नेपालको वनसम्पदाको बारेमा विभिन्न प्रश्न-उत्तरहरु !! दोस्रो पेपर तथा मानविकी र शिक्षा संकायको लागी उपयोगी !!


१. वनसम्पदा भन्नाले के वुझ्नुहुन्छ ? लेख्नुहोस ।

                                        नेपालमा पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोट विरुवा तथा सो सँग सम्वन्धित जङ्गगलहरुमा पाइने अन्य जीव जनावरहरुको समग्रतालाई वनसम्पदा भनिन्छ । नेपालको हिमाली भेगदेखि तराईको मैदानसम्म प्रकृतिको वरदानको रुपमा प्राप्त वनसम्पदाको महत्व कति छ भने कुरा नेपालको हरियो वन नेपालको धन भन्ने कुराले पुष्टि गर्दछ ।  सामान्य जनजीवनमा आवश्यक पर्ने काठ, दाउरा, इन्धन तथा विभिन्न उद्योग व्यवसायको लागि आवश्यक पर्ने कच्चा पदार्थ पशुपालनको लागि चाहिने घाँसपात, चरण र पशुपंक्षी तथा जनावरको लागि बासस्थान नै बन सम्पदा अभिन्न अगंको रुपमा वनेको छ । नेपालको वनसम्पदा राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण साधनको रुपमा चिनिन्छ ।  वनजंगलवाट प्राप्त हुने जडीवुटी र काठको आपूर्तिले दैनिक आवश्यकता मात्र पुरा नगरी राष्ट्रिय आयमा समेत ठूलो योगदान दिएको छ ।


२. नेपालका वनसम्पदा को अवस्था बारेमा लेख्नुहोस ।

वन मन्त्रालयले वि.स.२०५६ मंसिर ८ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा,  नेपालको कुल क्षेत्रफलको ३०.६ प्रतिशत क्षेत्रफल ओगटेको बनसम्पदामा, वन २०% (४२ लाख ७० हजार हे.) र बुट्यान १०.६% १५ लाख ६० हजार हे.) रहेको छ । तीन बर्षीय अन्तरिम योजना अनुसार योजनाको अन्त्य सम्ममा १५ हजार सामुदायिक वन उपभोक्ताका समूहहरुले झण्डै १२ लाख ५५ हजार हेक्टर वनक्षेत्र व्यवस्थापन गर्दे १७ लाख घरधुरीलाई फाइदा पु¥याएका छन् । २० वटा संरक्षित क्षेत्र र स्थापना गरी २३% (करिब ३५ हजार वर्ग कि.मि.) संरक्षित क्षेत्र व्यवस्थापन गरिएको छ ।
तराईमा भू–परिधि कार्यक्रमवाट करिव १ लाख ६० हजार गरीविको रेखा मुनी रहेका परिवारहरु जिविकोपार्जन तथा आयआर्जन कार्यक्रमवाट लाभान्वित हुदै  आएका  छन् । वन सम्पदा संरक्षणको लागि सामुदायिक वन (१३ लाख ५० हजार ६ सय ५५ हे. जमिन) कवुलियती वन, २३ हजार ,५ सय ३४ हेक्टर जमिन) साझेदारी वन (२२ हजार ७ सय ३० हेक्टर जमिन वन संरक्षण गरिएको वन तथा भू– संरक्षण मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चालु तीन वर्र्षीय अन्तरिम योजनामा अद्यावधिक वन क्षेत्र ३९.६% लाई ४०% सम्म पु¥याउने लक्ष्य लिइएको । वनसंरक्षण सम्वन्धी विभिन्न सरकारी तथा गैरसरकारी निकाय, संघ संस्थाहरुले कार्यक्रमहरु संचालन गरिरहेका छन् । जैविक विविधताको संरक्षणको लागि जैविक विविधता राष्ट्रिय रणनिति कार्य योजना कार्यान्वयनमा ल्याएको छ ।  नेपालको करिव २.५% भु– भाग सीमसार क्षेत्रले ओगटेको छ ।  भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यक्रम संचालन गर्न ५६ जिल्लाहरुमा २०२० वटा उपजलाधार क्षेत्रको पहिचान र प्राथमिकिकरण गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ ।राष्ट्रिय वन स्रोत सर्वेक्षण गरी तथ्याङ्ग अद्यावधिक गर्ने कार्य शुरु गरिएको छ ।


३.    नेपालमा पाइने वन सम्पदालाई कति भागमा विभाजन गरिएको छ । वर्णन गर्नुहोस ।

नेपाल वनसम्पदाले धनी राष्ट्र हो । हरियो वन नेपालको धन भन्ने मान्यतालाई स्थापित गरेको नेपालको वन सम्पदाले राष्ट्रिय आयोजनामा योगदान दिएको छ । नेपालमा पाइने वनसम्पदालाई निम्न ५ भागमा विभाजन गरिएको पाइन्छ ।

(क) उष्ण प्रदेशीय सदावहार वन :
  • समुन्द्री सतहदेखि १२०० मि. सम्मको उचाईमा रहेको तराईको भावर हुन तथा चुरे प्रदेशमा यस प्रकारको वन अवस्थित रहेको छ
  • यो जंगल अत्यन्त्तै घना र पूर्वदेखि पश्चिम सम्म फैलिएर रहेको छ ।
  • यस क्षेत्रमा वर्षा तथा तापक्रम वढी हुने हुनाले वनसम्पतिहरु अग्ला , मोटा तथा सदावहार प्रकृतीका हुन्छन् । पूर्वदेखि पश्चिमसम्म समानान्तर रुपमा फैलिएको यो जंगललाई ४ कोष सम्म फैलिएकोले चारकोशे झाडी पनि भनिन्छ ।
  • यस प्रकारको वनमा साल, सिसौ, खयर आदी जस्ता कडाखालका रुखहरु पाइन्छन ।
  • यहाँ हात्ती, बाघ, गैडा, भालु जस्ता जीवजन्तुहरु पाइनुका साथै गोहीसर्प, अजिगंर जस्ता घस्रिने जीवजन्तुहरु समेत पाइन्छन् ।

ख) समशितोष्ण पतझड वन :
  • समुन्द्री सहतदेखि  १२०० मी. भन्दा माथी २१०० सम्म मि. उचाईमा रहेको ।
  • चुरे पहाडको माथिल्लो भाग र महाभारत पर्वतको तल्लो भागमा पर्ने ।
  • तल्लो भाग भन्दा माथिल्लो क्षेत्रमा ठण्डा हुने र शीत पर्ने हुँदा अधिकाशं वोटविरुवाका पातहरु झर्ने हुन्छन र रुखहरु अग्ला मोटा हुन्छन ।
  • यस क्षेत्रमा साल, चिलाउने, चाँप, सल्ला, उतिस, ओखर, कटुस, गुराँस, बकाइनो जस्ता रुखहरु पाइन्छ ।
  • यहाँको वनजंगलमा बाघ, भालु, मृग, चितुवा, हरिण, जस्ता जीवजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन
  • नेपालका वहुमुल्य जडीवुटीहरु यस क्षेत्रमा पाइन्छन ।
  • यस क्षेत्रमा डाँफे, मुनाल, हिउचितुवा जस्ता पशुपंक्षी तथा जीवजनावरहरु पाइन्छ ।

ग) समशितोष्ण कोणधारी वन :
  • समुदी सतहदेखि २१०० मि. भन्दा माथी ३३०० मि. को उचाइ सम्म रहेको ।
  • यहाँ वर्षै भरी चिसो र हिमपात हुने हुँदा रुख र रुखका पातहरु कोण जस्तै चुच्चो परेका हुन्छन् ।
  • यहाको माटो सेपिलो हुने हुँदा जगंल सदावहार हुन्छ ।
  • यहा मझोला नरम रुखहरु पाइन्छन् ।
  • यस किसिमको वनमा चाँप, सल्ला, देवदास, कटुस, धुपी जस्ता रुखहरु पाइन्छन् ।
घ)  लेकाली वनस्पति
  • समुन्द्री सतहदेखि ३३०० मि.देखि ५००० मि. सम्म पाइने
  • यस क्षेत्रको जलवायु वर्षै भरी चिसो शुष्क हुने हुँदा ठुला रुखहरु पाइदैनन ।
  • यहाँ झाडी र जडीवुटी प्रशस्त मात्रामा पाइन्छन भने भेडा च्याङग्रा, याक, चौरी जस्ता जनावरहरु पाइन्छन् ।
  • यस क्षेत्रको माथिल्लो भागमा वुटी घाँसे मैदान पाइन्छ ।
  • यस क्षेत्रको ३६०० मी. उचाइमा गुराँस, र केही निगाले झाडी पाइन्छ ।
ङ) हिमाली वनस्पति (टुण्ड्रा वनस्पती)
  • ५००० मि. भन्दा उचाईमा यस प्रकारको वन पाइन्छ ।
  • यहाँ बाह्रै महिना हिउँपरिरहने हुनाले रुख, विरुवाहरु प्रायः पाइदैनन्
  • हिमालय क्षेत्र भनेर चिनिने यस प्रकारको क्षेत्रको वनमा काई, लेउ,झ्याउहरु मात्र पाइन्छ ।
  • यस क्षेत्र शित मरुभुमीको क्षेत्र भनेर चिनिने ।
  • यस प्रकारको वनमा हिउचितुवा , हिमाली मृगहरु मात्र पाइन्छन् ।
  • यो क्षेत्र वनस्पतिविहिन क्षेत्र हो ।


४. नेपालको वनसम्पदाको महत्व वारे लेख ।

  • नेपालका वनसम्पदाको महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
  • ग्रामिण क्षेत्रमा वस्ने समुदायलाई आवश्यक काठ दाउरा  एवं पशुपालनका लागी आवश्यक सेवा उपलव्ध गराएको छ ।
  • पर्यटन विकास र प्रवद्र्धनको लागी महत्वपूर्ण रहको छ । (जस्तो पर्या पर्यटन )
  • वातावरण र जैविक विविधता संरक्षणमा सहयोग गर्दछ ।
  • गरिवी न्यूनीकरणमा सहयोग गरेको छ ।
  • प्राकृतिक सन्तुलन कायम राखेको छ ।
  • वाढी पहिरो जस्ता विपदहरुको सामना गर्न नियन्त्रण गर्न मद्धत गरेको छ ।
  • जलवायु परिवर्तनका असरहरुलाई कम गरेको छ ।
  • मानव एवं पारिस्थितिक प्रणालीलाई अनुकुल वनाउन मद्धत गरेको छ ।


५.नेपालमा हुने वन विनाशका कारणहरु लेख्नुहोस ।

  • पशुहरुको आहारको लागि घाँस तथा ओछ्याउने स्याउलाका लागि वनजंगलको फडानी हुनु
  • परम्परागत इन्धनको रुपमा दाउराको प्रयोगको अवस्थामा बृद्धि हुनु ।
  • इन्धनको वैकल्पिक स्रोतको अभाव
  • बढ्दो शहरीकरण, अव्यवस्थित बसाईसराई
  • विकास निर्माणका क्रियाकलाप तिव्र बृद्धि । जस्तो सडक, पुल,पुलेसाहरु निर्माणको लागि वनजंगल विनाश गर्नु ।
  • वन तस्करहरुको प्रभाव बढ्दो हुनु ।
  • प्राकृतिक विपदहरु :–पहिरो, चट्याङ्ग, आधीवेहरी आगलागिका समस्याहरु
  • वनविनाश गर्न तस्करहरुलाई उचित दण्ड सजाय गर्न नसक्नु
  • जनसंख्यामा तिब्र बृद्धि ।
  • जीवीकाका लागि जंगलमा आश्रित व्यक्तिहरुको संख्या बढदै जानु ।
  • काठ उद्योगहरुले आवश्यक चाहिने कच्चा पदार्थहरु प्रयोग गर्ने क्रममा वनजंगलको अत्याधिक विनाश गर्नु ।


६. त्रि-वार्षिय अन्तरिम योजनामा वनसम्वन्धी दीर्घकालिन सोच के कस्तो रहेको छ ? लेख्नुहोस ।

वन, वनस्पति, जलाधार, संरक्षित क्षेत्र तथा जैविक विविधताहरुको दीगो व्यवस्थापन मार्फत पारिस्थितिकिय सेवाको प्रवद्र्धन र जलवायु परिवर्तनको अनुकुल विकासवाट स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गरि गरिवी न्यूनिकरणमा योगदान पु¥याउने ।


७.    त्रिवर्षिय अन्तरिम योजनामा वनसम्पदाको उद्देश्य के छ ? लेख्नुहोस ।
  • वनसम्पदाको वैज्ञानिक, समावेशी र सहभागितामुलुक व्यवस्थापनद्धारा पारिस्थितिकिय सेवाको प्रवद्र्धन गर्दे वनको उत्पादकत्वमा बृद्धि गर्ने ।
  • वनजन्य क्रियाकलापहरुको प्रवद्र्धन तथा व्यवसायी कारणवाट रोजगारी सिर्जना गरी गरिवी न्यूनीकरणमा टेवा पु¥याउने ।
  • वन संरक्षणका विशेष कार्यक्रमहरु सहित बृक्षारोपण अभियानको थालनी  गर्ने ।

८.    नेपालको वन संरक्षणका उपायहरु लेख्नुहोस ।
  • बैकल्पिक उर्जा प्रणालीलाई प्रोत्साहन गर्ने
  • वन क्षेत्रहरुको संरक्षणमा स्थानीय जनसहभागिता वढाउने ।
  • वनसम्पदाको महत्व तथा संरक्षण सम्वन्धमा जनचेतना जगाउने ।
  • वनको काठ तस्करी रोक्नलाई गस्ती पेट्रोलिङ्ग बढाउने ।
  • विकास निर्माणका क्रियाकलापहरु संचालन गर्दा भ्क्ष्ब् परिक्षण अनिवार्य गर्ने व्यवस्था गर्ने ।
  • वनफडानी गरी खेती गर्ने प्रणालीलाई निरुत्साहित गर्नु पर्छ ।
  • वनसंरक्षण सम्वन्धी दीर्घकालिन रणनीति ल्याउने ।
  • अव्यवस्थित बसाईसराई र शहरीकरणलाई रोक्ने ।
  • वृक्षारोपण कार्यलाई प्रभावकारी वनाउने ।




स्रोत ः- नेपाल चौतारी 


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment