कानुनको अर्थ बारे संक्षेपमा प्रकाश पार्नुहोस् ।

“सम्प्रभुको आदेश नै कानुन हो ।” – जोन अस्टिन
नागरिकहरूको हक अधिकारको सिर्जना र सुरक्षा, नागरिकले गर्न हुने र नहुने काम र त्यसको उल्लंघन गरेमा हुने सजाय, त्यसको उपचारको प्रक्रिया तथा अन्य मानवीय व्यवहारलाई सुनिश्चित गर्न राज्यद्वारा लागू गरिएको र मान्यता प्रदत्त सिद्धान्त र पद्धतिको समग्र रुप नै कानुन हो । निम्न परिभाषा तथा भनाईहरूले कानुनलाई अझ बढी परिभाषित गर्दछन् ।
“कानुन शब्दले नेपाल ऐन वा नेपालको कुनै भागमा कानुन सरह लागु हुने ऐन, सवाल, नियम, उपनियम सम्झनुपर्छ ।” – कानुन व्याख्या सम्बन्धी ऐन
“व्यक्तिलाई काम गर्न वा गर्न नगर्न बाध्य आदेश नै कानुन हो ।” – जोन अस्टिन
“न्यायीक निकायले लागू गर्ने नियमहरूको समूह कानुन हो ।” – शालमण्ड
कानून समाजाको एक अपरिहार्य तत्व हो । यो आदेश हो, जसले कुनै पनि व्यक्तिलाई कुनै काम गर्न वा नगर्न बाध्य गर्दछ ।
यो विना भेदभाव प्रयोग गरिन्छ ।
संविधान, न्यायाधीशको राय, कानूनी मान्यता प्राप्त स्थानीय रीतिरिवाज, तोकिएको कार्यविधि, वा व्यवहारको नियमन, अदालतको निर्णय, नजिर, ऐन, नियम, विनियम, आदेश, अध्यादेश, सार्वजनिक सूचना आदि सबै कानून अन्तर्गत पर्दछन् ।
कानूनको अन्तिम उद्देश्य नै व्यक्तिको ज्यान तथा वैयक्तिक सम्पत्तिको सुरक्षा गर्नु हो ।
सारांशमा भन्नुपर्दा, कानुन मानव समाज, राष्ट्र र विश्वलाई शान्त र व्यवस्थित एवम् गतिशिल बनाउने संहिता हो । यसको निर्माण मानवबाट नै हुने र मानव व्यवहारलाई व्यवस्थित गर्न प्रयोग गरिन्छ । यो अधिकार प्राप्त निकायले मात्र बनाउन सक्छ र यो लागू भएपछि कसैले अवज्ञा गरेमा दण्डभागी हुन्छ ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment