- भुकम्पबाट शिथिल अर्थतन्त्रलाई गतिशिल बनाउँदै ६ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्यसहित सरकारले आर्थिक बर्ष २०७२/७३ को बजेट कहिले प्रस्तुत गर्यो ? → वि.सं. २०७२ असार २९
- भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको ८४ बर्षको उमेरमा कहिले निधन भयो ? → सन् २०१५ जुलाई २७
- फोर्ब्सद्वारा सन् २०१५ जुलाई १५ मा सार्वजनिक विश्वका मूल्यवान क्लबहरुमा पहिलो स्थानमा रहन सफल क्लब कुन हो ? → रियल म्याड्रिड फुटबल
- रेपुटेसन इन्स्टिच्यूटले सन् २०१५ जुलाईमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार वातावरणीय विविधता‚ राजनीति एवं आर्थिक तत्वलाई आधार मानी तयार पारिएको प्रतिवेदनअनुसार विश्वकै प्रशंसायोग्य मुलुक कुन भएको छ ? → क्यानडा (दोस्रोः नर्वे‚ तेस्रोः स्वीडेन‚ चौथोः स्विट्जरल्याण्ड‚ पाँचौः अष्ट्रेलिया)
- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वि.सं. २०७२ साउन १ मा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ? → वि.सं. २०७२ मङ्सिर ११ देखि १८ सम्म पूर्वाञ्चलमा
- विभिन्न किसिमका जीवजन्तु‚ पशुपंक्षी‚ किटपतंगको बासस्थानका लागी सीम‚ घोल‚ पोखरी‚ नदी किनारमा सधै पानीले भिजिरहने ओसिले भूमिलाई के भनिन्छ ? → सिमसार
- संसारकै सबैभन्दा ठूलो सफ्टवेयर उत्पादक कम्पनी माइक्रोसफ्ट कर्पोरेसन द्वारा तयार गरिएको नेपाली भाषामा चलाउन सकिने ‘माइक्रोसफ्ट अफिस २००३ नेपाली’ नामक कम्प्यूटर प्रणाली कहिलेदेखी बजारमा आएको हो ? → वि.सं. २०६२ मङ्सिर १३
- २०७२ सालमा प्रदान गरिएको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ (राशिः जनही रु. एक लाख) बाट सम्मानित हुने कलाकार को हुन् ? → तारा थापा (संगित तथा नाट्य विधा)‚ राधेश्याम मुल्मी (ललितकला)‚ र रविलाल अधिकारी (भाषा साहित्य)
- इरान तथा ‘पी फाइब प्लस वान’ (चीन‚ फ्रान्स‚ रुस‚ अमेरीका‚ बेलायत तथा जर्मनी) बीच इरानको परमाणविक क्षमतालाई असैनिक उद्देश्यमा सीमित बनाउने एकीकृत सम्झौता कहिले भयो ? → सन २०१५ जुलाई १५
- सन् २०१५ जुलाई ११ मा भारतको जनसङ्ख्या कति पुगेको छ ? → १ अर्ब २७ करोड ४२ लाख ३९ हजार ७६९ (विश्वको कुल जनसङ्ख्याको १७.२५ प्रतिशत‚ सन् २०१५ जुलाई ११ सम्म बृद्धिदर १.८ प्रतिशत रहेको)
- नेपाल राष्ट्र बैङ्कले नेपाल सरकार लेखिएको पहिलो नोट कहिलेदेखि चलनचल्तीमा ल्याएको हो ? → वि.सं. २०६३ असोज ६ (रु. ५ को नोट)
- नेपालमा जिन बैङ्कको स्थापना कहिले भएको हो ? → वि.सं. २०६७ असोज २१
- रुपन्देही‚ नवलपरासी र लमजुङ पूर्ण साक्षर जिल्ला कहिले घोषित भए ? → वि.सं. २०७२ असार ३१ (वि.सं. २०७२ साउन ९ मा पाँचथर जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भएसँगै हालसम्म १८ जिल्ला साक्षर घोषित भएका छ्न् । ललितपुर नेपालकै पहिलो साक्षर जिल्ला भएको छ ।)
- सरकारले कहिलेसम्म देशका सबै जिल्ला साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएको छ ? → सन् २०१५ डिसेम्बर
- काठमाण्डौं विश्व बाघ कार्यशाला कहिले सम्पन्न भयो ? → वि.सं. २०६६ कार्तिक १०-१३
- जलवायु परिवर्तनसम्बन्धी ‘कोप – २१’ सन् २०२५ नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म कहाँ आयोजना हुने भएको छ ? → फ्रान्सको बुर्गेट
- अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नामा ‘नोर्गे मोन्टस’ राखेको छ ? → प्लुटो
- नेपाल सरकारले कहिलेदेखी अङ्ग्रेजी भाषासमेत प्रयोगगरी नयाँ ढाँचाकव नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ? → वि.सं. २०६६ मङ्सिर १ गते
- निजामती कर्मचारी कल्याणकारी कोष नियमावली‚ २०७२ अनुसार हरेक महिला कर्मचारीको तलबबाट कति प्रतिशत रकम कट्टा गरी जम्मा गरिने ब्यवस्था छ ? → ०.५ प्रतिशत
- इन्टरनेसनल कफी अर्गनाइजेसन (आइसीओ) सन् २०१४ मार्चमा सम्पन्न सम्मेलनले कुन दिनलाई ‘विश्व कफी दिवस’ का रुपमा मनाउने प्रस्ताव गरेको छ ? → अक्टोबर १
- वि.सं. २०७२ असारसम्मको तथ्याङ्कअनुसार नगद प्रवाहमा आधारित सरकारी खर्च कति पुगेको छ ? → रु. ४४० अर्ब ९९ करोड (कुल खर्चमध्ये चालू खर्च रु. ३०० अर्ब ४२ करोड‚ पुँजीगत खर्च रु. ५६ अर्ब ६३ करोड र बित्तीय ब्यवस्थातर्फको खर्च रु. ८३ अर्ब ९४ करोड रहेको छ ।)
- भुकम्पपछिको पुननिर्माण अभियानमा सहयोग पुर्याउने र ६ प्रतिशतको आर्थिक बृद्धि दरको लक्ष्य भेट्टाउने योजनासहित नेपाल राष्ट्र बैङ्कले आ.व. २०७२/७३ को मौद्रिक नीति कहिले सार्वजनिक गर्यो ? → वि.सं. २०७२ साउन ७
0 comments:
Post a Comment