परिचय
वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स.) लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ।
गठन
नेपालको संविधानको धारा २४२ अनुसार नेपालमा लोक सेवा आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । अध्यक्ष र सदस्यको पदावधी नियुक्ती भएको मितिले ६ वर्षको हुनेछ । अध्यक्ष र सदस्यलाई संविधानको धारा १०१ अनुसार महाभियोगको प्रस्ताव पारित भएमा एवं शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा पदबाट हटाउन सकिनेछ ।
काम, कर्तव्य र अधिकार
नेपालको संविधानको धारा २४३ अनुसार लोक सेवाको काम, कर्तव्य र अधिकार निम्नानुसार रहेका छन् :
(१) निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुनेछ ।
स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ ।
(२) निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिईने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।
स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि “संगठित संस्था” भन्नाले विश्वविद्यालय र शिक्षक सेवा आयोग बाहेकका पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक, समिति वा संघीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद र यस्तै प्रकृतिका अन्य संगठित संस्था सम्झनु पर्छ ।
(३) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ ।
(४) कुनै संगठित संस्थाको सेवाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून र त्यस्तो सेवाका पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ ।
(५) नेपाल सरकारबाट निवृत्तिभरण पाउने पदमा लोक सेवा आयोगको परामर्श विना स्थायी नियुक्ति गरिने छैन ।
(६) देहायका विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ :
(क) संघीय निजामती सेवाको शर्त सम्बन्धी कानूनको विषयमा,
(ख) संघीय निजामती सेवा वा पदमा नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषयमा,
(ग) संघीय निजामती सेवाको पदमा छ महीनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
(घ) कुनै एक प्रकारको संघीय निजामती सेवाको पदबाट अर्को प्रकारको संघीय निजामती सेवाको पदमा वा अन्य सरकारी
सेवाबाट संघीय निजामती सेवामा सरुवा वा बढुवा गर्दा वा कुनै प्रदेशको निजामती सेवाको पदबाट संघीय निजामती सेवाको पदमा वा संघीय निजामती सेवाको पदबाट प्रदेश निजामती सेवाको पदमा सेवा परिवर्तन वा स्थानान्तरण गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
सेवाबाट संघीय निजामती सेवामा सरुवा वा बढुवा गर्दा वा कुनै प्रदेशको निजामती सेवाको पदबाट संघीय निजामती सेवाको पदमा वा संघीय निजामती सेवाको पदबाट प्रदेश निजामती सेवाको पदमा सेवा परिवर्तन वा स्थानान्तरण गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
(ङ) लोक सेवा आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेको कर्मचारीलाई लोक सेवा आयोगको परामर्श लिनु पर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा र
(च) संघीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा ।
(७) उपधारा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि धारा १५४ बमोजिमको न्याय सेवा आयोगको अधिकार क्षेत्रभित्र पर्ने विषयमा सोही बमोजिम हुनेछ ।
(८) लोक सेवा आयोगले आफ्नो काम, कर्तव्य र अधिकार मध्ये कुनै काम, कर्तव्य र अधिकार आयोगको अध्यक्ष वा कुनै सदस्य वा नेपाल सरकारको कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
(९) लोक सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार संघीय कानून बमोजिम हुनेछ ।
प्रदेश लोक सेवा आयोग सम्बन्धी व्यवस्था
नेपालको संविधानको धारा २४४ मा प्रादेशिक लोक सेवा आयोग सम्बन्धी देहाय अनुसारको व्यवस्था गरिएको छ :
(१) प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहनेछ ।
(२) प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ ।
(३) उपधारा (२) को प्रयोजनका लागि संघीय संसदले कानून बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ ।
छनौटको प्रक्रिया
लोक सेवा आयोग कार्यविधि ऐन, २०६६ अनुसार आयोगले देहायको कुनै एक वा एकभन्दा बढी तरीकाद्बारा उपयुक्त उम्मेदवार छनौट गर्नेछ ः
क) खुला प्रतियोगितात्मक लिखित परीक्षा,
ख) खुला प्रतियोगितात्मक प्रयोगात्मक परीक्षा,
ग) छनौट,
घ) अन्तर्वार्ता र
ङ) आयोगले तोकेका अन्य तरीकाहरु ।
उम्मेदवार छनौट प्रक्रियाको लागि आयोगले बार्षिक कार्यतालिका तयार गर्दछ । जसमा विभिन्न चरणमा हुने छनौट प्रकृयाहरुको बिवरण समेत उल्लेख हुन्छ ।
सम्बन्धित निकायवाट रिक्त पद पूर्ति गर्न माग प्राप्त भए पछि लोक सेवा अयोगले सम्वन्धित ऐन नियम अनुसार पद पूर्तिको लागि संख्या निर्धारण गर्ने गरिन्छ । यसरी पदसंख्या निर्धारण भैसकेपछि आयोगको साप्ताहिक रुपमा प्रत्येक बुधवार प्रकाशित हुने बुलेटिन र गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्ने गर्दछ । विज्ञापन गर्दा २१ दिन र दोव्वर दस्तुरी तिरी थप ७ दिनको म्याद दिई दरखास्त आव्हान गरिन्छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन प्रकाशित भैसकेपछि आयोगका क्षेत्रीय निर्देशनालय, अञ्चल कार्यालय र काठमाण्डौ उपत्यका दरखास्त संकलन केन्द्रमा विज्ञापित पदको दरखास्त लिइन्छ । साथै राजपत्र अनंकित र राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिक तर्फका पदहरुको लागि आयोगका कार्यालयहरु नभएको जिल्लाहरुमा, जिल्ला हुलाक कार्यालयहरुमा समेत दरखास्त बुझाउन पाउने व्यवस्था छ । तर आयोगको केन्द्रीय कार्यालय र मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयमा दरखास्त बुझाउन सकिने व्यवस्था छैन । यसरी विज्ञापित पदका लागि प्राप्त भएका दरखास्त उपर छानविन गरी परीक्षार्थीलाई परीक्षामा समेल हुन पाउने प्रवेश पत्र जारी गरीन्छ ।
छनौट प्रक्रियामा निष्पक्षता र शुद्धता कायम गर्नको लागि आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता संचालन तथा लिखित परीक्षा र अन्तर्वार्तामा संलग्न पदाधिकारीलाई एक अर्काको काम कारवाहीका बिषय थाहा पाउन नसक्ने प्रणाली अवलम्वन गरी तटस्थ राख्ने नीति अख्तियार गरेको छ ।
उक्त कार्यहरु सम्पादन गर्ने क्रममा सम्वन्धित सेवा समूह र पदको परीक्षा संचालनको लागि आवश्यक पर्ने प्रश्नपत्रहरु निर्माण गर्न सम्वन्धित विषयका दक्षलाई पठाइने र गोप्य शीलवन्दी रुपमा प्रश्नपत्रको सेट प्राप्त हुने, उक्त कच्चा प्रश्नपत्रका सेटहरु मध्ये पुनः सोही बिषयका अर्को दक्षलाई वोलाई कम्तीमा ५ सेट तयारी प्रश्नपत्र निर्माण गरी प्रत्येक सेटलाई छुट्टै संकेत नम्वर दिई राखिने र परीक्षा संचालनको समयमा उक्त सेटहरुमध्ये आयोगका सम्माननीय अध्यक्षवाट संकेत नम्वरका आधारमा छनौट भएको प्रश्नपत्रको सेट प्रयोगमा ल्याइन्छ ।
लिखित परीक्षा संचालन पछि प्राप्त भएका समपूर्ण उत्तरपुस्तिकाहरुमा परीक्षा संचालन शाखाले प्रथम कोड राख्ने र दोश्रो कोड राख्नका लागि अन्य कुनै शाखाका पदाधिकारीलाई जिम्मा दिने प्रचलन रहेबाट परीक्षामा उच्चतम गोप्यता कायम हुने गरेको छ । यसरी दोश्रो कोड पछि प्राप्त उत्तरपुस्तिकाहरु सम्माननीय अध्यक्षले तोकेका सम्वन्धित बिषयका दक्ष/विशेषज्ञहरुलाई परीक्षणको लागि पठाइन्छ । परीक्षण पछि प्राप्त भएका उत्तरपुस्तिकाहरुको प्राप्ताङ्क टेवुलेशन गरी कोडको आधारमा डिकोड गरी नतिजा प्रकाशन गरीन्छ । अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुलाई सम्वन्धित बिषयमा दक्ष समेतको संलग्नतामा अन्तर्वार्ता लिने र एकले दिएको अंक अर्कोले नदेख्ने गरी गोप्य रुपमा राखिने र उम्मेदवारको योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र खोलिन्छ । यसका साथै लिखित परीक्षामा उम्मेदवारले प्राप्त गरेको अंक अन्तर्वार्ता लिने क्रममा थाहा नहुने गरी योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र पठाइने गरिन्छ ।
लोक सेवा आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परिक्षण, अन्तर्वार्ता, मनोबैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माण लगायतका आयोगको कामका लागि सम्वन्धित शाखाले सम्वन्धित बिषयका आवश्यक संख्यामा दक्षहरुको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरुको सूची राख्दै आएको छ । आयोगले उनीहरुलाई गोप्यरुपवाट कुनै खास प्रकारको छनौट कार्यको लागि तोक्ने गर्दछ । आयोगले निश्चित पदहरु, जसमा उम्मेदवार बढी संलग्न हुन्छन् त्यसमा Screening Test को प्रक्रिया प्रारम्भ गरिसकेको छ । यसबाट प्रारम्भिक चरणको परीक्षामा उत्तीर्ण हुनेहरु मात्र मूल परीक्षामा संलग्न हुन पाउने व्यवस्था गरेको छ ।
खुला प्रतियोगितावाट उम्मेदवारको अन्तिम छनौट भएपछि नियुक्तिका लागि राजपत्रांकित पदको हकमा निजामती सेवाको पद भएमा सामान्य प्रशासन मन्त्रालय र छुट्टै ऐन नियम अन्तरगतका पद भएमा त्यस्तो सेवा संचालन गर्ने निकायमा सिफारिश गर्ने व्यवस्था रहेको छ भने राजपत्र अनंकित पदको हकमा र्सवप्रथम उम्मेदवारले रोजेको कार्यालयमा सिफारिश गर्नु पर्ने र एक भन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेकोमा माथिलो योग्यताक्रममा रहेकोलाई पहिले सिफारिश गर्नुपर्ने व्यवस्था रहेको छ । नियुक्तिका लागि सम्वन्धित निकायमा सिफारिश पत्र पठाउंदा सम्वन्धित उम्मेदवारको दरखास्त फाराम एक प्रति र सो साथ पेश भएका प्रमाणपत्रका प्रतिलिपिहरु समेत पठाउनु पर्ने व्यवस्था छ ।
संगठनात्मक स्थिती
आयोगको गठन मिति : २०७१/१२/११
हाल आयोगमा एक अध्यक्ष र छ सदस्यहरु रहनुभएको छ । उहाँहरुको पद, नाम र टेलिफोन नम्बर निम्नानुसार रहेको छ :
पद, नाम र थर कार्यालय फोन नम्बर
माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनाली ४७७१५२७
माननीय सदस्य श्री विन्द्रा हाडा भट्टराई ४७७१४९५
माननीय सदस्य डा. गोविन्दप्रसाद कुसुम ४७७१५२२
माननीय सदस्य श्री श्रीपुरुष ढकाल ४७७१२६१
माननीय सदस्य श्री अशोककुमार झा ४७७११०७
माननीय सदस्य श्री व्रह्मदेव राय ४७७१०३१
माननीय सदस्य श्री कृष्णचन्द्र झा ४७७१५२०
अध्यक्षद्बारा आयोगका बैठकहरुको अध्यक्षता गर्ने, सदस्यहरुलाई तोकिएका काममा समन्वय गर्ने र नीतिगत निर्देशनको कार्य हुन्छ । आयोगको कार्यकारी प्रमुखको रुपमा एउटा सचिव रहने व्यवस्था छ । जसले निम्न कार्य गर्ने गर्दछ :
१) आयोगका निर्णयहरुलाई कार्यान्वयन गर्ने ।
२) प्रशासनिक तथा आर्थिक क्रियाकलापहरुलाई कानुन बमोजिम अनुगमन, समन्वय एवं नियन्त्रण गर्ने ।
आयोगको केन्द्रीय कार्यालय अन्तर्गत निम्न पांच महाशाखा रहेका छन् जस मार्फत आयोगका काम कारवाही सम्पादन हुने गर्दछ :
१) परीक्षा महाशाखा
२) प्रश्नपत्र परिमार्जन एवं सिफारिश महाशाखा
३) प्रशासन तथा योजना महाशाखा
४) परीक्षण प्रविधि तथा पाठ्यक्रम महाशाखा
५) कानून महाशाखा
आयोगको केन्द्रीय कार्यालय काठमाण्डौंमा रहेको छ भने यसका पांच वटा क्षेत्रीय निर्देशनालयहरु, नैा वटा अञ्चल कार्यालयहरु र एक दरखास्त संकलन केन्द्र रहेका छन । जुन निम्न बमोजिम रहेका छन् ः
क्षेत्रीय निर्देशनालयहरु :
१) पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय,
देव्रेवास, धनकुटा । फोन ०२६-५२०१५१
२) मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय,
कमल पोखरी , काठमाडौं । फोन ०१-४४१०८५९
३) पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय,
पार्दी, पोखरा, कास्की । फोन ०६१-४६३५०६
४) मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय,
वीरेन्द्रनगर, सुर्खेत । फोन ०८३-५२१८०३
५) सूदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय,
राजपुर, डोटी । फोन ०९४-४४०१४७
अञ्चल कार्यालयहरु :
१) मेची अञ्चल कार्यालय, इलाम ।
फोन ०२७-५२००६२
२) सगरमाथा अञ्चल कार्यालय, दिक्तेल, खोटाङ्ग ।
फोन ०३६-४२०१७७
३) जनकपुर अञ्चल कार्यालय, जलेश्वर ।
फोन ०४४-५२०१४७
४) नारायणी अञ्चल कार्यालय, हेटौडा, मकवानपुर ।
फोन ०५७-५२०३०२
५) लुम्विनी अञ्चल कार्यालय, बुटवल, रुपन्देही ।
फोन ०७१-५४०२०७
६) धौलागिरी अञ्चल कार्यालय, वाग्लुङ्ग ।
फोन ०६८-५२०१४७
७) राप्ती अञ्चल कार्यालय, तुल्सीपुर, दाङ्ग ।
फोन ०८२-५२००१३
८) कर्णाली अञ्चल कार्यालय, जुम्ला ।
फोन ०८७- ५२०००८
९) महाकाली अञ्चल कार्यालय, महेन्द्रनगर ।
फोन ०९९- ५२१२०९
१०) काठमाण्डा उपत्यका दरखास्त संकलन केन्द्र
फोन ०१-४७७१२१४
सचिव
बिष्णु प्रसाद लम्साल
इमेल : secretary@psc.gov.np
फोन नं.४७७१५१३ अफिस
कर्मचारीको दरवन्दी
यस आयोग र अर्न्तर्गत हाल ३७७ कर्मचारी दरबन्दि रहेको छ ।
ठेगाना
लोक सेवा आयोग
केन्द्रीय कार्यालय,
अनामनगर , काठमाडौं, नेपाल
फोन न ४७७१४८८, ४७७१४८१, ४७७१४९४, ४७७१५२८ फ्याक्स : ९७७१४७७१४९०
पोष्ट वक्स : ८९७९ काठमाण्डौं, नेपाल
E-mail : info@psc.gov.np
website : http://www.psc.gov.np
0 comments:
Post a Comment