सम्पुर्ण बिषयका प्रश्न-उत्तरहरु.......

  • घाउ निको हुनमा सहयोग गर्ने भिटामिन कुन हो ?       उत्तरः-  भिटामिन सी
  • नेपाल सरकारले २० वर्षे स्वास्थ्य नीति कहिले ल्याएको हो ?       उत्तरः- वि.सं.२०५४
  • सानो आन्द्राको लम्बाई कति हुन्छ ?      उत्तरः-  करिब ५ मिटर
  • विश्व स्वास्थ्य सङ्घको स्थापना कहिले भएको हो ?      उत्तरः-  सन् १९४८ अप्रिल ७
  • अफगानिस्तानको सबैभन्दा अग्लो पर्वत मोसाक आरोहण गर्न नेपाली पर्वतारोहीहरु कहिले गएका थिए ?      उत्तरः-  वि.सं.२०३२
  • नेपाल र भुटानबीच दौत्य सम्बन्ध कहिले स्थापित भएको थियो ?      उत्तरः-  सन् १९८३ जुन ३
  • नेपाल र माल्दिभ्सबीच दौत्य सम्बन्ध कहिले कायम भएको थियो ?       उत्तरः- सन् १९८० अगस्ट १
  • नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध कहिले कायम भएको थियो ?      उत्तरः-  सन् १९६० मार्च २०
  • नेपालसँग सर्वप्रथम दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ?       उत्तरः- बेलायत ¬(१७ मे १९३४)
  • समयको जानकारी गराउने महत्वपूर्ण साधन घडीको आविष्कार कसले गरेका हुन् ?       उत्तरः- ए.एल.ब्रिगेट (सन् १७९१)
  • डिजेल इन्जिनका आविष्कारक को हुन् ?      उत्तरः-  रुडोल्फ डिजेल (सन् १८९५)
  • सबैभन्दा क्रियशील धातु कुन हो ?      उत्तरः-  फ्रान्सीयम
  • पहिलो एशियन गेम कुन देशमा भएको थियो ?       उत्तरः- भारतमा सन १९५१ मा
  • सबैभन्दा गह्रौ धातु ओस्मियम हो भने सबैभन्दा हल्का धातु कुन हो ?       उत्तरः- लिथियम
  • समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाई के भनिन्छ ?      उत्तरः-  फ्याथोमिटर
  • भिटामिन “ए”को रासायनिक नाम के हो ?      उत्तरः-  रेटिनोल
  • नेपालमा पोषण कार्यक्रम कहिलेदेखि सञ्चालन गरियो ?       उत्तरः- वि.सं.२०३७
  • कुन सभ्यतालाई वैदिक सभ्यता भनेर पनि चिनिन्छ ?      उत्तरः-  आर्य सभ्यता
  • एक दिनमात्र सञ्चालन भएको सार्क शिखर सम्मेलन कुन हो ?      उत्तरः-  छैटौं
  • द राइजिङ नेपालका प्रथम सम्पादक को थिए ?       उत्तरः- वरुणशमशेर
  • विश्व खोप दिवस कहिले मनाइन्छ ?      उत्तरः-  नोभेम्बर १०
  • नेपालमा लागू औषधी नियन्त्रण ऐन कहिले आयो ?      उत्तरः-  वि.सं.२०३३
  • सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र कहिलेदेखि सञ्चालनमा आएको हो ?      उत्तरः-  वि.सं.२०५३ असार २६
  • नेपालमा रुसी सांस्कृति केन्द्र कहाँ रहेको छ ?       उत्तरः- कमलपोखरी ,काठमाण्डौं
  • हालसम्म नेपालको सबैभन्दा ठूलो निर्यात बजार कुन हो ?      उत्तरः- भारत 
  • हेलेन केलरको जन्म कहिले र कहाँ भएको थियो ?       उत्तरः- सन् १८८० जून २७ ,अमेरिकाको ट्युकम्बिया
  • स्टेफेन हकिङको चर्चित पुस्तक कुन हो ?      उत्तरः-  समयको संक्षिप्त इतिहास ,सन् १९८८
  • लुम्बिनी कहिले पत्ता लागेको हो ?       उत्तरः- वि.सं. १८९०
  • मोतिराम भट्टको पहिलो कृति कुन हो ?       उत्तरः- गजेन्द्र मोक्ष
  • वाल्मीकिको रामायणमा कति श्लोक छन् ?      उत्तरः-  २४ हजार
  • एजेन्डा —२१ केसँग सम्बन्धीत छ ?       उत्तरः- वातावरण र विकास
  • विश्वको सर्वोच्च स्थानबाट उत्पति भएको नदि कुन हो ?       उत्तरः- अरुण
  • नेपालको कश्मिर भनी कुन जिल्लालाई चिनिन्छ ?      उत्तरः-  जुम्ला
  • चेपाङ बस्ती भएका तीन मुख्य जिल्लाहरु कुन कुन हुन् ?       उत्तरः- चितवन, मकवानपुर र धादिङ
  • सुर्खेत जिल्लाको पुरानो नाम के हो ?       उत्तरः- गोदामचौर 
  • चाँदनी टापु कहाँ पर्दछ ?      उत्तरः-  कञ्चनपुर
  • माछा पाइने विश्वकै अग्लो ठाउँमा रहेको ताल कुन हो ?      उत्तरः-  रारा ताल
  • भारतसँग मिल्दो जुल्दो आकृति भएको नेपालको जिल्ला कुन हो ?       उत्तरः- संखुवासभा
  • चामलका लागी प्रसिद्ध स्थान सिकरबेसी कुन जिल्लामा पर्दछ ?       उत्तरः- नुवाकोट
  • गजुली दह कुन जिल्लामा पर्दछ ?       उत्तरः- सिन्धुली
  • विश्वको सबभन्दा पुरानो राष्ट्रिय गान कुन हो ?       उत्तरः- जापानको किमिगायो
  • वर्षमा दुईपटक बजेट प्रस्तुत गर्ने राष्ट्र फ्रान्स हो भने दुई प्रकारको बजेट प्रस्तुत गर्ने राष्ट्र कुन हो ?      उत्तरः-  भारत
  • विश्वको सबभन्दा पुरानो राजतन्त्र भएका देश कुन हो ?      उत्तरः-  जापान 
  • गौतम बुद्धले कुन भाषामा प्रवचन दिन्थे ?       उत्तरः- पाली 
  • लण्डनको समाचार पत्रहरुका लागी प्रसिद्ध स्थान कुन हो ?       उत्तरः- भिभत क्तचभभत
  • ब्राजिलको राजधानी ब्रासिलिया हुनुअघि कहाँ थियो ?      उत्तरः-  रियो द जेनेरियो 
  • अष्टेलियाको राजधानी क्यानबेरा हुनुअघि कहाँ थियो ?       उत्तरः- मेलबोर्न
  • कम्बोडियाको राष्ट्रिय भाषा के हो ?      उत्तरः-  खमेर
  • संसारका कुन देशका मानिसले सबैभन्दा बढी पत्रपत्रिका पढ्छन् ?      उत्तरः-  फिनल्याण्ड
  • विश्वमा कहिलेदेखि मतदान गर्ने प्रचलन चल्यो ?       उत्तरः- सन् १८७० बाट
  • कुन देशमा दुई राष्ट्रपतिले काम गर्छन् ?       उत्तरः- सानमारिनो
  • भारतीय संविधान कति दिनमा तयार गरिएको थियो ?      उत्तरः-  २ वर्ष ११ महिना ८ दिन
  • विश्वको सबैभन्दा पुरानो कारागार कहाँ छ ?      उत्तरः-  एथेन्समा
  • अफगानिस्तानको राजमहललाई के भनिन्छ ?      उत्तरः-  खान ए खल्क
  • .“अन्तदेखि सुरु”उपन्यासका लेखक को हुन् ?       उत्तरः- केशवराज पिंडाली
  • जगदम्बाश्री पुरस्कार लिन अस्विकार गर्ने व्यक्ति को हुन् ?       उत्तरः- नरबहादुर भण्डारी
  • नेपाली साहित्यमा “सूर्यघाटमा उदाएर आर्यघाटमा अस्ताएका कवि भनेर कसलाई भनिन्छ ?       उत्तरः- भीमनिधि तिवारी
  • हरगौरी विवाह नामक नाटक लेख्ने मल्लकालिन राजा को हुन् ?       उत्तरः- जगज्योति मल्ल
  • नेपालको सबैभन्दा ठूलो उपन्यास कुन हो ?      उत्तरः- माधवी उपन्यास
  • “कविको पनि कवि ” भनेर कसलाई भनिन्छ ?       उत्तरः- एडमण्ड स्पेन्सर
  • अंगे्रजीका १४ हरफे कवितालाई के भनिन्छ ?       उत्तरः- सनेट
  • तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ?       उत्तरः- दोरा नाच
  • ल्होमी जातिको मुखिया या नाइकेलाई के भनिन्छ ?       उत्तरः- पिम्बू
  • व्यासी जातिले लगाउने पोशाकलाई के भनिन्छ ?      उत्तरः-  चुङ्वाला
  • ददिकाधो कसले मनाउने पर्व हो ?       उत्तरः- राजवंशी
  • जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ?       उत्तरः- ज्यापू
  • दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ?      उत्तरः-  वाँतर
  • गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ?      उत्तरः-  अवकल सायाँ
  • गाईजात्रालाई नेपाली भाषामा के भनिन्छ ?      उत्तरः-  सापारु
  • वैशाख २ गतेका दिन जुडसितल पर्व कुन समाजमा मनाइन्छ ?       उत्तरः- मैथली समाज
  • ताजिया नेपालको कुन धर्मावलम्बीहरुको पर्व हो ?      उत्तरः- मुसलमान
  • सोरठी नाँच कुन जातिको हो ?      उत्तरः- गुरुङ
  • धवला कुन जनजातिले मनाउँछन् ?       उत्तरः- व्यासी
  • चेपाङहरुको मुख्य चाडको नाम के हो ?      उत्तरः-  चोनाम
  • मंसिर महिनामा मात्र विहे गर्ने अनौठो चलन कुन जातिमा पाइन्छ ?      उत्तरः-  रामेछापका थामी जातिमा
  • तिब्बती र शेर्पाहरुले खाने जौको परिकारलाई के भनिन्छ ?       उत्तरः- तसम्बा
  • डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ ?       उत्तरः- काइके 
  • मगरहरुको पुरोहित भनेर कुन मगरलाई भनिन्छ ?      उत्तरः-  भुसाल मगर
  • थारु जातिको इष्टदेवता के हो ?       उत्तरः- घोडा
  • सतारहरुको मुख्य देवताको नाम के हो ?      उत्तरः-  ठाकुर
  • सतारहरुको बाह्र प्रकारका विवाहलाई के भनिन्छ ?      उत्तरः-  वापला
  • सिँउडीको रुखलाई पुजा गर्ने जातिको नाम के हो ?      उत्तरः-  मेचे
  • राउटेहरुको बोल्ने भाषाको नाम के हो ?       उत्तरः- खाम्ची
  • सुपारी विहे नेपालको कुन जनजातिमा छ ?      उत्तरः-  धिमाल
  • लतार्ने विवाह कुन जातिमा छ ?       उत्तरः- छन्तेल
  • राजवंशीको पुरोहितलाई के भनिन्छ ?      उत्तरः-  गुरुवा
  • सिरुवा पर्व कुन जातिमा मनाइन्छ ?       उत्तरः- राजवंशी
  • तामाङहरुको कुल देवतालाई के भनिन्छ ?       उत्तरः- ल्हा
  • तामाङ जातिको प्रसिद्ध बाजा कुन हो ?       उत्तरः- डम्फू
  • २०३० सालमा स्थापीत चितवन राष्टिय निकुञ्जको क्षेत्रफल कति बर्ग किलोमिटर रहेको छ ?       उत्तरः- ९३२ बर्गकिलोमिटर
  • बि.सं २०६७ मा बाँके जिल्लामा स्थापीत बाँके राष्टिय निकुञ्जको क्षेत्रफल कति बर्ग किलोमिटर रहेको छ ?      उत्तरः-  ५५० बर्गकिलोमिटर
  • सर्वप्रथम अर्थात सन २००४ मा नोबेल पुरस्कार प्राप्त गर्ने संस्था कुन हो ?       उत्तरः- Institute of International Law (peace) also called Institut de droit International (Beljium)
  • चार वेदहरुमा सबैभन्दा सानो वेद कुन हो ?      उत्तरः-  सामवेद
  • बेल्जीयमको ब्रसेल्समा मुख्य कार्यालय रहेको नर्थ एट्लान्टीक ट्रिटी अर्गानाइजेसन नेटोको स्थापना कहिले भएको हो ?       उत्तरः- ४ अप्रिल १९४९
  • Dream from my Father कृतीका लेखक को हुन ?      उत्तरः-  बाराक ओबामा
  • बिश्वमै अत्याधीक बिक्री भएको मानीने ऐतीहासीक उपन्यास A Tale of Two Cities का लेखक को हुन ?      उत्तरः-  चाल्र्स डिकेन्स
  • सन १९२४ मा भएको पहिलो शितकालीन ओलम्पीक खेलको आयोजक राष्ट कुन थियो ?      उत्तरः-  फ्रान्स
  • सन १९७५ मा भएको प्रथम बिश्वकप क्रिकेट कति कति ओभरको थियो ?      उत्तरः-  ६०/६०
  • मिस युनिभर्स २०१४ को हुन ?      उत्तरः-  Paulina Vega
  • ७ भाग ७४ धारा र ४ परिच्छेद रहेको नेपालको अन्तरिम शासन बिधान २००७ कतिपटक संशोधन भएको थियो ?      उत्तरः-  ६ पटक 
  • नर्थ एट्लान्टीक ट्रिटी अर्गानाइजेसन नेटोमा कति राष्ट सहभागी छन ?      उत्तरः-  २८
  • उराई भञ्ज्याङ नेपालको कुन जिल्लामा पर्दछ ?      उत्तरः-  बझाङ्ग
  • नेपालको नैनीताल भनी चिनिने प्रसिद्ध धार्मिक स्थल कुन हो ?       उत्तरः- नवलपरासीको त्रिवेणीधाम
  • मलेसियामा नेपाली दुतावास कहिले खोलियो ?      उत्तरः-  वि.सं. २०६० जेठ २६
  • नेपालको अन्तरिम व्यवस्थापिका कति सदनात्मक व्यवस्थापिका थियो?      उत्तरः-  एक सदनात्मक
  • निलगाईलाई अर्को के नामले चिनिन्छ ?      उत्तरः-  घोडगधा
  • सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन् ?       उत्तरः- सुवास नेम्वाङ(पेश्की खर्च ऐन,२०६३)
  • नेपालको संविधानलाई कस्तो मोडलको संविधान भनिन्छ ?       उत्तरः- West Minister Model
  • भगवान बुद्धले लगाउने गेरुवा रङको वस्त्रलाई के भनिन्छ ?       उत्तरः- चिवर
  • धरानदेखी धनकुटासम्मको मदन भण्डारीमार्गको लम्बाई कति किलोमिटर रहेको छ ?      उत्तरः-  ५२ किलोमिटर
  • गाइनेहरुको मुख्य तीन गित के के हुन् ?       उत्तरः- कर्खा,मालश्री र झ्याउरे
  • कुन जातिको विवाहमा दलाह दुलहीले सिन्दुर साटासाट गर्दछन् ?      उत्तरः-  झाँगड
  • माझीहरुको प्रमुख देवता कुन हो ?      उत्तरः-  भीमसेन
  • विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाँई गर्ने परम्परा कुन जातिमा रहेको छ ?       उत्तरः- कुमाल जाति
  • किसान जाति नेपालको कुन जिल्लामा बस्दछ ?      उत्तरः-  झापा
  • तरली मगरहरु मुख्यतय नेपालको कुन जिल्लामा बस्दछन् ?      उत्तरः-  डोल्पा
  • वर्तमान तेह्रौ योजनाले २०७३ को असार मसान्तसम्म नेपालमा सडक यातायातको कुल लम्बाई कति किलोमिटर पुर्याउने लक्ष्य लिएको छ ?       उत्तरः- २८ हजार १३३
  • आणविक परिक्षण बिरुद्धको अन्तराष्ट्रिय दिवस International day against Nuclear Tests कहिले मनाइन्छ ?       उत्तरः- अगस्ट २९
  • नेपालमा मुल्य अभिवृद्धि कर कहिलेदेखी लागु भएको हो ?       उत्तरः- २०५४ मङ्सिर १ गते
  • विश्वको सबैभन्दा ठुलो राजदुतावास कुन हो ?      उत्तरः-  अफगानिस्तानस्थित अमेरिकी राजूुतावास 
  • नारायणहिटि सैनिक सचिवालय कहिले खारेज गरिएको थियो ?      उत्तरः-  वि.सं. २०६३ श्रावण ८
  • मनिगल कुन सहरको पुरानो नाम हो ?       उत्तरः- पाटन
  • चीनका प्रथम अन्तरिक्ष यात्री को हुन् ?       उत्तरः- याङ लिबेई
  • गौरीशंकर द्वार कहाँ पर्छ ?       उत्तरः- नारायणहिटी दरबार
  • २०१५ सालको आमनिर्वाचन पछि प्रतिनिधिसभाको पहिलो अधिवेशन कहिले सुरु भएको थियो ?      उत्तरः-  वि.सं. २०१६ असार १६ 
  • राष्ट्रिय महिला आयोगको स्थापना कहिले भएको हो ?       उत्तरः- वि.सं. २०५८
  • स्थानिय विकास मन्त्रालयकोल स्थापना कहिले भएको हो ?      उत्तरः-  वि.सं. २०३७
  • विश्व मित्रता दिवस कहिले मनाइन्छ ?      उत्तरः-  अगष्ट ३
  • नेपाल सरकारले नेपालको मध्यपश्चिम एवं सुदुर पश्चिमका विभिन्न जिल्लामा रहेको हलिया प्रथा उन्मुलन गर्ने निर्णय कहिले गर्यो ?       उत्तरः- वि.सं. २०६५ भाद्र २१
  • ISO-22000 केसगँ सम्बन्धित छ ?      उत्तरः-  Food Safety Management System
  • नारायणहिटी दरबार संग्रहालयको उद्घाटन कहिले भएको हो ?      उत्तरः-  वि.सं. २०६५ फागुन १५
  • नेपालमा तोकिएको पसलबाट मात्र मदिरा बिक्रि वितरण गर्ने व्यवस्था कहिलेदेखि सुरु भएको हो ?       उत्तरः- वि.सं. २०६५ मंसिर ३
  • नेपालमा पहिलोपटक सफलतापूर्वक मृगौला प्रत्यारोपण कहिले गरियो ? ?       उत्तरः- वि.सं. २०६५ साउन २४ (त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज)
  • नेपालमा नागरिक बडापत्रको प्रयोग कहिलेदेखि सुरु भएको हो ?      उत्तरः-  वि.सं. २०५६ 
  • जुम्ला जिल्लाको खलगांमा मोटर कहिले पुग्यो ?       उत्तरः- वि.सं. २०६३ चैत्र ३०
  • नेपाल आँखा बैंकको स्थापना कहिले भएको हो ?      उत्तरः-  सन् १९९४ (तिलगंगा, काठमाडौं)
  • आदिप्रयाग भनेर कुन क्षेत्रलाई बुझाउँछ ?      उत्तरः-  देवघाट
  • लोकसेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीबाट अनामनगर कहिले सारियो ?       उत्तरः- वि.सं. २०६६ असार १२ 
  • नेपालको कुन गाँउलाई सार्क राष्ट्रकै नमुना गाँउका रुपमा मानिएको छ ?       उत्तरः- लमजुङ जिल्लाको घले गाँउ
  • त्रिकेट खेल्दा अनुहारको सुरक्षाका लागि लगाइने वस्तुलाई के भनिन्छ ?       उत्तरः- भाइजर
  • विश्वको प्रथम लिखित संविधान कुन हो ?       उत्तरः- अमेरिकी संविधान ( सन् १७८६ मा )
  • सर्वोच्च अदालतमा कहिलेदेखि मस्कानसहितको न्यायसेवा सुरु गरिएको छ ?       उत्तरः- वि.सं. २०६६ पौष ८
  • कवि शिरोमणि लेखनाथ पौड्याललाई कति सालमा साहित्यिक रथयात्रा गराइएको थियो ?      उत्तरः-  वि.सं. २०११
  • नेपालमा क्षयरोगको उपचारका लागी डट्स कार्यक्रम कहिलेदेखि सुरु भएको हो ?       उत्तरः- सन् १९९६
  • विश्वको सबैभन्दा बढी सैन्य शक्ति भएको राष्ट्र कुन हो ?       उत्तरः- चीन 
  • नेपालको नयाँ निशानाछाप कहिलेदेखि कार्यान्वयनमा ल्याइयो ?      उत्तरः-  वि.सं. २०६३ पौष १५
  • सूर्यलाई सिधा हेर्न सक्ने चरा कुन हो ?       उत्तरः- चील
  • नेपालमा लेखक दिवस कहिले मनाइन्छ ?      उत्तरः-  चैत्र ३ गते
  • भिमसेन थापा कति औं राष्ट्रिय विभुति हुन् ?       उत्तरः- १० औं
  • हाम्रो लोक संस्कृति नामक पुस्तकका लेखक को हुन् ?      उत्तरः-  सत्यमोहन जोशी
  • अल्बर्ट आइन्स्टाइनको जन्म कहाँ भएको थियो ?       उत्तरः- जर्मनीको उल्म सहरमा
  • आइन्स्टाइनले सापेक्षताको सिद्धान्त (Theory of Relativity) कहिले प्रतिपादन गरेका थिए ?       उत्तरः- सन् १९०५
  • आइन्स्टाइनले“सामान्य सापेक्षताको सिद्धान्त " General Theory of Relativity" कहिले प्रस्तुत गरेका थिए ?       उत्तरः- सन् १९१६
  • आइन्स्टाइनलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार कहिले प्रदान गरियो ?       उत्तरः- सन् १९२१
  • आइन्स्टाइनको कुन सिद्धान्तको आधारमा सौर्यसेलहरु बनाएको हो ?       उत्तरः- प्रकाश विद्युतीय असर (Photoelectric Effect)
  • चाल्र्स डार्विनको जन्म कुन देशमा भएको थियो ?       उत्तरः- बेलायत
  • चाल्र्स डार्विनले The origin of species नामक पुस्तक कहिले प्रकाशित गरे ?      उत्तरः-  सन् १८५९
  • विकासवादी सिद्धान्तका प्रतिपादक को हुन् ?       उत्तरः- चाल्र्स डार्विन
  • लुई पाश्चरको जन्म कहाँ भएको थियो ?      उत्तरः-  फ्रान्स
  • लुई पाश्चरले रेबिज रोग विरुद्धको सुईको आविष्कार कहिले गरे ?       उत्तरः- सन् १८८५
  • पानीदेखि डराउने रोग हाइड्रोफोबियाको उपचार विधि कसले पत्ता लगाएका हुन् ?      उत्तरः-  लुई पाश्चर
  • थोमस अल्भा एडिसनको जन्म कहाँ भएको थियो ?       उत्तरः- अमेरिकाको ओहायो राज्यमा
  • विद्युत् बल्व ,चलचित्र क्यामेरा र प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?      उत्तरः-  थोमस अल्भा एडिसन
  • म्याडम क्युरीको जन्म कहाँ भएको थियो ?       उत्तरः- पोल्यान्डको राजधानी वार्सामा
  • गुग्लिल्मो मार्कोनीको जन्म कहाँ भएको थियो ?      उत्तरः-  इटालीको बोलोग्ना सहर?
  • आर्किमिडिजको जन्म कहाँ भएको थियो ?      उत्तरः- ग्रिसको सिसिलीमा 
  • सापेक्षित घनत्वको सिद्धान्त ,लिभरको सिद्धान्त,पेचको सिद्धान्तका प्रतिपादक को हुन् ?      उत्तरः-  आर्किमिडिज
  • वृत्तको क्षेत्रफल र परिधि निकाल्ने सूत्र कसले पत्ता लगाएका हुन् ?      उत्तरः-  आर्किमिडिज
  • "On the Measurement of the Circle" नामक प्रसिद्ध पुस्तक कसले लेखेका हुन् ?       उत्तरः- आर्किमिडिज
  • कुनै पनि वस्तु पानीमा तैरिने नियम(Law of Floating) पत्ता लगाउने वैज्ञानिक को हुन् ?      उत्तरः-  आर्किमिडिज
  • पेचको सिद्धान्त कसले पत्ता लगाएका हुन् ?       उत्तरः- आर्किमिडिज
  • Water Screw को आविष्कार कसले गरेका हुन् ?       उत्तरः- आर्किमिडिज
  • थोरै ठुलो संख्यालाई सानो पारी लेख्ने तरिका पत्ता लगाएको व्यक्ति को हुन् ?       उत्तरः- आर्किमिडिज
  • ग्यालिलियोको जन्म कहाँ भएको थियो ?      उत्तरः-  इटालीको पिसा 
  • चन्द्रमाको आफ्नै प्रकाश नभएको पत्ता लगाउने वैज्ञानिक को हुन् ?      उत्तरः-  ग्यालिलियो
  • पेन्डुलमको आविष्कार कसले गरेका हुन् ?       उत्तरः- ग्यालिलियो
  • तार बिनाको टेलिग्राफको आविस्कार गरेबापत मार्कोनिलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार कहिले प्रदान गरियो ?      उत्तरः-  सन १९०९
  • तापमापक यन्त्र ,ज्यामितीय कम्पास ,पानीको सतह बढाउने यन्त्रको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?      उत्तरः-  ग्यालिलियो
  • भ्याकुममा ठूला वा साना सबै वस्तुहरु एउटै प्रवेगले खस्छन् भनी कसले पत्ता लगाए ?       उत्तरः- ग्यालिलियो
  • सन् १७०४ मा प्रकाशित Optics नामक कृतिका लेखक को हुन् ?       उत्तरः- न्यूटन
  • न्यूटनले आफ्नो प्रसिद्ध कृति Principia कुन भाषामा लेखेका थिए ?       उत्तरः- ल्याटिन भाषामा
  • सूर्यमा सात रगं हुन्छन् भन्ने कुरा इन्द्रणी र वर्णपटको उदाहरणबाट प्रष्ट पार्ने वैज्ञानिक को हुन् ?      उत्तरः-  न्यूटन
  • प्राइमरी र सेकेण्डरी रगंको पहिचान गर्ने वैज्ञानिक को हुन् ?      उत्तरः-  न्यूटन
  • न्यूटनले चाल सम्बन्धमा प्रतिपादन गरेका नियम कति छन् ?      उत्तरः-  तीन
  • न्यूटनले चालका नियमहरु कहिले प्रतिपादन गरेका थिए ?       उत्तरः- सन् १६८७
  • जोन डाल्टन विज्ञानको कुन विधासँग सम्बन्धीत थिए ?       उत्तरः- रसायन शास्त्र
  • पदार्थको अणुभित्र इलेक्ट्रोन,प्रोटोन र न्यूटोन हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?      उत्तरः-  जोन डाल्टन
  • माइकल फराडेको जन्म कहाँ भएको थियो ?       उत्तरः- बेलायतको नेविंगटन
  • जेनेरेटरको आविष्कार कसले गरेका हुन् ?       उत्तरः- माइकल फराडे ( सन् १८३१)
  • कुनै पनि Circuit मा चुम्बकीय क्षेत्र वा शक्ति परिवर्तनशिल भएमा त्यो परिवर्तनको मात्रा विद्युत्मा परिणत हुन्छ भन्ने Law of Electromagnectic induction को प्रतिपादन गर्ने वैज्ञानिक को हुन् ?       उत्तरः- माइकल फराडे 
  • मेलम्ची वाटर लिमिटेडको गठन कहिले भएको हो?      उत्तरः-  वि.स. २०५३/५४ (वि.स. २०५३/५४ मा सर्वप्रथम मेलम्ची वाटर लिमिटेडको गठन भएको र २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन भएपछी वि.स. २०६४ मा मेलम्ची आयोजना सम्पन्न गरि काठमाडौँमा खानेपानी वितरण गर्ने घोसित लक्ष २०७२ सम्म पनि पुरा भएको छैन । )
  • बसाभा मेरीट ग्लोबल अवार्डबाट सम्मानित नेपाली पशु चिकित्सक को हुन्?      उत्तरः-  डा. मुक्तिनारायण श्रेष्ठ (पुर्वसचिव एवं पशु चिकित्सक डा. मुक्तिनारायण श्रेष्ठ थाईल्याण्डमा भएको विश्व भेटनरी कांग्रेसको ४० औ सभामा सो अवार्डबाट सम्मानित हुनुभएको हो।)
  • पाकिस्तानको इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा उत्कृस्ट डकुमेन्ट्रीको अवार्ड पाउने नेपाली डकुमेन्ट्री कुन हो?      उत्तरः-  सुनकाली (उक्त डकुमेन्ट्री भोजराज भाटले तयार परेका हुन्)
  • पहिलो पटक सौर्य उर्जाबाट हवाईजहाजले ७२१२ किलोमिटर दुरी कहिले पार गर्यो?     उत्तरः-  सन् २०१५ जुलाई ३ (सौर्य उर्जाबाट चलेको सोलार इम्पल्स-२ नामको एक सिटे हवाई जहाजले २०१५ जुन २८ देखि जुलाई ३ सम्मको ४ दिन २१ घण्टा ५२ मिनेटमा जापानको नागोयादेखि अमेरिकाको हवाईसम्मको ७२१२ किलोमिटर यात्रा सफलतापुर्वक तय गरेको छ।)
  • भानु जयन्ति कहिले देखि मनाउन सुरु गरिएको हो?      उत्तरः-  २०१० असार २९ देखि (नेपाल शिक्षा परिषदले नेपालमा पहिलो पटक वि.स. २०१० असार २९ गते मनाएको थियो | पहिलो पटक मनाइएको जयन्ति १४० औ जयन्ति थियो।)
  • कुसुण्डा जनजातिले कुन भाषा बोल्छन?      उत्तरः-  खाम्ची
  • कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्रफल कति रहेको छ?      उत्तरः-  १७५ वर्ग किमी (कुल क्षेत्रफल १७५ वर्ग कि.मि रहेकोमा विभागले थप १०५ वर्ग कि.मि विस्तार गर्ने कार्य गरेको छ।)
  • लुम्विनी विकास गुरु योजना कसले तयार परेका हुन्?      उत्तरः-  केंजो टांगे (बुद्धको जन्मस्थल लुम्बिनीको विकासको गुरु योजना जापानी वास्तुकलाविद प्रोफेसर केंजो टांगेले सन् १९७८ मा तयार पारेका हुन्।)
  • दक्षिण एसियामा इजरायल संग दौत्य सम्बन्ध कायम गर्ने पहिलो राष्ट्र कुन हो?       उत्तरः-  नेपाल  ( नेपाल र इजरायल विच सन् १९६० को जनवरीमा दौत्य सम्बन्ध कायम भएको थियो)
  • मर्न पाउने अधिकार माग गर्दै अदालतमा रिट दायर गर्ने कानुन व्यवसायी को को हुन्?      उत्तरः-  उत्तम रिजाल र टकहरि नेपाल ( २०७२ असार २४ मा उनीहरुले मर्न पाउने अधिकारको माग गर्दै अदालतमा रिट दयार गरेका थिए । कानुन मा आत्महत्या वा मर्ने कोसिस गर्नुलाई अपराध मानिन्छ । )
  • रक्तकोष गोलाकार नभई हसिया आकारको हुने वंशानुगत रोगलाई के भनिन्छ?       उत्तरः-  सिकलसेल (यो रोग नेपालका थारु समुदायका केहि मानिसमा देखिएको छ । क्यानाडाको युनिभर्सिटी अफ ब्रिटिश कोलम्बिया विद्यार्थीले यसबारे अध्ययन गर्दै छन् । नेपालमा पहिलो पटक २०७२ असारमा यसको परिक्षण गरिएको छ ।)
  • काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथको प्रस्तावित लम्वाई कति छ?      उत्तरः-  ७२ कि.मि (भित्रि चक्रपथ:२७.२ किमी)
  • नेपाल सरकारको स्वामित्व मा रहेका कतिवटा सस्थांन उद्योग हुन्?      उत्तरः- उत्तर ७ वटा
  • सबैभन्दा पहिले महिला वर्ष कहिले मानिएको थियो?      उत्तरः-  सन् १९७५ (विश्वमा पहिलो महिला वर्ष संयुक्त राष्ट्र संघले सन १९७५ मा मनाएको हो । सोहि वर्ष मेक्सिकोमा पहिलो महिला सम्मेलन पनि गरिएको हो ।)
  • सन् १४९२ मा कोलम्बसले अमेरिका पत्ता लगाएको कुराको खण्डन गर्दै इसापुर्व १३०० तिर नै चिनिया हरुले अमेरिका पत्ता लगाएको धारणा व्यक्त गर्ने ब्रिटिश रसायन शास्त्री को हुन्?      उत्तरः-  जोन र.स्काम्प 
  • संसारकै चौथो सानु देश टुभालुमा कति मानिस बसोबास गर्छन?      उत्तरः-  १०,०००
  • फलको राजा आप को, कति प्रजाति नेपालमा पाइन्छ?      उत्तर: १८ प्रजाति
  • “हाउस पुलिंग” भनेको के हो?      उत्तरः-  प्लट सिस्टम बाट फ्ल्याट सिस्टम तिर जाने योजना (राष्ट्रिय योजना आयोगले धेरै जग्गाको भरमा एउटा घर बनाउने र प्लट सिस्टम बाट फ्ल्याट सिस्टममा जाने उदेस्यले बाक्ला घर भएका शहरी क्षेत्रमा लागु गर्न लागेको नयाँ आवास नीतिलाई “हाउस पुलिंग” नीति भन्ने गरिन्छ।)
  • “पोयमाण्डु” के संग सम्बन्धित छ?      उत्तरः-  कविता वाचन कार्यक्रम
  • लोक सेवा आयोगले कहिले देखि अफिसर को परिक्षा लिन सुरु गरेको हो?      उत्तरः-  वि.स. २०१४ (वि.स. २००८ सालमा स्थापित भएपनि पहिलो पटक २०१४ साल देखि असिस्टेन्ट ब्लक डेभलपमेन्ट अफिसरको परिक्षा लिन सुरु गरेको हो ।)
  • नेपालमा विद्युतीय सार्वजनिक खरिद प्रणाली कहिले देखि लागु भएको हो?      उत्तरः-  २०७२ साउन १ गते
  • राष्ट्रिय चुरे संरक्षण दिवस कहिले मनाइन्छ?      उत्तरः-  असार २ गते
  • विश्व मरुभूमिकरण तथा खडेरी दिवस कहिले हो ?     उत्तरः-  जुन १७
  • विश्व शरणार्थी दिवस कहिले मनाइन्छ ??      उत्तरः-  जुन २०
  • विश्व योग दिवस कहिले मनाइन्छ ?       उत्तरः-  जुन २१ ( पहिलो पटक: २०१५ जुन २१)
  • २०७२ असार ८ गते मनाइएको विश्व ओलम्पिक दिवस मा नेपालको नारा के थियो?      उत्तरः-  “विपत विरुद्द हामि लड्न सक्छौ”
  • २०७२ असार १५ मा मानिएको धान दिवस कति औ धान दिवस हो?      उत्तरः-  १२ औ
  • नेपाल विद्यापति मैथिली भाषा साहित्यकार पुरस्कार कुन मन्त्रालय संग सम्बन्धित छ?      उत्तरः-  नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय (२ लाख रासीको उक्त पुरस्कार २०१५ मा जनकपुर धाम को रामानन्द युवा क्लबले प्राप्त गरेको छ)
  • काठ ताछ्ने, मुख कोदालो जस्तो बिड र कुटेको जस्तो भएको हतियारलाई के भनिन्छ?      उत्तरः-  बसिला
  • मुगा र पत्थरको मालामा सानो कैडो झुन्ड्याई घाटीमा लगाईने गहना लाई के भनिन्छ?      उत्तरः-  मृगौतो
  • चौरी गाइको पुच्छरको रौ लाइ के भनिन्छ ??       उत्तरः-  चमर
  • शवलाइ मसानसम्म पुर्याउने जात्रालाई के भनिन्छ ?      उत्तरः-  मलाम, शवयात्रा, ढाढेजात्रा
  • हात्ती बाध्ने किलो वा स्तम्भ लाई के भनिन्छ ??      उत्तरः-  आलानस्तम्भ, आलान, खामारी
  • पढ्दा पुस्तक राख्ने पछी फोल्ड गरि राख्न मिल्ने परम्परागत काठको टेबुललाई के भनिन्छ ??      उत्तरः-  कठौतो, कापे, घोरि
  • माथिल्लो जातिको बाबु र तल्लो जातिकी आमाबाट जन्मेको शिशुलाई के भनिन्छ ??      उत्तरः- अनन्तरज वा खवास
  • अत्यन्तै राम्री रुपवती स्त्री कसलाई मानिन्छ ?     उत्तरः-  किन्नरी, अप्सरा
  • थुप्रोको पर्यायवाची शब्दहरु के के हुन् ??      उत्तरः-  रास, खात, राशी

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment