लोकसेवा आयोगले विभिन्न पदहरूको लागि सञ्चालन गर्ने अन्तर्वार्तामा, सोधिएका र सोध्न सकिने केही समसामयिक र संभावित प्रश्नहरूः-

  •  तपाईं किन निजामती सेवामा प्रवेश गर्न चाहनुहुन्छ ??
  •  सेवा प्रवेश गरेपछि तपाईं कार्यलयको काममा व्यस्त रहनुपर्छ त्यस्तो परिस्थितिमा तपाईं आफ्नो अध्ययनलाई कसरी अगाडि बढाउनु हुन्छ ???
  •  तपाईंको जिल्लामा रहेको महत्त्वपूर्ण धार्मिक , पर्यटकीय , संस्कृतिक स्थलको बारेमा जानकारी गराउनुहोस् ???
  •  तपाईंले नेपालको संविधान २०७२ अध्ययन गर्नुभयो ???
  •  नेपालको हालको संविधानमा कति धारा,उपधारा र अनुसुची रहेका छन् ???
  •  नेपालको संविधानमा लोकसेवा सम्बन्धि कस्तो व्यवस्था गरिएको छ ???
  •  तपाईंले अहिले अन्तर्वार्ता दिइरहेको कार्यलयको नाम के हो ???
  •  नेपालको संविधानमा लोकसेवा आयोगको व्यवस्था कुन भागमा गरिएको छ ???
  •  तपाईंको विचारमा अहिले देखिएको नाकाबन्दीका कारण सिर्जित समस्य कसरी समाधान गर्न सकिएला ???
  •  यो वर्षको मदन पुरस्कार कुन कृतिको लागि कसलाई प्रदान गरियो ???
  •  तपाईंको जन्म जिल्ला , गाउँ , ठाउको नाम कसरी रहन गयो ???
  •  तपाईं आफुले अध्ययन गरेको विषयमा धेरै अगाडि जानसक्नुहुन्छ । उक्त विषयका अवसरलाई छोडेर यो पदमा किन आउन चाहनुहुन्छ ??? (यो प्रश्न प्रायः छुट्दैन )
  •  हाल चर्चामा रहेको आतंकवादी संगठन आईएस को प्रमुख को हुन् ???
  •  नेपालको अन्तरिम संविधान २०६३ कहिले खारेज गरियो ???
  •  नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख को हुन् ???
  •  नोबेल पुरस्कार कति विधामा प्रदान गरिन्छ ???
  •  संयुक्त राष्ट्रसंघ दिवस कहिले मनाइन्छ ???
  •  उत्कृष्ट निजामती पुरस्कारको राशी कति रहेको छ ???
  •  उत्कृष्ट निजामती पुरस्कार कति जनालाई प्रदान गरिन्छ ???
  •  यस वर्षको राष्ट्रिय शिक्षा दिवसको नारा के रहेको छ ??? 

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment