संविधान के हो ?
- देशको सम्पुर्ण शासन प्रणाली संचालन गर्नलाई जम्मा गरिएको नियमहरुको संगालो नै संविधान हो ।
- जसले सरकारको स्थापना एवम् संचालन र सरकारलाई नै शासित गर्दछ ।
- सरकारको शक्ति¸जनताको अधिकार¸शासक र शासित बिचको सम्बन्ध समावेश भएको हुन्छ ।
- सरकारको स्वेच्छाचारिता सिमित गर्ने¸जनताको अधिकारको रक्षा र सार्वभौमशक्तिको परिभाषा गर्ने दस्तावेज नै संविधान हो ।
- राज्य संचालन गरिने मूल कानुन र सिद्धन्तहरुको संग्रह संविधान हो ।
- राज्यका सम्पुर्ण जनताको अधिकार प्रत्याभूति गर्ने एउटा महत्वपुर्ण लिखतलाई संविधान भनिन्छ ।
- सरकारको स्वविकेकी अधिकारमाथी सीमा लगाउने र जनताको हक किटान गरिदिने दस्तावेज
- सरकारलाई शक्ति प्रदान गर्ने र शक्तिमाथि नियन्त्रण लगाउन सक्ने कानुनी अस्त्र हो ।
- देशको मूल कानुन हो ।
- देशको शासन संचालन गर्ने मार्ग दर्शक सिद्धन्तहूको संग्रह
- जनता र सरकार विचको सम्बन्ध व्यवस्थित गर्दछ ।
- शासकलाई शक्ति प्रदान गर्दछ भने दुरुपयोगलाई रोक्दछ ।
- यो एक राजनैतिक सहमतिको कानुनी दस्तावेज हो ।
संविधानलाई मूल कानुन मान्नुका कारणहरु निम्न अनुसार रहेका छन !
- निर्माण प्रक्रियाको दृष्टिकोणबाट – संविधान जनता आफैले निर्माण गर्दछन् ।
- संविधानको व्याख्या – संविधानको सम्बन्धमा कुनै दुविधा भएमा सर्वोच्च अदालतले मात्र ब्याख्या गर्ने गर्दछ ।
- संशोधन प्रक्रिया – निश्चित विषयबस्तु असंशोधनीय हुन्छ ।
- विषयबस्तुको दृष्टिकोण – संविधानका विषयबस्तुहरु राजनैतिक सिद्धान्तको आधारमा तय भएको हुन्छ ।
- कानुनको वर्गिकरण अनुसार – संविधान सार्वजनिक कानूनको रुपमा लागू हुन्छ
- संबैधानिक सर्वोच्चता – संविधानभन्दा माथी कोही पनि रहदै ।
- सरकारलाई अधिकार प्रदान गर्ने¸नियन्त्रण गर्ने र उत्तरदायी बनाउने दस्तावेज
नयाँ संविधान निर्माण गर्नु पर्ने कारणहरु
- राज्य क्रान्तीको सफलता
- नयाँ राज्यको उदय
- उपनिवेशबाट स्वतन्त्र भएमा
- राज्यलाई बृहत रुपको लोकतान्त्रीकरणको दिशातर्फ लान
- राज्य व्यवस्थामा रहेको गतिरोध अन्त्य गर्न ।
संविधान निर्माणका विधिहरु
- संबैधानिक सम्मेलनको आयोजना गरेर ( अमेरिकामा सन् 1789 मा जारी पहिलो लिखित संविधान )
- संबैधानिक आयोग तथा संविधानविद्हरुद्धारा (नेपालको वि.सं. 2015¸2019¸2047 को संविधान)
- शासकद्धारा एकलौटी रुपमा जारी (नेपालको 2004 र 2007 को संविधान)
- जनमत संग्रह (स्वीजरल्याण्डमा जारी गरिएको संविधान )
- अरुले लेखेको संविधान (जापनले स्वीकार गरेको संविधान)
- संविधान सभाबाट
संविधानको बर्गिकरण
- ऐतिहासिक आधारमा
- निर्मित संविधान
- विकसित संविधान
- रुपका आधारमा
- लिखित संविधान
- अलिखित संविधान
- परिवर्तनका आधारमा
- कठोर संविधान
- नरम संविधान
- शक्ति विभाजनका आधारमा
- एकात्मक संविधान
- संघात्मक संविधान
संबैधानिक कानुन भनेको के हो ?
संविधानले परिकल्पना गरेका विभिन्न
अंग तथा निकायहरुले गर्ने काम कारवाहीलाई व्यवस्थित गर्न संविधानको अधिनमा
रही निर्माण भएका आवश्यक कानुनहरु नै संबैधानिक कानून हो । जस्तै –
व्यवस्थापिका संसद कार्य संचालन नियमावली¸ अख्तियार दुरुपयोग अनुसन्धान
आयोग ऐन¸ निर्वाचन आयोग ऐन ।
0 comments:
Post a Comment