भ्रष्टचार नेपाली समाजको एक प्रमुख समाजिक समस्या हो, जसले सामाजिक जीवन र आर्थिक विकासमा प्रभाव पारेको हुन्छ । छोटकरीमा प्रस्तुती साथमा कर्मचारीतन्त्र !!



सार्वजनिक पदअधिकार एवं सम्पतिको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने कार्य भ्रष्टाचार हो । भ्रष्टाचार मुलुकको समग्र विकासको बाधक हो । यसले हरेक क्षेत्रमा नकारात्मक प्रभाव पार्दछ । यसले सामाजिक जीवन र आर्थिक विकासमा पारेको प्राभावलाई निम्मानुसार प्रस्तुत गर्न सकिन्छ :
सामाजिक जीवनमा पारेको प्रभाव 
v समाजमा धनी र गरिबवीचको अन्तर बढ्दै गएको
v सामाजिक मूल्य मान्यता एवं अनुशासनमा ह्रास ल्याएको

v व्यक्तिमा अनावश्यक खर्च गर्ने प्रवृत्ति बढाएको
v इमान्दार एवं सदाचार व्यक्ति ओझेलमा परेको आदि ।

आर्थिक विकासमा पारेको प्रभाव
v विकास आयोजना तोकिउको समयलागत र गुणस्तरमा सम्पन्न हुन नसकेको
v आर्थिक बृद्धिदर उच्चदिगोफराकिलो एवं न्यायिक हुन नसकेको
v बेरोजगारी एवं गरिवी बढ्दै गएको
v बस्तु तथा सेवाको उत्पादन एवं उत्पादकत्वमा ह्रास ल्याएको, आदि ।

कर्मचारीतन्त्र 

संगठन संरचनामा आवद्ध भई ऐन नियम कानुनको निष्पक्ष कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने कर्मचारिको पेशागत समुहलाई कर्मचारितन्त्र भनिन्छ । कर्मचारीतन्त्र सङ्गठानात्मक स्वरुप होजसले वैधानिक अधिकारको विवेकपूर्ण प्रयोग गरी कार्यसम्पादन गर्दछ । कर्मचारीतन्त्र अर्थात Bureaucracy शब्दकव सर्वप्रथम प्रयोग फ्रान्सका अर्थशास्त्री V.D. Gournay ले गरेको पाइन्छ । यसबारे धेरै विद्वानले कलम चलाए पनि यसलाई नजिकबाट जर्मनका समाजशास्त्री Max Waber ले उल्लेख गरेका छन् । उनले कर्मचारीतन्त्रको परिभाषा नगरी विशेषताबाट विषयबस्तु प्रष्ट पारेका छन् जसमा निम्न बेशेषताहरु उल्लेख गरेका छन।

v पदसोपानमा रहनु
v लिखित निर्णय गर्नु
v योग्यताका आधारमा कर्मचारिकव चयन हुनु
v राजनीतिप्रति तटस्थ रहनु
v सरकारका नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध रहनु
v कार्य विभाजन गर्नु
v तलबभत्ताको व्यवस्था
v अनुशासन आचरणको पालना
v नोकरीको सुरक्षा आदि कर्मचारीतन्त्रका आधारभुत विशेषता हुन् ।

सरकार सामान्यतया पाँच बर्षमा परिवर्तन भइरहने तर कर्मचारीतन्त्र लामो समयसम्म सेवामा निरन्तर रहने हुँदा यसलाई स्थायी सरकार पनि भनिन्छ । कर्मचरीतन्त्रका सवल पक्ष भए पनि ढिला सुस्ती (Red-Tapism)‚ जिम्मेवारी पन्छाउने (Hunger of Power)‚ आफूभन्दा माथिकालाई चाकडी गर्ने र तलकालाई दबाउने (Bycycling Policy)‚ प्रक्रियामुखी (Process Oriented)‚ परम्परावादी जस्ता आरोप लाग्नेगरेको पाइन्छ । सबैलाई समान व्यवहार गर्नुपर्ने सरकारी दायित्व पूरा गर्नुपर्नेतटस्थतानिष्पक्षतास्थायित्व एवम् निरन्तरता जस्ता कारणले यो आलोचित तर कहिल्यै विस्थापित गर्न नसकिने एक सरकारी अङ्ग हो । त्यसैले कार्यन्वयनमा देखिने यस्ता कमिकमजोरी हटाई यसले Economy, Efficiency, Effectiveness, Transparency एवम् People Oriented भएर कार्य गर्नुपर्ने देखिन्छ ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment