जलवायु परिवर्तन के लाइ भनिन्छ‬? कुन शहर हो त सबै भन्दा महँगो ?? एक रिपोर्ट !!!



जलवायु परिवर्तन के लाइ भनिन्छ‬? यसको असरहरु समेत उल्लेख गर्नुहोस ।

जलवायु परिवर्तन:-

                                                           पृथ्वीको वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटबढका कारण पृथ्वी तथा यसको कुनै भागमा औसत मौसममा हुने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । पृथ्वीमा हाल अत्याधिक बढ्दै गएको औद्योगीकरणबाट कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड जस्ता ग्याँसहरूबाट वायुमण्डलमा एक प्रकारको तहको निर्माण हुन गएको छ जसको कारण सूर्यको ताप र प्रकाश पृथ्वीमा आउने तर पृथ्वीको ताप वायुमण्डलमा निस्काशन हुन नसक्ने अवस्था उत्पन्न भएको छ । यसको कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढ्दै जान थालेकोले जलवायु परिवर्तन भई विभिन्न समस्या देखिन थालेका छन् ।




जलवायु‬ परिवर्तनका असरहरूः

विश्वमै जल्दोबल्दो प्रमुख समस्याको रूपमा देखिएको जलवायु परिवर्तनका प्रमुख असरहरू निम्नानुसार छन् 

  •  हिमालको हिउँ पग्लन गई हिमालहरू नाङ्गा डाँडामा परिणत हुनसक्ने ।
  •  हिउँ धेरै पग्लेर हिम तालको विस्फोटन हुने खतरा ।
  •  समुद्रको सतह बढ्न गई तटीय एवं टापु राष्ट्रहरू डुबानमा पर्न सक्ने । 
  •  जैविक विविधतामा नकारात्मक प्रभाव पर्ने ।
  •  अतिवृष्टि, अनावृष्टि र हुरीबतास आदिको सम्भावना आदि ।

                                   ‎समग्रमा‬ जलबायु परिवर्तनबाट बर्तमान अवस्थामा रहेको वातावरण र पारिस्थितिक प्रणालीमा असन्तुलन आउने जैविक जीवनमा नकारात्मक असर पर्ने आदि समस्याहरु देखा पर्दछन् । विश्व नै एकजुट भै यसको न्यूनिकरणका लागि योजनाबद्ध रुपमा अगाडी बढ्नु आवश्यक छ ।


The Economic Intelligence Unit - 2016 को सर्भेक्षण रिपोर्ट (कुन शहर हो त सबै भन्दा महँगो ?? )


The Economic Intelligence Unit को २०१६ को सर्भेमा विश्वका सबैभन्दा महँगा र सस्ता शहरको सूची जारी गरिएको छ। सूचीअनुसार सबैभन्दा महँगो शहर सिंगापुर हो। नेपाल ११८ औं सस्तो शहरमा परेको छ ।

‪विश्वका ‎सबैभन्दा महँगा १० शहरहरु निम्नअनुसार रहेका छन् !!
1. Singapore
2. Zurich, Switzerland
3. Hong Kong
4. Geneva, Switzerland
5. Paris
6. London
7. New York
8. Copenhagen, Denmark
9. Seoul, South Korea
10. Los Angeles
‪विश्वका ‎सबैभन्दा ‎सबैभन्दा सस्ता १० शहरहरु निम्नअनुसार रहेका छन् !! ‬‬
1. Lusaka, Zambia
2. Bangalore, India
3. New Delhi
4. Almaty, Kazakhstan
5. Algiers, Algeria
6. Chennai, India
7. Karachi, Pakistan
8. Mumbai, India
9. Caracas, Venezuela
10. Damascus, Syria






Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments: