शिक्षक सेवा तयारीमा रहेकाहरुको लागि महत्वपुर्ण प्रश्नहरु ........



प्राथमिक तह वस्तुगत प्रश्नहरु 

सही उत्तरमा रेजा चिन्ह लगाउनुहोस् ।

१) जिल्ला शिक्षा समितिमा कम्तीमा कति जना शिक्षकहरु रहने प्रावधान छ ?
क) ३ जना
ख) ४ जना
ग) ५ जना
(घ) ६ जना

२) बिना सूचना लगातार १५ दिन भन्दा वढी विद्यालयमा अनुपस्थित रहने शिक्षकलाई कस्तो सजाय हुन्छ ?
क) बढुवा रोक्का गर्ने
ख) ग्रेड कट्टा गर्ने
ग) कार्यरत पदबाट घटुवा गर्ने
घ) पदबाट हटाउने

३) शिक्षा ऐन २०२८ (संसोधन सहित) को कुन दफाले दिएको अधिकार प्रयोग गरी शिक्षा नियमावली बनाइएको हो ?
क) दफा १९
ख) दफा १७
ग) दफा १८
घ) दफा १६

४) विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्रमा निम्न मध्ये कुन पर्दैन ?
क) शिक्षकलाई तालिमको लागि छनौट गर्ने
ख) शिक्षकलाई तालिमको लागि सिफारिस गर्ने
ग) विद्यालयको लागि चाहिने आर्थिक स्रोत जुटाउने
घ) शिक्षकहरुको सेवाको सुरक्षा र सम्वद्र्धन गर्ने

५) खाइपाई आएको तलव रु.२० हजार र सेवा अवधि १५ वर्ष पूरा भएको शिक्षकले उपदान खर्च वापत कति रकम पाउँछ ?
क) तीन लाख
ख) दुई लाख पच्चीस हजार
ग) चार लाख पचास हजार
घ) चार लाख

६) पुरुष शिक्षकले कति दिन सुत्केरी स्याहार विदा पाउँछ ?
(क) १५ दिन
(ख) ३० दिन
(ग) ७ दिन
(घ) १२ दिन

७) कुनै विद्यालयको प्रधानाध्यापकले आचार संहिता पालन गरे नगरेको अभिलेख कसले राख्नुपर्छ ?
क) शिक्षक अभिभावक संघले
ख) वि.व्य.स. अध्यक्षले
ग) शिक्षक स्टाफले
घ) विद्यालय व्यवस्थापन समितिले

८) स्थायी शिक्षकको कार्य क्षमताको आधारमा बढुवा गर्ने प्रयोजनका लागि विशेष जिम्मेवारी वापत कुल कति अंक पाउँछ ?
(क) ५
(ख) १०
(ग) १५
(घ) २०

९) नेपालको अन्तरिम संविधान २०६३ को कुन धारामा महिला सम्बन्धी हकको व्यवस्था गरिएको छ ?
क) धारा १३
ख) धारा २०
ग) धारा २२
घ) धारा १८

१०) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख भए अनुसार कुन तह सम्म मातृभाषामा शिक्षा पाउने हक छ ?
क) माध्यमिक तह
ख) निम्न माध्यमिक तह
ग) आधारभूत तह
घ) प्राथमिक तह

११) नेपालमा सर्वप्रथम पूर्व प्राथमिक विद्यालयको स्थापना कहिले भएको थियो ?
(क) वि.सं.२००५
(ख) वि.सं. २००४
(ग) वि.सं.२०१०
(घ) वि.सं. २००६

१२) उदाहरणबाट सामान्यीकरण तर्फ जाने गरी गरिने शिक्षण विधिलाई के भनिन्छ ?
क) आगमन विधि
ख) निगमन विधि
ग) व्याख्यान विधि
घ) छलफल विधि

१३) प्राथमिक उमेर समूहका वालवालिकाको लक्षित उमेर समूह कुन हो ?

क) ६—१० वर्ष
ख) ५—९ वर्ष
ग) ५ —१० वर्ष
घ) ४—९ वर्ष

१४) पूर्व प्राथमिक शिक्षाको उद्देश्यमा तलका मध्ये कुन पर्दछ ?
क) प्राथमिक शिक्षाका लागि पूर्व तयारी गराउने
ख) चरित्रवान एवम् नैतिकवान बनाउने
ग) राष्ट्र, राष्ट्रिय एकता र लोकतान्त्रिक संस्कारको भावना पैदा गराउने
घ) भाषिक व्यवहारमा सक्षम र श्रमप्रति सकारात्मक प्रवृत्तिको विकास गराउने

१५) मासिक तथा चैमासिक रुपमा लिइने परीक्षा तलका मध्ये कुन प्रकारको मूल्याङ्कन हो ?
क) निर्णयात्मक मूल्याङ्कन
ख) गुणात्मक मूल्याङ्कन
ग) निर्माणात्मक मूल्याङ्कन
घ) निदानात्मक मूल्याङ्कन

१६) वालवालिका अधिकार सम्बन्धी महासन्धी कहिले पास भएको थियो ?
क) सन् १८८७
ख) सन् १८८८
ग) सन् १८८९
घ) सन् १८९०

१७) विद्यालय क्षेत्र सुधार योजना ९क्क्च्ए० अनुसार विद्यालय तहको आधारभूत शिक्षा भन्नाले तलको कुनलाई बुझिन्छ ?
क) कक्षा १—५
ख) कक्षा १—३
ग) कक्षा १—८
घ) पूर्व प्राथमिक

१८) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ को मूलभूत विशेषतामा तलका मध्ये कुन होइन ?
क) राष्ट्रिय शिक्षा प्रणालीको जोड
ख) व्यवसायिक शिक्षा र दक्ष जनशक्तिमा जोड
ग) शिक्षाको गुणात्मक र स्तरयुक्त विकासमा जोड
घ) संस्कृत शिक्षामा जोड

१९) तलका मध्ये कुनचाहिँ शिक्षक केन्द्रित विधि हो ?
(क) प्रदर्शन
(ख) छलफल
(ग) खोज
(घ) समस्या समाधान

२०) निरन्तर विद्यार्थी मूल्याङ्कनमा रेजा प्रतिशत कति भएमा विद्यार्थीले क श्रेणी पाउँछ ?
(क) ६० % भन्दा वढी
(ख) ६५% भन्दा वढी
(ग) ७० % भन्दा वढी
(घ) ७५% भन्दा वढी

२१) शिक्षा ऐन २०२८ (संशोधन सहित) अनुसार जिल्ला शिक्षा समितिमा जम्मा कति जना सदस्य रहने प्रावधान छ ?
क) ११
ख) १३
ग) १०
घ) १२

२२) शिक्षा नियमावली २०५९ अनुसार शिक्षकलाई तालिमको लागि कसले सिफारिस गर्दछ ?
क) प्रधानाध्यापक
ख) वि.व्य.स. अध्यक्ष
ग) स्रोतव्यक्ति
घ) विद्यालय निरीक्षक

२३) कुनै विद्यालयको विद्यालय व्यवस्थापन समितिले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेमा त्यस्तो विद्यालय व्यवस्थापन समितिलाई कसले विघटन गर्दछ ?
क) जिल्ला शिक्षा अधिकारी
ख) विद्यालय निरीक्षक
ग) जिल्ला शिक्षा समिति
घ) शिक्षक युनियन

२४) समुदायद्धारा सञ्चालन भएको विद्यालयमा कुनै सामुदायिक शिक्षकको पद रिक्त हुन आएमा कति दिनको म्याद राखी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रकाशित गर्नुपर्दछ ?
क) ३५ दिन
ख) ३० दिन
ग) १५ दिन
घ) ६० दिन

२५) चन्दादाताहरु मध्येबाट सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा मनोनित हुन कम्तीमा कति रकम वा सो बराबरको घर जग्गा चन्दा बापत् विद्यालयलाई दिएको हुनुपर्छ ?
क) ५० हजार
ख) १ लाख
ग) १ लाख पचास हजार
घ) २ लाख

२६) मानव अधिकार, सामाजिक न्याय, लोकतन्त्रको मर्म र भावना बुझि सो अनुसार गर्नु नेपालको कुन तहको शिक्षाको उद्देश्य हो ?
क) प्राथमिक तह
ख) निम्न माध्यमिक तह
ग) माध्यमिक तह
घ) उच्च माध्यमिक तह

२७) ४ वर्ष उमेर पुरा नभएका बालबालिकालाई शिशु विकास केन्द्रबाट प्रदानगरिने शिक्षालाई के भनिन्छ ?
क) प्रारम्भिक बाल शिक्षा
ख) पूर्व प्राथमिक शिक्षा
ग) बाल विकास शिक्षा
घ) शिशु शिक्षा

२८) बालबालिका सम्बन्धी नियमावली २०५१ कहिले जारी भएको हो ?
क) २०५१ कार्तिक २ गते
ख) २०५१ मंसीर २ गते
ग) २०५१ पुष गते
घ) २०५१ माघ २ गते

२९) आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (दोश्रो) को उद्देश्य कुन चाहि हो ?
क) प्राथमिक शिक्षा विस्तार गर्ने
ख) व्यवस्थापन कुशलतामा सुधार गरी शैक्षिक प्रभावकारिताको अभिवृद्धि गर्ने
ग) शिक्षक विकास गर्ने
घ) सबै जनतालाई साक्षर बनाउने

३०) न्भलमभच भन्नाले के बुझिन्छ ?
क) पूरुष र महिलाको सामाजिक भूमिका
ख) पूरुष र महिलाको समान अधिकार
ग) लैगिंक विभेद
घ) लैंगिक समानता

३१) सबैको लागि शिक्षा कार्यक्रम २००४–२००९ ले निर्धारण गरेको प्रमुख अवयव ९ऋयmउयलभलत० तलको मध्ये कुन चाहिं होइन ?
क) देश भरका सबै जनसंख्यालाई शिक्षित बनाउने ।
ख) बाल विकासको विस्तार
ग) लैंगिक विभेद हटाउने
घ) प्रौढ निरक्षरता घटाउने ।

३२) श्रेणी मापन विद्यार्थीको कुन पक्षको मापन गर्न अवलम्बन गरिन्छ ?
क) बोध
ख) प्रयोग
ग) ज्ञान
घ) अभिव्यक्ति
३३) विशिष्टीकरण तालिका निर्माण गर्नुको प्रमुख उद्देश्य के हो ?
क) प्रश्नपत्र बनाउन सजिलो पार्नु ।
ख) उत्तर पुस्तिका परीक्षणमा सरलता ल्याउनु ।
ग) शिक्षकलाई पाठ पढाउँन सहयोग पुर्याउनु ।
घ) सबै पाठ्यक्षेत्रलाई प्रश्न बनाउँदा समेट्नु ।
३४) आफैं लुगा लगाउने, आफैं रेडियो तथा टि.भी. खोल्ने जस्ता स्वतन्त्रताको माग बालकालिकाको कुन उमेरमा शुरु हुन्छ ?
क) बाल्यावस्था
ख) पूर्व वाल्यावस्था
ग) उत्तरबाल्यावस्था
घ) किशोरावस्था
३५) “स्कूल जान महिला र पुरुष दुवैलाई उत्तिकै अधिकार छ ।” यो कुन क्षेत्र अन्तर्गत पर्दछ ?
क) लैगिक समता
ख) लैगिंक समानता
ग) सकारात्मक विभेद
घ) लैंगिक विभेद
३६) करारमा माध्यमिक तहको शिक्षक छनौटका लागि गठन हुने शिक्षक छनौट समितिमा विशेषज्ञको रुपमा सदस्य हुन कति योग्यता भएको शिक्षक हुनु पर्दछ ?
क) स्नातक
ख) स्नातकोत्तर
ग) एम फील
घ) विद्यावारिधी
३७) नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ ?
क) २० वटा
ख) २२ वटा
ग) २१ वटा
घ) २३ वटा

३८) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको अध्यक्ष को रहने प्रावधान छ ?
क) परीक्षा नियन्त्रक
ख) शिक्षा विभागका महानिर्देशक
ग) शिक्षा मन्त्री
घ) शिक्षा सचिव

३९) नेपालमा दूर शिक्षा केन्द्रको स्थापना कहिले भएको हो ?
क) २०३५
ख) २०५०
ग) २०१४
घ) २०२८

४०) शिक्षण सिकाई प्रक्रियाकै अभिन्न अंगका रुपमा मूल्यांकनलाई लिइनु कस्तो खालको मूल्यांकन हो ?
क) निर्माणात्मक
ख) निर्णयात्मक
ग) मौखिक
घ) स्थान निर्धारणात्मक

४१) जिल्ला शिक्षा समितिमा कम्तीमा कति जना महिला सदस्य रहने प्रावधान छ ?
क) ३ जना
ख) २ जना
ग) १ जना
घ) ४ जना

४२) बिना सूचना लगातार १५ दिन भन्दा वढी विद्यालयमा अनुपस्थित रहने शिक्षकलाई कस्तो सजाय हुन्छ ?
क) बढुवा रोक्का गर्ने
ख) ग्रेड कट्टा गर्ने
ग) कार्यरत पदबाट घटुवा गर्ने
घ) पदबाट हटाउने

४३) शिक्षक सेवा आयोगले आर्थिक वर्ष समाप्त भएको कति अवधि भित्र नेपाल सरकार समक्ष वार्षिक प्रतिवेदन पेश गरिसक्नुपर्दछ ?
क) १ महिना भित्र
ख) २ महिना भित्र
ग) ४ महिना भित्र
घ) ३ महिना भित्र

४४) विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्रमा निम्न मध्ये कुन पर्दैन ?
क) शिक्षकलाई तालिमको लागि छनौट गर्ने
ख) शिक्षकलाई तालिमको लागि सिफारिस गर्ने
ग) विद्यालयको लागि चाहिने आर्थिक स्रोत जुटाउने
घ) शिक्षकहरुको सेवाको सुरक्षा र सम्वद्र्धन गर्ने

४५) शुरु तलव स्केल रु. १६०००,अन्तिम तलवमान रु. १८००० र सेवा अवधि २० वर्ष भएको शिक्षकले निवृतिभरण वापत् मासिक कति रकम पाउँछ ?
क) ८०००
ख) ९०००
ग) ७२००
घ) १२०००

४६) शिक्षकले आधा दिन पनि लिन सक्ने विदा कुन हो ?
क) भैपरी र पर्व विदा
ख) विरामी विदा
ग) अध्ययन विदा
घ) असाधारण विदा

४७) कुनै विद्यालयको प्रधानाध्यापकले आचार संहिता पालन गरे नगरेको अभिलेख कसले राख्नुपर्छ ?
क) शिक्षक अभिभावक संघले
ख) वि.व्य.स. अध्यक्षले
ग) शिक्षक स्टाफले
घ) विद्यालय व्यवस्थापन समितिले

४८) स्थायी शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्दा सुपरिवेक्षकले दिन पाउने अधिकतम् अंक कति हो ?
क) २
ख) ५
ग) ८
घ) १०
४९) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख भएको अन्तिम मौलिक हक कुन हो ?
क) संवैधानिक उपचारको हक
ख) श्रम सम्बन्धी हक
ग) यातना विरुद्धको हक
घ) सुचनाको हक

५०) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख भए अनुसार कुन तह सम्म मातृभाषामा शिक्षा पाउने हक छ ?
क) माध्यमिक तह
ख) निम्न माध्यमिक तह
ग) आधारभूत तह
घ) प्राथमिक तह

५१) विभिन्न जात,जाति,धर्म,भाषा,संस्कृति र क्षेत्र प्रति समभाव जगाई समावेशी समाज निर्माणमा सहयोग पुर्याउनु नेपालको कुन तहको शिक्षाको उद्देश्य हो ?
क) उच्च शिक्षा तह
ख) माध्यमिक तह
ग) प्राथमिक तह
घ) निम्न माध्यमिक तह

५२) प्राथमिक तहको पाठ्यक्रम ढाँचा अनुसार स्थानीय विषयको पाठ्यभार कति तोकिएको छ ?
क) ३
ख) ४
ग) ५
घ) ६

५३) सन् १९८९ नोभेम्वर २० मा संयुक्त राष्ट्रसंघीय महासभाबाट पारित बाल अधिकार सम्बन्धी महासन्धीमा कति दफा छन् ?
क) ५४
ख) ५८
ग) ५०
घ) ६४

५४) लैंगिक समानता भनेको कस्तो प्रक्रिया हो ?
क) पुरुष र महिला दुवै एक हुने
ख) पुरुषका हक कटौती गरी महिलालाई दिने
ग) पुरुष महिला बीच गरिने समान व्यवहार
घ) माथिका सबै

५५) त्रिवर्षीय योजना २०६७—२०७० ले प्राथमिक शिक्षा सम्बन्धमा राखेको कार्यक्रम कुन हो ?
क) अनिवार्य आधारभूत शिक्षाको विस्तार
ख) शिक्षाको गुणस्तरमा सुधार
ग) बहुभाषिक र बहुकक्षा शिक्षा कार्यक्रम बिस्तार
घ) माथिका सबै

५६) तलका मध्ये कुन शिक्षण विधिको प्रयोगले विद्यार्थी सहभागिता बढाउँछ ?
क) प्रवचन विधि
ख) छलफल विधि
ग) प्रदर्शन विधि
घ) परियोजना विधि

५७) विद्यार्थीको सिकाई उपलब्धीको निरन्तर मूल्याङ्कन गरी कुनै औपचारिक परीक्षा बिना नै कक्षा चढाउनुलाई के भनिन्छ ?
क) सूचक कक्षोन्नति
ख) परीक्षा कक्षोन्नति
ग) उदार कक्षोन्नति
घ) तहगत कक्षोन्नति

५८) पूर्व वाल्यावस्थामा देखा पर्ने शारीरिक संकटमा कुन पर्दैन ?
क) दुर्घटना
ख) शारीरिक कमजोरी
ग) बिरामीपन
घ) मोटोपन

५९) बंशाणुगत सम्पति प्रस्फुटित हुन तलका मध्ये के चाहिन्छ ?
क) सिकाई
ख) वातावरण
ग) परिपक्वता
घ) अभ्यास

६०) विद्यालय क्षेत्र सुधार योजनाको पूर्ण कार्यान्वयन पछि विद्यालय तहको संरचना कस्तो हुने नीति रहेको छ ?
क) ५+३+४
ख) ३+४+५
ग) ८+४
घ) २+६+४ 

६१) नेपालको विद्यालय तहको संरचना कुन हो ?
क) ३+४+३
ख) ५+३+२
ग) ५+३+४
घ) ३+५+४

६२) दैनिक पाठयोजनाको सबभन्दा महत्वपूर्ण कुरा कुन हो ?
क) शिक्षण विधि र प्रक्रिया
ख) पाठ शिक्षणका उद्देश्य
ग) मूल्याङ्कन र गृहकार्य
घ) शैक्षिक सामग्री र कक्षा व्यवस्थापन

६३) विद्यालय सुधार योजना केलाई भनिन्छ ?
क) केन्द्रिय तहबाट तोकिएको योजना
ख) विद्यालय तहबाट बनाइने समयावधिक योजना
ग) विद्यालयको स्वीकृत वजेट अनुसार गरिने योजना
घ) विद्यालयको मर्मत, संभार र सुधार गरिने योजना

६४) प्राथमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि कति योग्यता आवश्यक पर्दछ ?
क) स्नातक तह उत्तीर्ण
ख) आई. ए. वा सो सरह
ग) कम्तिमा एस.एल.सी. वा सो सरह
घ) प्राथमिक तह उत्तीर्ण

६५) तल दिइएका मध्ये प्राथमिक शिक्षाको उद्देश्य कुन होइन ?
क) आधारभूत भाषिक तथा गणितीय सीप विकास गर्ने
ख) कला सौन्दर्य प्रति अभिरुची जगाउने
ग) सामाजिक मूल्य मान्यता प्रति आस्था जगाउने
घ) स्वस्थ, स्वावलम्वी एवं चरित्रवान नागरिक तयार गर्ने

६६) प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले पूर्व प्राथमिक तहका लागि कतिवटा उद्देश्य तोकेको छ ?
क) ६
ख) ५
ग) ४
घ) ३

६७) वालवालिकाको हक सम्बन्धी व्यवस्था नेपालको अन्तरिम संविधान २०६३ को कुन भाग अन्तर्गत राखिएको छ ?
क) नागरिकताको हक
ख) स्वतन्त्रताको हक
ग) मौलिक हक
घ) सामाजिक न्यायको हक

६८) एस.एल.सी. परीक्षा कक्षा १० को पाठ्यक्रमबाट मात्र कहिले देखि लिन थालिएको हो ?
क) वि.सं. २०६२
ख) वि.सं. २०६३
ग) वि.सं. २०६४
घ) वि.सं. २०६५

६९) प्राथमिक तह कक्षा १—३ को साप्ताहिक कुल पाठ्यभार कति हो ?
क) ३९
ख) ३५
ग) ३४
घ) ३३

७०) शिक्षक सेवा आयोगका सदस्यहरुको नियुक्तिका लागि सिफारिश गर्न गठन हुने समितिको अध्यक्ष को
रहने प्रावधान छ ?
क) शिक्षा मन्त्री
ख) लोकसेवा आयोगको अध्यक्ष
ग) शिक्षा राज्य मन्त्री 
घ) लोकसेवा आयोगको सदस्य

७१) निर्णयात्मक मूल्यांकनको प्रमुख उद्धेश्य के हो ?
क) अवलोकन गर्ने 
ख) विद्यार्थी सिकाइमा सुधार गर्ने
ग) कक्षा उत्तीर्ण गराउने 
घ) निरन्तर मूल्यांकन गर्ने
७२) सबैका लागि शिक्षा कार्यक्रम (२००४– २००९) को उद्देश्य कुन चाँही हो ?
क) अनिवार्य प्राथमिक शिक्षा लागू गर्ने
ख) गुणस्तरीय प्राथमिक शिक्षाको विकास गर्ने
ग) शिक्षक विकास गर्ने
घ) विद्यालय सुधार योजनामा आधारित शिक्षा विकास कार्यक्रम सञ्चालन गर्ने

७३) सामान्यतया पूर्व प्राथमिक तथा प्राथमिक तहका तल्ला कक्षाहरुमा कुन शिक्षण विधि प्रभावकारी हुन्छ ?
क) कक्षा शिक्षण
ख) विषय शिक्षण
ग) मिश्रित शिक्षण
घ) वहुवर्ग शिक्षण

७४) दैनिक पाठयोजना निर्माण गर्दा सबैभन्दा वढी केको सहायता लिनुपर्छ ?
क) पाठ्यपुस्तक
ख) पाठ्यक्रम
ग) शिक्षक निर्देशिका
घ) विषय विस्तृतिकरण

७५) सामान्यतया कानुनी र नीतिगत रुपमा लैङ्गिक विभेद अन्त्य गर्ने कुरा उल्लेख भएपनि व्यवहारमा त्यस्तो हुन सकेको छैन, यसमा सुधार ल्याउन के गर्नुपर्ला ?
क) कानुनी नियन्त्रण
ख) आरक्षण
ग) सकारात्मक विभेद
घ) महिलालाई विषेश अधिकार

७६) नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ ?
क) २०
ख) २२
ग) २१
घ) २३

७७) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ अनुसार प्राथमिक तहको अन्त्यमा कस्तो प्रकारको परीक्षा लिइने उल्लेख थियो ?
क) क्षेत्र स्तरीय
ख) विद्यालय स्तरीय
ग) अञ्चल स्तरीय
घ) जिल्ला स्तरीय

७८) नेपालमा अंग्रेजी शिक्षाको शुरुवात कहिले देखि भएको हो ?
क) वि.सं. २०१२
ख) वि.सं. २०१३
ग) वि.सं. २०१०
घ) वि.सं. २०११

७९) शिक्षकको वढुवाको लागि प्रतिशत निर्धारण गर्दा कति प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि छुट्याइन्छ ?
क) ३५
ख) २५
ग) ३०
घ) १०

८०) निम्न माध्यमिक तहको पाठ्यक्रम ढाँचामा रहेको संस्कृत शिक्षाको वैकल्पिक विषयको रुपमा नागरिक तथा नैतिक शिक्षालाई कहिले देखि समावेश गरिएको हो ?
क) वि.सं. २०५९
ख) वि.सं. २०६३
ग) वि.सं. २०५८
घ) वि.सं. २०६०



८१) शिक्षक सेवा आयोगको अध्यक्ष हुनाका लागि नेपाल सरकारको विशिष्ट श्रेणीमा कम्तीमा कति बर्ष काम गरेको हुनुपर्छ ?
क) १५
ख) १०
ग) ५
घ) २

८२) शिक्षा ऐन २०२८ (संसोधन सहित) अनुुसार ग्रामीण शिक्षा विकास कोषको अध्यक्ष को हुने प्रावधान छ ?
क) जिल्ला शिक्षा अधिकारी
ख) शिक्षा सचिव
ग) क्षेत्रीय शिक्षा निर्देशक
घ) शिक्षा विभागको महानिर्देशक

८३) स्थायी शिक्षकको विज्ञापन हुँदा १०० वटा रिक्त दरवन्दीको विज्ञापन भएमा आरक्षण बाहेक कतिवटा पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुन्छ ?
क) ५५
ख) ४५
ग) ६०
घ) ६५

८४) नेपालको अन्तरिम संविधान २०६३ मा कुन धाराबाट मौलिक हकको सुरुवात गरिएको छ ?
क) १७
ख) १५
ग) १२
घ) ११

८५) विद्यालय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई अन्तिम स्वीकृती प्रदान गर्ने निकाय कुन हो ?
क) शिक्षा विभाग
ख) पाठ्यक्रम विकास केन्द्र
ग) शिक्षा मन्त्रालय
घ) नेपाल सरकार

८६) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन कक्षा १० मा कम्तीमा कति प्रतिशत हाजिरी हुनुपर्दछ ?
क) ६०
ख) ६५
ग) ७०
घ) ७५

८७) माध्यमिक तहका प्रधानाध्यापकको कार्यसम्पादन मूल्यांकन गर्दा सुपरीवेक्षक को हुन्छ ?
क) विद्यालय निरीक्षक
ख) स्रोत व्यक्ति
ग) जिल्ला शिक्षा अधिकारी
घ) वि.व्य.स. अध्यक्ष

८८) कुनै सामुदायिक विद्यालयमा १६ बर्ष स्थायी सेवा गरेको व्यक्ति उपदानमा सेवा निवृत्त हुँदा उसले कति महिनाको तलब बराबर उपदान पाउने व्यवस्था छ ?
क) १६ महिना
ख) २० महिना
ग) २४ महिना
घ) ३२ महिना

८९) जिल्ला शिक्षा समितिको सदस्य सचिव को हुन्छ ?
क) प्रमुख जिल्ला अधिकारी
ख) जिल्ला शिक्षा अधिकारी
ग) स्थानीय विकास अधिकारी
घ) जिल्ला विकास समितिको सभापति

९०) शिक्षक सेवा आयोगले शिक्षकको बढुवा गर्दा नोकरीको जेष्ठता बापत कति अंक दिने व्यवस्था गरेको् छ ?
क) २०
ख)२५
ग) ३०
घ) ३५
९१) तलका मध्ये प्राथमिक तहको उद्धेश्य कुन होइन ?
क) आधारभूत भाषिक तथा गणितीय सीप विकास गर्ने ।
ख) कला सौन्दर्य प्रति अभिरुची जगाई सिर्जनसील सीपको विकास गर्ने ।
ग) सामाजिक एबं चारित्रिक गुणको विकास गर्ने ।
घ) सामान्य शिष्टचार गर्न अभिप्रेरीत गर्ने ।

९२) प्राथमिक तहको पाठ्यक्रम (कक्षा १–३) २०६२ अनुसार गणित विषयका लागि छुट्याइएको साप्ताहिक पाठ्यभार कति रहेको छ ?
क) ५
ख) ६
ग) ८
घ) ४

९३) विद्यमान लैगिंक असमानता हटाइ समानता कायम गर्न तलका मध्ये के आवश्यक छ ?
क) महिला शशक्तिकरण
ख) लैगिंक समानता
ग) लैंगिक समता
घ) आरक्षणको व्यवस्था

९४) राष्ट्रिय शिक्षा पद्धतीको योजना २०२८ ले प्राथमिक तहको रुपमा तलका मध्ये कुन हुने उल्लेख गरेको थियो ?
क) कक्षा १ देखि ५
ख) कक्षा १ देखि ३
ग) कक्षा १ देखि ७
घ) कक्षा १ देखि ४

९५) त्रिबर्षीय योजना ( २०६७।६८ – २०६९।७०) मा योजनाको अन्तसम्म प्रौढ साक्षरता दर कति प्रतिशत पुग्ने उल्लेख छ ?
क) ६७
ख) ७६
ग) ९०
घ) ८५

९६) तलका मध्ये कुन शिक्षण विधि शिक्षक केन्द्रित विधि हो ?
क) प्रयोगात्मक
ख) समस्या समाधान
ग) परियोजना
घ) प्रदर्शन

९७) स्थानीय शैक्षिक सामग्री भन्नाले के बुझिन्छ ?
क) स्थानीय स्तरमा सहजै उपलब्ध हुन सक्ने सामग्री
ख) स्थानीय बजारमा खरिद गर्न सकिने सामग्री
ग) शिक्षणमा प्रयोग गर्न सकिने सकिने स्थानीय स्तरका सामाग्री
घ) विद्यालय आसपासमा उपलब्ध सामग्री

९८) विद्यालय स्तरीय योजना कसले स्वीकृत गर्दछ ?
क) विद्यालय व्यवस्थापन समिति
ख) शिक्षक अभिभावक संघ
ग) जिल्ला शिक्षा समिति
घ) प्रधानाध्यापक

९९) विद्यार्थी मूल्यांकन किन आवश्यक हुन्छ ?
क) विद्यार्र्थी सक्रिय तुल्याउन
ख) शिक्षण प्रक्रियाको लेखाजोखा गर्न
ग) विद्यार्थी कमजोरी सुधार गर्न
घ) पाठ्यक्रम परिमार्जनका लागि पृष्ठपोषण पाउन

१००) बार्षिक शैक्षणिक योजना कसले तयार गर्छ ?
क) प्र.अ.
ख) विषय शिक्षक
ग) वि.व्य.स.
घ) शिक्षक अभिभावक




कूपया उत्तर इ-मेल अथवा कमेन्टमा लेख्नुहोस् ।

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments: