लोकसेवा आयोगको नायब सुब्बाको प्रारम्भिक परिक्षा २०७२ फाल्गुन २२ गते सोधिएका केही प्रश्नहरुको उत्तरहरु !!


  •  दौत्य सम्बन्ध कायम भएको प्रथम दक्षिण अमेरिकी राष्ट्र कुन हो ??      अर्जेन्टिना
  •  Go Go Foundation (Good Governance) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ??       डा. भगवान कोइराला
  •  रुप्से झरना कुन जिल्लामा रहेको छ ??       म्याग्दी
  • पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन कहिले भएको हो ??     वि स २०७२ माघ २६ गते ( २५ गते राती १२:३० बजे )
  •  सुचना प्रविधी पार्क रहेको जिल्ला कुन हो ??     काभ्रे
  •  चर्चित रामारोसन कुन जिल्लामा अवस्थित रहेको छ ??      अछाम
  •  गोरखाभाषा प्रकाशिनी समितिको स्थापना वर्ष भन्नुहोस् ??      वि स १९६९
  • चालु तेह्रौ योजनाको अन्त्य सम्म परिवार नियोजनको साधन उपयोग गर्ने जनसंख्या कति हुने लक्ष्य राखिएको छ ??      ६७%
  • सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु कति वटा छन ??      ५ वटा ( अमेरिका, फ्रान्स, रुस, बेलायत र चाइना )
  •  जानकी मन्दिर निर्माण गर्दा कुन शैली प्रयोग गरिएको थियो ??       मुगल/राजपुत शैली
  •  ISO14000 ले के जनाउदछ ??     वातावरण व्यवस्थापन
  •  जोडा मिलाउनुहोस्
  1.  भिमनिधी तिवारी       सहनशिल शुशिला
  2.  कृष्ण धारावासी       राधा
  3.  विपी कोइराला       सुम्निमा
  4.  सिद्धिचरण श्रेष्ठ       उर्वशी
  •  नेपालको पहाडी प्रदेशले कति प्रतिशत भाग उगटेको छ ?      ६८%
  •  काठमाडौका अन्तिम मल्ल राजा को हुन ?      जयप्रकाश मल्ल
  •  गण्डकी नदिको सबैभन्दा ठुलो सहायक नदी कुन हो ?      काली गण्डकी
  •  जोडा मिलाउनुहोस्
  1.  सुर्यबाट नजिकको ग्रह      बुध
  2.  पृथ्विबाट नजिकको ग्रह      शुक्र
  3.  सबै भन्दा ठुलो ग्रह      Jupiter
  4.  रातो ग्रह       मंगल
  •  जोडा मिलाउनुहोस् 
  1.  टापु महादेश      अष्ट्रेलिया
  2.  बिषमताको महादेश      एशिया
  3.  नयाँ संसार       उत्तर अमेरिका
  4.  अध्यारो महादेश      अफ्रिका
  •  दोस्रो विश्वयुद्धको प्रमुख कारण के थियो ??      भर्साइलको असमान सन्धि
  •  दिएका मध्ये राणाकालीन मुन्सिखाना भन्नाले के लाई बिझिन्छ ??      परराष्ट्र
  •  रामसार के सँग सम्बन्धित रहेको छ ??      सिमसार
  • जैबिक बिबिधता सुचना केन्द्र कहा रहेको छ ??      टिकौली, चितवन
  •  आशुकवि भनेर कसलाई चिनिन्छ ??     शम्भु प्रसाद ढुङेल
  •  नमिल्ने जोडा कुन हो ??
  1.  Nepal & Nepalese     G.H. Gillimate
  2.  Nepal & Its Neighbors      R.K. Das
  3.  Gurkha     Hesitate
  4.  Political Relation between India & Nepal      Paramananda
यस्को उत्तर      (d) Political Relation between India & Nepal      Paramananda (उक्त पुस्तक Paramananda ले नभईले K.B. Majumdhar लेखेका हुन ।)
  •  जोडा मिलाउनुहोस् :
  1.  कालीगण्डकी ए       १४४००० किवा
  2.  मर्स्याङ्दी       ६९००० किवा
  3.  चिलिमे       २२००० कि वा ( चिलिमे २०००० कि वा हो, तर प्रश्नमा २२००० दिएको थियो । )
  4.  कुलेखानी       ६०००० कि वा
  •  दिइएको सडकको नाम मध्ये कुन जोडि सहि छ ?      बनेपा‬ -बर्दिबास- विपि राजमार्ग (दिइएको मध्ये यो मात्र सहि थियो । )
  • १२ औं साग गेमको बारेमा तलका मध्ये कुन कुन सहि छ/छन् ?
  • नेपालले ४ स्वर्ण जितेको थियो ।
  • नेपालले फाइनल फुटबल खेलमा भारत विरुद्ध ३ गोल हानेको थियो ।    दुवै गलत‬ हुन ।
  • दिइएको मध्ये कुन वनस्पति समशितोष्ण सदावहार कोणधारी वनमा पाइन्छ ? ?    उत्तिस
  •  216,343,512,729, ?  कति होला ?     1000 
  •  180, 277,340, 490 मध्ये कुन मिल्दैन?     277
  •  एउटै प्रकृतिका बराबर क्षमता को गिलास हरुमा क्रमश १/३ र १/४ दूध राखियेको छ। त्यसपछी गिलास हरुमा पानीले पूरा गर्ने हो भने र मिसाउने हो भने त्यो भाँडो मा दूध र पानी को अनुपात कति हुन्छ?     ७/१७
  •  x=y=2z र xyz=256 भए x=?      8
  •  यदि बिक्री मूल्य दोब्बर भये नाफा तेब्बर हुन्छ भने नाफा प्रतिशत कति छ ??      100%
  • यदि A ले 18 दिन र B ले 15 दिनमा एक काम गर्छन। B ले 10 दिन काम गरेर छाड्छ भने बाँकी काम A ले कति दिन मा सिध्याउछ ? ?     6 दिन
  • COUNSEL = BITIRAK भए GUIDANCE = ??      FOHYZJBB
  • ZYX , WUS , TQN , ?  के हुन्छ ??      QMI
  • भोलि को पर्सि बुधबारको तीन दिन अघि पर्छ भने आज के बार होला ??     बिहिबार
  • 48 जना भएको एउटा लाइन मा बिराट अगाडि बाट १४ औँ र जीवन अन्तिम बाट १७ औँ स्थान मा छ र बिराट जीवन भन्दा अगाडि छ। मिरा , जीवन र बिराट को ठिक बिच मा छिन भने,बिराट र मिरा को बिचमा कति जना ब्यक्ती छन ??      8 जना
  • बिहानै उदय र विशाल दोबाटो मा आमुन्ने सामुन्ने उभिएर कुरा गर्दा विशाल को छाया उदय को ठिक बायाँ तर्फ परेको थियो भने उदय कुन दिशा तर्फ फर्केको थियो?     उत्तर दिशा तर्फ 
  • जोडा मिलाउनुहोस् 
  1. मकालु       ८४६३ मि
  2. चोयु       ८२०१ मि
  3. सगरमाथा      ८८४८ मि
  4. मनास्लु      ८१६३ मि

बाँकी प्रश्नहरु तपाईहरुलाई थाहा छ भने हाम्रो फेसबुक पेजमा, ट्युइटर मा अथवा हामीलाई मेल गर्न सक्नुहुन्छ !!

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment