1. हाल विश्वको कूल जनसंख्याको कति प्रतिशत हिस्सा सहरी क्षेत्रमा बसोबास गरेको पाइन्छ ?
उत्तर:- ४३%
2. दिगो विकासका लागि नेपालमा सर्वप्रथम लागू भएको रणनीति कुन हो ?
उत्तर:- राष्ट्रिय संरक्षण रणनीति
3. एजेण्डा २१ मा आधारित दिगो विकास कार्यक्रम कुन कुन तीन जिल्लाहरुमा लागू छ ?
उत्तर:- दाङ, सुर्खेत र कैलाली
4. नेपालमा कति प्रकारका पारिस्थितिक प्रणालीहरु पाइन्छन् ?
उत्तर:- ११८ प्रकार
5. जैविक विविधताको हिसाबले विश्वको सबैभन्दा धनी मुलुक कुन हो ?
उत्तर:- इण्डोनेसिया
6. नेपालको लालीगुराँसको राजधानी भनेर कुन ठाउँलाई चिनिन्छ ?
उत्तर:- तिनजुरे-मिल्के-जलजले, तेह्रथुम
7. नेपाल जीन बैंकको स्थापना कहिले भएको हो ?
उत्तर:- वि.सं. २०६७ असोज २१
8. नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र कुन हो ?
उत्तर:- मकालु बरुण संरक्षण क्षेत्र
9. शुक्लाफाँटा घाँसे मैदान कति क्षेत्रफलमा फैलिएको छ ?
उत्तर:- ५४ व.कि.मि.
10. नेपालमा सबैभन्दा बढी हाब्रो अर्थात् रेडपाण्डा भएको जिल्ला कुन हो ?
उत्तर:- ताप्लेजुङ
11. ओजन तह कसले पत्ता लगाएका हुन् ?
उत्तर:- जे.सि. फारम्यान
12. जलप्रकोपका कारण हुने क्षतिमा नेपाल विश्वका कतिऔं स्थानमा रहेको छ?
उत्तर:- ३०
13. रुखको पात हल्लिँदा कति डेसिबल ध्वनी निस्कन्छ ?
उत्तर:- १० डेसिबल
14. क्योटो घोषणा पत्रमा कति धारा रहेको छ ?
उत्तर:- २७ धारा
15. विश्व बाघ दिवस कहिले मनाइन्छ ?
उत्तर:- जुलाई २९
16. PH को पूरा रुप के हो ?
उत्तर:- Potential of Hydrogen
17. काठमाण्डौं महानगरपालिकालाई कहिले प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरिएको हो ?
उत्तर:- 2072 असार 1 (Declared in 2072.01.01 but later amended to 2072.03.01)
18. नेपालमा कुन दिनलाई वनस्पति दिवसको रुपमा मनाइन्छ ?
उत्तर:- चैत्र २९
19. नेपालमा पहिलो पटक कुन बिरुवाको DNA परीक्षण गरिएको हो ?
उत्तर:- चिराइतो
20. नेपालमा वातावरण संरक्षण नियमावली कुन वर्षदेखि लागू भयो ?
उत्तर:- वि.सं. २०५४
21. ‘नर्मदा बचाउ’ अभियान कुन व्यक्तिसँग सम्बन्धित छ ?
उत्तर:- मेघा पाटेकर
22. ह्युगो कार्ययोजना केसँग सम्बन्धित छ ?
उत्तर:- प्राकृतिक प्रकोप व्यवस्थापन
23. वातावरण परिवारको अध्यक्ष को हुन्छ ?
उत्तर:- प्रधानमन्त्री
24. बहुचर्चीत चीपको आन्दोलनका अगुवा को हुन् ?
उत्तर:- सुन्दरलाल बहुगुणा
25. क्योटो सम्मेलन कहिले भएको थियो ?
उत्तर:- सन् 1997
26. सौर्य किरणबाट उपचार गर्ने विधिलाई के भनिन्छ ?
उत्तर:- हेलियोथेरापी
0 comments:
Post a Comment