्वरप्रसाद मण्डल, कुँवरकान्त झा र दशरथ भण्डारी
v  शिख धर्मका प्रवर्तक को हुन् ? - गुरु नानक
v  सन् २०१५ डिसेम्बर २१ मा अमेरिकाको लासभेगसमा सम्पन्न मिस युनिभर्स-२०१५ को उपाधि जित्ने युवती को हुन् ? - पिया अलोन्सो बुर्ट्जवाक (फिलिपिन्स)

v  हालसम्म संयुक्त राष्ट्रसङ्घको बडापत्रमा कतिपटक संशोधन भएको छ ? - ५ पटक
बस्तुगत प्रश्न-उत्तरहरु




बिषयगत प्रश्न-उत्तरहरु





स्रोतः- गोरखापत्र अनलाईन


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment