अक्षांश, देशान्तर र अन्तर्राष्ट्रिय तिथी तथा रेखा !!!


अक्षांश


• भू- मध्ये रेखासगं समानन्तर हुने गरी पूर्व पश्चिम दिशामा खिचिएको रेखालाई अक्षाशं भनिन्छ

• भू- मध्ये रेखा बाट उत्तरमा उतरी ध्रुब र दक्षिणमा ध्रुबमा क्रमस १/१(१११बर्ग कि.मि.)को फरकमा जम्मा ९०/९० वटा गरी १८० वटा अक्षाश रेखाहरुरहेको हुन्छन्।

• भू मध्यरेखा ० डिग्री मा हुन्छ , भू मध्यरेखा बाट माथि ९० डिग्री सम्म, उत्तरी ध्रुब र भूमध्यरेखाबाट तल ९० डिग्री सम्म दक्षीणि गोलाद्ध पर्दछ ।

• उतरी गोलाद्धमा २३.५ डिग्री उत्तरी अक्षाशलाई कर्कट रेखा ६६.५ डिग्री उतरी अक्षाशलाई सुमेरु वृत्त र दक्षिणमा २३.५ डिग्री दक्षिणि अक्षाशलाई मकर रेखा र ६६.५ डिग्री दक्षिणी अक्षाशलाई कुमेरु वृत्त भनिन्छ ।


देशान्तर


• प्रधानमध्यान्न रेखालाई आधार मानि पृथ्वीको उत्तरी ध्रुबदेखि दक्षिणी ध्रुबसम्म खिचिएको काल्पनिक रेखालाई देसान्तर भनिन्छ ।

• यो रेखा बेलायतको ग्रीनबिच भन्ने ठाउमा पर्दछ ।

• प्रधानमध्यान्न रेखादेखि पूर्वमा परेका १८० डिग्री सम्मका, देशान्तररेखालाई पूर्वी देशान्तर र पश्चिममा परेका १८० डिग्री सम्मका रेखालाई पश्चिमि देशान्तर भनिन्छ ।

• देशान्तर रेखाहरु आपसमा बराबर हुन्छन्,१ डिग्री देशान्तर बराबर ४ मिनट समयको फरक पर्दछ यसै रेखाको आधारमा ससांरको जुनसुकै स्थानको समय निर्धारण गर्ने गरिन्छ ।



अन्तर्राष्ट्रिय तिथी रेखा


• विश्वको तिथि मिति छुट्याउने १८० डिग्री देशान्तर रेखालाई अन्तराष्ट्रिय तिथिरेखा भनिन्छ ।

• पृथ्वीको हरेक १८० डिग्री देशान्तरमा ४ मिनेट समय फरका पदै जादां ग्रिनबिच देखि पुर्वमा १८० डिग्री सम्म १२ घण्टा समय चाडो र पश्चिम १८० डिग्री मा १२ घण्टा ढिलो हुँदा, ३६० डिग्रीमा २४ घण्टा समयको अन्तर पर्दछ । यो रेखा देखि पुर्वी भागमा र पश्चिम भागमा एकदिनको तिथीमिति फरका पर्ने र यसलाई अन्तराष्ट्रिय रुपमा विश्वले नै मान्य भएकाले यसलाई अन्तराष्ट्रिय तिथी रेखा को रुपमा मानिएको छ ।

• यस रेखालाईनै आधार मानेर संसारको जुनसुकै स्थानको प्रमाणिक समय निधारण गर्ने गरिन्छ ।







Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

2 comments: