नेपालका गोपालवंशी, आभिरवंशी, किराँत, सोमवंशि, लिच्छविकाल आदिको जानकारी र साथमा लोक सेवा आयोगबाट सोधिएका केहि प्रश्न-उत्तरहरु.......



नेपालको इतिहास

गोपालवंशीहरु
  • गोपाल भन्नाले केलाई बुझाउछ ? – गाईपालक समुदायलाई
  • नेपालमा सर्वप्रथम राज्य चलाउने गोपालहरु कुन वंशका थिए ? – गुप्तवंशी
  • गोपालहरुको राजधानी कहाँ थियो ?  – किर्तिपुरको दक्षिणी मातातिर्थ
  • गोपालहरुले कति बर्ष राज्य चलाएको थिए ? -५२१ वर्ष
  • नेपालमा प्राप्त सबैभन्दा पुरानो वंशावली कुन हो ? -गोपालराज वंशावली
आभिरवंशीहरु
  • गोपालवंशी राजाहरु नि:सन्तान हुँदा नेपालको सत्ता कसको हातमा पुग्यो ? -आभिर(महिषपाल)
  • सिम्रौनगढ र जनकपुरबीचको भुमिमा भैसी पाल्ने भएकोले आभिरहरुलाई के भनिन्छ ? -महिषपाल
  • आभिरवंशहरुले कति वर्ष शासन गरेका थिए ? -१११ वर्ष


किराँतकाल
  • किराँतहरुको मुलथलो कहाँ हो ? – पुर्वी पहाडको तामाकोशी र दुधकोशिको किनार
  • किराँति राजा हुमतिले महाभारत युद्दमा कसको साथ दिएको मानिन्छ ? -कौरवहरुको
  • गौतम बुद्द कसको पालामा नेपाल आएका थिए ? – सातौं किराती राजा जितेदास्तिको पालामा
  • अन्तिम किराँति राज को हुन ? – गस्ती
सोमवंशि
  • प्रथम सोमवंशि राजा को थिए ? -निमिष
  • सोमवंशीहरुले कुन ठाँउमा केन्द्र बनाई राज्री गरेका थिए ? – गोदावारी
  • अन्तिम सोमवंशि राजा को हुन ? – भाष्कर वर्मा
लिच्छविकाल
  • लिच्छविहरु को थिए ? – भारतको वैशालिबाट आएका सुर्यवंशि क्षेत्रीयहरु
  • प्रथम राजा ?- जयदेव प्रथम
  • अन्तिम राजा ? – जयकामदेव
  • लिच्छविकालमा कसलाई के भनिन्थियो ?
महासवर्दण्डनायक = प्रधानन्यायाधिश
आमत्य = मन्त्री
महाबलाध्यक्ष = सेना प्रमुख
बलाध्यक्ष = राजदरबारको सर्वच्चो अधिकारी
वणिक = साधरण व्यापारी
प्रसादाधिकृत = कार्यलय प्रमुख
भट = सेना- सिपाहि
  • लिच्छविकालमा ललितपुरलाई के भनिन्थियो ? – युपग्राम
  • लिच्छविकालमा कुन लिपि प्रचलमा थियो ? – गुप्त लिपि
  • लिच्छविकालमा एक जातिले अर्को जातीसँग बिहे गरेमा के लाग्थ्यो ? – वर्णशंकर
  • लिच्छविकालमा वस्तुको तौल लिन के को प्रयोग गरिन्थियो ? -तुलादण्ड
  • नेपाल सम्वत कुन राजाको पालादेखी प्रचलनमा आएको हो ? – राघवदेव
  • लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका छन ? – संस्कृत
मल्लकाल 
  • जयस्थिती मल्लले कति वर्ष शासन चलाएका थिए ?  -१४ वर्ष
  • नेपाललाई ४ वर्ण ३६ जातमा कायम गर्ने राजा को हुन ?  -जयस्थिती मल्ल
  • प्रताम मल्लले कति बर्ष शासन गरे ?  -३३ वर्ष
  • रानिपोखरिको निर्माण कसले गरेका हुन ?  – प्रताप मल्ल
  • हनुमानढोकामा १५ भाषामा लेखिएको शिलालेख कसको पालाको हो ?  – प्रताम मल्ल
  • कुमारिको रथ तान्ने चलन कसले चलाएका हुन ?  – जयप्रकाश मल्ल
  • सुनको मुद्रा प्रयोग ल्याउने राजा को हुन ?  -जयप्रकाश मल्ल
  • सिद्दिनरसींह मल्लले कति वर्ष शासन गरेका थिए ?  -५२ वर्ष
  • पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ?  -सिद्दिनरसींह मल्ल
  • ज्योतिष बस्न मणिमण्डप बनाउने राजा को हुन ?  -योगेनरेन्द्र मल्ल
  • चाँगु जानुअघी योगनरेन्द्र मल्लले मन्त्रीलाई के भनेको थिए ?  -जबसम्म मेरो शालिकबाट चरो उड्दैन तबसम्म मलाई जीवित सम्झनु
  • योगनरेन्द्र मल्लको मृत्यु हुँदा कतिजना रानिहरु सति गएका थिए ?  -३१ जना
  • न्यातपोल मन्दिर निर्माण गर्न कसले लगाएका हुन ?  – भुपितन्द्र मल्ल
  • कवि चुडामणि सम्राट भनेर कसलाई चिनिन्छ ?  – भुपितिन्द्र मल्ल
  • शरणको मरण गर्नु हुदैन भन्ने राजा को हुन ?  – रणजीत मल्ल
  • तीनतले तलेजु मन्दिर कति अग्लो छ ?  -१०२ फिट
  • मल्ल र नेवार समुदायकी इष्टदेवी को हुन ?  -तलेजु-तलुजा भवानी
  • सबैभन्दा सानो मुद्रा निष्कासन गर्ने राजा को हुन ?  -जयप्रकाश मल्ल
  • मल्लकालमा सबैभन्दा बढी मुद्रा निष्कासन गर्ने राज्य कुन हो ?  – कान्तिपुर
  • पशुपतिनाथमा सुनको छाना चढाउने को हुन ?  – शिवदेव
  • देवलदेवी कसकी रानी हुन ?  -रुद्र मल्ल
  • यो राज्यमा कसैको विवेक नरहोस भनेर कसले श्राप दिएका थिए ?  – काजी भिम मल्लकी रानी सतिदेविले सति जाने वेलामा
  • ९९ चोकको दरवार भन्नाले कुन दरवारलाई चिनिन्छ ?  -भक्तपुर दरबार
  • सिमसिमे राजा भनेर कसलाई चिनिन्छ ?  – सदाशिवसींह मल्ल
  • प्रजाले खाए पछि मात्र खाने राजा को हुन ?  – महिन्द्र मल्ल
  • अभयको मल्लको के भएर निधन भएको थियो ?  – भुकम्पमा परेर
  • छालाको मुद्रा चलाउने राजा को हुन ?  -सिद्दिनरसींह मल्ल
  • बालकको साल नाल काट्ने प्रचलन चलाउने को हुन ?  -अंशुवर्मा
  • काष्ठमण्डप बनाउँदा प्रयोग गरिएको कल्पबृक्षको नाम के हो ?  – सुरतरु
  • कान्तिपुरको बिजयपश्चात राजा जयप्रकास मल्ल भागेर कहाँ गई पृथ्वीनारयण शाहको विरुद्द षडयन्त्र गर्ने थालेका थिए ?  – ललितपुर



लोक सेवा आयोगबाट सोधिएका केहि प्रश्न-उत्तरः-

  •  सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?  – बैतडी (नासु २०६९)
  •  नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?  – सेन्सस गोश्वारा (नासु २०७०)
  •  नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?  – गोपाल (नासु २०६९)
  •  राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ? – ३५ जिल्ला (खरिदार २०६८)
  •  नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?– २०६४ चैत्र २८ (खरिदार २०७०)
  •  लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ? – अ्मात्य (खरिदार २०६८)
  •  राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ? – श्री ३ को कार्यलय (खरिदार २०६८)
  • सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ? -क्रीतिनिधी बिष्ट (खरिदार २०६८)
  •  नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ? -लोकतन्त्र दिबस (खरिदार २०६८)
  •  कसको हत्याको कारण कोतपर्ब भएको थियो ? – गगनसिंह (खरिदार २०६८)
  •  नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?  -२०६३ मंसिर ०५ (खरिदार २०६८)
  •  नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?  – २००८ माघ २१ (खरिदार २०६९)
  • रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ? – नरेन्द्रदेव (खरिदार २०६९) 
  • नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ? – महिन्द्र मल्ल (खरिदार २०६९)
  • नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ? – २०३७ बैशाख २० ( नासु २०७१)

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment