ऐन नियमअनुसार प्रदर्शन गरिने व्यवहार एवम् आचरण अनुशासन हो । यो व्यक्तिको स्वनियन्त्रण हो । यसको पालना नहुँदा कानुनी कारबाही हुने गर्छ । निजामती सेवा राष्ट्रनिर्माण गर्ने एक संयन्त्र हो । यो समाज परिवर्तनको संवाहक पनि हो । यसले मूलतः नियमित कार्य, आकस्मिक कार्य र विकासात्मक कार्य गर्छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्नेदेखि राजस्व सङ्कलन, सोको खर्च, विदेशी सम्बन्धलगायतका कार्य गर्नुपर्ने हुन्छ । यी सबै कार्य गर्दा अनुशासनको आवश्यकता पर्छ । त्यसैले निजामती सेवामा अनुशासनको महत्व ठूलो हुने गर्छ । जसलाई निम्न बुँदाबाट उल्लेख गर्न सकिन्छः
- निजामती सेवाको लक्ष्य प्राप्तिमा सम्पूर्ण कर्मचारीलाई सामूहिक रूपमा उन्मुख गर्न,
- कर्मचारीबीच कार्यक्षमता र कार्यप्रभावकारिता अभिवृद्धि गर्न,
- कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन,
- निजामती सेवामा द्वन्द्व सिर्जना हुन नदिन,
- निजामती सेवाभित्र आचरणगत व्यवहारमा वृद्धि ल्याउन,
- गैरकानुनी कार्य गर्ने कर्मचारीलाई सचेत गर्न, चेतावनी दिन एवम् दण्डित गर्न,
- निजामती सेवामा कार्य गर्ने वातावरण असल बनाउन,
- समग्रमा निजामती सेवाको ख्याती वृद्धि गर्न
कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
Web: www.deepci.com.np
email: info@deepci.com.np
0 comments:
Post a Comment