आयोग तयारीमा रहेका सबैको लागी उपयोगी- राजनितीशास्त्रसँग संम्बन्धित प्रश्न-उत्तरहरु- भाग- तिन !


  • राज्य भनेको जनता माथि शोषण गर्ने हतियार हो ! यो कसको भनाइ हो ?      →    कार्ल मार्क्स 
  • महात्मा गान्धीको हत्या कहिले भएको थियो ??      →    सन १९४८ जनवरी ३० 
  • लोकसेवा आयोगमा कतिजना सदस्य रहने व्यवस्था छ??      →   आवश्यकता अनुसार 
  • लोकसेवाले राजनितीशास्त्रको अध्ययन कुन पदतिलाई जोड दिएका छन ?      →   अबलोकन 
  • UNO को बडापत्रमा सन् १९४५ जून २६ मा हस्ताक्षर भएको थियो । 
  • नेपाल UNO मा शान्ति सेना पठाउने 7 औँ ठुलो राष्ट्र हो। 
  • नेपाल अंग्रेज युद्धको सुरुवात बुटवल ,स्युराज ,हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउको बिषयमा भएको थियो। 

  • अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस कहिले पर्छ ?     →   सेप्टेम्बर १५
  • अरस्तुले राजनितीशास्त्रको अध्ययन कुन पदतिलाई जोड दिएका छन ?     →   तुलनात्मक 
  • लेबिस् राजनितीशास्त्रको अध्ययन कुन पदतिलाई जोड दिएका छन ?      →   प्रयोगात्मक 
  • रुसो ,प्लेटो ,मिल राजनितीशास्त्रको अध्ययन कुन पदतिलाई जोड दिएका छन ?     →   दार्शानिक 
  • मानवअधिकार विश्वव्यापी घोषणापत्रमा ३० बटा धारा रहेका छन् । 
  • सन २०१३ लाई संयुक्त राष्ट्र संघले "बिकासशिल साना दिप राष्ट्रको अन्तरराष्ट्रिय बर्ष " , "जल सहयोग अन्तरराष्ट्रिय बर्ष " र "क्विनुवाको अन्तरराष्ट्रिय बर्ष " को रुप मा मनाएको थियो। 
  • नेपाल अधिराज्यको संविधान २०४७ कतिपल्ट संसोधन गरिएको थियो ??     →   संसोधन गरिएको थिएन ! 
  • राजिनामा दिने एकमात्र सार्क महासचिव को हुन??      →   फतिमा धियना सैयद ( माल्दिभ्स ) 
  • लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो।
  • औद्योगिक क्रान्तिको सुरुवात बेलायतको कपडा उत्पादन क्षेत्रबाट भएको थियो । 
  • जेम्सवाट ले वाफ बाट चल्ने मेसिन ,हम्फे डेभी ले सेफ्टि ल्याम्प ,मेकडम ले पक्की सडक बनाउने तरिका पत्ता लगाएका थिए । 
  • फ्रान्सको राज्यक्रान्ति सन्1789 मा भएको थियो । 
  • नेपोलियन बोनापार्टले कानुनहरुको संकलन र परिमार्जन गरी मुलुकभर लागू गर्न बनाएको कानुनलाई नेपोलियन कोड भनिन्छ । 
  • अमेरिकी स्वतन्‌त्रता संग्राम सन 1775 मा सुरु भएर सन 1783 मा सकिएको थियो । 
  • भर्साइलको सन्धि पछि बेलायति उपनिवेशबाट अमेरिका मुक्त भए संगै अमेरिकी स्वतन्त्रता संग्राम सकिएको थियो । 
  • अमेरिका स्वतन्त्र हुदा त्यहाँ जम्मा 13 वटा राज्य थिए तर अहिले 50 वटा राज्य छन् । 
  • अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिँटनले अमेरिकी संग्रामको नेतृत्वगरेका थिए । 
  • अक्टोबर क्रान्ति भनेर चिनिने रुसको राज्यक्रान्ती सन्1917 मा भएको थियो । 
  • रुसको राजालाइ जार,रानी लाइ जरिना र संविधानसभा लाई डुमा भनिन्थ्यो । 
  • जुलाइ 28 ,1914 मा अष्ट्रियाले सर्बियामाथि आकर्मण गरि प्रथम विश्वयुद्ध को थालनी गरेको थियो 
  • प्रथम विश्वयुद्धको समयमा जर्मनी अष्ट्रिया र हंगेरी सम्मिलित गुट लाई त्रिगुट भनिन्थ्यो । 
  • प्रथम विश्वयुद्धको समयमा फ्रान्स ,रुस र बेलायत सम्मिलित गुट लाई त्रिराष्ट्रियगुट भनिन्थ्यो । 
  • प्रथम विश्वयुद्धपछि राष्ट्रसंघ को स्थापना 1920 जनवरी 10 मा भएको थियो । 
  • प्रथम विश्वयुद्धमा 36 वटा राष्ट्र सम्मिलित थिए भने नेपालले बेलायतलाइ सहयोग गरेको थियो । 
  • सन्1939 सेप्टेम्बर 1 मा पोल्याण्डमाथी जर्मनीले आकर्मण गरेपछी दित्तिय विश्वयुद्ध सुरु भएको थियो । 
  • सन् 1945 अगस्ट 9 का दिन जापानको नागासाकीमा अणुबम खसालेपछी सन 1945 अगस्ट 14 का दिन जापानले आत्मसमर्पण गरेपछि दित्तिय विश्वयुद्ध अन्त्य भएको थियो । 
  • दित्तिय विश्वयुद्धमा फ्रान्स ,बेलायत ,अमेरिका ,रुस , रुमानिया ,आदि सम्मिलित गुटलाई एल्लाइज पावर भनिन्थ्यो । 
  • दित्तिय विश्वयुद्धमा जर्मनी ,इटाली जापान सम्मिलित गुटलाइ धुरी राष्ट्र भनिन्थ्यो । 
  • अमेरिकाले लिटिल ब्वाय नामक अणुबम 1945 अगस्त 6 मा नागासाकीमा खसालेको थियो । 
  • अमेरिकाले फ्याट म्यान नामक अणुबम 1945 अगस्त 9 मा हिरोसिमामा खसालेको थियो । 
  • भारत 1947 अगस्त 15 मा बेलायति उपनिवेशबाट मुक्तभएको थियो । 
  • रितिरिवाज कानुनका प्राचिन आधार हुन भन्ने भनाइ कसको हो ?      →   उड्रो विल्सन 
  • बेलायत को सबिधान पहिलो आधार कुन हो ?      →   रितिरिवाज 
  • सार्कको बडापत्र १० धारा रहेको छ ! 
  • नेपाल WTO को १४७औ सदस्य हो ! 
  • नेपाली समाजलाई चार बर्ण छत्तिस जातमा बिभाजन गर्ने राजा को हुन ?      →   जयस्थिती मल्ल 
  • युवराजधिराज 'घोषणा गर्ने प्रथम राजा को हुन ?      →   अंशुवर्मा 
  • सार्क क्षेत्रमा युरोपेली संघको युरो जस्तै एकल मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव राख्ने राष्ट्र कुन हो ??     →   भारत 
  • ट्रेड युनियनलाई सामाजिक दबाब समुह मानिन्छ ! 
  • नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्‍यो ?      →   १४ डिसेम्वर १९५५ 
  • संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ?      →   ट्रिग्वेली, नर्वे 
  • ब्यबस्थापिकाको नियन्त्रणमा कार्यपालिका रहनु नपर्ने सकार कुन हो ?     →   राष्ट्रपतिय सरकार 
  • नेपालको संबिधान २०१९ पहिलो पटक सार्बभौमिकता सम्बन्धी व्यबस्था गरेको थियो ? 
  • "राज्यमा हुने प्रत्येक परिवर्तन एक राजनैकिक प्रयोग मान्ने"भनाइ कसको हो?     →   अगस्ट कम्टे 
  • "The History of florence"का लेखक को हुन?     →   मेकयावेली 
  • political science begins and ends with the state"यो भनाइ कसको हो?     →    गार्नर 
  • प्राचिन कालमा गृसमा राजनिती शास्त्र कुन रुपमा लिइन्थ्यो  ??    →   नागरिक शास्त्र 
  • हाल निजामती सेवामा कति वटा सेवा रहेका छ्न?     →   १० 
  • सयुक्त राष्ट्र संघमा ब्यबस्थापिका भन्नाले के लाई जनाउछ ?     →   महासभा 
  • सयुक्त राष्ट्र संघमा १० अस्थाइ राष्ट्र कति समय को लागि चुनिन्छ ?     →   २बर्ष को लागि 
  • सयुक्त राष्ट्र संघमा कार्यपालिका भन्नाले के लाई जनाउछ ?     →   सुरक्षा परिषद 
  • संयुक्त राष्ट्रसंघिय शान्ति सेनामा नेपाली सेनाको सहभागिता कहिलेबाट भएको हो ?     →   1958 A.D. 
  • संयुक्त राष्ट्रसघंको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?     →   ईन्डोनेसिया 
  • १९१७ का रुसी अक्टोवर क्रान्तीका नायक को थिए ?     →   बोल्सेभिक लेनिन
  • बिकास प्रसाशनको प्रयोग कहिले देखि भयो ?     →   १९६० AD 
  • प्रसाशनमा प्रयारवणिय अबधारणा कसले प्रस्तुत गरेको हुन ?     →   Jhon. S.Gaush 
  • बिकास प्रसाशनका जन्मदाता को हुन?      →   Edward W.Weidner 
  • एकल निर्णय सिदान्त आधारित निर्वाचन प्राणालीका कुन हो ?     →   बहुमतिय निर्वाचन प्राणाली 
  • थोमस् हेयरको प्रमुख book कुन हो?      →   The Machinary of Resresentation 
  • समानुपातिक निर्वाचन प्राणालीका हिमायाती को हुन ?     →   अथर यफ बेन्ट 
  • POSDCoRB" मा"Co " ले के जनाउछ?      →   Co_ordination 
  • नेपाल सरकार वैधानिक कानुन २००४ जसमा ६ भाग ६८ धारा र १ अनुसुची रहेको थियो ।
  • तीनवटा सदन भएको मुलुक कुन हो ?      →   दक्षिण अफ्रिका 
  • हालसम्म लिखित सबिँधान नभएको मुलुक कुन हो ?     →   बेलायत 
  • विश्वको पहिलो लिखित सबिँधान मुलुक कुन हो ?      →   अमेरिका 
  • फ्रान्सको राज्यक्रान्तिकोनारा के रहेको थियो?     →   स्वतन्त्रता,समानता,भातृत्व' 
  • सार्कको प्रशासनिक कार्य कुन निकायले गर्दछ ?      →   सार्क सचिवालय 
  • POSDCoRB" मा" R" ले के जनाउछ?      →   Reporting 
  • political science मा राज्य शब्दको प्रयोगमा ल्याउने को हुन ?      →   मेकियाबेली 
  • UNO को सुरक्षा परिषदमा सबैभन्दा पहिले भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?     →   बेलायत 
  • America को माथिल्लो सदन लाई के भनिन्छ ?     →   सिनेट
  • POSDCORB को पुरा रुपः-
Planning      →    that is working out in broad outline the things that need to be done and the methods for doing them to accomplish the purpose set for the enterprise;
Organizing     →    that is the establishment of the formal structure of authority through which work subdivisions are arranged, defined, and co-ordinated for the defined objective;
Staffing     →    that is the whole personnel function of bringing in and training the staff and maintaining favorable conditions of work;
Directing     →    that is the continuous task of making decisions and embodying them in specific and general orders and instructions and serving as the leader of the enterprise;
Co-ordinating     →    that is the all important duty of interrelating the various parts of the work;
Reporting     →    that is keeping those to whom the executive is responsible informed as to what is going on, which thus includes keeping himself and his subordinates informed through records, research, and inspection;
Budgeting     →    with all that goes with budgeting in the form of planning, accounting and control.



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment