केहि प्रश्न-उत्तरहरु र साथमा जानकारी.......

  • प्रकृती संरक्षण शिक्षालय नेपालको कुन जिल्लामा रहेको छ ?    उत्तरः-  चितवन
  • जनसंख्या घडीको प्रयोग नेपालमा कहिलेबाट शुरु भएको हो ?    उत्तरः-  २०७२ श्रावण १
  • सन २०१५ को जुन २१ मा सर्बप्रथम अन्तराष्टिय योग दिवस मनाइयो, अब भन्नुहोस यस दिवसका प्रस्तावक को थिए ?    उत्तरः-  नरेन्द्र मोदी
  • सन २०१२को सेप्टेम्बरमा साउदी अरेबियामा सर्वप्रथम देखा परेको मर्स रोग कुन भाईरसबाट लाग्दछ ?     उत्तरः- कोरोना भाईरस
  • बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको थामे जलबिद्युत आयोजनाको क्षमता कति मेगावाट रहेको छ ?     उत्तरः- ६ मेगावाट 
  • गोपाल वंशका संस्थापक कसलाई मानीन्छ ?     उत्तरः- ने मुनि (प्रथम राजा भने भुक्तमान)
  • पशुपतीनाथ मन्दिरका पहिलो भट्ट पुजारी को हुन ?    उत्तरः-  स्वामी शेखरानन्द
  • स्वर्गको दरबार कृतीकाक लेखक को हुन ?    उत्तरः-  शुक्रराज शाष्त्री
  • सर्वप्रथम अर्थात सन १९०१ म रसायनशाष्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने ब्यक्ती को हुन ?    उत्तरः-  ज्याकोबस भ्यान्ट होफ
  • नेपाल अधिराज्यको संविधान २०४७ कतिपटक संशोधन भएको थियो ?    उत्तरः-  शंशोधन नै भएको थिएन 
  • नेपालका पुर्वराजाहरु कहिलेदेखी नारायणहिटी राजदरबारमा बस्दै आएका थिए ?     उत्तरः- बि.सं १९४३
  • मोरक्कोको राजधानी कहाँ पर्दछ ?     उत्तरः- रबाट Rabat
  • नेपालका माक्र्सवादी पण्डीत भनेर कसलाइ चिनिन्छ ?    उत्तरः-  मोहनबिक्रम शिँह
  • कुन एशीयाली देशका महिलाले लगाउने पोशाकलाइ किरा भनिन्छ ?     उत्तरः- भुटान
  • नेवारी भाषाको पहिलो पत्रिका कुन हो ?     उत्तरः- पासा (शाथी )
  • गाइने जातीको कुन प्रसिद्घ बाजालाइ पोथी बाजा भनिन्छ ?     उत्तरः- सारंगी
  • अंशुबर्मालाइ महासामन्तको उपाधी कुन राजाले दिएका थिए ?    उत्तरः-  शिबदेब प्रथम
  • बिरानो देशमा मिल्कीएको मणि कृतिका लेखक को हुन ?    उत्तरः-  रमेश बिकल
  • संयुक्त राष्टसंघ अन्तर्गतको United Nations industrial development organization (UNIDO) को मुख्य कार्यलय कहाँ रहेका छ ?    उत्तरः-  अष्ट्रियाको भियना
  • मनु ब्राजाकी कुन नेपाली साहीत्यकारको उपनाम हो ?     उत्तरः- चेतमानशिँह भन्डारी
  • क्षयरोगबिरुद्घ दिइने खोप BCG को पुरा रुप के हो ?     उत्तरः- Bacillus Calmette Guerin or Bacille de Calmette et Guérin
  • भ्रष्टाचारबिरुद्धको संयुक्त राष्टसंघीय महासन्धिलाइ नेपालको ब्यवस्थापीका संसदले कहिले अनुमोदन गरेको हो ?    उत्तरः-  २०६७ फागुन १२ 
  • नेपालमा बोलीने झाँगड वा घाँगड भाषा कुन भाषा परीवारभित्र पर्दछन ?    उत्तरः-  द्रवीड परिवार
  • बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने प्रथम नेपाली को थिए ?    उत्तरः-  आङ्गरिता शेर्पा
  • बिरुवाहरुको वृद्घिक्रमलाइ नाप्ने यन्त्रलाइ के भनिन्छ ?     उत्तरः- क्रेस्कोग्राफ
  • दितिय बिश्वयुद्ध कहिलेबाट कहिलेसम्म चलेको थियो ?    उत्तरः-  सन १९३९ देखी सन १९४५ सम्म 
  • दोश्रो सार्क शिखर सम्मेलन कहाँ र कहिले भएको थियो ?     उत्तरः- इन्डीया 16-17 nov,1986
  • नेपालको सबैभन्दा उत्तरी बिन्दू कुन जिल्लामा पर्दछ ?    उत्तरः-  हुम्ला
  • धार्मीक ग्रन्थअनुसार कर्णको धनुलाइ के भनिन्छ ?     उत्तरः- बिजय
  • धार्मीक मान्यताअनुसार अठार पुराणमध्य सबैभन्दा अन्तिम पुराण कुन हो ?    उत्तरः-  अग्नी पुराण
  • अफगानीस्तानको समय नेपालको समयभन्दा कति मिनेटले ढिलो छ ?     उत्तरः- एक घन्टा १५ मिनेट
  • बिरुवाहरुको वृद्घिक्रमलाइ नाप्ने यन्त्र क्रेस्कोग्राफका अविष्कारक कुन भारतीय बैज्ञानीक हुन ?    उत्तरः-  सर जगदिशचन्द्र बोश
  • शब्द बिद्या ग्रन्थको रचना कुन लिच्छवी राजाले गरेका हुन ?    उत्तरः-  अंशुबर्मा
  • माल्दीभ्सको समय नेपालको समयभन्दा कति मिनेटले ढिलो छ ?     उत्तरः- ४५ मिनेट
  • सत्रौँ सार्क शिखर सम्मेलन कहिलदेखी कहिलेसम्म चलेको थियो ?    उत्तरः-  10–11 November 2011
  • मानीसको शरिरको कुन अंग हो,जुन अंग रक्तसंचारबिना सिधै हावावाट अक्सिजन लिएर सञ्चिालीत हुन्छ ?    उत्तरः-  आँखाको कोर्निया
  • नेपालको इतिहासमा सबैभन्दा धेरै राजाको पालासम्म प्रधानमन्त्री भइरहने ब्यत्ति को हुन ?    उत्तरः-  भिमसेन थापा
  • भौतीकशाष्त्रमा प्रथमपटक नोबेलपुरस्कार प्राप्त गर्ने बैज्ञानीक को हुन ?    उत्तरः-  बिलियम रोयन्टजेन
  • मोबाइलमाप्रयोग गरिने CRBT को पुरा रुप के हो ?    उत्तरः-  Color ringback tone
  • गोकर्णमा मानववस्ती बसाउने लिच्छवी राजा को हुन ?     उत्तरः- मानदेव 
  • संयुत्त राष्टसंघका संस्थापक सदस्य राष्टहरु कतिबटा छन ?    उत्तरः-  ५१ वटा
  • सार्कले सन २००६ देखी २०१५ सम्मको दशकलाइ कुन दशकको रुपमा मनाइरहेको छ ?    उत्तरः-  Saarc Decade of Poverty Alleviation
  • United Nations Organizaton ले २१ मार्चलाइ कुन दिवसका रुपमा मनाउने गरेको छ ?    उत्तरः-  International day of Forests
  • जनस्वास्थ्य कार्यक्रमको शुरुवात कुन रोगको महामारीका कारणबाट भएको हो ?    उत्तरः-  हैजा
  • सचिन तेन्दुलकर स्टेडीयम भारतको कुन शहरमा रहेको छ ?    उत्तरः-  Mumbai 
  • कुन शासनकालमा प्रधानमन्त्रीलाइ महाअमात्य भनिन्थ्यो ?     उत्तरः- लिच्छवी
  • नेपालको प्रथम राष्टिय बिभुती को हुन् ?    उत्तरः-  जनक
  • २०६८ सालको जगदम्बाश्री पुरस्कार प्राप्त गर्न सफल संस्था कुन हो ?     उत्तरः- संशोधन मन्डल
  • नेपालको अन्तरीम संबिधान २०६३ अनुसार राष्टपती हुनका लागी कम्तीमा कति बर्षकोे उमेर पुरा गरेको हुनुपर्ने थियो ?    उत्तरः-  ३५ बर्ष
  • नेपालमा चारकुने मुद्रा प्रचलनमा ल्याउने राजा को हुन ?    उत्तरः-  प्रताप मल्ल
  • विश्वप्रसिद्व चित्रकार पाब्लो पिकासाको जन्म कुन ठाँउमा भएको थियो ?    उत्तरः-  स्पेनको मालागा
  • जनस्वास्थ्यसम्बन्धी पहिलो कानुन बनाउने देश कुन हो ?    उत्तरः-  बेलायत
  • रसियाको सिमाना कतिवटा देशसंग जोडीएको छ ?     उत्तरः- १४ (NorthKorea, China, Mongolia, Kazakhstan, Azerbaijan, Georgia, Ukraine, Belarus, Poland, Lithuania, Latvia, Estonia, Finland र Norway)
  • सगरमाथाको आधारशिवीर कालापत्थरमा ऐतीहासीक मन्त्रीपरिषदको बैठक कहिले बसेको हो ?    उत्तरः-  २०६६ मंसीर १९ गते
  • मुस्लिम सम्प्रदायले गरिब र दुखीलाइ अनिवार्य रुपमा गर्ने दानलाइ के भनिन्छ ?    उत्तरः-  सदकुल फित्र
  • अमेरिकाका पुर्व राष्ट्रपती जिम्मी कार्टरले कुन बर्षको शान्तीतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ?    उत्तरः-  २००२ अमेरिकाका ३९ औं राष्ट्रपती
  • अमेरिकी राष्ट्रपती बाराक ओबामाले कुन बर्षको शान्तीतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ?     उत्तरः- २००९ 
  • सन् १९४५ को अगस्तसम्म कोरीया कुन देशको उपनिवेशमा रहेको थियो ?    उत्तरः-  जापान
  • नेपालमा लागु औषधी नियन्त्रण ऐन कहिले आएको हो ?    उत्तरः-  बि.सं २०३३
  • २०६८ सालको जनगणना अनुसार नेपालमा सबैभन्दा कम साक्षरता दर रहेको जिल्ला कुन हो ?     उत्तरः-  रौतहट ४१.७ प्रतिशत
  • नेपाल र भुटानबिचको निकटतम दुरी कति किलोमिटर छ ?     उत्तरः- ३२ किलोमिटर
  • २०६८ सालको जनगणनाअनुसार नेपालमा कति प्रतिशत क्रिश्चियन धर्मावलम्बी छन ?    उत्तरः-  १.४
  • सहिद स्मारक रेडबुल ए डिभिजन लिग २०७० मा कति टोली सहभागी थिए ?     उत्तरः- १३
  • उत्तर कोरीया र दक्षीण कोरीयाबिचको सिमा रेखालाइ के भनिन्छ ?    उत्तरः-  38 Parallel
  • नेपालले कुन योजनादेखी बैदेशीक ऋण लिन शुरु गरेको हो ?     उत्तरः- चौथो 
  • नेपालमा पहिलोपटक प्रधानमन्त्रीसमक्ष शपथ ग्रहण गर्ने प्रधानसेनापती को हुन ?    उत्तरः-  रुक्मांगत कटुवाल
  • Red Ribbon कुन रोगको जनचेतनाको चिन्हका रुपमा प्रयोग गरिन्छ ?     उत्तरः- एचआइभि,एड्स
  • नेपाल सरकारद्वारा अंग्रेजी भाषासमेत भएको नागरीकता वितरणको शुरुवात कहिलेबाट भएको हो,सालमात्र ?    उत्तरः-  २०६६ मंसिर १ गते
  • कतिऔँ सार्क शिखर सम्मेलन एकदिनमात्र चलेको थियो ?     उत्तरः-  छैँठौ कोलम्बोमा
  • नेपालमा टेलिभिजन प्रसारणको नविनतम प्रविधि DTH शुरुवात कहिलेदेखि भयो ?     उत्तरः- सन् २०१० 
  • कसको हत्याको कारण कोतपर्व भएको हो ?    उत्तरः-  गगन शिँह 
  • च्छो रोल्पा हिमताल कुन जिल्लाको कुन गाबिसमा पर्दछ ?    उत्तरः-  दोलखाको गौरीशंकर गाबिस
  • कुन देशमा ३ वटा राजधानी छन् ?     उत्तरः- दक्षिण अफ्रिका 
  • संसारको सबैभन्दा ठूलो हिरा कुल्लिनानको वास्तविक तौल कति क्यारेट छ ?    उत्तरः-  ३१०६.७५ क्यारेट /६२१.३५ गा्रम
  • चट्याङ मास्टर कुन नेपाली साहीत्यकारको उपनाम हो ?    उत्तरः-  कृष्णमुरारी गौतम 
  • अरबी भाषामा अनुवादित पहिलो नेपाली कृति कुन हो ?    उत्तरः-  उसको लोग्ने र बिरालो 
  • दश जना लेखकले संयुक्त रुपमा लेखेको उपन्यास कुन हो ?    उत्तरः-  आकाश विभाजित छ
  • चम्पा कुन देशको पुरानो नाम हो ?     उत्तरः- भियतनाम
  • विश्वमा अमिलो मह पाईने एक मात्र देश कुुन हो ?    उत्तरः-  ब्राजिल 
  • जेलमा २० वर्ष पुस्तकका लेखक को हुन् ?     उत्तरः- खड्गमान सिंह
  • नेपालको नयाँ राष्ट्रिय गान कहिले सार्वजनिक भयो ?    उत्तरः-  २०६४ साउन १८ गते 
  • नेपालमा सबैभन्दा अग्लो स्थानमा रहेको बिमानस्थल कुन हो ?    उत्तरः-  स्याङबोचे
  • कुन देशको पुरानो नाम पर्सिया हो ?    उत्तरः-  इरान
  • गजेडी ताल नेपालको कुन जिल्लामा पर्दछ ?    उत्तरः-  रुपन्देही
  • नेपालमा सर्वप्रथम राष्टिय कृषीगणना कहिले गरिएको थियो ?    उत्तरः-  बि.सं २०१८
  • अन्तरिक्षमा बेलाबेलाम देखा पर्ने अज्ञात वस्तुहरुको अध्ययन गर्ने शाष्त्रलाइ के भनिन्छ ?    उत्तरः-  Ufology
  • नेपालका प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको खास नाम के हो ?    उत्तरः-  जुठबहादुर खड्की
  • पहिलो महिला संगीतकार भएको चलचित्र कुन हो ?     उत्तरः- परालको आगो संगीतकार शान्ती ठटाल
  • मेरो बयासी गजल कुन नेपाली साहीत्यकारको प्रथम कृती हो ?    उत्तरः-  भिमनिधि तिवारी
  • महजोडीलाइ कुन सालमा जगदम्जाश्री पुरस्कार प्रदान गरिएको थियो ?    उत्तरः-  २०४६
  • दोश्रो सार्क शिखर सम्मेलन कुन ठाँउमा भएको हो ?     उत्तरः- भारतको बैग्लोर 
  • नेपालमा सम्पुर्ण कमैया मुक्त भएको घोषणा कहिले गरिएको थियो ?    उत्तरः-  २०५७ साल श्रावण २
  • नेपालमा एसएलसी बोर्ड गठन हुँदा कतिवटा हाइस्कुल सञ्चालनमा थिए ?     उत्तरः- २
  • बि.सं १९९० को एसएलसी परिक्षामा कतिजना बिद्यार्थी उत्तीर्ण भएका थिए ?    उत्तरः-  १९ जना
  • नेपालको सुदुरपश्चिमाञ्चल बिकास क्षेत्रमा महिनावारी भएका बखत महिलाहरुलाइ अशुभ मानी विभिन्न सामाजीक तथा धार्मीक कार्यक्रमहरुबाट अलग्याउने र घरभन्दा टाढाको अँध्यारो गोठमा राख्ने प्रथालाइ के भनिन्छ ?    उत्तरः-  छाउपडी प्रथा
  • एशिया र युरोपलाइ छुट्टाउने पर्वतको नाम के हो ?     उत्तरः- युराल
  • बि.सं १९९० को एसएलसी परिक्षामा कतिजना बिद्यार्थीले परीक्षा दिएका थिए ?     उत्तरः- ३३ जना
  • प्रथम नेपाली रेडीयो गायीका को हुन ?     उत्तरः- कोइलीदेवी
  • क्युनसेल कुन एशियाली देशको समाचारपत्र हो ?     उत्तरः- भुटान 
  • नेपालमा पहिलो मुलुकी ऐनको घोषणा कहिले भएको हो ?    उत्तरः-  १९१०  
  • नेपालमा राष्ट्रिय पोल्ट्री दिबस कहिले मानिन्छ ?    उत्तरः-  पौष १७
  • तेश्रो अन्तरास्ट्रिय टोपी दिबस को नारा के थियो?    उत्तरः-  "नेपाली पोसाक लगाऔ, राष्ट्रियता जोगाऔ" यो दिवस January १ मा मानिन्छ ।
  • तेह्रौ त्रिवर्षीय योजना २०७०/७१-७२/७३ : दीर्घकालीन सोच के छ ?     उत्तरः- बि.सं. २०७९ (सन २०२२) भित्र नेपाललाई अतिकम बिकशित रास्ट्रबाट बिकाशिल रास्ट्रमा स्तरोन्नती गर्ने ।
  • उत्तर कोरियाले शक्तिशाली Hydrogen बम को सफल परिक्षण कहिले गर्यो ?    उत्तरः- जनवरी ६,२०१६
  • भारत को पहिलो मुस्लिम गृह मन्त्रि मुफ्ती मुहम्मद सइदको निधन कहिले भयो     उत्तरः-  २०१६ जनवरी ७
  • दक्षिण अफ्रिकी क्रिकेटर कप्तान हसिम अम्ल ले कहिले कपतानी बाट राजिनामा दिया?    उत्तरः-  २०१६ जनवरी ७ मा नया कप्तान AB Devilliars भयका छन्
  • म्यानमारमा सन् २०१५ नोभेम्वरमा सम्पन्न आम निर्वाचनमा कुन दलले दुई तिहाई बहुमत ल्याउन सफल भएको छ ?     उत्तरः- नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)
  • लामो समयदेखि एक सन्तान नीति रहँदै आएको चीनमा दुई सन्तान जन्माउन पाइने व्यवस्था कहिलेदेखि भएको हो ?    उत्तरः-  सन् १०१६ जनवरी १
  • बेलायतबाट प्रकाशन हुने द फाइनान्सियल टाइमको सहप्रकाशन द बैङ्करले यस बर्षको उत्कृष्ट अर्थमन्त्रीको सम्मान कसलाई प्रदान गरेको छ ?    उत्तरः-  पूर्व अर्थमन्त्री डा. रामशरण महत
  • विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल कति औं स्थानमा रहेको छ ?    उत्तरः-  दक्षिण एशियाको पुछार अर्थात् १९६
  • राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टम्यानले ले नेपाल को औपचारिक भ्रमण कहिले गरे ?    उत्तरः-  २०७२ पौष २३
  • भारतको मुम्बईका कुन क्रिकेट खेलाडीले एकै इनिङमा एक हजार रन बनाउने दुर्लभ किर्तीमान राखेका छन्??    उत्तरः- मुम्बईको १५ वर्षीय किशोर प्रनभ धन्वाडे



कानुनी शासन पालना गर्ने

प्रथम मुलुक : डेनमार्क
दोस्रो : नर्बे
नेपाल : 48 औ (सार्कको प्रथम)
अन्य सार्क रास्ट्रहरुको सुचि :
1. श्रीलंका 58 औ ,
2. भारत 59 औ ,
3. बंगलादेश 93 औ ,
4. पाकिस्तान 98 औ,
5. अफगानिस्तान 101 औ ।
( माल्दिभ्स र भुटान समावेश नभएको )

विश्व सम्पदा सूचीमा परेका नेपालका सम्पदा
  •  पशुपतिनाथ क्षेत्र
  •  स्वयम्भूनाथ
  •  बौद्धनाथ
  •  काठमाडौ दरबार स्क्वार
  •  पाटन दरबार स्क्वायर
  •  भक्तपुर दरबार स्क्वार
  •  चाँगुनारायण मन्दिर
  •  चितवन राष्ट्रिय निकुञ्ज [गैडा, बाघ र गोही संरक्षणका लागि 1984 मा समावेश गरिएको]
  •  सगरमाथा राष्ट्रिय निकुञ्ज [सन् 1979 मा समावेश गरिएको]
  •  लुम्बिनी क्षेत्र [भगवान् बुद्धको जन्मस्थल भएका कारण 1997 मा समावेश गरिएको]



के हो जिका भाइरस ?



यो ‘एडिस एजिप्टी’ नामको लामखुट्टेको टोकाइबाट फैलिने भाइरस हो । यो त्यही लामखुट्टे हो, जो जण्डिस, डेंगु लगायतका रोग फैलाउन जिम्मेवार छ । यसको सबैभन्दा नराम्रो प्रभाव गर्भवती महिलालाई पर्छ । भाइरस संक्रमित महिलाले जन्माउने बच्चा निकै सानो टाउको लिएर जन्मिन्छन् । भाइरसले मष्तिष्कलाई पनि पूरा विकास हुन दिँदैन । यस्तो बच्चा मानसिकरुपमा कमजोर हुन्छ । यो भाइरस सबैभन्दा पहिलो पटक सन १९४७ मा अफ्रिकी देश युगाण्डमा भेटिएको थियो । यसको त्यस्तो कुनै खास लक्षण छैन, यसको पहिचान गर्न निकै गाह्रो हुन्छ ।


जानकारीको स्रोतः के पि भण्डारी 



  

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment