PAN भनेकाे के हाे?

 करदाताको पहिचान दिने स्थायी सङ्केत अङ्कलाई ‘PAN’ भनिन्छ । करदाताले व्यवसाय गर्ने स्थान, व्यवसायको प्रकृति वा अन्य विवरण बदले पनि यो एकपटक लिइसकेपछि सो करदाताका लागि सधैँभरि रहिरहने हुन्छ, त्यसैले यसलाई स्थायी लेखा नम्बर “PAN” भनिएको हो । प्यान (PAN) को पूरा रूप ‘Permanent Account Number’ हो ।




यो व्यवसाय, रोजगारी एवम् लगानीको पहिचान जनाउने नम्बर पनि हो । व्यक्तिका लागि यो कर तिर्ने प्रयोजनका लागि प्रयोग गरिन्छ । करमा यो व्यक्तिगत सूचना भण्डार गर्ने कार्यका लागि प्रयोग गरिन्छ । कम्प्युटर प्रणालीबाट सिर्जना हुने यो सङ्केत नौ अङ्कको हुन्छ । यसलाई विद्युतीय प्रणाली (इन्टरनेट) बाट पनि प्राप्त गर्न सकिन्छ, जसलाई इ–प्यान भनिन्छ । यसका लागि आन्तरिक राजस्व विभागको वेबसाइट https://ird.gov.np/ मा गई तहाँ उपलब्ध अनलाइन फाराम भरी व्यक्तिगत एवम् व्यावसायिक इ–प्यान प्राप्त गर्न सकिन्छ ।

उद्योग, व्यापार, पेसा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोबार, बैङ्कसँग हुने बैङ्किङ कारोबार, आफूले जारी गर्ने बिल विजक, खाता बही, कागजात, आय विवरणलगायत करसम्बन्धी सम्पूर्ण विवरणमा प्यानको उल्लेख गर्न अनिवार्य भएकाले प्यान लिनुपर्छ । यो नम्बरले करदातालाई एउटा विशिष्ट सङ्केतद्वारा छुट्टै पहिचान दिने भएकाले आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न यो प्यान लिएपछि सहज हुन्छ । नेपाल सरकारले जारी गरेकाे नागरीक एप बाट समेत सजिलै प्यान नम्बर र कार्डकाे लागि अावेदन दिन सकिन्छ।


कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
Web: www.deepci.com.np
email: info@deepci.com.np


deep computer institute



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment