सबैतिरका प्रश्न - उत्तर


  •  भगवान रामचन्द्रको निवासलाई के भनिन्छ ? – साकेत
  • थारु जातिद्वारा बडादशैंमा कृष्णको कथामा आधारित भै गरिने नाचगान के हो ? –सखिया
  • पृथ्वीनारायण शाहका साथ कति जना रानीहरु सती गएका थिए ? – ९ जना
  • फाल्गुनन्दको जन्म कहिले भएको हो ? – १९४२ कार्तिक २५
  • ‘त्रयोदेशभुवन’ केसँग सम्बन्धित छ ? – स्तुप
  • ‘फास्मुक बाजा’ कुन जातिले बजाउने बाजा हो? – लिम्बु
  • तामाङहरुले कुन दिन गर्ने पूजालाई ‘नारो’ भनिन्छ ? – श्रावण पूर्णिमा
  • सुदूरपश्चिममा मनाइने ‘घाँसे संक्रान्ति’ कहिले पर्दछ ? –असोज १
  • ‘रामचरित्र मानस’ कुन भाषाको कृति हो ?  –मैथिली
  • नारायणहिटि दरबारको डिजाईनर को हुन? –बी र्फोर
  • एउटा यस्तो संख्या छ,जसमा ३ जोड्दा र ३ ले गुणन गर्दा जोडफल र गुणनफल एकै हुन आउँछ।भन्नुहोस्,त्यो संख्या कुन हो? - १.५(१.५+३=४.५,१.५*३=४.५)
  • थाइल्याण्डको शास्त्रीय नृत्यलाई के भनिन्छ? –लेखोन
  • ताल्चा विमानस्थल मुगुमा पर्छ भने कागेल डाँडा विमानस्थल कुन जिल्लामा पर्दछ? –-सोलुखुम्बु
  • समुन्द्रमा बसाइने बारुदी सुरुङलाई के भनिन्छ?   –म्याग्नेटिक मिसाईल
  • राजनले एउटा भैंसी किनेर ल्याउदै थियो। तेतिकैमा बाटोमा एउटा बटुवा भेटेछ अनी सोधेछ ए! हजुर यो भैंसीलाई कती पर्यो? अनी राजनले जवाफ दिएछ भैंसीको "पूच्छर" हल्लाउदै यती पर्यो भनेछ, अब भन्नुस्  त्यो भैंसीको मुल्य कती होला?   –उत्तर-:५८६२
  • अंग्रेजी भाषाको वर्णमालामा २६वटा अक्षर हुन्छन्भ ने फ्रेञ्च भाषाको वर्णमालामा कति वटा अक्षरहरु हुन्छन्    -२५वटा
  • अब्राहम पुरस्कार कुन क्षेत्र सम्बन्धित छ?   - वातावरण
  • साधरणतया कति बर्षको उमेरमा मानिसको मानसिक बिकाश रोकिन्छ?   - १५ बर्ष
  • पाल्पाको रानी महल कसले बनाएका हुन्?   -खड्गशमशेर
  • 'बर्बरिक'उपन्यासका लेखक को हुन्?    - प्रदीप नेपाल
  • युरोपमा सबैभन्दा बढी ताल भएको मुलुक कुन हो ?   -रुस
  • बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता कुन जिल्लामा हुने गर्दछ?   - सुनसरीको धरानमा
  • नेपालमा मात्र पाईने च्याऊ कुन हो?   - ट्राफीना नेपालेन्सीस
  • नेपालको सबैभन्दा पुरानो राजमार्ग त्रिभुबन राजमार्गको लम्बाई कति रहेको छ ?   - १९० किलोमिटर
  • निजामती कर्मचारीले प्रत्येक वर्ष कति बिरामी विदा पाउँछन् ?  - १२ दिन
  • प्रत्येक वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार कतिजनालाई प्रदान गरिन्छ ?   -  दस जना
  • मुख्य सचिवको पदावधि कति वर्षको हुन्छ ?   - ३ वर्ष
  • निजामती सेवामा ‘एक वर्ष’ भन्नाले कति दिन रुजु हाजिरी भएको अवधिलाई जनाउँदछ ?   - २ सय ३३ दिन
  • निजामती कर्मचारीलाई तालीम वाफत कति अंक प्रदान गरिन्छ ?   - २ अंक
  • निजामती कर्मचारीले पालन गर्नुपर्ने आचारण सम्बन्धि व्यवस्था कुन परिच्छेदमा गरिएको छ ?   -  परिच्छेद ७
  • कार्यसम्पादन मुल्यांकन वाफत सुपरिवेक्षकले अधिकतम कति अंक दिन सक्दछ ?   - २५ अंक
  • भौगोलिक क्षेत्र अनुसार निजामती सेवामा दैलेख जिल्ला कुन वर्गमा पर्दछ ?   -  ख वर्ग
  • पुरुष निजामती कर्मचारीले मात्र पाउने विदा कुन हो ?    - प्रसुती स्याहार विदा
  • श्रेणी विहिन कर्मचारीलाई कति स्तरमा विभाजन गरिएको छ ?  - ५ स्तर
  • विश्वको सबैभन्दा पुरानो मानिएको मिश्रको सभ्यता कहिले सुरु भएको मानिन्छ ? – इ.पू. ३४००
  • विश्वमा शासक र सम्राटको उदय कुन सभ्यताको देन हो ? – मेसोपोटामिया
  • एमोराइटहरुले विकास गरेको शहर तथा सभ्यतालाई के भनिन्छ ? – बेबिलोन
  • कुन सभ्यतामा सबैभन्दा पहिले तामा पत्ता लागेको थियो ? – सिन्धु घाँटीको सभ्यता
  • युनानको सबैभन्दा ठूलो नगर राज्य कुन थियो ? – स्पार्टा
  • रोमको सभ्यता कुन नदीको किनारमा भएको हो ? – टाइबर
  • ओलम्पिक खेलको सुरुवात कहाँ भएको हो ? –युनान
  • इस्लाम धर्मको उदय कुन युगमा भएको हो ? – मध्य युग
  • मेसोपोटामियालाई हाल के नामले चिनिन्छ ? –इराक
  • युटोपिया (Utopia) ग्रन्थका लेखक को हुन् ? – टामस मोर (बेलायत)
  • बीजगणित र संख्यासम्बन्धी ज्ञान कुन सभ्यताको देन हो ? –अरबी
  • “चित्र हातबाट हैन मष्तिष्कबाट बनाइन्छ” भन्ने भनाइ कसको हो ? – माइकल एन्जेलो
  • प्रसिध्द राजनीतिक विचारक रुसो कुन देशका थिए ? – स्वीटजरल्याण्ड
  • बेलायतको गौरवमय क्रान्ति कस कसको संघर्ष थियो ? – राजा र संसद
  • कुन सन्धिपश्चात अमेरिका स्वतन्त्र भयो ? – भर्साइलको सन्धी (१७८३)
  • रुसमा राज्यक्रान्ती हुँदा त्यहाँका शासक को थिए ? – निकोलस दितिय
  • हाल म्याग्नाकार्टाका कति मूल प्रतिहरु सुरक्षित रहेका छन् ? – ४ प्रति
  • राजा लुइ सोह्रौंलाई फ्रान्सेली जनताले कहिले मृत्युदण्ड दिए ? – जनवरी १७९३
  • प्रथम विश्वयुध्द कति दिन चलेको थियो ? – १५६१ दिन (जुलाई २८, १९१४ देखि ११ नोभेम्बर १९१८)
  • २०. राष्ट्रसंघको स्थापना कहिले भएको थियो ? – १० जनवरी १९२० (प्रस्तावक उड्रो विल्सन)
  • हिटलरको जन्म कहाँ भएको हो ? – अष्ट्रिया
  • दोस्रो विश्वयुध्दको बेला नेपालका प्रधानमन्त्री को थिए ? – जुध्दशमसेर
  • गोपालवंशीहरुले नेपाल उपत्यकामा कति वर्ष शासन गरेका थिए ? – ५२१ वर्ष
  • किराँत वंशपछि कुन वंशले शासन गरेको थियो ? – सोमवंशी
  • नेपालको पहिलो महिला डि.एस.पी. को हुन् ? – पार्वती थापा (०५५ धादिङ)
  • जनकपुर-जयनगर रेलसेवा कसको पालाम सुरु भएको हो ? – जुध्दशमसेर
  • स्वामी महाराज भनेर कसलाई चिनिन्छ ? – रणबहादुर शाह
  • शनिवार बिदा दिने चलन कसले चलाएका हुन ? – भीमशमसेर
  • लिच्छविकालमा ब्राह्मणहरुलाई जग्गा दिइ पढाउन लगाउने कार्यलाई के भनिन्थ्यो ? – अग्रहार
  • सर्वप्रथम “महाराजधिराज” पदवी धारण गर्ने राजा को हुन् ? – अंशुबर्मा
  • भृकुटीको तिब्बती नाम के हो ? – ढिचुङ
  • प्रजाको मृत्यु हुँदा निराहार बस्ने राजा को हुन् ? – महेन्द्र मल्ल
  • तमाखुमा विष मिसाइ षड्यन्त्रपूर्वक मारिएका राजा को हुन् ? – योगनरेन्द्र मल्ल
  • खस राज्यका संस्थापक को हुन् ? – नागराज
  • शाह वंशअघि गोरखामा कसले शासन गरेका थिए ? – खड्काहरुले
  • राजा त्रिभुवनको शासनकालमा कतिजना प्रधानमन्त्री भएका थिए ?– ६ जना
  • मकै पर्व कसको पालामा भएको हो ? – चन्द्रशमसेर
  • चार नारायणको स्थापना कसले गरे ? – हरिदत्त
  • तेजारथ अड्डाको स्थापना कसले गरेका थिए ? – रणोद्दिप
  • सबैभन्दा बढी उमेरमा राजा हुने को हुन् ? – ज्ञानेन्द्र शाह
  • बहादुर शाहको अर्को नाम के हो ? – फत्यबहादुर
  • ३ राजाको राज्यकालसम्म प्रधानमन्त्री हुने व्यक्ति को हुन् ? – भीमसेन थापा
  • नेपाललाई सत्ययुगमा के भनिन्थ्यो ? – सत्यवती (त्रेतायुगमा ,द्वापरयुगमा मुक्तिसोपान)
  • सर्वोच्च अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु भएको हो ? – वि.सं २०७१ मंसिर १४ गते
  • दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन राष्ट्रका निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च ( फेम्बोसा ) को पाँचौं बैंठकले कति बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ? – १०
  • विश्व एड्स दिवस कहिले मनाइन्छ ? – डिसेम्बर १
  • सार्क मनोचिकित्सकहरुको आठौं सम्मेलन कहिले र कहाँ भएको थियो ? – वि.सं २०७१ मंसिर ११ –१३, लुम्बिनी
  • प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता कहिले र कहाँ भएको थियो ? – वि.सं २०७१ पुस ४– ८ , काठमाडौं
  • अन्तराष्ट्रिय आप्रवास दिवस कहिले मनाइन्छ ? – डिसेम्बर १८
  • शिक्षामा सिमान्तकृत तथा अन्य समूहबिच रहेको असमानता हटाई सबैलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्येश्यका साथ विद्यालय क्षेत्रको एकीकृत समता रणनीति –२०७१ कहिले सार्वजनिक गरियो ? –
  • वि.सं २०७१ मंसिर २९
  • सात महादेशका सात उच्च हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला आरोही को हुन् ? – सुस्मिता मास्के
  • मृत लासलाई बादर मार्ने जालमा बेरेर गाड्ने चलन कुन जातिमा छ ? – राउटे
  • चासोक चाड कुन जातीले मनाउने चाड हो ? – लिम्बु
  • नाईल नदीको बरदानको उपनामले चिनिने देश कुन हो ? – इजिप्ट
  • २० बर्षे दिर्घकालिन कृषि योजनाको अवधि कुन आ.व देखि समाप्त हुदैँछ ? – आ.व ०७२\७३
  • विश्वको सबैभन्दा ठूलो अमेजन नदी कुन महादेशमा पर्दछ ? – दक्षिण अमेरिका
  • गर्ग तिर्थ कुन जिल्लामा पर्दछ ? – स्याङजा
  • दक्षिण एसियाली राष्ट्रहरुले कहिलेदेखि सार्क बर्ष घोषणा गर्न शुरु गरेका हुन् ? – सन् १८८९
  • विश्व व्यापार संगठनको स्थापना कहिले भएको हो ? – सन् १९९५ जनवरी १
  • रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा को हन् ? – वरदेव

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment