शिक्षक सेवा आयोगको शनिवार बसेको बैठकले पाँच विकास क्षेत्रका ६ सय ११ पदका लागि आयोग खोलेको हो । शिक्षा विभागबाट प्राप्त दरबन्दीका आधारमा २०६३ बैशाख १० पछि रिक्त रहेका मावि शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि विज्ञापन भएको आयोगले जनाएको छ । आयोगको विज्ञापन अनुसार निम्न बिषयका लागी निम्न शिक्षकको माग गरेको छ ।
- विज्ञान- १५०
- अंग्रेजी – १२८
- नेपाली – १०७
- सामाजिक – ९३
- गणित – ८७
- लेखा – २०
- स्वास्थ्य तथा जनसंख्या – ६
- साहित्य – ३
- कम्प्युटर विज्ञान – ३
- शिक्षा – २
- संस्कृत भाषा – २
- कृषि – १
- वेदका – १
विज्ञापन अनुसार ३० दिन भित्र आवेदन भर्न पाईने छ । फागुन ३० गते औपचारिक सूचना जारी हुने भएकोले त्यही दिन देखि गणना गरिने छ । जस अनुसार फारम भर्ने म्याद चैत २९ गते सम्मका लागि तोकिएको छ भने दोब्बर दस्तुर तिरेर बैशाख ६ गते सम्म फारम भर्न पाईने आयोगले जनाएको छ । आयोगको पुरा विज्ञापन सम्बन्धि थप जानकारीका लागि क्लिक गर्नुहोस् ।
"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
0 comments:
Post a Comment