कफी, वायुसेवा निगम, आदिको जानकारीहरु.......

  •  कफीको उत्पति कुन अफ्रिकी मुलुकमा भएको हो ?  – इथियोपिया 
  • विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने मुलुक कुन हो ?  – ब्राजिल
  •  संसारमा सबैभन्दा बढी कफी पिउने मुलुक कुन हो ?  – फ्रिनल्याण्ड 
  •  विश्वमा सबैभन्दा बढी चिकेन् अर्थात कुखुराको मासु खाने मुलुक कुन हो ?  – अमेरिका
  •  नेपालमा उत्पादित जुट वस्तुका लागि कति प्रतिशत बजार भारत हो ?   – ९५ प्रतिशत
  •  दोलखाको जिरीमा चौरीको दूधबाट बनाइने च्योर्दोङ चीज कारखाना स्विस सरकारको सहयोगमा कहिले बनेको हो ?   – वि.सं २०३१
  •  स्वास्थ्य परिक्षण गरेर मात्र पशुजन्य उत्पादन भित्र्याउन पाईनेलाई के भनिन्छ ?    – क्वारेन्टाइन 
  • नेपाल टेलिकमका कर्मचारीले नाफाका कति प्रतिशत बोनस पाउँदै आएका छन् ?  – ६ प्रतिशत
  •  एउटा बैंकको खातामा रहेको रकम अर्को बैंकबाट भुक्तानी लिन अपनाइने प्रक्रियालाई के भनिन्छ ? – क्य्लिरिङ्ग
  •  हवाई क्षेत्रमा एयरलाईन्सको टिकट बिक्रेताको कति प्रतिशत कमिशन हुन्छ ?   – ९ प्रतिशत
  •  नेपाली आकाशमा हुने अन्तराष्ट्रिय उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको बजार कति प्रतिशत रहेको छ ?  – ४ प्रतिशत
  •  नेपालमा भएका हवाई दुर्घटनामध्ये कति प्रतिशतभन्दा बढी मानवीय त्रुटिले हुने गरको छानबिन आयोगको प्रतिवेदनमा छ ?   – ८५ प्रतिशत भन्दा बढी
  • प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीकी पत्नी लुइज मेरी रोज र १६ बर्षीया छोरी बारबरा हिलारी फाप्लु जान हिडेँको जहाज बौद्दमा दुर्घटनामा परेर निधन भएको थियो भने त्यो दुर्घटना कहिले भएको थियो ?  – सन् १९७५ मार्च ३१ तारिख
  •  नेपालमा पहिलोपटक केबलकार सञ्चालन गरेका व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको निधन कहिले भयो ?   – वि.सं २०७० फागुन १ गते (मनकामना केबलकार सञ्चालन – वि.सं २०५५ साल मंसिर ८ गतेदेखि) 
  •  कुन चरित्रका कुन अभिनेता वा अभिनेत्री खेलाउने भन्ने निर्णय कसले गर्दछ ? – कास्टिक निर्देशकले
  •  नेपालमा सर्वप्रथम कास्टिङ निर्देशक राख्ने चलन कुन चलचित्रबाट शुरु गरिएको हो ?   – कागबेनी 
  • अर्की आईमाई उपन्यासकी लेखिका को हुन् ?  – निलम कार्की निहारिका 
  • पत्थर पगाल्दै निबन्ध संग्रहका लेखक गोपाल सञ्जेल हुन भने माथापच्ची निबन्ध संग्रहका लेखक को हुन् ?   – विनयकुमार शर्मा 
  • सन् २०१३ को अम्बेडकर अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्व को हुुन् ?   – मीन विश्वकर्मा
  •  नेपालको कुन एकमात्र जातिमा एक पुरुषकी एकमात्र पत्नी र एक नारीका एकमात्र पति हुनुपर्छ भन्ने मान्यता छ ?   – व्यासी
  •  दासदासीलाई दासत्वबाट मुक्ति दिने कार्यलाई के भनिन्छ ? – अमलेख 
  •  नेपाल टेलिकमले कहिलेदेखि सिपफोन प्रणालीको सुरुवात गरेको हो ?  - सन् २०११ जनवरी
  •  विश्वमा सर्वप्रथम जलविद्दुत उत्पादन गर्ने देश कुन हो  ?‍   - फ्रान्स
  •  काठमाडौं दिल्ली बस सेवा संञ्चालन कहिलेबाट सुरुभएको हो ?   - वि.सं २०७१ मंसिर ९ गते
  •  महिला अधिकारलाई मौलिक हकको रुपमा मान्यता प्रदान गर्ने नेपालको पहिलो संविधान कुन हो ?   - नेपालको अन्तरिम संविधान २०६३
  •  काँणा मालिका मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?  - डोटी
  •  पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?   - चीन
  •  क्रेडिट कार्ड प्रयोगमा ल्याउने नेपालको पहिलो बैंक कुन हो ?   -  हिमालय बैंक
  •  नेपाललाई कति साल सम्ममा अल्पविकसित राष्ट्रबाट विकाशसिल राष्ट्रको श्रेणीमा पुर्याउने लक्ष्य राखिएको छ ?  - सन् २०२२
  •  कृषि विकास बैंकको स्थापना कहिले भएको हो ?   -  वि.सं २०२४
  •  सोलुखुम्बुपछि सगरमाथा आरोहण गर्ने शेर्पाहरु कुन जिल्लाका प्रथम स्थानमा पर्दछन् ?   - दोलखा
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment