बिभिन्न क्षेत्रका बिभिन्न प्रश्न- उत्तरहरु......


  • राष्ट्रिय योजना आयोगले हालै तय गरेको दिगो विकास लक्ष (एसडीजी) सम्बन्धी प्रतिवेदनअनुसार सन् २०३० सम्ममा नेपालमा कति प्रतिशत घरधुरीमा विद्युत सेवा उपलब्ध गराउने योजना छ ?  - ९९ प्रतिशत
  • भारतको चेन्नईमा हालै सम्पन्न ‘ मिस एसिया-२०१५ ’ प्रतियोगिताको उपाधि जित्ने युवती को हुन् ? - भारतकी कनिका कपुर
  • “ सफलतामा खुशी मनाउनु राम्रो हो तर असफलताको शिक्षामा ध्यान दिनु त्योभन्दा पनि महत्वपूर्ण हो ” भन्ने विचारक को हुन् ? - बिल गेट्स , प्रमुख माइक्रोसफ्ट कर्पोरेसन
  • सन् २०१५ अगस्ट २७ मा ‘ युईएफ सर्वश्रेष्ठ फुटबलर ’ को घोषित भएका छन् ?  - लियोनल मेसी
  • आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गरिने राजपत्राङ्कित द्वितीय श्रेणीसम्मको पदमा सो पदका लागि तोकिए बमोजिमको सेवा अवधि र योग्यता पुगेका निजामती सेवा ऐन २०४९ , व्यवस्थापिका-संसदसचिवालयसम्बन्धी ऐन , २०६४ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिमको सेवामा कार्यरत सबै कर्मचारी सम्भावना उम्मेदवार हुने व्यवस्था निजामती सेवा ऐनको कतिऔं संशोधनले गरेको हो ? - चौथो संशोधन (२०७२)
  • निजामती सेवा ऐन , २०४९ को चौथो संशोधन (२०७२) अनुसार नेपाल इन्जिनियरिङ सेवा , नेपाल कृषि तथा बन सेवा, नेपाल न्याय सेवा , नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा र नेपाल लेखा परीक्षण सेवाको विशिष्ट श्रेणीको पदमा कार्यरत कर्मचारी कुन-कुन सेवाको पदमा सरुवा हुन पाउने व्यवस्था छ ?  - सोही सेवाको विशिष्ट श्रेणीको पदमा मात्र
  • राजपत्र अनङ्कित निजामती कर्मचारीलाई लोकसेवा आयोगबाट जुन अञ्चलअन्तर्गत सिफारिस गरिएको हो , सोही अञ्चलभित्रका कार्यालयबाहेक कति वर्षसम्म अन्यत्र सरुवा नगरिने व्यवस्था छ ?   - पाँच बर्ष
  • हाल विश्वकै बढी उमेरका व्यक्तिको रुपमा गिनिज बुकमा नाम रेकर्ड भएका व्यक्ति को हुन् ? - जापानका यातारो कोइडे
  • नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत भएको हो ?  - वि . सं . २००८ माघ २१ गते
  •  ISO-9000 बस्तुको गुणस्तर चिह्नसँग सम्बन्धित छ भने ISO-14000 के सँग सम्बन्धित छ ?  - वातावरण व्यवस्थापन
  • ‘ सङ्गीत शिरोमणि ’ भनी यज्ञराज शर्मालाई चिनिन्छ भने ‘ बाद्य शिरोमणि ’ भनी कसलाई चिनिन्छ ?
  • - उस्ताद गणेशलाल
  • मुटुबाट शरीरका विभिन्न भागमा रगत पुर्याउने रक्त नलीलाई के भनिन्छ ?  - धमनी (Arteries)
  • “प्राकृतिक , सांस्कृतिक र सामाजिक प्रणालीहरु , आर्थिक तथा मानवीय क्रियाकलापहरु र यिनका अवयव तथा ती अवयवबीचको अन्तरक्रिया तथा अन्तरसम्बन्धलाईवातावरण भनिन्छ ।” भनी कुन ऐनमा परिभाषित गरिएको छ ?  - वातावरण संरक्षण ऐन , २०५३
  • बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक “भिक्टोरिया क्रस” पाउने पहिलो नेपाली को हुन् ?  - कुलवीर थापा (प्रथम विश्वयुद्धमा वीरता प्रदर्शन गरेका)
  • महान दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ? - ग्रिसको एथेन्स सहरमा
  • हाल आसियानका सदस्य राष्ट्र कति रहेका छन् ? - १०
  • सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?  - एक (माल्दिभ्सकी फथिमाथ धियान शैयाद)
  • सन् २०१५ अगस्ट २०-२९ सम्म नेपालमा सम्पन्न प्रथम संस्करणको यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि कसले जित्यो ?  - नेपाल (उपविजेताः भारत)
  • नेपालमा सर्वप्रथम स्थापना भएको औधोगिक क्षेत्र कुन हो ? - बालाजु औधोगिक क्षेत्र (वि . सं . २०१६)
  • नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनी कुन ठाउँलाई चिनिन्छ ?   - वीरगञ्ज
  • नेपालको सबैभन्दा पहिले स्थापना भएको वाणिज्य बैङ्क कुन हो ? - नेपाल बैङ्क लिमिटेड
  • रेडक्रसका संस्थापक को हुन् ?  - हेनरी ड्युना
  • Optical Fiber केसँग सम्बन्धित छ ?  - दूरसञ्चार र भू-उपग्रह
  • “नेपालीले नेपालीका लागि ” भन्ने नारा कसको हो ? - प्रथम गैरआवासीय नेपाली सम्मेलन-२०६०
  • अपराधिहरुलाई खोजतलास एवं पक्राउ गर्न अन्तर्राष्ट्रियस्तरमा जारी गरिने सूचनालाई के भनिन्छ ?   - रेड कर्नर नोटिस
  • लोपोन्मुख कुसुन्डा जातिबाट नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?   - राजामामा (तनहुँ)
  • नेपालको बहुचर्चित सिक्टा आयोजना कुन जिल्लामा पर्छ ?  - बाँके
  • २०१५ सालको आमनिर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?  - १०९
  • गौतम बुद्धको पहिलोपटक आफ्नो ज्ञानको प्रचार-प्रसार गरेको स्थल (ठाउँ) कुन थियो ?  - सारनाथ
  • भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?   - धर्म कचहरी
  • ग्रिनविच कति डिग्री देशान्तरमा पर्छ ?  - ० डिग्री
  • सरकारले २०७२ भदौमा त्रिभुवन विश्वविद्यालको उपकुलपतिमा कसलाई नियुक्त गर्यो ?  - प्रा . डा . तीर्थराज खनिया
  • संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा अस्थायी सदस्य राष्ट्र कति हुन्छन् ?   - १० (दश)
  • नेपालमा धामी-झाँक्रीको गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?  - ढ्याङ्ग्रो
  • ‘ माधवी’ कसले लेखेको कुन विधाको रचना हो ? - मदनमणि दिक्षितको उपन्यास
  • वि . सं . २०७२ भदौ १२ मा पारिजात बाल साहित्य सम्मानबाट सम्मानित हुने साहित्यकार को हुन् ?   - शारदारमण नेपाल
  • झाँगड भाषा कुन भाषिक परिवारभित्र पर्दछ ? - द्रविड (Dravidian)
  • अर्थशास्त्रको पुस्तक ‘The Wealth of Nations’ का लेखक को हुन् ? - एडम स्मिथ
  • नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डे कहाँ वीरगति प्राप्त गरेका थिए ? - कीर्तिपुर
  • आ. ब . २०७१/७२ मा नेपालले १८० मुलुकसँग गरो द्विपक्षीय व्यापारमध्ये कति मुलुकसँग व्यापारमा नेपाल नाफामा रहेको छ ? - ३१
  • सार्क महासचिव नभएको सार्क मुलुक कुन हो ?  – अफगानिस्तान
  • विमानचालक पोत बनाउने भारत विश्वको कति औ देश हो ? – पाँचौ
  • विश्वमा हालसम्म सबैभन्दा बढी पटक विवाह गरी विश्व किर्तिमान राख्ने महिला लिन्डा बोल्फ हुन्, भने उनले कतिपटक विवाह गरेर विश्व रेर्कड छ ? – २४ पटक
  • संसारभर एमआरपी ३२ पृष्ठको छ भने त्यसमा कतिवटा तस्विर प्रयोग गरिएको छ ? – १७ वटा
  • लैगिंक उत्तरदायी बजेटको शुरुवात कुन देशबाट भएको हो ? – अस्टेलिया
  • जापानमा कुन दिन राष्ट्रिय कफी दिवश मनाइन्छ ? – अक्टोबर १ तारिख
  • कुन खाडी मुलुकमा जाइफललाई अवैधानिक मानिन्छ ? – साउदी अरब
  • गण्डकी अञ्चलबाट धौलागिरी अञ्चलमा सारिएको जिल्ला कुन हो ? – पर्वत
  • रामेछाप र तनहुँ जिल्ला कुन कुन कुराले नितान्त समानता छन् – दुवैको क्षेत्रफल १५४६ वर्ग किमी
  • साइपाल हिमाल कुन जिल्लामा अवस्थित छ ? – बझाँङ्ग
  • अलुतगामा कुन दक्षिण एसियाली मुलुकको पर्यटकिय सहर हो ? – श्रीलंका
  • काठमाडौं महानगरपालिकामा अवस्थित राष्ट्रिय सभागृह को स्थापना कहिले भएको हो ? – वि.सं २०२७
  • पृथ्वीनारायण शाहले राज्य एकीकरणको सन्र्दभमाा पहिलो विजय नुवाकोट कहिेले गरेका हुन् ?  – वि.सं १८०१ आश्विन १५
  • विश्वका ती कुन सम्राट हुन् जो युरोपमा जन्मे , एसियामा मरे र अफ्रिकामा समाधिस्थ गरिए ?– अलेक्ज्यान्डर द ग्रेट
  • कवि विरशाली पन्त कुन अञ्चलको पहिलो साहित्यकार हुन् ? – धौलागिरी
  • वियोन्ड द ह्वाइटहाउस कुन पूर्व अमेरिकी राष्ट्रपतिको आत्मकथा हो ? – जिम्मी कार्टर
  • कागजको मान्छे नामक संस्मरणात्मक निबन्ध संग्रहालयको नाम के हो ? – कृष्ण धारावासी
  • नेपालको सबैभन्दा पहिलो साक्षर घोषणा भएको चितवन जिल्लाको कुन गाविस हो ? – फूलबारी
  • नेपालमा सबैभन्दा पहिलो पूर्ण साक्षर घोषणा भएको नगरपालिका कुन हो ? – तानसेन नगरपालिका
  • वि.सं २०७१ असार ३२ गते पूर्ण साक्षर घोषणा गरिएको नेपालको पाँचौ जिल्ला कुन हो ? – मुस्ताङ
  • नेपालको कुन मन्दिर दिनहुँ मुसालाई खाना खुवाउने गरिन्छ ललितपुरको ?  – गोल्डेन टेम्पल
  • महाभारतअनुसार पाण्डवहरुले इन्द्रप्रस्थको निर्माण कुन नदीको किनारमा बनाएका थिए ?  – यमुना
  • स्वामी विवेकानन्दको बास्तविक नाम नरेन्द्र दत्त हो भने प्रसिद संगितकार तानसेनको खास नाम के
  • हो ?  – रामतनु
  • नेपालमा गरिएको एक अध्ययन अनुसार करिब कति प्रतिशत नेपालीले जीवनमा एकपटक पनि आफ्नो रक्तचाप जचाउँदैनन् ? – ४३ प्रतिशत
  • केन्द्रिय तथ्यांक विभागका अनुसार सहरी क्षेत्रका नेपालीले खानामा ४५.१ प्रतिशत खर्च गर्छन भने ग्रामिण क्षेत्रकाले खानामा कति प्रतिशत खर्च गर्छन ? – ६२.५ प्रतिशत
  • विश्वको सबैभन्दा ठूलो उर्जा निर्यातकर्ता देश रुस हो भने सबैभन्दा ठूलो उर्जा आयातकर्ता मुलुक कुन हो ?  – चीन
  • नेपाल सरकारको कति वटा सबैंधानिक अंगहरु रहेको छ ?  - ६ वटा                                   (कार्यपालिका‚ व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायहलाई संवैधानिक अंग भनिन्छ । संवैधानिक अंगका काम‚ कर्तव्य‚ अधिकार‚ तिनमा रहने पदाधिकारीको संख्या‚ तिनको नियुक्ति एवं बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ । संवैधानिक अंग स्वतन्त्र‚ स्वायत्त‚ तटस्थ एवं निष्पक्ष हुने गर्दछ । सरकारको कामकारवाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन‚ जनताका हक अधिकारको रक्षा गर्न‚ सत्तारुढ दलबाट हुन सक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न‚ सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शिता ल्याउन तथा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक अंगको आवश्यकता पर्दछ । नेपालमा भएका संवैधानिक अंग नेपालको संविधान‚ २०७२ अनुसार हाल नेपालमा निम्न ६ वटा संवैधानिक अंगहरु रहेका छन् 
१. लोकसेवा आयोग
२. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
३. महालेखा परीक्षक ४. राष्ट्रिय मानव अधिकार आयोग
५. निर्वाचन आयोग
६. महान्यायाधिवक्ता
  • सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?   - जेरेन्टोलोजी
  • हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?   - आस्ट्रोनौटिक्स
  • जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?   - कार्ल एरेली
  • जैविक प्रविधि कति प्रकारका हुन्छ ?   - २
  • विश्वमा सर्वप्रथम जैविक प्रविधिबाट च्याउको उत्पादन कुन देशमा भएको मानिन्छ ?  - चाइना
  • नेपालमा बनस्पति बिभाग अन्तर्गत टिसु कल्चर प्रयोगशालाको स्थापना कहिले गरियो ?   - बि.स. २०३४
  • दुधबाट दहि, सागबाट गुन्द्रुक तथा मर्चाबाट रक्सि बनाउने पद्दति के को परम्परागत उदाहरण हो ?   - जैविक प्रविधि
  • कुनै प्राणि जस्तै सतप्रतिशत जिन संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?  - क्लोनिंग
  • गोल्डेन राइसको उत्पादन के को उदाहरण हो ?  - जैविक प्रविधि
  • नेपालमा टिस्सु कल्चरमा आधारित आलु बिकाश कार्यक्रम कहाँ संचालन गरिएको छ ?   - खुमलटार
  • सन् २००३ मा गरिएको सर्वेक्षनमा एसियामा रहेको राष्ट्रिय निकुन्जहरु मध्ये जैविक बिबिधताका लागि उत्कृष्ट मानिएको राष्ट्रिय निकुन्ज कुन हो ?   - चितवन राष्ट्रिय निकुन्ज

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment