खेलकुद र समसामयिक प्रश्न-उत्तर, साथमा कुन ठाँउ केका लागि प्रख्यात .......


  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुने भएको छ ?    उत्तरः वि.सं. २०७२ फागुन १८-२३ ( यसअघि २०७२ मंसिर ११-१८ गते गर्ने निर्णय गरिएको थियो । )
  • दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) को स्थापना कहिले भएको हो ?   उत्तरः सन १९८५ डिसेम्वर ८
  • संयुक्त राष्ट्र संघको प्रधान कार्यालय कहाँ रहेको छ ?     उत्तरः न्यूयोर्क अमेरिका
  • विद्युतका पिता भनी चिनिने वैज्ञानिक को हुन् ?       उत्तरः माइकल फाराडे
  • नेपालमा सर्वप्रथम प्रयोगमा ल्याइएको कम्प्युटर कुन हो ?      उत्तरः आइविएम-१४०१
  • वि.सं.२०७२ मंसिर १ मा कति औं राष्ट्रिय कर दिवस मनाइयो ?      उत्तरः चौथो
  • नेपालको सवैभन्दा प्रतिष्ठित मानपद्वी "नेपाल रत्न" प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?     उत्तरः गणेशमान सिंह
  • "महान जीवनका लागि महान सपना आवश्यक छ" भन्ने विचारक को हुन् ?       उत्तरः एनिस निन
  • महालेखा परीक्षकबाट कानूनद्वारा निर्धारित तरिका बमोजिम कुन-कुन कुराको विचार गरी लेखा परीक्षण गर्नुपर्ने व्यवस्था छ ?      उत्तरः नियमितता मितव्ययिता कार्यदक्षता प्रभावकारिता र औचित्यता समेतको विचार गरी
  • विश्व प्रशिद्ध कलाकार लियोनार्दो दा भिन्चीको जन्म कहिले र कहाँ भएको थियो ?     उत्तरः सन् १४५२ अप्रिल १५, इटाली
  • लियोनार्दो दा भिन्चीको सवैभन्दा चर्चित सिर्जना कुन हो ?        उत्तरः मोनालिसा
  • सवैभन्दा अग्लो एवं लामो घाँटी भएको जनावर कुन हो ?      उत्तरः जिराफ
  • जैविक विविधताका हिसावले विश्वको सवैभन्दा समृद्ध राष्ट्र कुनलाई मानिन्छ ? उत्तरः इन्डोनेसिया
  • विश्वको सर्वोच्च संस्था फिफा ले अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष गणेश थापालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल क्रियाकलापमा सहभागी हुन नपाउने गरी कति वर्षका लागि प्रतिवन्ध
  • लगाउने भएको छ ?      उत्तरः १० वर्ष
  • उत्तरपुस्तिका परीक्षण सम्बन्धमा प्रयोग हुने कम्प्युटराइज्ड विधि (OMR) को पुरा रुप के हो ?    उत्तरः Optical Mark Reader
  • सवैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?     उत्तरः वाँस
  • अरुद्वारा गाइएको गीतमा ओठ चलाएर गाएजस्तो गर्नुलाई के भनिन्छ ?    उत्तरः लिप सिङगिङ
  • नेपालको पहिलो कारागार केन्द्रीय कारागार को स्थापना कहिले भएको हो ?      उत्तरः वि.सं.१९५१ वीरशमशेरको पालामा
  • "पोलिटिक्स" नामक प्रसिद्ध ग्रन्थ कसले लेखेका हुन् ?     उत्तरः अरस्तु
  • नेपालको संविधानको भाग ३ मा कति प्रकारका मौलिक हकको व्यवस्था गरिएको छ ?      उत्तरः ३१ (धारा १६-४६ सम्म)
  • नेपालको संविधान, २०७२ को कुन धारामा लोकसेवा आयोग सम्बन्धी व्यवस्था रहेको छ ?     उत्तरः धारा २४२ (भाग २३)
  • २०७२ कात्तिकमा सम्पन्न नवौं संस्करणको "याक अट्याक साइक्लिङ रेस" को उपाधि कसले जित्यो ?      उत्तरः नेपालका अजय पण्डित क्षेत्री (द्वीतीय- अष्ट्रेलियाका पिटर बुट एवं तृतीय- नेपालका नारायणगोपाल
  • महर्जन)
  • लिच्छविकालमा कपडामा लगाउने करलाई के भनिन्थ्यो ?       उत्तरः चैलकर
  • विचित्रताको महादेश भनी कुन महादेशलाई चिनिन्छ ?       उत्तरः अष्ट्रेलिया
  • नेपालको कुन क्षेत्रलाई अन्न भण्डार भनी चिनिन्छ ?       उत्तरः तराई
  • नेपालमा सवैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ?       उत्तरः सोलुखुम्वु
  • नेपालको इतिहासमा स्वर्णयुग भन्नाले कुन काललाई जनाउँछ ?    उत्तरः लिच्छविकाल
  • नेपालको ताजमहल भनी चिनिने पाल्पाको रानीमहल कसले बनाएका हुन् ?    उत्तरः खड्गशमशेर
  • भारतपछि दक्षिण एसियामा सवैभन्दा बढी भाषा भएको देश कुन हो ?      उत्तरः नेपाल
  • २०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवार अन्तर्गतका भाषा मध्ये नेपालमा सवैभन्दा बढी जनसंख्याले बोल्ने भाषा कुन हो ?     उत्तरः तामाङ
  • महिलाहरुको आर्थिक सामाजिक तथा राजनीतिक पक्षमा सहभागिता पहुँच एवं नियन्त्रण तथा उपयोग गर्नसक्ने ज्ञान सीप र क्षमताको प्रवर्द्धन गर्ने कार्यलाई के भनिन्छ ?    उत्तरः महिला सशक्तिकरण
  • वाणिज्यको खैरो कागज भनि कुन नगदे बालीलाई चिनिन्छ ?      उत्तरः सनपाट
  • "साच्चै बुद्धिमान त्यही हो, जो क्रोधको अवस्थामा पनि नराम्रा शव्द प्रयोग गर्दैन" भन्ने विचारक को हुन् ?    उत्तरः शेख सादी
  • बढी उमेरका खेलाडी खेलाएको भनी एसियाली फुटवल महासंघ (एएफसी) ले नेपालको कुन उमेर समूहको फुटवल टिमलाई अर्को वर्ष भारतमा हुने च्याम्पियनसिपमा खेल्न प्रतिवन्ध लगाएको छ ?     उत्तरः यु-१६ फुटवल टिम 
  • नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट हुन थालेको हो ?    उत्तरः २०७२ मंसिर १६
  • रु.२ लाख राशिको विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार २०७२ बाट कसलाई सम्मान गरिने भएको छ ?
  • उत्तरः प्रा.डा.छविलाल गजुरेल
  • वि.सं.२०७२ मा प्रदान गरिएको ५१ हजार राशिको भारती खरेल स्मृति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?      उत्तरः प्राध्यापक चेतोनाथ शर्मा आचार्य
  • संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलन (कोप-२१) कहाँ आयोजना भएको छ ?     उत्तरः फ्रान्सको राजधानी पेरिस (२०७२ मंसिर १४-२५,सन् २०१५ नोभेम्वर ३०-डिसेम्वर ११)
  • सरकारले दुई वा सो भन्दा बढी गाविसहरु एकापसमा गाभिएमा थप अनुदान दिने योजना कहिले ल्याएको हो ?    उत्तरः आ.व.२०७२/०७३को बजेटमार्फत (२ वटा गाभिए ५० लाख, ३ वटा गाभिए १ करोड, ४ वटा गाभिए १ करोड ५० लाख)
  • नेपालको संविधान, २०७२ अनुसार शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा कसमा रहने व्यवस्था छ ?     उत्तरः मन्त्रीपरिषद
  • राष्ट्रिय युवा नीति २०७२ ले कुन उमेर समूहलाई युवाको रुपमा लिएको छ ?    उत्तरः १६-४० वर्ष (नेपालमा युवाको संख्याः १ करोड ६ लाख ८९ हजार  ८४२ युवकको संख्या ४८,९०,८८४ र युवतीको संख्या ५७,९८,९५८)
  • युवालाई सवल सक्षम प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरुको सार्थक सहभागिता र नेतृत्वमार्फत शान्तिपूर्ण न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने परिकल्पनाका साथ नेपाल सरकारद्वारा ल्याइएको युवासम्बन्धी रणनीतिक योजना कुन हो ? उत्तरः युथ भिजन २०२५ (नेपाल सरकारले २०७२ असोज १९ मा १०
  • वर्षे रणनीतिक योजना सहित युथ भिजन २०२५ स्वीकृत गरेको हो।)
  • सन् २०१६ को ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकूद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?  उत्तरः ब्राजिल
  • संविधान सभाबाट निर्मित नेपालको संविधानका विशेषतावारे आमजनतालाई सुसूचित गराउने उद्येश्यले सरकारले २०७२ मंसिर २१ देखि पौष २१ सम्म एक महिना सञ्चालन गर्ने प्रचार अभियानको नारा के हो ?   उत्तरः जनताको संविधानः जनताकै माझमा
  • काठमाडौं महानगरपालिकामा औपचारिक रुपमा विद्युतीय नक्सा पास प्रणाली को सुरुवात कहिदेखि भएको छ ?    उत्तरः २०७२ मंसिर २०
  • सरकारले गरिव परिवारलाई सामाजिक सुरक्षा र विभिन्न गरिव लक्षित सेवा तथा कार्यक्रम सञ्चालनमा सहजताका लागि कहिलेदेखि स्मार्ट कार्ड वितरण गर्ने भएको छ ? उत्तरः आ.व.२०७२।७३ (वि.सं.२०६९ भाद्रमा नै गरिवलाई परिचय पत्र वितरण गरिने (चार महिनाभित्र) घोषणा गरिएको भए पनि धेरै नै ढिलो गरी यो कार्य सुरु हुन लागेको हो ।)
  • नेपालको संविधान, २०७२ अनुसार शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा कसमा रहने व्यवस्था छ ?       उत्तरः मन्त्रीपरिषद 
  •  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता को मस्कटका रुपमा के चयन गरिएको छ ?       उत्तरः अर्ना
  •  सन् २०१५ जुन ११ देखि जुलाई ४ सम्म चिलीमा सम्पन्न कोपा अमेरिका फुटबल–२०१५ को उपाधि कसले जित्यो ?       उत्तरः  चिली
  •  नेपालको संबिधान २०७२ कहिले जारी भयो ?       उत्तरः  वि.स. २०७२ असोज ३ गते
  •  नेपालको संबिधान, २०७२ मा कति वटा अनुसूची, भाग र धारा रहेका छन् ?       उत्तरः  ३५ भाग, ३०८ धारा, ९ अनुसूची
  •  सन् २०१८ फिफा विश्वकप आयोजना कहाँ हुँदैछ ?       उत्तरः  रसियामा
  •  शितल निवासलाई कहिलेदेखि राष्ट्रपति भवन बनाइयो ?       उत्तरः २०६५ अषार २०
  •  काठमाडौमा महिलामैत्री बस सञ्चालन कहिलेबाट भएको हो ?       उत्तरः २०७१ पौष २०
  •  सन् २०१५ सेप्टेम्बर १६ मा ८.३ रेक्टर स्केलको भूकम्पबाट प्रभावित बन्न पुगेको राष्ट्र कुन हो ?       उत्तरः  चिली
  •  भुकम्प पिडिलको सहयोगार्थ प्रधानमन्त्रि सहितका शिर्ष नेता एंव चर्चित कलाकारबीच मैत्रीपूर्ण फुटवल खेल कहिले भयो ?       उत्तरः वि.सं. २०७२ जेठ २३
  •  मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो ? सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछि तपाई उठ्नु भएन । भन्ने विचारक को हुन् ?       उत्तरः  अब्राहम लिंकन
  •  सन् २०१५ मे २९ मा फिफाको अध्यक्षमा निर्वाचित भएका सेप ब्लाटरले एक साता नबित्दै कहिले आफ्नो पदबाट राजिनामा दिए ?       उत्तरः सन् २०१५ जुन २ मा
  •  रत्नपार्ककको नाम परिवर्तन गरी हाल के नाम दिइएको छ ?       उत्तरः  शंखधर साख्वा पार्क
  •  नेपालको संबिधान, २०७२ अनुसार नेपालको राष्ट्रभाषा सम्बन्धि के व्यवस्था छ ?       उत्तरः  नेपालमा बोलिने सबै मातृभाषा हरू राष्ट्रभाषा हुन्
  •  २०७२ असोज १ गते बाट नेपालमा नगरपालिका बिहिन जिल्ला संख्या कति पुगेको छ ?       उत्तरः  सात (मुगु, डोल्पा, कालिकोट, हुम्ला, रसुवा, मनांग र मुस्तांग)
  •  नेपालका वर्ष व्यक्ती २०७१ कसलाई घोषणा गरियो ?       उत्तरः  डा. गोविन्द केसी
  •  संयुक्त राष्ट्र संघको सदस्य नभईकन पनि खर्च बेहोर्ने देश कुन हो ?       उत्तरः  होलि सि
  •  दुइवटा देशको राष्ट्रियगान रचना गर्ने एउटै कवि को हुन ?       उत्तरः  रवीन्द्रनाथ टेगोर (भारत र बंगलादेश)
  •  ल्याप्टपका आविश्कारक को हुन् ।       उत्तरः  बिल मग्रिज
  •  अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौं १७ मा सार्वजानिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ ?       उत्तरः  ७.५ प्रतिशत
  •  नासाले 2015 जुलाई 23 मा पत्ता लगाएको पृथ्वी जस्तो नया ग्रह को नाम के हो ?       उत्तरः  Kepler-452b
  •  नेपाल बायुसेवा निगमद्धारा वि.सं. २०७२ बैशाख १८ मा ल्याएको दोश्रो एयरबस ए– ३२० लाई के नामाकरण गरिएको छ ?       उत्तरः  लुम्बिनी
  •  सन् २०१४ अक्टोबरमा मलेसिया मा सम्पन्न आईसीसी बल्र्ड क्रिकेट डिभिजन ३ च्याम्पियनको उपाधी कसले जित्यो ?       उत्तरः  नेपाल
  •  वि.सं. २०७२ साउन १२ मा बितरित राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो ?       उत्तरः  कबड्डी
  •  सन् २०१५ मे मा विश्वको कुन ठाउँमा अत्याधिक गर्मीका कारण झन्डै २५ सय मानिसको ज्यान गयो ?       उत्तरः  भारत
  •  सरकारद्वारा प्रदान गरिने सर्वोक्रिष्ट निजामती सेवा पुरस्कारको राशी कति रहेको छ ?       उत्तरः रु. दूई लाख
  •  भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?       उत्तरः  वि.सं २०७२ असार १० काठमाडौ
  •  वि. स. २०७२ मा प्रदान गरिने मदन पुरस्कारबाट कसलाई सम्मानित गरिने भएको छ ?       उत्तरः  विजयकुमार पाण्डे (खुसी)
  •  वि. स. २०७२ मा प्रदान गरिने जगदम्बाश्री पुरस्कार प्राप्त गर्ने स्रस्टा को हुन् ?       उत्तरः  अंगुरबाबा जोशी
  •  राजेन्द्र क्षेत्री नेपाली सेनाको प्रधानसेनापति तथा महारथीका रुपमा कहिले पदासिन भए ?       उत्तरः  वि. स. २०७२ भदौ २४ गते
  •  नेपाल र भारतबीच द्धिपक्षीय लगानी प्रबर्दन तथा संरक्षण सम्झौता “विप्पा” कहिले भयो ?       उत्तरः  वि.स. २०६८ कार्तिक ४





कुन ठाँउ केका लागि प्रख्यात ।।

  •  माटाका भाँडाः भक्तपुर
  •  तरकारीः ठिमी, भक्तपुर
  •  ताप्केः विरगञ्ज, पर्सा
  •  राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर
  •  तेलः खोकना
  •  भादगाउँले कालोटोपीः भक्तपुर
  •  चिउराः टिकनीबोडे
  •  कफीः गुल्मी
  •  खुकुरीः भोजपुर, आठराई
  •  च्याखुराः पिपलबोट गोरखा
  •  दुम्जाली खाडीः दुम्जा
  •  गलबन्दिः कास्की
  •  अम्बाः घुनीबेसी
  •  छालाः दैलेख
  •  उखुः घुनीबेसी
  •  तोरीः चितवन
  •  अदुवाः मालनेटा, सल्यान
  •  असल सख्खरः बैतडी
  •  सुन्तलाः धनकुटा, पोखरा , स्याङ्जा
  •  दहिः भक्तपुर
  •  हुक्काको नलीः बागलुङ, डोटी
  •  चाकुः टोखा, काठमाडौँ
  •  कपासः बाँके , बर्दिया , दाङ
  •  करुवा, अम्खोराः पाल्पा
  •  शालिग्रामः कालीगल्डकी
  •  घरबुना कपडाः कीर्तिपुर
  •  काठको ठेकीः मकवानपुर
  •  खाना खाने होटलः मुग्लिङ
  •  सानु दुधालु गाईः अछाम
  •  मुलाः चित्लाङ
  •  चियाः इलाम, झापा
  •  गैँडा, हात्तीः चितवन
  •  नासपतिः फर्पिङ
  •  माछाः बाह्रबिसे , कुलेखानी
  •  चामलः सिकरबेसी, नुवाकोट
  •  स्याउः मुस्ताङ , जुम्ला , हुम्ला
(यि बाहेक अरु पनि धेरै हुन सक्छन । तपाईलाई थाहा भएको कुराहरु हामीलाई ईमेल गर्नुहुन अनुरोध गर्दछौ। )







Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment