आधुनिक काल
आधुनिक नेपालको राजनीतिक इतिहास वि.स. १८२५ (ई.स.१७६८) देखि प्रारम्भ हुन्छ । शाहवंशीय राजा पृथ्वीनारायण शाहले उपत्यका विजय प्राप्त गरेपछि नै आधुनिक काल सुरु भएको मानिँदै आएको छ । साथै कसैले भने १९९९ देखि वर्तमानसम्मकाे समयावधिलार्इ नेपाली समालाेचनाकाे अाधुनिक काल मान्दछन् । जसअन्तर्गत नेपाली समालाेचनात्मक विकासकाे दाेस्राे चरण (१९९९-२००६), तेस्रो चरण (२००७-२०२४) र चौथो चरण (२०२५ देखि यता) पर्दछन् नेपालको आधुनिक इतिहास र भूगोलका प्रर्वतक पृथ्वीनारायण शाहले आफ्ना दिव्य उपदेशमा ‘मेरा साना दुखले अर्ज्याको मुलुक होइन चार वर्ण छत्तीस जातको फूलबारी हो सबैलाई चेतना भया’ भन्ने एकताबोधको सन्देशसमेत दिएका छन् । विशाल नेपाल निर्माणमा पृथ्वीनारायण शाहलाई एकीकरण अधिष्ठाता मानिन्छ । साना–साना थुम र टाकुरे राज्यमा विभक्त भू–खण्डलाई समेटी शक्तिशाली राज्यमा एकीकृत र सङ्गठित गर्न वि.स. १८०१ (ई.स. १७४४) को नुवाकोट विजयदेखि वि.स. १८७३ (ई.स.१८१६) को सुगौली सन्धिसम्म करीब ७३ वर्ष लागेको थियो ।
शाहवंशको परिचय
शाहवंशको प्राचीन इतिहासबारे विभिन्न वंशावलीहरूले अलग–अलग रूपमा वर्णन गरेका छन् तापनि हालसम्म प्राप्त विविध तथ्यहरूको आधारमा हेर्दा गोरखा–राजवंशको सम्बन्ध भारतको चितौडका सिसौदिया राजपुतहरूसित कायम रहेको बुझिन्छ । मुसलमानी आक्रमणबाट चितौडको पतन भएपछि त्यहाँका शासकहरू पनि भागेर यत्रतत्र लागे । केही वर्षपछि यही राजवंशका भूपालले नेपालको रिडी र पछि भीरकोटमा बसोबास गरेको बुझिन्छ । यी भूपालका दुई छोराहरू हरिहरसिंह र अजयसिंहले पहिलोपल्ट आएर पहाडी इलाकामा आ– आफ्नो स्वतन्त्र राज्यको स्थापना गरे । यी दुवै भाइहरूले तत्कालीन भारतवर्षका शासकहरूले लिए सरह मान पदवी धारणा गरेका थिए । त्यसैले इतिहासमा यिनीहरू खाँचा खान र मिचा खान भनेर पनि चिनिन्छन् । कान्छा अजयसिंहको वंशमा यिनीपछि विचित्र खान, कुलमण्डन आदि भए । कुलमण्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएको कुरा वंशावलीमा उल्लेख गरिएको छ । यसर्थ कुलमण्डनको पालादेखि नै यस राजवंशले आफ्नो नामको साथ शाह प्रयोग गर्न थालेको मानिन्छ । कुलमण्डन शाहको समयमा लमजुङको राजगद्दी खाली भएकोले लमजुङको अनुरोधमा यिनका कान्छा छोरा यशोब्रह्म शाहलाई त्यहाँको राजा बनाइयो । यो यशोब्रम्ह शाहका दुई भाइ छोराहरू थिए । जेठा नरहरि शाह र कान्छा द्रव्य शाह । यिनै यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहले नै गोरखामा विजय गरेर आफ्नो राज्य स्थापित गरेका हुन् । गोर्खा राज्य चौबीसीकै वर्गमा परे पनि यसको आफ्नै अस्तित्व र महत्व थियो । प्रारम्भमा गोर्खामा खड्काहरूले राज्य गर्थे । लमजुङ्गे राजा यसोब्रह्मका छोरा राजा द्रव्यशाह वि.स.१६१६ (ई.स. १५५९) मा गोरखाको राजगद्दीमा बसेपछि नै गोरखा शाहवंशीय राज्यको रूपमा विकास भयो ।
गोरखा राज्यको स्थापना
गोरखामा शाहवंशको स्थापना हुनुभन्दाअघि रजाइँ गरिरहेका खड्का राजाहरूलाई जातीय भेदभाव, दमन र धार्मिक उच्छृङ्खलताको कारणले गोर्खाका बुज्रुकहरू क्रुद्ध भई राज्यच्यूत गराई कुनै सुयोग्य व्यक्तिलाई राजा बनाउन चाहिरहेको अवस्थामा द्रव्य शाहको सम्पर्क गोरखाली जनतासँग हुन गयो । गोरखकाली जनता उनको ओजस्वी व्यक्तित्वबाट प्रभावित भई उनलाई राजा बनाउने तरखरमा लागे । त्यो समयमा लिगलिगे भन्ने ठाँउमा घले थरका मगरहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमीको दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगेमाथि विजय हासिल गरेलगतै गोरखामा आक्रमण गरे, तर गोरखालीहरूले द्रव्य शाहको तीब्र प्रतिरोध गरे । १५ दिनसम्म युद्ध गर्दा पनि विजय हुन नसकेको कारणले द्रव्य शाह लिगलिग फर्कन बाध्य हुनुप¥यो । द्रव्य शाह निकै महत्वकांक्षी भएकोले प्रथम पराजयले उनको उत्साहलाई दमन गर्न सकेको थिएन भने भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहरा, मुराली खवासहरूले उनको उत्साहलाई बढाइरहेका थिए । द्रव्यशाहका सैनिकहरू थापा, भुषाल, मास्के, रानाहरूसमेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हातबाट खड्का राजाले वीरगति प्राप्त गरे । यसप्रकार वि.स.१६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए ।
पृथ्वीनारायण शाह भन्दा पहिलेका राजाहरू
क्र.सं.
|
राजाहरू
|
समयावधि (वि.सं.)
|
१
|
द्रव्य शाह
|
१६१६–१६२७
|
२
|
पुरन्दर शाह
|
१६२७–१६६२
|
३
|
छत्र शाह
|
१६६२–१६६३
|
४
|
राम शाह
|
१६६३–१६९०
|
५
|
डम्बर शाह
|
१६९०–१७०२
|
६
|
कृष्ण शाह
|
१७०२–१७१८
|
७
|
रूद्र शाह
|
१७१८–१७३०
|
८
|
पृथ्वीपति शाह
|
१७३०–१७७३
|
९
|
नरभूपाल शाह
|
१७७३–१७९९
|
नेपाल एकीकरण अभियानमा भएका प्रमुख घटनाहरू
लमजुङ्गे राजा यसोब्रह्मका छोरा क्षेत्रीय राजा द्रव्यशाह वि.स.१६१६ मा गोरखाको राजगद्दीमा बसेपछि नै गोरखा शाहवंशीय राज्यको रूपमा विकास भयो । गोरखाको स्थापनापछि मात्र पूर्वका सेन राज्यहरू, काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू, बाइसी, चौबीसेभन्दा गोरखा राज्य सशक्त र सङ्गठित भएकाले एकीकरणको अभियान यसले सफलतापूर्वक सञ्चालन गर्यो । केही राज्यहरू गोरखाभन्दा बलिया भए पनि मध्यकालको ‘गुहार युगे राजनीति’को फेरोफन्दोमा परी मजबुत हुनसकेका थिएनन् । गोरखाले कूटनीतिक चालबाजी सुरूदेखि नै गर्दै थियो । यस राज्यमा द्रव्य शाह, राम शाह, नरभुपाल शाह र पृथ्वीनारायण शाहजस्ता प्रतापी राजाहरूले राज्य गरेका थिए । नेपाल एकीकरणको प्रयास मध्यकालीन नेपालमा भएपनि आधुनिक नेपालको थालनीपछिमात्र यो कार्य सम्पन्न भएको थियो ।
लमजुङ सँग भक्तपुरको मैत्री सम्बन्ध कायम !!
पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गर्नुअगाडि लमजुङ्गसँग मैत्री सन्धि गरे । सन् १७४०ई. को जनवरी महिनामा भएको यो सन्धिमा आपसमा अनाक्रमण र अर्को देशले आक्रमण गरेमा दुवै देश एक भएर लड्ने कुरा उल्लेख थियो । पृथ्वीनारायण शाह छिमेकी दुश्मन राज्यसँग मैत्री सन्धि गर्न सफल भएकाले उपत्यका आक्रमण गर्ने योजना राम्ररी अगाडि बढेको हो । त्यसैगरी सन् १७४१ मा पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजीत मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेर अर्को छिमेकीसँग मैत्री सम्बन्ध स्थापना गरेका थिए ।
नुवाकोटमाथि आक्रमण र विजय प्राप्ती !!
पृथ्वीनारायण शाहले सन् १७४३ मा नुवाकोट आक्रमण गरे । नुवाकोट त्यस समयमा काठमाडौँका राजा जयप्रकाश मल्लको अधीनमा थियो र उनीहरूसँग गोर्खालीका भन्दा राम्रा र आधुनिक हतियारहरू भएकाले पृथ्वीनारायण शाहको नुवाकोट आक्रमण असफल भएको थियो । दोश्रो पटक २५ सेप्टेम्बर १७४४ ई. मा गोरखाली सेनाले त्रिशुली बिहानै पार गरी नुवाकोटको सबभन्दा अग्लो स्थल महामण्डलमा दुईतिरबाट आक्रमण गरेर नुवाकोटलाई आफ्नो बनायो । यसै क्रममा पृथ्वीनारायण शाहले बेलकोटमाथि पनि विजय प्राप्त गरे ।
उपत्यकामा नाकाबन्दी गर्ने प्रयास !!
उपत्यकामा सोझै आक्रमण गर्नुभन्दा पहिले यसलाई चारैतिरबाट घेर्ने प्रयास भयो । यस क्रममा गोरखाले काठमाडौँ उपत्यकाका राज्यहरू एवं लमजुङ्गसँग मूठभेड गर्नुपरेको थियो । उत्तर–पश्चिम र दक्षिणतिरबाट काठमाडौँ उपत्यकालाई घेरेर आर्थिक नाकाबन्दी गर्ने पृथ्वीनारायण शाहको योजना लगभग सफल भएपछि उपत्यकाको पूर्वतिरबाट नाकाबन्दी गर्नु आवश्यक थियो । यस क्रममा २३ अक्टुबर १७६३ ई.मा हरिवशं उपाध्याय, कालिदास खड्का र रामकृष्ण कुँवरले धुलिखेल, खड्पु, चौकोट, पनौती, बनेपा, नाला, साँगा आदि सात गाउँमा आक्रमण गरी विजय प्राप्त गरे । २ नोभेम्बर १७६३ ई. मा युद्ध नगरिकन नै फर्पिङ्ग गोर्खाको अधीनमा आयो । काठमाडौँ उपत्यका अव पूर्वतर्फबाट पनि घेरियो । पृथ्वीनारायण शाहले चारैतिरबाट उपत्यकालाई घेरेर नून, कपास, खाद्यान्न एवं अन्य सामानहरू उपत्यकाभित्र प्रवेश गर्न पूर्ण प्रतिबन्ध लगाई दिए ।
सिर्हानचोक गढीको युद्ध !!
मे १७५५ ई. मा चौबीसी राज्यहरूको संयुक्त सेनाले चेपे नदी तरी गोर्खाको सिर्हानचोकगढीमा हमला गरे । गोर्खाली सेना कालुपाण्डेको नेतृत्वमा हमलावारहरूलाई प्रतिरोध गर्न त्यसतर्फ लाग्यो । दुवै तर्फका सेनाहरूबीच घमासन युद्ध भयो । दुवैतर्फ धेरै हताहत भए । अन्तमा विजयश्री गोर्खाली फौजकै हात लाग्यो ।
काठमाडौं र गोरखाबीचको सन्धि !!
तिब्बतसँग व्यापार गर्ने मुख्य घाँटी केरूङ र कुत्ती गोरखाको नियन्त्रणमा भए तापनि गोरखाले खास व्यापारमा लाभ लिन पाएको थिएन । उपत्यकाका राजाहरूका बीचमा फूट गराउन पनि काठमाडौँसँग सन्धि गर्न आवश्यक थियो । त्यसकारण कान्तिपुरसँग सन् १७५८ ई.मा तिब्बतसँग भएको व्यापारको लाभ दुबै देशले पाउने कुरा उल्लेख भएको सन्धि गरियो ।
मकवानपुरको विजय प्राप्ती !!
गोरखाले वि.स.१८१९ भाद्र ९ गते राती मकवानपुरमाथि विजय प्राप्त गर्यो । त्यस बखत भारतको चित्तौडमा दिल्लीका सुल्तान अलाउद्दीन खिजलीले आक्रमण गरेका थिए । अन्तमा राजपुत राजाहरूले हार स्वीकार गरेर आफ्ना बचेको सेनासाथमा लिएर हिमालयका कन्दरातर्फ प्रस्थान गरे ।
चौबीसी राज्यहरूको दोस्रो आक्रमण !!
मकवानपुरका राजा दिग्बन्धन सेन गोर्खामा नजरबन्द भए । काठमाडौँ उपत्यकामा चारैतर्फबाट आर्थिक नाकाबन्दी भई हाहाकार मच्चिएको बेला चौबीसी राज्यहरू गोर्खामा लडाई गर्न संयुक्त रूपले जुटे । चौबीसी राज्यहरूको संयुक्त सेनाले गोर्खाको नियन्त्रणमा रहेका हर्नी, भीरकोट, धुलाकोट, द्यौराली आदिमा आक्रमण गरे । त्यसको प्रत्याक्रमण गर्न अगाडि बढेका गोर्खा सेनाको अगाडि चौबीसी राज्यको संयुक्त सेना टिक्न सकेन । लडाइँको मैदान छोडी भागाभाग भए ।
कीर्तिपुरमाथिको विजय प्राप्ती !!
गोरखाली फौजले फर्पिङ्ग, बोडे र खोकना कब्जा गरिसकेपछि ई.१७५७ मा कीर्तिपुरमाथि हमला गरे । जयप्रकाश मल्लको फौज एवं कीर्तिपुरका जनताको संयुक्त प्रत्याक्रमणबाट गोर्खाली फौजले नराम्रो किसिमले पराजित हुनुपर्यो । युद्धमा सेनापति कालु पाण्डेले वीरगति प्राप्त गरे । जीवन थापा र लाटा खत्रीजस्ता गोर्खाली सैनिकको मृत्यु भयो । पृथ्वीनारायण शाहको जीउ जोगाउन पनि हम्मे हम्मे परेको थियो । यसपछि गोरखाले वि.स.१८१९ भाद्र ९ गतेका राती मकवानपुरमाथि विजय हासिल गर्यो । यसैबीच पृथ्वीनारायण शाहले गुर्गीन खाँको मुस्लीम फौजको हमलालाई असफल पारेकाले यिनको सैन्य बलमा उत्साह र जाँगर थपियो । पराजित मुस्लिम फौजको केही बन्दूक, तोप आदि हतियारहरू हात लागे । वि.स. १८२१ आश्विन ४ गते सूरप्रताप शाहको नेतृत्वमा गोर्खाली फौजले कीर्तिपुरमाथि दोश्रो पटक आक्रमण ग¥यो । यस युद्धमा सूरप्रताप शाहको आँखा फुट्यो । दलजीत शाह घाइते भए र धेरै गोर्खाली सेना मारिए । बाँचेका सैनिक ज्यान जोगाई दहचोक पुगे । वि.स. १८२२ चैत्र ३ गते गोर्खाले तेश्रो पटक अचानक आक्रमण गरी कीर्तिपुरमाथि विजय प्राप्त गर्यो ।
काठमाडौं उपत्यकामा विजय बिजय प्राप्ती !!
कीर्तिपुर विजयपछि पृथ्वीनारायण शाहले काठमाडौँ राज्यमा आक्रमण गर्ने योजना बनाए । गोर्खाली फौजद्वारा काठमाडौँ उपत्यकामा वि.स. १८२५ भाद्रशुक्ल चतुर्दशी आइतबार (इन्द्रजात्रा) का दिन भीमसेन स्थान, टुँडीखेल र नरदेवी गरी तीनतिरबाट आक्रमण गरी काठमाडौँमाथि विजय प्राप्त गरे ।
ललितपुर माथिको विजय !!
पाटन विजय गर्ने सिलसिलामा श्रीहर्ष पन्तलाई दूत बनाएर पाटन पठाउँदा पाटनका प्रधानहरूले पृथ्वीनारायण शाहको शासन स्वीकार गरी आत्मसमर्पण गरेकाले गोर्खाली फौजले सन् १७६८ अक्टुवर ६ का दिन ललितपुरमाथि हमला गरी कब्जा गर्यो ।
भक्तपुर माथीको विजय !!
काठमाडौँ र ललितपुर गोरखा राज्यले कब्जा गरेपछि दुवैका राजाहरू क्रमशः जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजीत मल्लका शरणमा पुगे । पृथ्वीनारायण शाहले यी दुवै राजालाई सुपुर्दगी गर्न भक्तपुरका राजासँग आग्रह गरे तर शरणको मरण गर्नु मानवोचित नभएको कुरा दर्शाउँदै गोर्खाली आग्रहलाई रणजीत मल्लले स्वीकार नगरेको हुँदा वि.स.१८२६ कार्तिक शुक्ल द्वादशीका दिन गोर्खाली फौजले भक्तपुरमाथि हमला गरे । अन्तमा उपत्यकाका तीनै राजाले आत्मसमर्पण गरे ।
राणाशासन काल
पृथ्वीनारायण शाहको पूर्वी नेपालको कोशी क्षेत्रको विजय अभियानमा कास्की र लमजुङका कुँवर क्षेत्रीहरूले अधिक मात्रामा भाग लिएका थिए । यसै कारण जङ्गबहादुरले आफूलाई कास्की र लमजुङका महाराज घोषित गराए । राणा प्रधानमन्त्रीहरू श्री ३ महाराज कहलिन थाले । पूर्वी विजयपछि पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाई प्यूठान पठाए । त्यहाँ उनी बारूदखाना तैयार गर्न लगाउँदै थिए, त्यसै बेला २१ मार्च १७७१ ई.मा उनको मृत्यु भयो । रामकृष्ण कुँवरको मृत्युपछि १८ वर्षीय उनका छोरा रणजित कुँवर नवविजित जुम्लाका हाकिम नियुक्त भए । त्यहाँ शान्ति सुव्यवस्था राम्रो गर्न सफल भएकाले उनलाई नेपालका चारकाजीमध्ये एक काजी बनाइयो ।
रणजित कुँवरका तीन भाई छोरा थिए । बालनसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवर । रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहलाई ठिक मौकामा मारेबापत् बालनरसिंह कुँवर काजी बनाइए । उनको मान र जागिर उनका उत्तराधिकारीहरूले पनि पाउने भए । काजी बालनरसिंह २४ डिसेम्बर १८१४ ई.मा दिवङ्गत भए ।
नेपालका राणाकालीन प्रधानमन्त्रीहरु तथा तिनको मुख्य योगदानहरु
- जङ्गबहादुर (१९०४–१९३३) : वि.स १९०८ मा न्याय व्यवस्था तथा अपराध कानुन तोकिएको मुलुकी ऐन पहिलो पटक जारी । दरबार स्कूलको स्थापना ।
- रणोद्दीप (१९३३–१९४२) : सर्वप्रथम पात्रो प्रकाशन र मालपोत उठाउने नयाँ बन्दोबस्त गरिएको ।
- वीर शमशेर (१९४२–१९५७) : भादगाँउ र काठमाडौँमा वीरधाराको व्यवस्था, पुलहरूको निर्माण, वीर अस्पताल (वि.स.१९७४), वीर पुस्तकालयको स्थापना, घण्टाघरको निर्माण ।
- देव शमशेर (१९५७–१९५८) : गोरखापत्रको प्रकाशन प्रारम्भ, सरकारी समय १०–५ बजे निर्धारण, सरकारी बिदाको व्यवस्था, पाठशालाहरूको स्थापना ।
- चन्द्र शमशेर (१९५८– १९८६) : सती प्रथाको उन्मुलन, दासमोचन, पहिलो पटक बिजुली बत्तीको व्यवस्था, पहिलो कलेज त्रि–चन्द्रको स्थापना, गोरखा भाषा प्रकाशिनी समितिको स्थापना, रेल्वे आदिको विकास, नेपालको नक्सा निर्माण ।
- भीम शमशेर (वि.स.१९८६–१९८९) : नून र कपासमा भन्सार माफी, कपास खेतीलाई प्रोत्साहन ।
- जुद्ध शमशेर (वि.स.१९८९–२००२) : पहिलो बैँक (नेपाल बैँक) को स्थापना, घरेलु उद्योगको विकास, उच्च अदालत, दमकल, म्यूजियम र चिडियाखानाको स्थापना ।
- पद्य शमशेर (२००२–२००५) : पहिलो संविधान जारी, काठमाडौँ म्यूनिसिपालिटी स्थापना ।
- मोहन शमशेर (२००५–२००८) : आकाशवाणीको स्थापना, राष्ट्रिय आर्थिक समितिको गठन ।
नेपालका शाहवंशीय राजाहरू
क्र.सं.
|
राजाहरू
|
समयावधि (वि.सं.)
|
१
|
पृथ्वीनारायण शाह
|
१७९९–१८३१
|
२
|
प्रतापसिंह शाह
|
१८३१–१८३४
|
३
|
रणबहादुर शाह
|
१८३४–१८५५
|
४
|
गीर्वाणयुद्ध शाह
|
१८५५–१८७३
|
५
|
राजेन्द्र विक्रम शाह
|
१८७३–१९०४
|
६
|
सुरेन्द्र विक्रम शाह
|
१९०४–१९३८
|
७
|
युवराज त्रैलोक्य वीर विक्रम शाह
|
राजकुमार हुदैं नै मृत्यु
|
८
|
पृथ्वी वीर विक्रम शाह
|
१९३८–१९६८
|
९
|
त्रिभुवन वीर विक्रम शाहदेव
|
१९६८–२०११
|
१०
|
महेन्द्र वीर विक्रम शाहदेव
|
२०११–२०२८
|
११
|
वीरेन्द्र वीर विक्रम शाहदेव
|
२०२८–२०५८
|
१२
|
दीपेन्द्र वीर विक्रम शाहदेव
|
३ दिन अचेत अवस्थामा नै
|
१३
|
ज्ञानेन्द्र वीर विक्रम शाहदेव
|
२०५८/२/२२–२०६५/२/१५
|
0 comments:
Post a Comment