२०७२ साउन ६ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्न-उत्तरहरु !!

  • १२ औं दक्षिण एसियाली खेलकुद ‘साग’ कहिले र कहाँ हुने भएको छ ?      →     सन् २०१६ फेब्रुअरी‚ भारत
  • नेपाली क्रिकेट टोलीका कप्पान पारस खड्का विश्व ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा कतिऔं स्थानमा परेका छन् ?      →     ६४ औं
  • सरकारले आ. व. २०७२/७३ को नीति तथा कार्यक्रम कहिले सार्वजनिक गर्‍यो ?      →     वि.सं. २०७२ असार १३ (राष्ट्रपति डा. रामवरण यादवद्वरा संविधान सभा/व्यवस्थापिका संसदको असार २३ को वैठकमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रममा भूकम्प पछिको पुनः निर्माण र देशको आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रमका प्रमुख विशेषता निम्नानुसार छन् । )
  1. कर्मचारीका लागि योगदानमा आधारित पेन्सन प्राणाली लागू गरिने‚
  2. “सरकार-सहकारि साझेदारी”‚ “एक परिवार एक सरकारी सदस्य”‚ “हरेक गाउँ एक डाक्टर पुर्‍याउँ” जस्ता आकर्षक नारा‚
  3. सन् २०३० सम्म मध्यम आय हुने राष्ट्रको स्तरमा लैजान “दूरदृष्टि २०३०” तर्जुमा गरी कार्यान्वयनमा ल्याइने‚
  4. गुणस्तरीय शिक्षा प्रत्याभुत गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन‚
  5. तराईका १२ जिल्लालाई धानको पकेट क्षेत्रका रुपमा विकास गरिने‚
  6. भूकम्प मापन केन्द्रलाई प्रविधि सम्पन्न बनाइने‚
  7. २५ जिल्लामा गरिव घरपरिवार परिचयपत्र वितरण र बाँकी जिल्लामा सर्वेक्षण‚
  8. पूर्वाधार विकास समस्या समाधान गर्न जग्गा प्राप्तिसम्बन्धी ऐन ल्याउने‚
  9. नवजात शिशुको जन्मदेखि २८ दिनसम्मको उपचार सेवालाई निःशुल्क बनाउनुका साथै प्रत्येक नगरपालिकामा न्युनतम १५ शय्याको अस्पताल निर्माण गरिने‚
  10. चिकित्सा शिक्षासम्बन्धी नया नीति‚ प्रत्येक विकास क्षेत्रमा चिकित्साको उच्च शिक्षा‚
  11. दलित‚ कमजोर वर्गका विद्यार्थीलाई आवसीय विद्यालको स्थापना‚
  12. अनलाइन भिसा प्रणाली यसै बर्षबाट‚
  13. हिउँदमा आठ घण्टाभन्दा बढी लोडसेटिङ नगर्ने प्रतिबद्धता‚
  14. ज्येष्ठ नागरिकलाई भत्ता बृद्धि गरिने‚
  15. युवाहरलाई मुलुक निर्माणको अभिन्न अङ्गका रुपमा लिई व्यावसायिक‚ रोजगारमुलक र नेतृत्व विकाससम्बन्धी तालिम दिने साथै “युथ भिजन २०२५” लागू गर्ने घोषणा‚
  16. एक बर्षभित्र स्थानीय चुनाव‚
  17. जोखिम संवेदनशील भूउपयोग योजना‚
  18. राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रम विस्तार गरिने । 

  •  गुल्मी जिल्लालाई खुल्ला दिसामुक्त जिल्लाका साथै साक्षर जिल्लाका रुपमा कहिले घोषणा गरियो ?      →     वि.सं. २०७२ असार २६
  •  विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ?      →    जुलाई ११
  •  विश्वका सबैभन्दा जेठा नागरिक जापानका साकारी मोमोयीको ११२ बर्षको उमेरमा कहिले निधन भयो ?      →    सन् २०१५ जुलाई ५
  •  नवनियुक्त प्रधानन्याधिस कल्याण श्रेष्ठले कहिले पदभार ग्रहण गर्नुभयो ?      →     वि.सं. २०७२ असार २३
  •  सन् २०१६ मा भारतमा आईसीसी वर्ल्ड टी- ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगीतका लागी छनौट खेलमा कति टोली सहभागी छन् ?      →     १४
  •  कुनै बस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ?      →     पिण्ड
  •  नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा कति धारा रहेका छन् ?      →     २९७ धारा
  •  पृथ्वीको सतहको एकाइ क्षेत्रफलमा पर्ने हावाको चापलाई के भनिन्छ ?      →     वायुमण्डलीय चाप
  •  राष्ट्रिय मानव अधिकार आयोगलाई कहिलेदेखि संवैधानिक अङ्गका रुपमा व्यवस्था गरिएको हो ?      →     वि.सं. २०६३ माघ १
  •  हाल विश्वकै सबैभन्दा अग्लो भवन कुन हो ?      →     वुर्ज खलिफा. दुबई (८ सय २८ मिटर अर्थात २७ सय १६ फिट अग्लो)
  •  “पर्यटनका लागि सँगसँगै” Together For Tourism भन्ने नाराका साथ नेपाल पर्यटन बर्ष कहिले मनाइयो ?      →     सन् २०११
  •  सेतो रगत भएको जीव साङ्लो हो भने टाउकोमा गर्भधारण गर्ने जीव कुन हो ?      →     उडुस
  •  भारतलाई मात्र छुने नेपालका जिल्ला २४ वटा छन् भने चीनलाई मात्र छुने जिल्ला कति रहेका छन् ?      →     १३
  •  नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?      →     ३ भाग
  •  टेलिभिजन कलाकर्मी मञ्च नेपालले “लाइफ टाइम एचिभमेन्ट अवार्ड” कसलाई सम्मान गरेको छ ?      →     नीर शाह
  •  “करोडौ कस्तुरी” नामक औपन्यासिक कृतिका लेखक को हुन् ?      →     अमर न्यौपाने
  •  “व्यक्तिको चरित्र एउटा रुख जस्तो हो भने प्रतिष्ठा त्यसको छाया ।“भन्ने विचारक को हुन् ?      →     अब्राहम लिङ्कन‚ अमेरिको भूतपूर्व राष्ट्रपति
  •  संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१५ जुलाईमा सार्वजनिक प्रतिवेदनअनुसार हाल विश्वव्यापी चरम गरिवी कति कायम भएको अनुमान छ ?      →     १२ प्रतिशत
  •  पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखापर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ?      →     उत्परिवर्तन
  • नेपालमा पहिलोपल्ट टेस्टट्युव प्रविधिबाट शिशुको जन्म कहिले भयो ?      →     वि.सं. २०६१ फागुन २० ( ओममणि तामाङ ओम हस्पिटलमा)
  •  यस बर्षको “नेपाल विद्यापति भाषा साहित्यकार पुरस्कार” कसलाई प्रदान गरियो ?      →     रामान्नद युवा क्लब‚ जनकपुरधाम
  •  वि.सं. २०७१ असार २५ मा राजधानीमा सम्पन्न पाँचौ लिटिल प्रिन्स एन्ड प्रिन्सेसको उपाधि कस-कसले जिते ?      →     क्रमशः अविरल जोशी र तनिसा आर. पोखरेल
  • वि.सं. २०७२ मा प्रदान गरिने साहित्य संस्कृति तर्फको पुष्पलाल राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?      →     सत्यमोहन जोशी
  •  गत आर्थिक वर्षमा कतिवटा सार्वजनिक संस्थान नाफामा रहेका छन् ?      →     १८ वटा (कुल ३७ सार्वजनिक संस्था)
  •  विश्वका उदयिमान अर्थतन्त्र भएका राष्ट्रहरुको सङ्गठन BRICS को सातौं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?      →     उफा‚ रुस (सन् २०१५ जुलाई)


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment