लोकसेवामा यस्ता प्रश्न सोध्छन !
लोकसेवा आयोगले लिने परीक्षामध्ये सबैभन्दा अन्तिम प्रक्रिया भनेको अन्तर्वार्ता हो । अन्तर्वार्ता दिन आएको व्यक्तिलाई आफ्नो परिचय दिनुहोस् भन्ने गरिन्छ । यस्तो अवस्थामा आफ्नो परिचय दिँदा आफ्नो शैक्षिक पृष्ठभूमिसहित परिवारलगायत आफूले गर्दै आएको पेसाबारे २ मिनेटभित्र भन्न सक्नुपर्छ । आफूले काम गरेको भए जागिरको विविधताका विषयमा पनि भन्न सक्नुपर्छ । आफ्नो जागिरकालमा सन्तोष हुने गरी के काम गर्नुभयो भनेर प्रश्न सोध्ने गरिन्छ । आफ्नो जागिरकालमा धेरै काम गरिएको हुन्छ । तर, सम्झन लायक काम थोरै हुने भएकाले पहिले नै पूर्वतयारी गर्नुपर्छ । जसले गर्दा सोधेको वेलामा फ्याट्ट भन्न सकिन्छ । अन्तर्वार्ता लिने व्यक्तिहरू आ–आफ्नो क्षेत्रका विज्ञ हुने भएकाले उत्तर दिँदा भद्र तरिकाले दिनुपर्छ । विज्ञहरूले मनोवैज्ञानिक र बौद्धिक क्षमताको जाँच गरिरहेका हुन्छन् । यस्तो अवस्थामा आफूले जानेको विषय प्रस्टसँग राख्नुपर्छ । नजानेको विषयमा हावादारी रूपमा भन्नु हुँदैन । आफूले नजानेको विषयमा यस विषयमा मेरो अध्ययन पुगेन भन्दा इमानदारिता देखिन्छ । जसले गर्दा अन्तर्वार्ता लिने व्यक्तिले इमानदार रूपमा बुझ्ने भएकाले थप प्लस प्वाइन्ट हुन्छ । अन्तर्वार्ता दिने व्यक्तिले जहिले पनि आफूले जानेको विषयतिर नजानिँदो तरिकाले ढल्काउनुपर्छ । जसले गर्दा आफूले जानेको विषयमा बोल्न सजिलो हुन्छ । आफूले प्रस्तुति दिँदा पनि अत्यन्तै ख्याल गर्नुपर्छ । आफ्नो बोलाइ, बस्ने शैलीले पनि प्रभाव पार्ने भएकाले त्यस विषयमा पनि ख्याल गर्नुपर्छ । अन्तर्वार्ता दिँदा हडबडाउने, आत्तिने समस्या भएकाले गम्भीर रूपमा प्रस्तुत भई बोल्नुपर्छ । त्यस्तो गर्न नसके आफैँ रेकर्ड गरेर बोल्ने प्राक्टिस गर्नुपर्छ । अनुभवको कुरा आउनेबित्तिकै मेरो केही पनि अनुभव छैन भन्नु हुँदैन । जस्तै, कृषिसम्बन्धी केही अनुभव सोधेमा जागिरको अनुभव नभए पनि आफू कृषकको छोरा भएकाले धेरै अनुभूति गरेको छु भन्नेर अन्तर्वार्ता दिनुपर्छ । अन्तर्वार्ता अरूले भन्दा फरक तरिकाले दिन सक्नुपर्छ । विषय उही भए पनि प्रस्तुतिलगायत अरू विषयलाई फरक ढंगले भन्दा छनोटमा पर्नसक्ने सम्भावना हुन्छ ।
लेखन: शंकर सापकोटा स्रोत: नयाँ पत्रीका
UNO सम्बन्धि सम्पुर्ण जानकारी
1. संयुक्त राष्ट्र संघको स्थापना – 1945 अक्टोबर 24
2. UNO को संस्थापक राष्ट्रहरुको संख्या – 51
4. UNO का आधिकारीक भाषा संख्या – 6 (अंग्रेजी, फ्रेन्च, चिनिया, रुसी, स्पेनिस र अरबी) – अन्तिम मान्यता अरबी
5. UNO को कार्यालय सञ्चालनको भाषा – अंग्रेजी र फ्रेन्च
6. UNO को प्रमुख अंगहरु – 6 (महासभा, सुरक्षा परिषद्, आर्थिक सामाजिक परिषद्, जिम्माजमानी परिषद्, अन्तराष्ट्रिय न्यायालय र सचिवालय)
7. UNO को सुरक्षा परिषदका सदस्य राष्ट्रहरुको संख्या – 15 (5 स्थायी, 10 अस्थायी)
8. UNO को 5 स्थायी राष्ट्रहरु – अमेरिका, बेलायत, रुस, फ्रान्च र चिन
9. UNO को बडापत्र संसोधन – 5 पल्ट
10. UNO को महासभाको बैठक सञ्चालन – प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबार
11. UNO को महत्वपूर्ण निर्णय गर्दा आवश्यक पर्ने बहुमत – 2/3
12. UNO को नामाकरण गर्न सुझाव दिने व्यक्ती – एफ.डी. रुजबेल्ट
13. UNO को अर्को नाम – विश्व नगरसभा
14. UNO को सदस्यता त्याग गर्ने मुलुक – इन्डोनेसिया
15. UNO को 10 अस्थायी राष्ट्रको पदावधी – 2 वर्ष
16. UNO को 10 अस्थायी राष्ट्रको छनौट आधार – अफ्रो एसिया -5, ल्याटिन अमेरिका-2, पूर्वी यूरोष-1, पश्चिम यूरोप र अन्य -2
17. UNO को सुरक्षा परिषद् मा पहिले भिटो प्रयोग गर्ने राष्ट्र – बेलायत
18. UNO को सुरक्षा परिषद् मा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र – रुस 5 पल्ट
19. UNO को आर्थिक तथा समाजिक परिषद्को सदस्य संख्या – 54 पदावधि 3 वर्ष
20. अन्तराष्ट्रीय न्यायालयमा रहने न्यायधिसको संख्या – 15
भ्रष्टाचार अवधारणात्मक सूचकांक २०१५ (Corruption Perceptions Index- CPI 2015)
सरकार, न्यायालय तथा संसदलगायतमा भइरहेका सार्वजनिक पदको दुरुपयोगका कारण नेपालमा भ्रष्टाचारको मात्रा अझै बढदै गएको देखिएको छ। ज्यादा भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा परेको नेपाल गत वर्षभन्दा २ अंक कम पाएर थप ४ स्थान माथि उक्लिएको छ। भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणात्मक सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स (सिपिआई) अनुसार, गत वर्ष २९ अंक पाएको नेपाल यस वर्ष २७ अंकमा सीमित भएको छ। सन् २०१४ मा १७५ मुलुकमध्ये १ सय २६ औ स्थानमा रहेको नेपाल सन् २०१५ मा १ सय ६८ मुलुकमध्ये १ सय ३० औ स्थानमा परेको छ। प्राप्तांक बढ्ने मुलुकको बरियताक्रम पनि अगाडी बढ्ने हुन्छ। सूचक अनुसार १ अंकमा परेको डेनमार्क सबभन्दा कम भ्रष्टचार हुने मुलुक मानिन्छ भने बढी भ्रष्टाचार हुने सोमालिया र उत्तर कोरियो सबभन्दा पुछारमा छन्।
श्रेणी क्रम (Ranking Order) को हिसाब गर्ने तरिका
Ranking Order को हिसाब गर्दा निम्न कुरामा ध्यान दिएमा IQ मा सोधिने प्रश्नहरुको समाधान गर्न निकै सजिलो हुन्छ ।
1. Ranking Order को हिसाब गर्दा रहेको स्थान महत्वपूर्ण हुन्छ । त्यसैले यस्तो प्रश्नको हल गर्दा संख्या रेखा( Number Line) मा राखेर गर्दा निकै सरल हुन्छ ।
2. Number Line मा हिसाब गर्दा सानो सरल रेखा तान्ने र प्रश्नमा दिए अनुसारको व्यक्तिहरुलाई रेखामा प्रश्नले भने अनुसार अगाडी, पछाडी यतिऔ स्थान जस्ता कुरालाई Post गर्दै जानु पर्छ जसले समस्या समाधानमा सहयोग गर्दछ ।
3. यस्तो प्रश्नको हिसाब equation बाट पनि समाधान गर्न सकिन्छ । समिकरण बनाएर हल गर्दा निम्नानुसार हुन्छ ।
जम्मा संख्या (T) = शुरुबाटको क्रम (L) + अन्तिम क्रम (R) -1
Note: – दिएको मानिस वा बस्तु दुबैतिरबाट Count हुने हुँदा दोहोरिन्छ त्यसैले -1 गर्नु पर्छ ।
4. A र B यति औ स्थानमा छन् र स्थान साटफेर गरे भने कति A कतिऔ स्थानमा पुग्यो भन्ने जस्तो प्रश्नको हल गर्दा Number line बनाई हल गर्दा सरल हुन्छ । जस्तै : राम अगाडिबाट 12 औ स्थानमा हरी पछाडीबाट 5 औ स्थानमा छ । अब राम र हरीले एक अर्काको स्थान बदले हाल हरी पछाडीबाट 20 स्थानमा भए लाइनमा जम्मा बिद्यार्थी कति छन् ।
T=L+R -1
T=12+20-1 =31
स्रोतः- के पि भण्डारी
0 comments:
Post a Comment