मह्त्वपूर्ण प्रश्न - उत्तरहरु ......

  • दोस्रो संबिधान सभाको निर्वाचनमा जमानत जफत हुनेमा कांग्रेसका ८, एमालेका २३ जना छन् भने एमाओवादी पार्टीका कति जना छन् ? → ४० जना (४ जना केन्द्रिय नेता)
  • नेपालमा एक मात्र ब्यावसायिक सारङगी बादक जंगबहादुर गन्धर्बको निधन कहिले भयो ? → बि.स.२०७० मंसिर ११ गते 
  • विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुल ग्राहस्थ उत्पादनको अनुपातमा भन्दा धेरै रेमिट्यान्स भित्र्याउने मुलुक कुन हो ?→ ताजिकिस्तान
  • विश्व बैंकको प्रतिवेदन अनुसार सन् २०१२ मा कुल ग्राहस्थ उत्पादनको अनुपातमा रेमिट्यान्स भित्र्याउने मुलुकमा नेपालमा बिश्वको तेस्रो सथानमा प¥यो भने नेपालले ग्राहस्त उत्पादनको अनुपातमा कति प्रतिशत रेमिट्यान्स देश भित्र भित्र्याएको थियो ? → २५ प्रतिशत
  • दक्षिण एसियामा समलिङगी अधिकारलाई बैधानिक मान्यता दिने एक मात्र मुलुक कुन हो ? → नेपाल
  • माथिल्लो मस्र्याङदी ए जलबिद्युत आयोजना गण्डकी अञ्चलको कुन जिल्लामा निर्माण भईरहेको छ ?→ लमजुङ
  • नेपालमा हाल सम्म निजि क्षेत्रबाट उत्पादित सबै भन्दा ठूलो जलबिद्धुत आयोजना खिम्ती आयोजनाबाट कति मेगावाट बिद्युत उत्पादन हुन्छ ? → ६० मेगावाट
  • महमा कति प्रतिशत पानी हुन्छ ? → ७० प्रतिशत 
  • पर्पल हेज गाँजा पाईने एक मात्र मुलुक कुन हो ? → नेपाल 
  • किरिया बस्दा आफ्नो भाषा मात्र बोल्ने र अरुको भाषा बोल्ने मानिसँग नबोल्ने नेपालको कुन जाति हो ? → वन करिया
  • आदिकबि भानुभक्त आचार्यको रामायणलाई भोजपुरी भाषामा अनुवाद गर्ने ब्यक्ति को हुन् ? → मुकुन्द आचार्य
  • एक दिवशीय बिश्वकप क्रिकेट प्रतियोगितामा दोहोरो शतक बनाउने क्रिकेटर विश्वमा कति जना छन् ? → ३ जना
  • नेपालमा बाघ संरक्षणका लागि ३० लाख डलर सहयोग गर्ने हलिउडका प्रसिद्ध अभिनेता को हुन् ?→ लियोनार्दो डिक्याप्रियो
  • नेपालमा दोस्रो संबिधानसभा निर्वाचनमा सबै भन्दा कम मत अन्तरले बिजयी हुने नेता एनेकपा माओवादीका शिवकुमार मण्डल हुन भने उनले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गयानद्या मण्डल गनगाईलाई कति मतले हराएका थिए ? → ८ मतले
  • दोस्रो संबिधानसभा निर्वाचनमा सबै भन्दा बढी मत ल्याएर बिजयी हुने नेता को हुन् ?→ शेरबहादुर देउवा  (२३,९२०-डडेल्धुरा बाट )
  • भारतमा सम्पन्न दिल्ली बिधान सभा २०१३ को चुनावमा कुन दल बिजयी भयो ? → आम आदमी पार्टी
  • सन् २०१३ डिसेम्बरमा भारतमा भएको बिधानसभाको चुनावबाट जित्ने आम आदमी पार्टीका नेता को थिए ? → अरविन्द केजरीवाल
  • दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधन कहिलो भयो ? → सन् २०१३ डिसेम्बर ५(९५ वर्षको उमेरमा)
  • दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला कुन जातिका थिए ? → जोसा
  • सबै भन्दा धेरै सम्मान,पदवी पाउने राजनेता मध्येका एक दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाले कति सम्मान तथा पुरस्कार पाएका थिए ? → ६ सय ९५ वटा
  • नेल्सन मण्डेलको नामबाट नामाकरण गरिएको एउटा आणविक कर्णको नाम के हो ? → मण्डेला पार्टिकल
  • विश्वको कुल भू–भागको करिब एक चौथाई क्षेत्रफल ओगटेको पर्वतीय क्षेत्रमा कति प्रतिशत मानिस बसोबास गर्छन् ? → १२ प्रतिशत
  • नेपालको हिमाली क्षेत्रमा प्रत्येक वर्ष ०.०६ डिग्री सेल्सियस, तराईमा ०.०४ डिग्री सेल्सियस तापक्रम बृद्धि भईरहेको छ भने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा कति डिग्री सेल्सियस तापक्रम बृद्धि भईरहेको छ ? → ०.०९ प्रतिशत
  • नेपालको ईतिहासमा भण्डार खाल पर्व कहिले भएको थियो ? → बि.स. १९०३ कार्तिक १७ गते
  • नेपालमा सारक्ष क्षेत्र घोषणा भएको पहिलो नगरपालिका कुन हो ? →पाल्पाको तानसेन नगरपालिका
  • अन्तराष्ट्रिय पर्वतारोहण संघद्धारा अन्तराष्ट्रिय पर्वतारोहण उद्यान कहाँ निर्माण गरिएको छ ? →नेपालको नुवाकोट
  • धर्म पुत्र–पुत्री सम्बन्धि काठमाण्डु घोषणा पत्र कहिले जारी गरियो ? → बि.स. २०६३ फागुन २९ गते
  • मलेसियामा नेपाली राजदुतावास कहिले खोलियो ? → बि.स. २०६० जेठ २६ गते
  • एस एल सी परिक्षामा कक्षा १० को पाठ्यक्रमबाट मात्र प्रश्न सोध्ने ब्यबस्था कहिले देखी लागु गरियो ?→ बि.स. २०६३ कार्तिक १५ गते
  • नेपाल सरकारले अर्थ मन्त्रालय अन्तर्गत नयाँ सम्पत्ति सुद्धृढिकरण अनुसन्धान बिभागको स्थापना कहिले गर्यो ? → बि.स. २०६८ मा 
  • शिख धर्मका प्रवर्तक को हुन् ? → गुरु नानक
  • विश्व शान्ति स्तुप कहाँ रहेको छ ? → लुम्बिनी (नेपाल)
  • छुचुन्द्रोको औषत आयु ३ बर्ष हुन्छ भने बिरालोको औषत आयु कति हुन्छ ? → १२ बर्ष
  • खरायोको गर्भधारण अवधि ३१ दिन हुन्छ भने लोखर्केको गर्भधारण अवधि कति दिनको हुन्छ ? → ४४ दिन
  • नेपालको अन्तरिम संबिधान २०६३ को धारा १४९ मा के सम्बन्धि ब्यबस्था थियो ? → संबैधानिक परिषद
  • राष्ट्रिय सर्तकता केन्द्र कसको प्रत्यक्ष रेखदेख र नियन्त्रण रहन्छ ? → प्रधानमन्त्री
  • पृथ्वीनारायण शाहको निधन कहिले भएको थियो ? → बि.स. १८३१ माघ १ गते
  • खड्क निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन् ? → विर शमशेर
  • अष्ट्रेलियामा कति मुलुकका बिद्यार्थी अध्ययन गर्ने गर्दछन् ? → १३० भन्दा बढी
  • जापानको मुद्रालाई येन भनिन्छ भने चीनको मुद्रालाई के भनिन्छ ? → युयान
  • एसिया महादेशमा कति वटा भू–परिवेष्ठित राष्ट्रहरु छन् ? → १२ ( सम्झनको लागी सरल सुत्रः- भुलाअने काम उता कि तु अअ)
  • नेपालका प्रथम हजुरिया जर्नेल को हुन् ? → ध्वज नरसिँह राणा
  • दक्षिण अमेरिकाको बिषम हावापानीको देश भनेर कुन मुलुकलाई चिनिन्छ ? → अर्जेन्टिना
  • दक्षिण अमेरिकामा सबै भन्दा बढी बिमालस्थल भएको मुलुक कुन हो ? → ब्राजिल
  • बफर जोन अफ युरोप भनेर कुन मुलुकलाई चिनिन्छ ? → बेल्जियम
  • सन् २०१३ डिसेम्बर ४ मा डब्लूटिओको १६० औँ सदस्य बनेको मुलुक कुन हो ? → यमन
  • नेपालको कुन ठाउँमा बाख्राको दूधबाट चीज उत्पादन हुन्छ ? → मकवानपुरको चित्लाङ
  • मानिसको गर्भधारण अवधि कति दिनको हुन्छ ? → २ सय ८० दिन(४० हप्ता)
  • लोकतन्त्र आएपछि कार्यावधि बाँकी छँदै फिर्ता बोलाईएका नेपाली राजदूत कति जना छन् ? → ३ जना(रुक्म शमशेर जबरा,हमिद अन्सारी र माया कुमारि शर्मा)
  • त्रिचन्द्र कलेजमा प्रथम पटक भर्ना हुने महिलाको संख्या कति थियो ? → ४ जना
  • कुन जातको भ्यागुताले सर्पलाई खान्छ ? → लेप्टा डोक्टिन पेन्टा
  • नेपालको छैटौँ कृर्षि गणना २०६८ अनुसार सबै भन्दा बढी कृर्षि योग्य जमिन भएको जिल्ला कुन हो ? → मोरङ
  • बैज्ञानिकहरुका अनुसार,यदि माहुरी लोप हुनेहो भने खाद्यान्न उत्पादनमा कति प्रतिशतले कमी आउन सक्छ ? → ३५ प्रतिशत
  • नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो ? → अक्षराङक शिक्षा
  • महान्यायधिबक्ताको नियुक्ति को बाट हुन्छ ? → प्रधानमन्त्री
  • फ्रान्सको भर्सेलिज दरबारको अनुकरण गरी नेपालमा निर्माण गरिएको दरबार कुन हो ? → सिँह दरबार
  • नेपालको कुन जिल्लालाई मेडिकल सिसट उपनामले चिनिन्छ ? → चितवन
  • क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो ? → उत्तर अमेरिका
  • नेपालमा हाल कति वटा जिल्लामा रेशम खेती गरिन्छ ? → ११ जिल्ला
  • चेस खेलको सुरु कुन देशबाट भएको हो ? → भारत
  • रेडियो नेपालले कहिले देखी बाल समाचार दिन सुरु गरेको हो ? → बि.स.२०६४ बैशाख १
  • नेपालमा पहिलो टेस्ट ट्युब बेबीको जन्म कहिले भयो ? → बि.स. २०६० फागुन २० गते
  • यूएन महासभामा प्रतिनिधित्व गर्ने नेपालका प्रथम प्रधानमन्त्रि को हुन ? → विपि कोईराला
  • नेपालमा एतिहासिक दोस्रो संबिधान सभाको निर्वाचन कहिले सम्पन्न भएको हो ? → बि.स. २०७० मंसिर ४ गते
  • नारायण हिटी दरवारमा कहिले गणतन्त्रीक नेपालको झन्डन औपचारिक रुपमा फराईएको थियो ? → बि.स.२०६५ असार १ गते
  • सिरियाको सबै भन्दा नजिकको साझेदार मलुक कुन हो ? → रसिया
  • युरोपेली मुलुक फ्रान्सको उपनिवेशका रुपमा रहेको सिरिया कहिले स्वतन्त्र भएको थियो ? → सन् १९४६ अप्रिल मा
  • पोल्टी ब्यबसायी मञ्चका अनुसार कुल लगानीको कति प्रतिशत चितवन जिल्लामा लगानी गरिएको छ ? → ५० प्रतिशत
  • नेपालको पहिलो होटेल कुन हो ? → पारस होटल
  • नेपालको राष्ट्रिय नीति २०६६ अनुसार १६ देखी ४० बर्ष उमेर सम्मका ब्यक्तिलाई युवा भनिन्छ भने संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार कुन उमेरका युवा भित्र पर्दछन् ? → १५ देखी २४ बर्ष सम्मका
  • प्रथम बिश्व युद्धमा जम्मा कति राष्ट्रले भाग लिएका थिए ? → ३२ राष्ट्र
  • बेलायतले महिलालाई मतदानको अधिकार कहिले प्रदान ग¥यो ? → सन् १९२८ मा
  • द्धितिय विश्वयुद्धको प्रारम्भ कुन–कुन राष्ट्र बिचको युद्धबाट शुरु भएको थियो ? → जर्मनी र पोल्यान्ड
  • संयुक्त राष्ट्रसंघको स्थापना कहिले भएको हो ? → सन् १९४५ अक्टुबर २४
  • प्रताप मल्लले बिकृत मस्तिष्क भएका पिता लक्ष्मी नरसिंह मल्ललाई राज्य च्युत गराई आफु राजा कहिले भएका थिए ? → बि.स.१६९८(१८ बर्षको उमेरमा)
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment