गोरखापत्रमा प्रकाशित २०७२ पौष २२ गतेका बस्तुगत प्रश्न-उत्तरहरु !!

v  सन् २०१५ मा एएफपीको वर्ष व्यक्ति घोषणा हुन् व्यक्तित्व को हुन् ? - जर्मन चान्सलर एन्जेला मर्केल
v  लामो समयदेखि एक सन्तान नीति रहँदै आएको चीनमा दुई सन्तान जन्माउन पाइने व्यवस्था कहिलेदेखि भएको हो ? - सन् १०१६ जनवरी १
v  भारतमा सम्पन्न नवौ साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र कुन हो ? - भारत (दशौं साफ च्याम्पियनसिप बंगलादेशमा हुने)
v  VOIP को पुरा रुप के हो ? - Voice over Internet protocol
v  मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा कति धारा रहेका छन् ? - ३० धारा
v  नेपालको संविधान २०७२ को कुन धारामा संवैधानिक इजलास गठन सम्बन्धी व्यवस्था छ ? - धारा १३७
v  वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ ? - धारा १३९
v  वि.सं. २०७२ पौषमा चितवनमा सम्पन्न १२ औं हात्ती महोत्सवको हात्ती लम्काई प्रतिस्पर्धाको उपाधि कसले जित्यो ? - एकताकली 'बी'
v  'उ मरी अरे' नामक कृतिका रचनाकार सुवा घिसिङ हुन् भने 'उ मरेकी छैन' नामक कृतिका रचनाकार को हुन् ? - बालकृष्ण सम
v  लिच्छविकालमा कतिवटा अधिकारणको व्यवस्था गरिएको थियो ? - चार (कुथेर, माप्चोक, लिङ्गवल र शुल्लीवाशोल्ल)
v  विश्वकै सबैभन्दा सानो मुद्रा (जावा) निकाली गिनिजबुकमा नाम रेकर्ड गराउने राजा को हुन् ? - जयप्रकाश मल्ल
v  नेपालमा जहानिय राणा शासनको बिजारोपण गर्ने व्यक्ति को हुन् ? - जङ्गबहादुर राणा
v  क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१ ब.कि.मि.) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ? - महाकाली (६,९८९ ब.कि.मि.)
v  क्षेत्रफलको आधारमा सबैभनदा ठूलो जिल्ला डोल्पा (७,८८९ ब.कि.मि.) हो भने सबैभन्दा सानो जिल्ला कुन हो ? - भक्तपुर (११९ ब.कि.मि.)
v  नेपालका नगरपालिकाहरुलाई कति तहमा विभाजन गरिएको छ ? - ३ तह (नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका)
v  गरुडा नगरपालिका रौतहटमा पर्छ भने षडानन्द नगरपालिका कहाँ पर्दछ ? - भोजपुर
v  निजी क्षेत्रबाट उत्पादित नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ? - खिम्ती
v  कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा गुणस्तर निर्धारण गर्ने र त्यस्तो पदार्थमा प्रमाण चिन्हको प्रयोगको व्यवस्था गर्न गठित नेपाल गुणस्तर परिषद्को अध्यक्ष को हुने व्यवस्था छ ? - उद्योग मन्त्री वा उद्योग मन्त्री नियुक्त नभएको अवस्थामा पूर्ण कार्यभारसहितको उद्योग राज्यमन्त्री
v  ऋतु विचार नामक प्रसिद्ध कृतिका रचनाकार को हुन् ? - कवि शिरोमणि लेखनाथ पौडेल
v  दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगिरथ भन्नाले के बुझिन्छ ? - परिश्रमी
v  Brain Drain भनेको के हो ? - गरिब एवं विकासोन्मुख राष्ट्रका वैज्ञानिक डाक्टर, इन्जिनियर एवं विभिन्न आर्थिक लाभ र अनुसन्धानको सुविधाका लागि विकसित देशमा जाने र त्यतै पलायन हुने स्थिति
v  नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो ? - हेटौडा औद्योगिक क्षेत्र
v  नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ? - नेपाल टेलिकम
v  राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या बृद्धिदर कति रहेको छ ? - १.३५ प्रतिशत
v  औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको हो ? - बेलायत
v  पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ? - मेकियाबेली
v  क्षेत्रफलका हिसाबले विश्वकै सानो राष्ट्र कुन हो ? - भ्याटिकन सिटी (युरोप)
v  विश्वको सबैभन्दा धेरै वर्णमाला भएको भाषा कुन हो ? - चिनिया
v  साहित्यमा सर्वप्रथम नोबल पुरस्कार प्राप्त गर्ने महिलाको हुन् ? - सेल्मालागरलोफ (स्विडेन)
v  कुन वैज्ञानिकलाइ Father of Science भनेर चिनिन्छ ? - अल्बर्ट आइन्स्टाइन
v  कुन ग्रहलाई रातो ग्रह भनी चिनिन्छ ? - मङ्गलग्रह
v  भ्यागुते रोग, लहरे खोकी र धनुष्टङ्कार विरुद्ध दिइने भ्याक्सिन कुन हो ? - DPT
v  बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने भुटानको मुद्रालाई के भनिन्छ ? - नेगुल्ट्रम
v  पाकिस्तानकी प्रथम महिला प्रधानमन्त्री को हुन् ? - बेनिजिर भुट्टो
v  प्रतिशोध लिनका लागि मानिसहरुले बितेको खराबीतिर ध्यान नदिएर भावी असल कार्यतिर ध्यान दिनुपर्छ । भन्ने विचारक को हुन् ? - थोमस हब्स
v  बेलायतबाट प्रकाशन हुने द फाइनान्सियल टाइम को सहप्रकाशन द बैङ्करले यस बर्षको उत्कृष्ट अर्थमन्त्रीको सम्मान कसलाई प्रदान गरेको छ ? - पूर्व अर्थमन्त्री डा. रामशरण महत
v  FNCCI को पुरा रुप के हो ? - Federation of Nepalese Chamber of commerce and Industries.
v  प्रसिद्ध समाजसेवी तुलसी महराद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ? - भीम समशेर


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment