समावेशीकरण भनेको के हो ? यसका क्षेत्रहरु संक्षेपमा उल्लेख गर्नुहोस् ।

                                                                                                                                        [2+3]

उत्तरः
समावेशीकरणको परिभाषाः-
- समावेशीकरण राज्य संयन्त्रमा सबैको सहभागिता हो ।
- समावेशीकरणले राज्य सञ्चालनका हरेक क्षेत्र एवम् अंगहरुमा सवैको सहभागितको वकालत गर्दछ । 
- महिला, दलित, गरिब वा पछाडि परेका वर्ग वा समुदायलाई राज्यको नीति निर्माण, निर्णय प्रक्रिया एवम्        कार्यसम्पादन प्रक्रियामा अर्थपूर्ण सहभागी गराउने कार्य नै समावेशीकरण हो । 
- यो सुशासनको एक पूर्व शर्त हो । 

समावेशीकरणका क्षेत्रहरुः- 
- राजनीतिक क्षेत्रः राजनीतिक दल निर्वाचित एवम् मनोनयन हुने विभिन्न पद, मन्त्री आदिमा समावेशीकरण गर्न सकिन्छ । 
- प्रशासनिक क्षेत्रः निश्चित समयसम्म प्रशासनका पदहरुमा समावेशीकरण गर्न सकिन्छ । आरक्षण, सकारात्मक विभेद आदिको व्यवस्था गरेर यो गर्न सकिन्छ । 
- आर्थिक क्षेत्रः कर छुट, ऋण सुविधा, भूमिको न्यायोचित वितरण, सामाजिक सुरक्षा आदिको व्यवस्था गरेर समावेशीकरण गर्न सकिन्छ । 
- सामाजिक क्षेत्रः सामाजिक सुरक्षा, रोजगारी, सामाजिक विभेद एवम् हिंसाको अन्त्य गरेर समावेशीकरण गर्न सकिन्छ । 
- शैक्षिक क्षेत्रः निःशुल्क शिक्षाको व्यवस्था, पोशाक एवम् पुस्तक वितरण आदि मार्फत समावेशीकरण वढाउन सकिन्छ । 

सारांशमा भन्नुपर्दा, राज्य प्रणालीमा सबैको पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा एवम् पहँच बढाउने एउटा नविनतम अवधारणा का रुपमा समावेशीकरणलाई अघि सारिएको छ । यही मान्यतामा आधारित भएर नेपालमा यसलाई अवलम्वन गरिएको छ । समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण, सशक्तिकरण, लक्षित कार्यक्रम आदिको व्यवस्था गरी यसलाई व्यवस्थित गर्न खोजिएको छ । 





Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

3 comments:

  1. One of the best elaboration sir..

    ReplyDelete
  2. म बित्तिय सस्थामा जब गर्दैछु के कस्ता तयारि गर्नु पर्छ किताब नभएको कारण पिडित छु सहयो गरि दिनु परो ?

    ReplyDelete